सशस्त्र प्रहरी बलको नेतृत्वमा एक दूरदृष्टि र निडर कमाण्डरको रूपमा चिनिएका गणेश ठाडा मगर सशस्त्र प्रहरी बल अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका छन्। उनको यो बढुवा सशस्त्र प्रहरी संगठनको निष्ठा, अनुशासन र कार्यदक्षताको कदरको स्पष्ट सन्देश पनि हो।

मगरले हालसम्म सम्हालेका कमाण्ड सबै युनिटहरू कार्यसम्पादन, अनुशासन, अपरेसन, तालिम तथा जनउत्तरदायित्वका सूचकमा देशकै उत्कृष्ट बनाएका छन् त्यस्तै मधेशस्थित छिन्नमस्ता बाहिनी र बाग्मतीस्थित बाहिनी दुबै  वरिष्ठ र अनुभवी अधिकृतहरूको नेतृत्वमा रहेका अन्य युनिटहरूलाई पछि पार्दै उनको डिआइजी नेतृत्वमा आन्तरिक निरीक्षणमा पहिलो घोषित भएका थिए। यसले उनको क्षमता र नेतृत्वलाई प्रमाणित गर्छ।

माओवादी द्वन्द्वकालमा देशका संवेदनशील जिल्लाहरू दाङ, प्युठान, नुवाकोट र स्याङ्जामा खटिएका मगरले अपरेसन र दक्षता मात्र होइन, अद्वितीय निडरताको उदाहरण पनि प्रस्तुत गरे थिए। स्थानीय राजनीतिक नेतादेखि सर्वसाधारणसम्मले आज पनि उनको तत्कालीन सेवा, साहस र निर्णय क्षमताको प्रशंसा गर्छन्।

मगर भारत, चीन, इटाली तथा संयुक्त राष्ट्रसंघबाट विभिन्न रणनीतिक र मानवअधिकार तालिम लिएका छन्। उनी APF कमाण्ड तथा स्टाफ कलेजको प्रमुखसमेत भइसकेका छन् र हालका प्रतिस्पर्धी अधिकृतहरूलाई समेत प्रशिक्षण दिइसकेका छन्। 

सामाजिक सञ्जालमा पूर्वराजा र अन्तर्राष्ट्रिय राजनीतिज्ञप्रति व्यक्तिगत अभिव्यक्ति वा तस्करीसम्बन्धी अप्रत्याषित आरोपहरू जतिसुकै उठाइए पनि, ती अप्रमाणितकुरा न्यायिक अनुसन्धानमा उनी निर्दोष प्रमाणित भएका छन्। 

गणेश ठाडा मगरको बढुवा सशस्त्र प्रहरी संगठनभित्र प्रतिभा, निष्ठा र कार्यक्षमताको मूल्याङ्कनको गतिले उदाहरण बनेको छ। नेतृत्वले योग्यताको कदर गर्दै गरेको यो निर्णय संस्थाको भविष्यप्रति सकारात्मक सन्देश पनि बनेको छ।

गणेश ठाडा मगरको एआईजी पदमा बढुवा हुनु व्यक्तिगत सफलता मात्र होइन, सशस्त्र प्रहरी बलप्रतिको राज्य जिम्मेवार दृष्टिकोणको प्रतिविम्ब पनि हो। यो निर्णय संस्थाले आफ्ना असल अधिकृतहरूको मूल्य चिनेको, संगठनलाई परिणाममुखी नेतृत्वमा लैजाने तयारी गरेको र समग्रमा देशको सुरक्षातन्त्रलाई अझ बलियो बनाउने आधार तय गरेको सन्देश पनि दिएको छ।

मगरका प्रतिस्पर्दी कमल गिरि भने एसपी हुँदा सप्तरी लगायत जिल्लामा कमान्डर भई कार्य गरेको बखत दारु खाई  मातहतलाई कुट्ने, दुर्व्यवहार गर्ने तथा कमजोर कमान्डर रहेको मात्र नभई निजको विरुद्धमा मानव अधिकार आयोगमा समेत निवेदन परेको र लिखित कारबाही गर्न खोज्दा रोई कराई गर्ने र विभिन्न पावर सेन्टरमा फोन गराउने गरी जोगिएका निजका तत्कालीन बाहिनीपतिहरु तथा तत्कालीन सङ्गठन प्रमुखहरू बताउँछन्।  

