समाचार

    Showing ९११-९२० of २६,७९८ items.
  • लागूऔषध सहित तीन जना पक्राउ

    काठमाडौं / लागूऔषध सहित तीन जना पक्राउ परेका छन् ।दक्षिणकाली नगरपालिका—५ फर्पिङबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ६९० ट्याब्लेट र नाइट्राजेपाम २३६ ट्याब्लेट सहित काठमाडौं चन्द्रागिरी बस्ने बारा निजगढ नगरपालिका—१ घर भएका ३१ वर्षीय सुमन भण्डारीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । नेपालगंज उपमहानगरपालिका—४ बाट लागूऔषध खैरो हेरोइन १५३ ग्राम ९५० मिलिग्राम सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका—४ बस्ने ३० वर्षीय सुशिल भण्डारी र सोही उपमहानगरपा

    • प्रकाशित मितिः साउन १९, २०८३
    • १८८ पटक पढिएको
  • बाजुरामा विषालु च्याउ खाएर श्रीमानको मृत्यु, श्रीमतीको अवस्था गम्भीर

    बाजुरा / बाजुरामा विषालु जङ्गली च्याउ खाएर एक जनाको मृत्यु भएको छ । जिल्लाको बडीमालिका नगरपालिका वडा नम्बर ७ ढम्कनेका ५१ वर्षीय रामबहादुर थापाको जङ्गली च्याउ खाएर मृत्यु भएको हो । सोमबार दिउँसो जङ्गलमा उम्रिएको च्याउ खाँदा उनी बिरामी परेका थिए । थापाको जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा प्रवक्ता नरेश बहादुर शाहीले जानकारी दिए । विषालु च्याउ खाई बिरामी भएर अस्पतालमा उपचारका क्रममा राति ११ बजेर ४० मिनेटमा चिकित्सकले थापालाई मृत घोषणा गरेका हुन् । साथै जङ्गली च्याउ खाएर मृतक थापाकी श्रीमती अन्दाजी ५० बर्षीया नाम्सरी थापा गम्

    • प्रकाशित मितिः साउन १९, २०८३
    • २३० पटक पढिएको
  • पाँच वटा संसदीय समितिकोे बैठक बस्दै

    काठमाडौं / पाँच वटा संसदीय समितिकोे बैठक आज बस्ने भएको छ । मंगलबार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, राज्य व्यवस्था तथा सुशासन र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ । बिहान १० बजे बस्ने अर्थ समितिको बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’माथि दफाबार छलफल जारी रहनेछ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक १० बजे बस्ने भएको छ । बैठकमा ‘खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापन सम्बन्धमा’ छलफल गर्ने कार्यक्रम तय गरिएको छ ।यसैगरी, बिहान ११ बजे बस्ने राज्यव्यवस्था

    • प्रकाशित मितिः साउन १९, २०८३
    • १८३ पटक पढिएको
  • खोलाले बगाएर बेपत्ता

    गण्डकी। म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ । रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रममा उहाँ बगेर बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।घर्तीलाई खोलाले बगाएको सूचना गाउँलेले दिएपछि सोमबार साँझदेखि नै खोजी सुरू गरिए पनि उहाँको अवस्था पत्ता नलागेको कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले बताउनुभयो । आज बिहानैदेखि पुनः खोजी कार्य सुरू गरिएको उहाँको भनाइ छ ।

    • प्रकाशित मितिः साउन १९, २०८३
    • २६८ पटक पढिएको
  • चितवनमा गत आवमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

    चितवन। जिल्लामा ५२१ अनलाइन ठगीका निवेदन दर्ता भएका छन् । ती निवेदनअनुसार गत आर्थिक वर्षमा अनलाइनमार्फत रु १२ करोड २२ लाख ८४ हजार ३३८ ठगी भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार ठगिएको रकममध्ये रु दुई करोड २९ लाख ९८ हजार ६४३ फिर्ता समेत गरिएको छ । पछिल्लो समय अनलाइन मार्केटिङ, सामाजिक, सञ्जालबाट लिङ्क पठाएर ठगी गर्ने गरिएको उहाँले बताउनुभयो । यस्तै उपहार लिनका लागि जनाउँदै ठगी गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले दैनिक ठगीका निवेदन आउने गरेको छ । सामान्य रुपमा रु २०० देखि लाखौँसम्मको ठगीको उजुरी आएको उहाँले जानकारी दिनुभयो । अनला

