समाचार

    Showing 681-690 of 19,751 items.
  • रानीकोटदेखि नगकोटसम्म अङ्ग्रेजी नयाँ वर्षको उल्लास

    भक्तपुर। आज अङ्ग्रेजी नयाँ वर्ष–२०२६ को पहिलो दिन । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी पर्यटकले खचाखच हुँदा यहाँका पर्यटन एवं होटल व्यवसायी उत्साहित छन् ।विदेशी मात्र नभई आन्तरिक पर्यटकको बढ्दो चापले व्यवसायीहरू उत्साहित भएका हुन् । भक्तपुरका पर्यटकीय क्षेत्र रानीकोटदेखि नगरकोटसम्म आन्तरिक पर्यटक भरिएका छन् ।केही वर्षयता पर्यटकीय गन्तव्य बन्दै आएको सूर्यविनायक नगरपालिका–७ गुण्डु र वडा नंं ८ सिपाडोलको संङ्गमस्थल ऐतिहासिक रानीकोट र घ्याम्पेडाँडाका सबै होटलहरू आन्तरिक पर्यटकले भरिएका छन् । पर्यटन व्यवसायी एवं भिलेज हाइल्यान्ड रिसोर्टका सञ्चालक रामस

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 228 पटक पढिएको
  • मुस्ताङमा सन् २०२५ मा विदेशी पर्यटकको सङ्ख्या १८ प्रतिशतभन्दा बढीले वृद्धि

    मुस्ताङ। धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ । सन् २०२५ मा समग्रमा गत वर्षभन्दा १८ दशमलव ७१ प्रतिशतले पर्यटकको आवागमन वृद्धि भएको जनाइएको छ ।  उक्त वर्षको जनवरीदेखि डिसेम्बर ३१ तारिखसम्म यहाँ कुल एक लाख ६१ हजार १२२ जना विदेशी पर्यटक भित्रिएको एक्याप जोमसोम कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिनुभयो । उहाँका अनुसार सन् २०२४ मा एक लाख ३५ हजार ७१९ जना विदेशी

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 178 पटक पढिएको
  • आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस

    काठमाडौँ। विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि युवाले यो दिवस मनाउन थालेका हुन् । नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाउन थालिएको हो । दिवसका अवसरमा धेरैले राष्ट्रिय पोसाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् । १३ वर्षदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोसाक दिवस मनाउन थालिएको थियो,  यसले राष्ट्रिय पोसाकको पुनर्जागरणमा टेवा पुगेको बताइन्छ ।&

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 200 पटक पढिएको
  • बर्दिबासमा भारतीय पाहुना खचाखच

    महोत्तरी। इस्वी संवत् २०२६ को स्वागतका लागि महोत्तरीको बर्दिबास क्षेत्रका होटल भारतीय पाहुनाले खचाखच छन् । बर्दिबासका ५० भन्दा बढी होटल भारतीय पाहुनाले खचाखच भएका हुन् । भारतको सीतामढी, शिवहर, मधुवनी, झञ्झारपुर, मधुवनी, दरभङ्गा र मुजफ्फरपुरसहितका भारतीय पाहुनाले बर्दिबासस्थित होटलमा निकै चहलपहल रहेको होटल गौतमका सञ्चालकसमेत रहनुभएका नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेशका अध्यक्ष हिरालाल गौतमले बताउनुभयो । “पछिल्ला एक दशकयता नयाँ वर्षका अवसरमा बर्दिबास भारतीय पाहुनाको छनौटमा पर्दै आएको छ । यसले यहाँका पर्यटकीय स्थलको प्रवर्द्धनमा सहयोग पुगेको छ”, उहाँ भन्नुहुन्छ, “भारतीय

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 169 पटक पढिएको
  • आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

    काठमाडौं— संघीय संसद, राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज पनि बस्ने भएको छ ।समितिको १४७ औं बैठक बिहीबार बिहान ११ः३० बजे सिंहदरवारस्थित संसद भवनमा बस्ने भएको हो ।बैठकमा चलचित्र विधेयक, २०८१ मा दफावार छलफल र विविध अन्य विषयहरूमा छलफल हुने समिति सचिवालयले जानकारी दिएको छ।समितिका सबै सदस्यहरू तथा सम्बन्धित सरोकारवालाहरूको उपस्थितिको लागि अनुरोध गरिएको छ।

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 341 पटक पढिएको
  • आज १३औँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस तथा राष्ट्रिय पोशाक दिवस मनाइँदै

    काठमाडौं— आज अङ्ग्रेजी नयाँ वर्ष २०२६ को पहिलो दिनका अवसरमा देशभर १३औँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस तथा राष्ट्रिय पोशाक दिवस विविध कार्यक्रमका साथ मनाइएको छ। “मेरो शान, मेरो पहिचानः राष्ट्रिय पोशाक संरक्षण अभियान” भन्ने नाराका साथ यस वर्षको टोपी दिवस मनाइएको हो।नेपाली टोपीको पहिचान, महत्व र संरक्षणको सन्देश फैलाउने उद्देश्यसहित काठमाडौंको बसन्तपुर दरबार क्षेत्रमा विशेष कार्यक्रम आयोजना गरिएको थियो। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालद्वारा आयोजित कार्यक्रममा पञ्चेबाजासहित प्रभातफेरि निकालिएको थियो। प्रभातफेरिमा सहभागीहरूले नेपाली टोपी र राष्ट्रिय पोशाक लगाएर सांस्कृतिक झाँकी प्रस्तुत

