काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै छ। बैठकमा सहभागी हुन संस्थापन पक्षका नेताहरू पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका छन्।कांग्रेसमा नियमित कि विशेष महाधिवेशन गर्ने भन्ने विषय अहिले पेचिलो बनेको छ। पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको बाटोमा अघि बढेको भन्दै वक्तव्य जारी गरेका थिए।यही विवाद समाधान गर्न पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यसम्पादन समिति बैठक बोलाएका हुन्। बैठकमा प्रवेश गर्दागर्दै खड्काले पार्टीको विवाद समाधान गर्ने गरी निर्णय आउने बताएका छन्।
काठमाडौं— जेनजीका माग अलपत्रै छाडेर चुनावी रट घातक हुने जेनजी युवाहरुले ठहर गरेका छन् । शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले आफूहरुका भावनालाई कुल्चे सह्य नहुने चेतावनीसमेत दिएका छन् ।जेनजी वीरेन्द्र शाहीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका मागहरुबारे सरकार बेखबरजस्तै बन्नु दुर्भाग्य भएको बताएका छन् । दिनदिनै नौजवान युवाहरु विदेशीनु, देशको आर्थिक अवस्था जरजर बन्नुको मुख्य कारक पूराना दलहरु भएको र उनीहरुको विकल्पमा नयाँ शक्ति खडा गर्नुपर्ने आवश्यकता रहेको बताए ।युवाहरुले स्वदेशमै भविष्य खोज्ने अवस्था नभएको बताउँदै शाहीले भने,‘किन हाम्रो श्रम विदेश जान्छ, किन हाम्रो मष्तिस्क स
काठमाडौं— नेपाल विद्युत् प्राधिकरणले ठूलो संख्यामा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। प्राधिकरण प्रधान कार्यालयले आज सूचना जारी गर्दै विभिन्न पदमा खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्न लागिएको जनाएको हो। दसौँ तहको सहनिर्देशक, आठौँ तहको निर्देशक, सातौँ तहको प्रशासकीय अधिकृत, चार्टर्ड एकाउन्टेन्ट, समाजशास्त्री, इन्जिनियर, वातावरणविद्, मिटर रिडरदेखि सुपरभाइजर सम्मका २६६ पदका लागि प्राधिकरणले दरखास्त आह्वान गरेको हो। योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आगामी माघ ८ गतेसम्म नेपाल विद्युत् प्राधिकरणको वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।
रौतहट— रौतहटको चन्द्रनिगाहपुर खण्डस्थित पूर्व–पश्चिम राजमार्ग लगायत जिल्लाका अधिकांश भू–भागमा आज बिहानैदेखि लागेको बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बनेको छ ।हुस्सुले गर्दा भिजिबिलिटी (दृश्यता) कम भएपछि राजमार्गमा गुड्ने सवारी साधनहरू बत्ती बालेर ढिलो गतिमा गुड्न बाध्य छन् ।बाक्लो हुस्सु र कुहिरोका कारण सडकमा भिजिबिलिटी कम भई दुर्घटनाको जोखिम बढेपछि ट्राफिक प्रहरीले चालकहरूका लागि विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।हुस्सु लागेको बेला अगाडिको सडक प्रष्ट नदेखिने हुँदा सवारी साधन अत्यन्तै कम गतिमा चलाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका ट्राफिक प्रहरी निरीक्षक राजेन्द्र थापा मगरले बताए ।उ
स्याङ्जा— भीरकोट नगरपालिका–६ उजेलीडाँडामा रहेको भाग्योदय माध्यमिक विद्यालयमा अभिभावकले आलोपालो विद्यालयमै उपस्थित भएर दिवा खाजा बनाउने गरेका छन्।नेपाल सरकारको दिवा खाजा कार्यक्रमअन्तर्गत बाल विकासदेखि कक्षा ६ सम्मका विद्यार्थीलाई निःशुल्क खाजा उपलब्ध गराइँदै आएको छ। उक्त विद्यालयमा एक जना भान्सेले मात्रै सबै विद्यार्थीलाई खाजा बनाएर खुवाउन कठिन भएपछि अभिभावकले सहयोग गर्दै आएका हुन्।विद्यालयमा दिवा खाजा पकाउनका लागि छुट्टै चमेना गृह सञ्चालन गरिएको छ। विद्यालयका प्रधानाध्यापक रेशम खनालका अनुसार बाल विकासदेखि कक्षा ६ सम्मका विद्यार्थीका लागि छ बार छ प्रकारका खाना बनाइन्छ। “एक जना भान्सेले मा