यसै  क्रममा गिरी २०७२ सालमा संयुक्त राष्ट्र सङ्घको  हाईटीमा युएनमा कार्यरत रहँदा दारु खाई  कमान्डर एसएसपी कमल बस्नेत लगायत सिनियरहरुलाई खुकुरी देखाई धम्क्याउने गरेकोले  युएनबाट कारबाही भई नेपाल फिर्ता पठाइएका  व्यक्ति  हुन्। त्यसो त सहकर्मीहरुले उनलाई सशस्त्र प्रहरी भित्र खुकुरी कान्छा भनेर चिन्ने गरेका छन् ।युएनबाट डिपोट हुनु फौजमा कोर्ट मार्सल सरह रहेको र नेतृत्वको लागि हैन सेवामा रहनको लागि पनि उपयुक्त नहुने हेडक्वाटरमा चर्चा भएको थियो ।

गिरी कमजोर कार्यसम्पादन भएका नं ६ बाहिनी सुर्खेतमा सहायक बाहिनिपतिको रूपमा कार्यरत रहँदा तत्कालीन बाहिनीपतिलाई धम्काउने तथा कार्यसम्पादन मूल्याङ्कन भर्दा निज स्वयमले मेरो उपस्थितमा कार्यसम्पादन भर्नुपर्दछ भनी दबाब दिई भरेको तथा उल्टो कुरा लगाउने गरेको कुरा तत्कालीन बाहिनीपति अवकाश प्राप्त डिआइजी बताउछन ।  

पूर्व क्षेत्रको बाहिनीपतिको रूपमा रहँदा सई देखि  हवलदारसम्मका  एक दर्जन घुमुवा परिचालन गरी अकुत आर्जन गरेको त्यस बेला बाहिनीमा कार्यरत सशस्त्र कर्मचारीहरू बताउँछन् । त्यसै  क्रममा तस्करसँग सेटिङ्ग गर्न भनी घुमुवा सहायक हवलदारलाई   गिरीले राजश्व अनुसन्धान कार्यालय इँटहरिमा पठाएको र उक्त कुरालाई हाकिमले ठाडै अस्वीकार गर्दा घुमुवाले  हाकिमलाई लछार पछार समेत गरेकोले र त्यस बेला ठुलो स्क्याण्डल बनेको भएता पनि उक्त कुरालाई गिरीले माथिको सेटिङ्ग गरी गुपचुप बनाएका थिए ।  

गिरी ब्यावसाइ तथा हालको राजावादी आन्दोलनका प्रमुख नाइके दुर्गा प्रसाईँले तत्कालीन राजनीतिक दल नेकपाको शीर्ष नेताहरूसँगको सम्बन्धलाई दुरुपयोग गरी  गिरी थरको ससुराली नाता पर्ने  कमल गिरीलाई दुर्गा प्रसाईँ मार्फत ५ नम्बरमा रहेका गिरीलाइ  डिआइजी पदोन्नति हुँदा १ नम्बरमा पदेन्नती गराउन सफल भएका थिए। 

विवादस्पद र अपराधिक चरित्रका भएको आरोप खेप्दै आएका डीआईजी गिरीले श्रृङ्खलाबद्ध गलत समाचार लेखाउन मात्र छोडेनन डीआईजी गिरीले विशेष गरेर नेपाली कांग्रेसविरुद्ध तेजोबद्ध गरिरहेका छन् । गिरीले गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा.आरजु राणा, एआईजी बढुवाको सिफारिसमा परेका सहकर्मी गणेशबहादुर ठाडा मगर लगायतविरुद्ध ठूलो रकम खर्च गरेर मिडियाबाजी गरिरहेका छन् । डीआईजी गिरीले गरेका हर्कतहरूको सशस्त्र प्रहरी मुख्यालयले ठूलो फाइल बनाएर राखेको बुझिएको छ । डीआईजीबाट एआईजीमा आर्थिक चलखेल भएको भनेर समाचार लेखाउने हर्कतमा गिरीको कोशी प्रदेस बस्दाका उनका नजिकका घुमुवालाई प्रयोग गरेको खबर हलचोक सम्म पुगेको छ।

गिरीले कांग्रेसका नेताहरू गृहमन्त्री, परराष्ट्रमन्त्री लगायतविरुद्ध पैसाको खोलो बगाएर चरित्रहत्या हुने गरी समाचार लेखाएको चर्चा सशस्त्र प्रहरीको हेडक्वारट सम्म चलेको छ । यस्ता भ्रामक हल्ला चलाउने गिरीको गृह मन्त्रालय र हेड्वाटरले छुट्टै हिसाब किताव राखेको बुझिएको छ।

