वीरगञ्ज— जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज मिति २०८२ पुस २१ गते दिउँसो १ः०० बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि यो निषेधाज्ञा जारी गरिएको हो ।प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी सूचना अनुसार, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम शान्ति सुरक्षा कायम राख्नका लागि वीरगन्जका तोकिएका चार किल्लाभित्र कुनै पनि किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पाइने छैन् ।पूर्वमा बसपार्क क्षेत्र देखि पश्चिममा सिर्सिया पुल सम्म, उत्तरमा पावर हाउस चोक देखि दक्षिणमा शङ्कराचार्य गेट
काठमाडौं— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले देशभर उम्मेदवार सिफारिस गर्ने प्रक्रिया तीव्र पारेको छ ।पार्टी केन्द्रको निर्देशनअनुसार जिल्ला र निर्वाचन क्षेत्रीय कमिटीहरूले उम्मेदवार सिफारिस गरिरहेका छन् । सिफारिसको क्रममा कतिपय जिल्लाबाट एकल नाम पठाइएको छ भने केही जिल्लाबाट एकभन्दा बढी आकांक्षीको नाम सिफारिस गरिएको छ । केही जिल्लाले सबै इच्छुक उम्मेदवारको नाम समेत केन्द्रमा पठाएका छन् ।एमाले सचिव महेश बस्नेतका अनुसार हालसम्म २४ वटा निर्वाचन क्षेत्रबाट एकल नाम सिफारिस भइसकेको छ । जसमा केपी शर्मा ओली – झापा–५, विष्णु पौडेल – रुपन्देही–२, शंकर पोखरेल – दाङ–२, लेखरा
ओखलढुंगा— जिल्लामा हत्या तथा लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चिसाङ्ग गाउँपालिका–३ दियालेका २८ वर्षीय संगम राई (मिलन), गाउँपालिका–४ रातमाटेका ३० वर्षीय विनोद राई, ३० वर्षीय प्रकाश भुजेल र चिसाङ्ग गाउँपालिका–८ माम्खाका ३० वर्षीय अशोक भुजेल (दोर्जे) रहेका छन्।गत मंगलबार चिशंखुगढी गाउँपालिका–६ भदौरे गैरीगाउँमा किराना पसल सञ्चालन गर्दै आएका ६० वर्षीय शोभितमान थापा मगर र उनकी श्रीमती ६० वर्षीया रत्नमाया थापा मगरको हत्या गरी नगद १ लाख रुपैयाँ, २ तोला सुनका गरगहना तथा ६ तोला काँचो सुन लुटिएको थियो। सोही घटनाको अनुसन्धानका क्रममा केन्द्रीय अनुसन्धान
काठमाडौं— टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई सरकारले दिएको आममाफीविरुद्ध दायर रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। दुई वर्षदेखि सुनुवाइ हुन नसकेको उक्त रिटमा आजका लागि पेसी तोकिएको हो।रेशम चौधरीलाई आममाफी दिइएको भोलिपल्ट २०८० जेठ १६ गते टीकापुर घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। त्यसपछि २०८० जेठ २३ गते सर्वोच्चले कारण देखाऊ आदेशसहित मुद्दालाई अग्राधिकारमा राखेको थियो।सरकारका सम्बन्धित निकायले समयमै लिखित जवाफ पेस गरे पनि अहिलेसम्म मुद्दाको नियमित सुनुवाइ हुन सकेको छैन।
काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा गौतमले स्वास्थ्य बिमाको विषयमा एउटा निर्णायक कदम चाल्नु पर्ने अवस्था रहेको बताएकी छन् ।सोमबार काठमाडौंमा आयोजित वित्तिय व्यवस्थापन सम्बन्धी गोष्ठि कार्यक्रममा उनले स्वास्थ्य बिमा धेरै नै गार्हो अवस्थामा रहेको र करोडौं रुपैयाँको भुक्तानी बाँकी रहेको भन्दै यस विषयमा एउटा निर्णायक कदम नचाले बिमा कार्यक्रम अगाडि बढ्न नसक्ने बताईन् ।उनले वर्तमान सरकारले बिमा, औषधी र आपूर्ती तीन विषयलाई प्राथमिकतामा राखेर काम गरिरहेको पनि जानकारी गराएकी छन् ।उनले भनिन्, ‘अहिले यो सरकारको प्राथमिकतामा तीन वटा कुरा राखेका छौ, त्यसमा बिमा, औषधी र आपूर्ती रहेको छ । बिमाको
