चितवन— चितवनमा एक साताभित्र स्क्रब टाइफस र डेंगुका गरी पाँच जना नयाँ बिरामी भेटिएका छन्।
तीनजनामा स्क्रब टाइफस र दुईजनामा डेंगु संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । यसअघि कार्तिक महिनामा मात्र जिल्लामा स्क्रब टाइफसका ७४ र डेंगुका ३२ जना संक्रमित भेटिएका थिए।
गत तीन वर्षको विवरण हेर्दा चितवनमा स्क्रब टाइफसका १ हजार ६२९ र डेंगुका २ हजार ५३६ जना संक्रमित फेला परेका थिए ।





































