समाचार

    Showing ६२१-६३० of २६,७९८ items.
  • ग्यास, मल, जङ्गली जनावर र विपद् व्यवस्थापनमा सरकारको ध्यानाकर्षण

    काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा खाना पकाउने ग्यास, रासायनिक मल,  मनसुनजन्य विपद् र जङ्गली जनावरको आतङ्कको व्यवस्थापनका विषयमा सरकारको ध्यानाकर्षण भएको छ ।     बैठकको शून्य समयमा सांसदहरूले  उक्त विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।  सांसद बुद्धरत्न महर्जनले जनतालाई स्वास्थ्य, बाटो, बीउ, र रासायनिक मलमा तत्काल सुविधा दिन सरकारसँग माग गर्नुभयो ।  सांसद बासना थापाले सामान्य जनतालाई महँगीले छाक टार्न गाह्रो भएको बताउनुभयो ।      सांसद बलावती शर्माले वैदेशिक रोजगारीमा जानुभएका नेपाली युवाहरू विदेशमा ठगिने र ज्यान गुमाउनेस

    • प्रकाशित मितिः भदौ २, २०८३
    • २५४ पटक पढिएको
  • फेसबुक–टिकटकबाट व्यापार गर्नेहरूलाई सरकारको ‘अल्टिमेटम’, दर्ता नभए कारबाही

    काठमाडौं । सामाजिक सञ्जाललाई पसल बनाएर व्यापार गरिरहेका व्यवसायीमाथि सरकारले निगरानी कडा बनाउने भएको छ। फेसबुक, टिकटक, इन्स्टाग्रामदेखि विभिन्न एप र वेबसाइटमार्फत वस्तु तथा सेवा बिक्री गर्ने सबै व्यवसायीलाई अनिवार्य रूपमा सरकारी निकायमा सूचीकृत हुन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निर्देशन दिएको छ।विभागले जरुरी सूचना जारी गर्दै कानुनअनुसार सूचीकृत नभई अनलाइन व्यापार सञ्चालन गरेको भेटिए कारबाही गर्ने चेतावनी दिएको छ। यससँगै सामाजिक सञ्जालमा पेज खोलेर सामान बेच्ने साना अनलाइन विक्रेतादेखि ठूला डिजिटल व्यवसायसम्म सरकारी नियमनको दायरामा आउने भएका छन्।सरकारको नयाँ निर्देशनले ‘फेसबुक पे

    • प्रकाशित मितिः भदौ २, २०८३
    • १७३ पटक पढिएको
  • हाजिर जमानीमा छुटेको केही घण्टामै पत्रकार श्रेष्ठविरुद्ध उपसभामुखको जाहेरी

    काठमाडौं । पत्रकार किशोर श्रेष्ठ हिरासतबाट हाजिर जमानीमा रिहा भएको दिनमै उनीविरुद्ध प्रतिनिधि सभाकी उपसभामुख रूबीकुमारी ठाकुरले प्रहरीमा जाहेरी दिएकी छन्। यससँगै उपसभामुख र पत्रकार श्रेष्ठबीचको विवाद थप कानुनी प्रक्रियातर्फ अघि बढेको छ।उपसभामुख ठाकुरले सोमबार जिल्ला प्रहरी परिसर ललितपुर पुगेर श्रेष्ठविरुद्ध जाहेरी दिएकी हुन्। जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी तुलबहादुर कार्कीले जाहेरी परेको पुष्टि गर्दै त्यसको अध्ययन भइरहेको बताएका छन्। यद्यपि जाहेरीमा कुन कसुर उल्लेख गरिएको छ भन्ने प्रहरीले सार्वजनिक गरेको छैन।यो घटनाको पृष्ठभूमिमा जनआस्था साप्ताहिकमा प्रकाशित समाचारलाई लिएर ठाकुरले

    • प्रकाशित मितिः भदौ २, २०८३
    • १६१ पटक पढिएको
  • ग्यास अभावविरुद्ध सडकमा विद्यार्थी, रित्तो सिलिन्डर बोकेर सरकारलाई प्रश्न

    काठमाडौं । खाना पकाउने ग्यासको अभावले सर्वसाधारणसँगै विद्यार्थीको दैनिकीसमेत प्रभावित भएको भन्दै नेपाल विद्यार्थी संघ सडकमा उत्रिएको छ। काठमाडौंको घण्टाघर अगाडि त्रिचन्द्र बहुमुखी क्याम्पस नेविसंघले रित्तो ग्यास सिलिन्डर बोकेर प्रदर्शन गर्दै सरकारको ध्यानाकर्षण गराएको हो।ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने र समयमा ग्यास नपाउँदा खाना पकाउनसमेत समस्या भइरहेको अवस्थामा विद्यार्थीहरूले सरकारको आपूर्ति व्यवस्थापनप्रति असन्तुष्टि जनाएका छन्। उनीहरूले ग्यासको समस्या केवल घरायसी समस्या नभई विद्यार्थीको दैनिक जीवन र पठनपाठनसँग समेत जोडिएको बताएका छन्।प्रदर्शनमा विद्यार्थीहरूले ‘निभ्यो चुलो, भोकै पेट, म

    • प्रकाशित मितिः भदौ २, २०८३
    • ९४ पटक पढिएको
  • मकवानपुर दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु