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा) बाट समानुपातिक सूचीमा नाम परेकी गोल्ड स्टार जुत्ता कम्पनीकी मालिक विदुषी राणाले आलोचनापछि आफ्नो उद्देश्य स्पष्ट गर्दै संसदमा उद्योग, रोजगारी र अर्थतन्त्रका मुद्दामा अनुभवसहितको आवाज उठाउन आउने बताएकी छन् ।गायिका त्रिशाला गुरुङ, युवा व्यवसायी सचिन ढकाल र मिडियाकर्मी आसिफ शाहले आलोचनापछि नाम फिर्ता लिएको घोषणा गरेका थिए । तर राणाले सामाजिक सञ्जालमा लेख्दै समानुपातिक प्रतिनिधित्वलाई अधिकारभन्दा जिम्मेवारीको रूपमा बुझ्ने र व्यक्तिगत राजनीतिक महत्वाकांक्षाका लागि नभई औद्योगिक अनुभवमार्फत राष्ट्र र समाजको हितमा काम गर्ने उद्देश्य रहेको उल्लेख गरेकी छन्
काठमाडौं— गृहमन्त्री ओमप्रकाश अर्यालले समाजमा शान्ति, सद्भाव र अमन चैन कायम राख्दै बहुसांस्कृतिक र बहुजातीय उक्त देशमा धार्मिक विद्वेष फैलने खालका कुनै पनि आचरण र घृणाजन्य अभिव्यक्ति नदिन सबैमा आग्रह गरेका छन् ।सोमबार गृह मन्त्रालयमा नागरिक समाजका अगुवाहरूसँग भएको छलफलका क्रममा गृहमन्त्री अर्यालले सामाजिक सञ्जालमार्फत फैलाइने धार्मिक विद्वेष र भ्रामक खबर तथा सूचनाहरूप्रति सचेत रही समाजमा सामाजिक र धार्मिक सहिष्णुता कायम राख्न अनुरोध गरेका हुन् ।भेटमा गृहमन्त्री अर्यालले नागरिक समाजका अगुवाहरूबाट समाजमा अहिले सामाजिक सञ्जालमाको माध्यमबाट फैलाउन खोजिएका विभिन्न खाले धार्मिक अतिवादी र सोचहरुलाई च
काठमाडौं— मेकअप आर्टिस्ट टेकराज पाण्डेद्वारा सञ्चालित ‘मिस एण्ड मिसेस ब्युटिफुल नेपाल’ प्रतियोगिता २०१५ देखि सुरु भएको हो ।सपनामा देखेको अवधारणालाई बिपनामा उतार्ने लक्ष्यसहित सुरु गरिएको कार्यक्रम सुरुका दिनमै नाकाबन्दी जस्तो कठिन परिस्थितिमा पनि सफलतापूर्वक सम्पन्न भएको आयोजक पाण्डेले बताए ।हाल साथीभाइ र शुभेच्छुकहरूको सल्लाह तथा सहयोगले कार्यक्रम अघि बढाउन हौसला मिलेको उनको भनाइ छ ।प्रतियोगिताको मूल उद्देश्य सौन्दर्य मात्र नभई सामाजिक उत्तरदायित्वसँग जोडिएको रहेको पाण्डेको भनाइ छ ।‘ब्यूटिफुल’ शीर्षक मेकअप आर्टिस्टको पहिचानसँग जोडिए पनि भविष्यमा यसलाई एउटा ब्रान्डका रूपमा स्थापित गर्दै समाजसे
रामेछाप— अविरल बग्ने तामाकोसी नदी, त्यसैको किनारमा हुर्किएका मन्थलीका स्थानीय बासिन्दाले सायद कल्पनासमेत गरेका थिएनन् । एक दिन यही नदीमा पानीजहाज दौडनेछ। तर अहिले मन्थलीमा त्यो दृश्य यथार्थ बनेको छ । तामाकोसी नदीमा पहिलो पटक जेटबोट (पानीजहाज) सञ्चालनमा आएको छ, जसले रामेछापको पर्यटनमा नयाँ अध्याय थपेको छ ।नदीको सतह चिर्दै पानी माथि ठुलो माछा पौडिए जस्तै दौडने जेटबोटले यात्रुहरूलाई केही मिनेटमै साहसिक अनुभूति दिलाउँछ । जलमार्गबाट छिटो यात्रा र रोमाञ्चक अनुभव चाहने पर्यटकका लागि तामाकोसी मरिण एडभेन्चर प्रा।लि।ले यो सेवा सुरु गरेको हो ।जेटबोट सञ्चालनअघि तामाकोसी नदीको बहाव, गहिराइ र भौतिक अवस्थाको
काठमाडौं— नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सम्बन्धित निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला तथा क्षेत्रीय कमिटीहरूलाई दिएको निर्देशन अनुसार देशभर जिल्ला र निर्वाचन क्षेत्र स्तरबाट उम्मेदवार सिफारिस गर्ने प्रक्रिया तीव्र बनेको छ ।उम्मेदवार सिफारिसको क्रममा कतिपय निर्वाचन क्षेत्रबाट एकल नाम सिफारिस भएका छन् भने केही स्थानबाट एकभन्दा बढी नाम केन्द्रमा पठाइएको छ। यसै क्रममा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट एमाले सचिव महेश बस्नेतको नाम एकल सिफारिस गरिएको छ ।बस्नेत २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । ०७९ को निर्वाचन
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.