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 383 पटक पढिएको
  • निजी क्षेत्रको मनोबल कमजोर भएको वर्ष २०२५

    काठमाडौं— कोभिड–१९ को महामारीपछि सुस्ताएको अर्थतन्त्रले भर्खर भर्खर लय समात्न थालेको बेला सन् २०२५ मा राजनीतिक अस्थिरतका कारणले लगानीको वातावरण नभएको भन्दै निजी क्षेत्रको मनोबल खस्केको सरोकारवालाहरुले बताउँदै आएका छन् ।जेनजी आन्दोलनपछि मुलुकको राजनीतिक तथा आर्थिक वातावरण थप संवेदनशील बनेकाले निजी क्षेत्रको मनोबल कमजोर भएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बताए ।उनका अनुसार यस्तो अवस्थामा निजी क्षेत्रको मनोबल उठाउन सरकारको भूमिका निर्णायक हुने गर्दछ । त्यसकारण सरकारले यस विषयमा सोच्नुपर्ने उनले बताए । निजी क्षेत्रको संरक्षण र प्रवद्र्धनसम्बन्धी विषय मन्त्रीपरिषद्बाट का

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 355 पटक पढिएको
  • ब्राजिलका महान फुटबल खेलाडी रोबर्टो कार्लोसको आपतकालीन मुटुको शल्यक्रिया

    काठमाडौं— ब्राजिल फुटबलका महान खेलाडी रोबर्टो कार्लोसको आपतकालीन मुटुको शल्यक्रिया गरिएको छ । ५२ वर्षीय पूर्व लेफ्ट ब्याक कार्लोसलाई फुटबल इतिहासकै उत्कृष्ट डिफेन्डरमध्ये एक मानिन्छ । उनी २०२६ फिफा विश्वकप ड्रअमा सहभागितासहित व्यस्त कार्यक्रम सकेर ब्राजिल फर्किएपछि अस्पताल भर्ना भएका थिए । सुरुमा उनको खुट्टामा रगत जमेको आशंकामा जाँच गराइएको थियो ।तर, पूर्ण शरीरको एमआरआई परीक्षणका क्रममा मुटुसम्बन्धी समस्या पत्ता लागेपछि तत्काल शल्यक्रिया गर्नुपरेको थियो । सामान्यतया करिब ४० मिनेटमा सम्पन्न हुने यो शल्यक्रिया जटिलताका कारण झण्डै तीन घण्टा लागेको थियो, जसक्रममा मुटुमा ट्युब समेत जडान गरिएको थियो

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 352 पटक पढिएको
  • बागमती मन्त्रिपरिषद् बैठक : दुई समिति गठन आदेश पारित, विपन्न नागरिकका लागि रक्तसञ्चार कार्यविधि स्वीकृत

    मकवानपुर—  सोमबार बसेको बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले दुई वटा समिति गठन आदेशलाई पारित गरेको छ।बैठकले नव बुद्धपार्क क्षेत्र विकास समिति तथा त्रिभुवन पार्क सञ्चालन तथा व्यवस्थापन समिति गठनसम्बन्धी आदेश स्वीकृत गरेको प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिए ।बैठकले प्रदेशभित्र सञ्चालनमा रहेका सवारी साधनसँग सम्बन्धित केही दस्तुर, कर तथा जरिवानामा छुट दिने निर्णय समेत गरेको छ । यस निर्णयले सवारी धनीलाई राहत पुग्ने विश्वास लिइएको छ।त्यसैगरी बैठकले प्रदेशका विपन्न नागरिकलाई आकस्मिक उपचार सेवामा सहजीकरण गर्ने उद्देश्यसहित रक्तसञ्चार सञ्चालनसम्ब

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 336 पटक पढिएको
  • पाल्पा सिमेन्ट इण्डष्ट्रीजको आईपीओ पुस २५ देखि

    काठमाडौं— पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पुस २५ गतेदेखि पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ जारी गर्न लागेको हो ।कम्पनीले नेपाल धितोपत्र बोर्डबाट पुस ९ गते कुल ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता साधारण शेयर (प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ) निष्कासनका लागि अनुमति पाएको थियो । सो स्वीकृतिअनुसार पहिलो चरणमा जारी शेयरमध्ये आयोजना प्रभावित क्षेत्र पश्चिम नवलपरासी (साविक नवलपरासी जिल्ला) तथा खानी रहेको पाल्पा जिल्लाका स्थानीय बासिन्दाका लागि ५ प्रतिशत अर्था

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 339 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा