मोरङ— गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको काम तोकिएको समयमा निष्पक्ष स्वतन्त्र र धाँधली रहित निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नु रहेको बताएका छन् ।बुधवार मोरङको विराटनगरमा कोशी प्रदेशको समन्वयमा गृह मन्त्रालयले आयोजना गरेको ‘कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी’को उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सरकारको काम दिन गनेर सरकारमा बस्नु नभई निर्वाचन सम्पन्न गराउनु रहेको बताएका हुन् ।उनले भने, ‘निर्वाचन लोकतन्त्र एक असल अभ्यास हो र यो अपरिहार्य छ। निर्वाचनले नागरिक शक्तिलाई सरकारमा पु¥याई शासनको वैधानिकता प्रदान गर्दछ।’निर्वाचन विना सुशासन कायम गर्न कठिन हुने हु
काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार एक सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।मंगलबार सुनको मूल्य तोलामा दुई लाख ६२ हजार एक सयमा कायम भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १२० रुपैयाँले घटेर चार हजार ४ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदीको मूल्य तोलाको चार हजार ५ सय ९० रुपैयाँमा कायम भएको थियो ।
बर्दिया— बर्दियाको मधुवन नगरपालिका वडा २ को जनजागृति सामुदायिक वनमा बाघको आक्रमणबाट १७ वर्षिया बालिकाको मृत्यु भएको छ ।घाँस काट्न जाँदै गर्दा सोही वडा कोठिया बस्ने बिनीता परियारको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।सामुदायिक वनमा घाँस काट्न जाँदै गर्दा बाघले आक्रमण गरी जंगलभित्र लगेको स्थानीयले बताएका छन् । घटनाको बारेमा थाहा पाउन साथ प्रहरीको टोली र स्थानीयबासी खोजतलास गर्दा मृत परियार वनमा फेला पारेको प्रहरीले जनाएको छ ।चिन्तजनक अवस्थामा फेला पारि उपचारको लागि बर्दिया अस्पतालमा पुर्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी देवेन्द्र
सिन्धुली— कमलामाई नगरपालिका–९ भिमान चेकपोष्टस्थित वि.पी. राजमार्गमा लागू औषध नियन्त्रण अभियान अन्तर्गत प्रहरीले ठूलो मात्रामा खैरो हिरोइन जस्तो देखिने पदार्थसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ।मंगलबार दिउँसो ३ः३० बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भिमान र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासको संयुक्त टोलीले चेकजाँचका क्रममा उक्त सफलता हासिल गरेको हो।चेकिङ टोलीको नेतृत्व इलाका प्रहरी कार्यालय भिमानका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजु के.सी. खत्री तथा लागू औषध नियन्त्रण ब्युरो बर्दिबासका प्र.ना.नि. सरोज कुमार अधिकारीले गरेका थिए।काठमाडौंबाट राजविराजतर्फ जाँदै
काठमाडौं— जेनजी आन्दोलनका क्रममा घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख छ ।गत भाद्र २४ गतेको जेनजी आन्दोलनको नाममा डल्लुस्थित खनाल दम्पतीको घरमा आगजनी भएको थियो । निवासमा आगजनी हुँदा गम्भीर घाइते भएकी चित्रकार भारतमा तीन महिनाको उपचारपछि नेपाल फर्किएकी हुन् । अहिले उनी आफ्नौ घरमा आराम गरिरहेकी छिन् ।उक्त आन्दोलनमा जेनजीको प्रयोग गरेर बाह्य शक्तिले आफूमाथि र पूरा सिंगो देशमाथि आक्रमण गरेको उनले बताइन । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले राजनीतिमा संलग्न होस् या राजनीतिबाट टाढा भएकाहरुको होस यस्तोखाले आक्रमण हुनु जंगली पारा भए