    मकवानपुर । मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनाले एक न्यायिक परिवारलाई शोकमा डुबाएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी ४९ वर्षीया लक्ष्मी बडूको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो।मंगलबार बिहान करिब ८ बजे भीमफेदी गाउँपालिका–६ जुरीखेतमा वीरगन्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको सरकारी गाडी सडकबाट करिब ५० मिटर तल खसेको थियो।गाडीमा वीरगन्जस्थित उच्च अदालत जनकपुरको अस्थायी इजलासका न्यायाधीश गोकर्ण डाँगीसहित ६ जना सवार थिए। दुर्घटनामा लक्ष्मी बडूका श्रीमान् तथा वीरगन्ज इजलासका रजिस्ट्रार तारादत्त बडूसहित अन्य यात्रु पनि घाइते भएका छन्।लक्ष्मीको टाउकोमा गम्भीर चोट लागेको थियो। घट

    • प्रकाशित मितिः भदौ २, २०८३
    • १४२ पटक पढिएको
  • जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने: सत्य मरेको छैन, कलम हारेको छैन

    काठमाडौं / सर्वोच्च अदालतको आदेश पछि पत्रकार किशोर श्रेष्ठ रिहा भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले सोमबार थुनामुक्त गर्न आदेश दिएपछि उनी रिहा भएका हुन् ।  जेलबाट रिहा भएपछि मंगलबार सामाजिक संजालमा उनले सत्य नमरेको र कलमा हारेको छैन् भन्दै आफुलाई सहयोग गर्ने सबैलाई बधाई तथा शुभकामना दिएका छन् । ‘सत्य मरेको छैन, कलम हारेको छैन,’ पत्रकार श्रेष्ठले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘सबैलाई बधाई, सबैलाई शुभकामना ’उनले ढिलो भए पनि भ्रमको पर्दा च्यातिने विश्वास व्यक्त गर्दै सत्यको अन्ततः जित हुने संकेत गरेका छन् । उनले भने, ‘पन्छीको ठाउँ

    • प्रकाशित मितिः भदौ २, २०८३
    • १८६ पटक पढिएको
  • होर्मुज सम्झौतामा ओमानको भूमिकाप्रति ट्रम्पको कडा चेतावनी

    काठमाडौं /अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्यसम्बन्धी इरानसँगको सम्भावित सम्झौतामा ओमानले अमेरिकी हितविपरीत हस्तक्षेप गरे कडा सैन्य कारबाही गर्न सकिने चेतावनी दिएका छन्।फक्स न्युजसँगको टेलिफोन अन्तर्वार्तामा ट्रम्पले इरानसँगको वार्ताबारे चर्चा गर्दै अमेरिकाले आफ्नो रणनीतिमा कुनै अवरोध स्वीकार नगर्ने बताए। उनले इरानले तनाव कम गर्न सकारात्मक संकेत दिनुपर्ने उल्लेख गर्दै आवश्यक परे कठोर कदम चाल्न अमेरिका पछि नपर्ने चेतावनी दिए। अमेरिका र इरानबीच युद्धको जोखिम कम गर्न गरिएको ६० दिने समझदारीको अवधि सकिन लागेका बेला ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो। यद्यपि उनले इरानमाथि थप दबाब स

    • प्रकाशित मितिः भदौ २, २०८३
    • २३० पटक पढिएको
  • कर्णाली प्रदेशसभा बैठक बस्ने

    सुर्खेत / कर्णाली प्रदेशसभाको बैठक आज (मंगलबार) दिउँसो ३ बजे बैठक बस्ने भएको छ ।कर्णाली प्रदेशसभा नियमावली, २०८१ को नियम ६ को उपनियम ९२० र ९३० बमोजिम सभामुखले बैठक भदौ २ गते मंगलबार दिउँसो ३ बजे बस्ने गरी निर्धारण गरेको सूचनामा उल्लेख छ ।प्रदेशसभा सचिवालयका सचिव डा.अर्जुनकुमार खड्काद्वारा जारी सूचनामार्फत बैठकको मिति र समय परिवर्तन भएको जानकारी प्रदेशसभा सदस्यहरूलाई गराइएको हो ।

    • प्रकाशित मितिः भदौ २, २०८३
    • १६३ पटक पढिएको
  • २४ घण्टामा १ हजार १०३ चालक ट्राफिक कारबाहीमा

    काठमाडौं— काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १०३ जना सवारी चालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन्।मंगलबार बिहानसम्म उपत्यकाका विभिन्न स्थानमा गरिएको ट्राफिक जाँचका क्रममा नियम उल्लंघन गर्ने चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ६४ जना र सिसिटिभीमार्फत ६६ जना चालक कारबाहीमा परेका छन्। त्यस्तै, रातोबत्ती उल्लंघन गर्ने २६ जना चालकलाई पनि कारबाही गरिएको छ।यसैगरी, तीव्र गतिमा सवारी चलाउने १४४, हर्न निषेध उल्लंघन गर्ने ३८, लेन क्रस गर्ने ५६, सवारीको अवस्था ठीक नभएका ३४ र एकतर्फी सडकमा नियम उल्लंघन गर्ने १६ जना चालक क

    • प्रकाशित मितिः भदौ २, २०८३
    • ४५३ पटक पढिएको
  • पाँच वटा संसदीय समितिको बैठक बस्दै

    काठमाडौं— आज पाँच वटा संसदीय समितिको बैठक बस्दै छ । मंगलबार कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो । कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ९ः३० बजे बस्ने भएको हो । बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा गठित मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदलद्वारा तयार पारिएको प्रतिवेदन  “A Brief Technical Report on Addressing Human–Wildlife Conflict in Nepal: A National Strategy for Conflict Management, Mitigation

    • प्रकाशित मितिः भदौ २, २०८३
    • ४१७ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.