एआईजी बढुवामा विक्रम संवत् २०५४ साल चैत्रमा भर्ना भएका शम्भु सुवेदी आफ्नै कारणले पछि परेका छन् । २०५६/०३/०३ भर्नाको बैकल्पिक ब्याजका कुलबहादुर नेम्वाङ सशस्त्र प्रहरीमा कमजोर उम्मेदवार मानिन्छन् ।

२०५६/०३/०३ मा भर्ना भएका कमल गिरी र गणेश ठाडा मगर निकटतम प्रतिस्पर्धा थिए । व्यावसायिकता, क्षमता तथा चरित्रका कारण डीआईजी गिरी विवादमा पर्दै आएका थिए । डीआईजी गिरीभन्दा एआईजी बढुवामा सिफारिस भएका डीआईजी मगर काबिल मानिन्छन् । आधारभूत तालिममा संहिष्णुता, चाँदमारी प्रथम सहित मगर सर्वोत्कृष्ठ भएका थिए । सो तालिममा डीआईजी गिरी पुछारबाट दोस्रो भएका थिए।

सप्तरी लगायत जिल्लामा कमाण्डर भई कार्य गरेका बखत दारु खाने, मातहतलाई कुट्ने, दुर्व्यहार गर्ने तथा कमजोर कमाण्डर रहेको मात्र होइन डीआईजी गिरीबिरुद्ध मानव अधिकार आयोगमा समेत उजुरी परेको थियो ।

त्यति मात्रै होइन विक्रम संवत् २०७२ सालमा हाईटीमा कार्यरत रहँदा दारु खाई मातेर कमाण्डर एसएसपी कमल बस्नेत लगायत सिनियर अधिकृतहरूलाई खुकुरी देखाई धम्क्याउने कार्य गरेका थिए । त्यसपछि गिरीलाई कारवाही गरेर डिपोट गरिएको थियो । तैपनि गिरी सुध्रेका छैनन् । आफ्नै संगठनका साथै गृहमन्त्री, परराष्ट्रमन्त्री लगायतविरुद्ध समाचार लेखाएर चरित्रहत्या गर्ने हर्कत गरिरहेका छन् ।

गिरि एसएसपी हुदा ५ नम्वरमा रहेका बेला गिरी मेडिकल ब्यावसाहि दुर्गा प्रसाईं तथा पूर्वको क्यासिनो व्यावसायी बिभिन्न व्यक्तिहरूलाई प्रलोभनमा पारी ५ नं.बाट डीआईजीमा पदोन्नति हुँदा १ नम्बरमा र १ नं. मा रहेका मगरलाई २ नम्बरमा पदोन्नति भएका थिए ।

गिरी नं. ६ बाहिनी सुर्खेतमा सहायक बाहिनीपतिको रुपमा कार्यरत रहँदा तत्कालीन बाहिनीपतिलाई धम्काउने तथा कार्यसम्पदन मूल्याङ्कन भर्दा स्वयंले ‘मेरो उपस्थितमा कार्यसम्पादन भर्नु पर्छ’ भनि दवाव दिइ भरेको तथा उल्टो कुरा लगाउने गरेको कुरा अवकास प्राप्त डीआईजीहरूले बताउने गरेका छन् ।

नं. १ बराहा बाहिनीमा बाहिनीपतिमा कार्यरत रहँदा निर्वाचनका समयमा आचार संहिता विपरित कुनै खास उम्मेदवारलाई कार्यालयमा नै बसाउने, खुवाउने जस्ता गिरीको सो हर्कतको बिभिन्न दलहरुरूले त्यस बेला आरोप लगाएका थिए ।

पूर्व क्षेत्रको बाहिनीपतिको रुपमा रहँदा  दर्जन घुमुवा परिचालन गरि अकुत सम्पत्ति आर्जन गरेको त्यसबेला बाहिनीमा कार्यरत सशस्त्र कर्मचारीहरूले बताउने गरेका छन् ।

तस्करसंग सेटिङ्ग गर्न भनि घुमुवा सहायक हवल्दार थमबहादुर गिरीलाई उनले राजस्व अनुसन्धान कार्यालय ईटहरीमा पठाएका थिए । राजस्व कार्यालयका हाकिमले ठाडै अस्वीकार गरेपछि घुमुवा थमबहादुर गिरीले हाकिमलाई लछार उपछार समेत गरेका थिए । यो विषय त्यस बेला ठूलो स्क्याण्डल बनेको थियो ।

सशस्त्र प्रहरी बल नेपालको एआईजी बढुवामा छुटेपछि त्यसको झोँकमा डीआईजी कलम गिरीले संगठनको अहितका गतिविधिहरू गरिरहेका प्रस्ट देखिन्छ ।