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तोसिमा कार्कीले पार्टीको समानुपातिक उम्मेदवार सूचीप्रति आफ्नो असहमति सामाजिक सञ्जालमार्फत व्यक्त गरेकी छन्।समानुपातिक प्रणालीले भौगोलिक विकटता, पहुँच र पावर नभएका योग्य व्यक्तिहरूलाई प्रतिनिधित्व दिने उद्देश्य राखेको भन्दै पार्टीको समानुपातिक उम्मेदवार सूचीप्रति आफ्नो असहमति जनाएकी हुन् ।उनले लेखेकी छन्, ‘समानुपातिक को अवधारणा नै भौगोलिक विकटताले ठाउँ पाओस्, पहुँच र पावर नभएका तर सक्षमहरुले प्रतिनिधित्व पाउन् भनेर राखिएको हो। सुचिले विपन्नलाई पनि ठाउँ दिनुपर्छ। सुचिले कर्णाली बोल्नुपर्छ। सुदुर पश्चिम बोल्नुपर्छ।’उनले पार्टी भित्रका पदाधिकारी र सचिवाल
काठमाडौं— काठमाडौं महानगरपालिका अन्तर्गत चाबहिल, गौशाला र तिलगंगा क्षेत्रमा पर्यटक र सर्वसाधारणमाथि बलजफती, प्रलोभन र अभद्र व्यवहार गरी लुटपाट गर्ने समूहलाई पक्राउ गरिएको छ ।प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले सूचना प्राप्त गरी कारबाही गर्दै १२ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।पक्राउ पर्नेहरुमा नुवाकोट, विदुर नगरपालिका १३ घर भएका बर्ष २८ का अमृत खड्का, पर्सा, बहुदरमाई नगरपालिका विश्रामपुर घर भएका १९ वर्षका अकलेश साह, पर्सा, बहुदरमाई नगरपालिका विश्रामपुर नै घर भएका बर्ष ३१ का दिनेश पटेल, काभ्रेपलान्चोक, रोशी गाउँपालिका ६ घर भएका १९ वर्षका सुजन तामाङ, रोल्पा, माडी गाउँपालिकाका २२ वर्षका प्रविन
काठमाडौं— सालपा विकास बैंक लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ । बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १४ लाख ३९ हजार १७९ कित्ता शेयर निष्कासन गरेको हो ।कुल निष्कासित शेयर मध्ये ५ प्रतिशत अर्थात् ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषका लागि र ०.५० प्रतिशत अर्थात् २६ हजार ११९ कित्ता कर्मचारीहरूका लागि छुट्याइएको छ । बाँकी शेयर सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकि
काठमाडौं— आज नेपाल उद्योग वाणिज्य महासंघले शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा सर्वपक्षीय राष्ट्रिय संवादको आयोजना गरेको छ ।महासंघका अध्यक्ष चन्द्र ढकालले देशको अर्थतन्त्रलाई उकास्न र विकासका नयाँ मार्ग तय गर्न यो संवाद आवश्यक भएको बताए।उनले यस अवसरमा राजनीतिक स्थायित्व, आर्थिक सुधार, लगानी अभिवृद्धि र युवाको भूमिकाबारे साझा धारणा निर्माण गर्ने उद्देश्य रहेको जानकारी दिए ।संवादमा प्रधानमन्त्री सुशीला कार्की प्रमुख अतिथि रहने महासंघले जनाएको छ।साथै, प्रमुख राजनीतिक दल, निजी क्षेत्र, युवा समूह (जेनजी), नागरिक समाज र सञ्चार क्षेत्रका प्रतिनिधिहरू सहभागी हुनेछन्।यस कार्यक्रममा लक्स
काठमाडौं— सुनसरीमा चिसो बढेसँगै शीतलहरको प्रभावले विद्यालयको पठनपाठन प्रभावित बनेको छ। त्यसैको प्रभावमा जिल्ला भरीका सामुदायिक तथा संस्थागत विद्यालय तीन दिनका लागि बन्द गरिएको छ।स्थानीय तहहरूले यही पुस १६ देखि १८ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्। इटहरी उपमहानगरपालिकाले वार्षिक बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गरिएको जनाएको छ।उपमहानगरका शिक्षा शाखा प्रमुख रमेशकुमार शाहका अनुसार चिसोका कारण बालबालिकाको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले विद्यालय बन्द गर्नुपर्ने आवश्यकता परेको हो।सुनसरीका इनरुवा, दुहवी, कोशी गाउँपालिका, हरिनगर–रामधुनीलगायत अन्य स्थानीय तहका विद्यालयहरू पनि वार्षिक
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.