बैतड। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा पनि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्नेको सङ्ख्या उत्साहजनक रहेको पाइएको छ । गत असोज ९ गतेदेखि नामावली सङ्कलन र अद्यावधिक कार्य सुरु भएकामा हालसम्म ६ सय बढीको नाम दर्ता भइसेकको जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर रतन चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ६ सय १८ जनाको नामावलीमा नाम दर्ता भएको छ । जसमा २०१ महिला र ४१७ पुरुष रहेका छन् । यस्तै बाहिरी जिल्लाका दुई महिला र सात पुरुषको पनि नाम दर्ता भएको जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख पुरुषोत्तम जोशीले बताउनुभयो । यसअघि यहाँ ए
काठमाण्डौ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने बताएको छ ।राति कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४२ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ५६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ८ पैसा र बिक्रीदर १७७ रुपैयाँ ८३ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९२ रुपैयाँ ८६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९७ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४० पैसा, सिङ्ग
मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)अवसरले पछ्याए पनि माैकाकाे फाइदा उठाउन निकै मिहिनेत गर्नुपर्ला। स्वास्थ्यका लागि खानपान र विश्राममा ध्यान पुर्याउनुहाेला। मिहिनेतकाे परिणाम भने राम्रै हुनेछ। प्रतिष्ठित काम सम्पादन गर्न सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। झमेला बेहोर्नुपरे पनि शुभचिन्तकहरूले राम्रो साथ दिनेछन्। मनको डर उत्साहमा रूपान्तरित हुनेछ।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)घर–परिवारमा असमझदारी बढ्न सक्छ। फजुल खर्च बढ्नेछ भने काममा पनि उल्झन आउन सक्छ। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउनेछ। मान–सम्मानमा समेत आघात पुग्ने सम्भावना छ। आफ्नो कमजोरीको
काठमाडौँ। छिमेकमा कसैले ‘मम्मी’ भनेर बोलाउँदा आफ्नै छोरोको आवाज जस्तो लाग्छ भीममाया सुनुवारलाई। काना ठाडा हुन्छन्, घरको दैलोमा आइपुग्यो की भनेर आँखाले खोज्न पुग्छन्। तर ती फगत स्वप्न हुन्। उनका छोरा दिपेश अब यो संसारमा कहिल्यै नफर्किने गरी विलिन भइसकेका छन्। तै आमाको मन ! मुटुको कुनै कुनामा उनी धड्किरहेका हुन्छन्। आशाले ठाउँ ओगट्ने रहेछ। दशैँ आयो, गयो। तिहार पनि गयो। चाडपर्वमा त हो छोराछोरीको यादले बढी सताउने। अबका चाडपर्वमा दिपेशको उपस्थिति हुने छैन। दिपेशलाई मासु औधी मनपथ्र्यो। आमा भीममायालाई मासु पकाएको दिन दिपेशको बढी सम्झना आउँछ, मन भक्कानिन्छ। दसैँका लागि घरमा बङ्गुर पालिएको थ
काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर ११ आफ्नै प्रशासनिक भवनमा सरेको छ । यसअघि ववरमहलमा वहालको भवनबाट सेवा दिँदै आएको वडा आज आफ्नै नवनिर्मित भवनमा सरेर सेवा प्रारम्भ गरेको हो । नवनिर्मित भवनमा शिलालेख अनावरण गर्दै वडाध्यक्ष एवं महानगरपालिकाको भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकारले भने, ‘शारीरिक अवस्था कमजोर हुने, व्हील चेयर प्रयोगकर्ता, दृष्टिविहिन सबै सेवाग्राहीहरु हरेक तलामा पुग्न सक्ने गरी भवन निर्माण भएको छ । हरेक तलामा भएका शौचालय प्रयोग गर्न सक्नुहुन्छ ।’ उनले सार्वजनिक सेवा प्रवाहमा सबैको पहुँच सुनिश्चित गर्ने गरी महानगरपालिकाभित्रका सार्वजनिक भवन निर्माण
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र (हेडवक्र्स) जाने सडक स्तरोन्नति गर्न बुधबार टेण्डर आह्वान गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङको उपस्थितिमा मंगलबार खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजनाका सरोकार समितिहरुबीच भएको समझदारी कार्यान्वयनका क्रममा सडक डिभिजन कार्यालय, चरिकोटले बुधबार सडक स्तरोन्नति गर्न टेण्डर आह्न गरेको छ । मेलम्ची—अम्बाथान—मेलम्चीघ्याङ सडक खण्डको १७ किलोमिटर स्तरोन्नति गर्न तीन वटा प्याकेजमा विभाजन गरी टेण्डर गरिएको हो । सडक निर्माण लगायतका विभिन्न समझदारी भएपछि गत २० कात्तिकदेखि मेलम
काठमाडौं । बुधबार नेप्से परिसुचक २०.५६ अंकले घटेर २५४४.५९ विन्दुमा झरेको छ । यसअघि मंगलबारको बजारमा नेप्से परिसुचक ३.२१ अंकले बढेर २५६५.१६ विन्दुमा उक्लिएको थियो ।यसअघि सोमबारको बजारमा नेप्से परिसुचक ५.८० अंकले घटेर २५६०.२९ विन्दुमा झरेको थियो । आज नेप्से घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य सुधार भएको छ ।मंगलबारको बजारमा ३ अर्ब ६२ करोड ६१ लाख ७५ हजार रुपैयाँको ७९ लाख ४७ हजार कित्ता शेयर कारोबार भएकोमा आज भने कुल ३२१ स्टकको ३ अर्ब ८४ करोड ८५ लाख ८६ हजार रुपैयाँको ८४ लाख ४ हजार ६ सय कित्ता शेयर किनबेच भएको छ । यो किनबेच ६६ हजार ८२४ पटकको कारोबारमा भएको हो ।यसदिन सेन्सेटिभ इन्डेक
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीको सहसंयोजक माधव कुमार नेपालले पार्टीको एकताको अभियानले कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरुको सात्तो गएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित पार्टी समायोजन कार्यक्रममा उनले एकताको अभियान अगाडि बढि रहेको देखेर कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरुको सात्तो गएको भन्दै त्यसरी होस गुमाउन र गाली गलौज मा उत्रिनु पर्ने आवश्यकता नभएको बताए । उनले भने, ‘एकताको प्रक्रिया अगाडि बढि रहेको छ । एकताको अभियान अगाडि बढि रहेको छ । यो एकताको अभियानले नेपालको राजनीतिमा तरङ्ग पैदा गरेको छ । कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरुको सात्तो गएको हुनुपर्छ । उनीहरुको होस हवास गुमेक
बाजुरा । बाजुराको बुढिनन्दा नगरपालिका कोल्टीमा बृहत खानेपानी योजना निर्माण हुने भएको छ। नगरपालिकाका ४ वटा वडाहरुलाई लक्षित गर्दै खानेपानी योजना निर्माण हुने भएको हो ।करिब २७ करोड लागतमा बृहत कोल्टी खानेपानी योजना निर्माण गर्न लागिएको नगर प्रमुख जनक कुमार बोहराले बताए । उनका अनुसार, नगरपालिकाको समन्वयमा संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय डडेल्धुराको आर्थिक वर्ष २०८१÷०८२ मा विनियोजित रकमबाट खानेपानी निर्माण गरिने बताए ।संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना डढेल्धुरा र प्रतिक्षा निर्माण व्यवसायीबीच निर्माण कार्यको सम्झौता भई खानेपानी निर्माणका लागी शिलान्यास समेत गरिएको छ । पहिलो चर
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.