काठमाडौं / उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा एलपी ग्यासको आपूर्तिमा समस्या नरहेको भन्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गरेको छ ।शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, नेपाल आयल निगम तथा ग्यास उद्योग संघको संयुक्त आयोजनामा भएको पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्रप्रसाद सुवेदीले ग्यासको आपूर्ति बढिरहेको भन्दै अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न उपभोक्तालाई आग्रह गरेका हुन् । उनले नेपालको संविधानको धारा ४४ ले उपभोक्ताको हक सुनिश्चित गरेको उल्लेख गर्दै गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिका
चितवन । भरतपुरका बस्ती आसपास बच्चासहित चितुवा देखिएपछि स्थानीयवासी त्रसित भएका छन्। एउटा बच्चा नियन्त्रणमा लिएर संरक्षणकर्मीको जिम्मा लगाइएको छ भने माउ चितुवा अर्को बच्चासहित अझै बस्ती आसपास रहेको बताइएको छ।वन्यजन्तु प्राविधिकका अनुसार बच्चालाई बाघ वा अर्को चितुवाबाट जोगाउन माउ बस्ती आसपास आएको हुनसक्छ। चितुवा नियन्त्रणका लागि वन कार्यालयले ड्रोन, सीसी क्यामेरा, खोर र लेग ट्रयाप प्रयोग गरिरहेको छ।रुख चढ्न सक्ने भएकाले चितुवा नियन्त्रण चुनौतीपूर्ण बनेको छ। वन कार्यालयले स्थानीयलाई सतर्क रहन आग्रह गर्दै माउ र अर्को बच्चाको खोजी तथा नियन्त्रण अभियान तीव्र पारेको छ।
काठमाडौं / पत्रकार किशोर श्रेष्ठको गिरफ्तारी तथा जनआस्था कार्यालयमा भएको छापा र सञ्चार उपकरण नियन्त्रणको घटनाप्रति विभिन्न पत्रकार संगठन तथा अधिकारकर्मीले आपत्ति जनाएका छन्।शुक्रबार काठमाडौंमा आयोजित अन्तरक्रियामा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पत्रकारमाथिको धरपकडले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको बताए। उनले प्रेस स्वतन्त्रता अन्तर्राष्ट्रिय मानवअधिकारका दस्तावेजले समेत सुनिश्चित गरेको भन्दै घटनालाई अन्तर्राष्ट्रिय तहमा समेत उठाउनुपर्ने धारणा राखे। त्रिपाठीले सरकारबाट मानवअधिकार तथा प्रेस स्वतन्त्रतासम्बन्धी अन्तर्राष्ट्रिय मान्यताको उल्लंघन भएको आरोप लगाउँदै ज
रोल्पा । बाहिरको मौसम खराब भएपछि घरभित्रै बसेका एक व्यक्तिको पनि चट्याङबाट ज्यान गएको छ। रोल्पाको लुङ्ग्री गाउँपालिका–१ खदरका ५९ वर्षीय वीरबहादुर खत्रीको चट्याङ लागेर मृत्यु भएको हो।बिहीबार राति आफ्नै घरमा रहेका बेला चट्याङ लागेर घाइते भएका खत्रीको उपचारका क्रममा स्थानीय स्वास्थ्य संस्थामा मृत्यु भएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार चट्याङ लागेपछि तत्काल उपचारका लागि स्वास्थ्य संस्था लगिए पनि उनको अवस्था गम्भीर बनेको थियो।यो घटनाले चट्याङबाट जोगिन घरभित्रै बसे पनि पूर्ण रूपमा सुरक्षित हुन्छ भन्ने अवस्था नरहेको देखाएको छ। विशेषगरी वर्षायाममा चट्याङ पर्ने समयमा विद्युतीय
कास्की । कास्की–पर्वत जोड्ने दुई मेटल पुल बाढीले बगाएपछि आवागमन ठप्प भएको छ। अन्नपूर्ण गाउँपालिका–५ र ६ को सीमामा रहेको अन्नपूर्ण माता मन्दिर क्षेत्रमा राति आएको बाढीले ठूलो क्षति पुर्याएको हो।अविरल वर्षापछि मोदीखोलामा आएको भीषण बाढीले मन्दिरसम्म पुग्ने कास्की र पर्वततर्फका दुवै मेटल पुल बगाएको छ। पुल बगेपछि मन्दिरसँगको स्थल सम्पर्कसमेत विच्छेद भएको छ।बाढीले मन्दिरको आधा भागमा समेत क्षति पुर्याएको छ। घटनाका क्रममा मन्दिरमै रहेका एक सन्त पुजारी र दुई भक्तजन गरी तीन जना बाढीको बीचमा फसेका छन्।उनीहरूको उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं। २४ कालिका गण कास्कीबाट रोप रेस्क्यु टोली तथा गोताखो
