काठमाडौं— नेपाली काङ्ग्रेसका पूर्वसांसद तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको उपचारका क्रममा निधन भएको छ । केही दिनदेखि उनको काठमाडौं मेडिकल कलेज (केएमसी)मा भेन्टिलेटरमा राखेर उपचार भइरहे पनि आज निधन भएको परिवार स्रोतले जानकारी दिएको छ ।
गत जेठमा नक्खु कारागारबाट छुटेलगत्तै पनि उनलाई ब्रेन स्ट्रोक भएको थियो। त्यतिबेला माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराइएको थियो।
 
                     
                                        
                                                                                                 
        








 
        





























 
        