    • प्रकाशित मितिः साउन १९, २०८३
    • २६९ पटक पढिएको
  • मनसुनको प्रभाव निरन्तरः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

    काठमाडौँ। देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ । मनसुनी वायुको प्रभाव कायम रहँदा देशभर बादल लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हिमाली भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने पहाडी भेगका धेरै र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । देशका पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ भने तराई भू–भाग केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।&

    • प्रकाशित मितिः साउन १९, २०८३
    • ७९८ पटक पढिएको
  • प्रतिनिधिसभाको बैठक बस्दै

    काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन आव २०८१/८२ पेस गर्नुहुने सम्भावित कार्यसूची छ ।यस्तै, बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रस्तुत गर्नुभएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुनेछ ।सांसद आङ्देम्बेले ‘वास्तविक भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी नागरिकको संरक्षण र पुनः स्थापनाका लागि सरकारले आवश्यक व्यवस्था गरी सुरक्षित आवास, आधारभूत सेवा, खाद्य, स्वास्थ्

    • प्रकाशित मितिः साउन १९, २०८३
    • २६६ पटक पढिएको
  • देवदारको रुख ढलेपछि ...

    कर्णाली। जुम्लाको तिला गाउँपालिका–३ लुम्सेरा गाउँमा रहेको विशाल देवदारको रूख ढलेपछि स्थानीयवासी चिन्तित भएका छन् ।पुस्तौँदेखि आस्था, छायाँ र प्रकृतिको धरोहरका रूपमा चिनिएको रूख ढलेसँगै स्थानीयले एउटा इतिहास नै समाप्त भएको अनुभूति गरेका छन् । स्थानीयवासीले उक्त रुख चारसय वर्ष पुरानो भएको अनुमान गरेका छन् । यसको वैज्ञानिक पुष्टि भने हालसम्म भएको छैन ।स्थानीय ६६ वर्षीय कालिका भट्टराईका अनुसार धार्मिक आस्थाको प्रतीक मानिँदै आएको उक्त देवदार यही साउन १७ गते आइतबार ढलेको हो । स्थानीय ७४ वर्षीय दीपबहादुर हमालका अनुसार देवदार दक्षिण एसियाकै सबैभन्दा बलियो र दीर्घायु काठमध्ये एक हो । कर्णालीको स्थानीय

    • प्रकाशित मितिः साउन १९, २०८३
    • २६९ पटक पढिएको
  • ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन

    कर्णाली। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले खाना पकाउने एलपी ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतमा सोमबार आयोजित छलफलमा मुख्यमन्त्री शाहीले आमनागरिकको भान्सा र दैनिक जीविकासँग जोडिएको संवेदनशील विषयमा कसैले पनि खेलबाड नगर्न आग्रह गर्नुभयो ।उहाँले सुरक्षा निकाय र बजार अनुगमन टोलीलाई तत्कालै बजारमा खटिएर कृत्रिम अभाव सिर्जना गर्ने, अनधिकृत भण्डारण वा उपभोक्तासँग बढी मूल्य असुल्ने जो–कोहीलाई कानुनी कारवाही गर्न र अनुगमनलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभयो ।वीरेन्द्रनगरलगायत आसपासका क्षेत्रमा विगत केह

    • प्रकाशित मितिः साउन १९, २०८३
    • २५३ पटक पढिएको
  • लक्ष्मी खड्काको मृत्युबारे निष्पक्ष छानबिन गर्नुपर्ने माग

    वीरगन्ज। लक्ष्मी खड्का सिलवालको मृत्यु शङ्कास्पद रहेको भन्दै उहाँका माइती पक्षले निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।पीडित माइती पक्षले सोमबार पत्रकार सम्मेलन गरी पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरकी ३७ वर्षीया सिलवालको हत्या भएको भन्दै शीघ्र न्यायका लागि अनुरोध गरेको छ ।ठोरी गाउँपालिका–३ रामनगर माइती भएकी खड्काको शव साउन ८ गते बिहान आफ्नै घरछेउको गोठमा झुन्डिएको अवस्थामा भेटिएको थियो ।मृतक खड्काका बाबु खड्कबहादुरले घटनाको सत्यतथ्य छानबिन र दोषीलाई कारबाहीको माग गर्नुभयो । पीडितले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा पनि ज्ञापनपत्र बुझाइसकेका छन् ।ख

    • प्रकाशित मितिः साउन १९, २०८३
    • ३२४ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.