काठमाडौं । नेपाल शिक्षक महासंघको नेतृत्व चयनमा लामो समयदेखि रहँदै आएको प्रतिनिधिमूलक प्रणाली हटाएर अब देशभरका शिक्षकलाई नै प्रत्यक्ष मतदानको अधिकार दिने तयारी सरकारले थालेको छ।शिक्षा मन्त्रालयले महासंघको विधान संशोधनको मस्यौदा अघि बढाउँदै संगठनमा आबद्ध नभएका शिक्षकलाई समेत नेतृत्व चयनमा सहभागी गराउने नयाँ व्यवस्था प्रस्ताव गरेको हो। प्रस्ताव कार्यान्वयन भए महासंघको अध्यक्षसहित नेतृत्व छान्न देशभरका शिक्षकले प्रत्यक्ष मतदान गर्न पाउनेछन्।शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार अहिले केही शिक्षक संघ–संगठनले तोकेका प्रतिनिधिमार्फत महासंघको नेतृत्व चयन हुने भएकाले ठूलो संख्यामा शिक्षक प्रत्यक्ष निर्ण
रुकुमपूर्व । लगातारको वर्षाले मध्यपहाडी लोकमार्गको यात्रा जोखिमपूर्ण बन्दै गएपछि रुकुमपूर्व प्रशासनले रातिको समयमा राजमार्गमा सवारी सञ्चालनमै रोक लगाएको छ।साउन २९ गते राति ९ बजेदेखि साउन ३० गते बिहान ९ बजेसम्म मध्यपहाडी लोकमार्गमा सबै प्रकारका सवारी साधन सञ्चालन गर्न नपाइने निर्णय गरिएको हो। सडकमा पहिरो खस्ने क्रम नरोकिएको र वर्षा अझै जारी रहने पूर्वानुमानपछि प्रशासनले यस्तो कदम चालेको होपुष्पलाल मध्यपहाडी राजमार्गअन्तर्गत काँडाबगर, धौलापहिरालगायतका क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ। पहिरो हटाएर सडक सञ्चालनमा ल्याइए पनि जोखिम भने हटेको छैन।प्रशासनका अनुसार लगातारको वर्षाले सडक आसपा
जनकपुरधाम । गर्मी चर्किएसँगै मधेस प्रदेशमा सर्पदंशको जोखिम बढेको छ। पछिल्ला केही दिनयता सर्पदंशका बिरामीको संख्या बढ्न थालेपछि प्रदेश सरकारले उपचार केन्द्रहरूमा एन्टी स्नेक भेनमको आपूर्ति तीव्र बनाएको छ।मधेस प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले सर्पदंशको उपचार हुने प्रदेशका २७ वटै अस्पताल तथा उपचार केन्द्रमा आवश्यकताअनुसार औषधि पठाउन थालेको जनाएको छ। औषधि अभाव देखिएका केन्द्रमा तत्काल आपूर्ति बढाइएको छ।सिरहाको चोहर्वास्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा ३० भायल तथा वीरगञ्जस्थित नारायणी अस्पतालमा १०० भायल एन्टी स्नेक भेनम पठाइएको छ। अन्य उपचार केन्द्रबाट आउने मागका आधारमा पनि औषधि पठाउने क
बागलुङ । रातभरको अविरल वर्षाले बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्गमा एकैपटक अवरोध सिर्जना गरेको छ। बाढी र पहिरोका कारण कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड ठप्प भएपछि सडकमा गुडिरहेका यात्रु तथा सवारीसाधन बाटोमै रोकिएका छन्।बागलुङ नगरपालिका–१३ स्थित कालाखोला बगरमा पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध भएको हो। रातिदेखि निरन्तर पानी परिरहेकाले सडकमा पहिरो खस्दा यातायात सञ्चालन हुन सकेको छैन।उता मध्यपहाडी लोकमार्गको बुर्तिवाङ–निसीखोला खण्ड पनि बाढीको चपेटामा परेको छ। निसीखोला गाउँपालिका–४ कानाबजार नजिक ठाडाखोलामा आएको बाढीले सडक अवरुद्ध गरेपछि मध्यपहाडी लोकमार्गबाट हुने आवागमन
जाजरकोट । अविरल वर्षापछि आएको बाढीले जाजरकोटको नलगाड नगरपालिका–१० तासुघाटमा ठूलो क्षति पुर्याएको छ। गएराति आएको बाढीले एउटा खाजा पसलसहित चार वटा घर र झोलुङ्गे पुल बगाएपछि भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।बाढीले बस्ती र सडकमा क्षति पुर्याए पनि हालसम्म मानवीय क्षतिको विवरण आएको छैन। बाढीपछि तासुघाट क्षेत्रको जनजीवन प्रभावित भएको छ भने जाजरकोट–डोल्पा आवतजावत गर्ने मुख्य सडक नै बन्द भएको छ।घटनालगत्तै प्रभावित क्षेत्रमा उद्धार तथा क्षतिको विवरण संकलनका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ। दल्लीस्थित सशस्त्र प्रहरीको अस्थायी मनसुन विपद् व्यवस्थापन बेस र स्थानीय
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.