धादिङ । राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६ मा एकै स्थानमा सातवटा सवारीसाधन संलग्न भयावह दुर्घटना भएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटनामा स्कुल बससहित चार बस, दुई ट्रक र एक मोटरसाइकल एकआपसमा ठोक्किएका हुन्।
प्रारम्भिक अनुसन्धानले भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि ट्रक बेकाबु भई अगाडि–पछाडिका सवारी साधनलाई एकपछि अर्को ठक्कर दिएको जनाएको छ।
दुर्घटनास्थलमा रहेका पत्रकार आशिष ठकुरीका अनुसार दुई बसका अधिकांश यात्रु घाइते भएका छन्। घाइतेहरूलाई स्थानीयको सहयोगमा उद्दार गरी नजिकका स्वास्थ्य संस्थाहरू तथा काठमाडौँतर्फ पठाइएको छ।
दुर्घटनापछि दुवै तर्फको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरी टोलीले उद्धारसँगै बाटो खुलाउने प्रयास जारी राखेको जनाएको छ।




