काठमाडौं— काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले सार्वजनिक स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन महानगर निरन्तर प्रयासरत रहेको बताएकी छन् ।शुक्रबार काठमाडौं महानगरपालिका वडा नम्बर–८ मा रहेको रामघाट प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा एक्स–रे मेसिनको उद्घाटन गर्दै उपप्रमुख डंगोलले सबै नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्नु महानगरको प्राथमिकता रहेको उल्लेख गरिन् ।उनले भनिन्, ‘स्वास्थ्य सेवा छिटो, सहज र प्रभावकारी बनाउने उद्देश्यसहित वडा–वडामा सहकारी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालन गरिरहेका छौं। कतिपय स्थानमा ठाउँको अभावका कारण भाडामा लिएर समेत सेवा दिइरहेका छौं, र त्यसको प्रभ
काठमाडौं— निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले प्राकृतिक प्रकोप तथा विभिन्न प्रकारका विपद्का समयमा सदस्य विद्यालय तथा सम्बद्ध व्यक्तिहरूलाई व्यवस्थित, समन्वित र प्रभावकारी सहयोग उपलब्ध गराउने उद्देश्यले ‘प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन विभाग’ गठन गरेको छ ।बाढी, पहिरो, भूकम्प, महामारीजस्ता प्राकृतिक प्रकोपले समय–समयमा देशभर प्रभाव पार्ने तथा त्यसका प्रत्यक्ष प्रभाव शिक्षा क्षेत्र र निजी विद्यालय समुदायमा पर्ने यथार्थलाई मध्यनजर गर्दै यस विभाग गठन गरिएको प्याब्सनले जनाएको छ ।विगतका वर्षहरूमा विपद्का बेला राहत, सहजीकरण र समन्वयका विभिन्न मानवीय अभियानहरू सञ्चालन गर्दै आए
हेटौँडा— मकवानपुरका दुर्गम क्षेत्र राक्सिराङ र कैलाश गाउँपालिकामा एकातर्फ प्रहरीले ३० बिघामा लगाइएको गाँजा र अफिमखेती नष्ट गरिरहेको छ भने अर्कोतर्फ बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँका सार्वजनिक अभिव्यक्तिले प्रदेश सरकारकै नीति, प्रशासन र कानुनमाथि गम्भीर प्रश्न उठाएको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार विशेष अभियान सञ्चालन गर्दै राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकाका विभिन्न वडामा लगाइएको २१ बिघा गाँजा र ९ बिघा अफिमखेती फडानी गरी नष्ट गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार राक्सिराङ–१, ६, ७, ८ तथा कैलाश–१, २, ३, ५, ६ र ९ का विभिन्न स्थान
काठमाडौं— गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षता शुक्रबार २८ औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठक सम्पन्न भएको छ ।गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको बैठकमा बोल्दै गृहमन्त्री अर्यालले नेपालमा हुन सक्ने कुनै पनि विपद् जोखिम न्यूनीकरण तथा यसका व्यस्थापनका पक्षमा कानूनी र संरचनागत व्यवस्थापनले मात्रै प्रयाप्त नहुने भएकोले यसको प्रभावकारी कार्यान्वयन अहिलेको मुख्य चुनौती रहेको बताएका छन् ।राष्ट्रिय भूकम्प सुरक्षा दिवसलाई हामीले पोस्टर टाँस्ने, औपचारिक कार्यक्रम गर्ने, एक दिनको सचेतना फैलाएर सकिने कार्यक्रमका रूपमा सीमित गर्नु न
उदयपुर— उदयपुरको कटारी नगरपालिका–६ आपटार क्षेत्रबाट प्रहरीले भरूवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लामीदुवाली निवासी कृष्णबहादुर मगर रहेका छन्।प्रहरी चौकी रिस्कुबाट खटिएको टोलीले बिहीबार दिउँसो मगरलाई भरूवा बन्दुक एक थानसहित नियन्त्रणमा लिएको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.