स्वास्थ्य

    Showing 551-560 of 2,150 items.
  • चिकित्सक अभावले उपचार प्रभावित

    गलकोट (बागलुङ) । जिल्लाको धौलागिरि अस्पतालमा चार महिनादेखि मनोचिकित्सकको अभाव हुँदा मनोरोग विभागको सेवा प्रभावित भएको छ । तीन वर्षदेखि सक्रिय मनोरोग विभाग चार महिनायता ठप्पजस्तै बनेको अस्पतालले जनाएको छ । पछिल्लो समय मनोरोगका बिरामी बढ्दो क्रममा रहेका भन्दै मनोरोगको समयमा उपचार नहुँदा आत्महत्याको दर बढ्दै जाने चिकित्सक बताउँछन् ।  केबी रानामगर अस्पताल व्यवस्थापन समितिको अध्यक्ष रहँदा मनोरोग विभाग स्थापना गरी उपचार तथा मनोपरामर्श सेवा सञ्चालन गरिएको थियो । मनोरोगको उपचार थालेपछि पोखरा र काडमाडौँ जानुपर्ने झन्झट अन्त्य भएको थियो ।पछिल्लो १२ महिनादेखि विभाग सञ्चालन गरिरहनुभएका मनोच

    • प्रकाशित मितिः पुस २५, २०८१
    • 339 पटक पढिएको
  • एचएमपिभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैनः स्वास्थ्य मन्त्रालय

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनमा देखिएको भनिएको ‘मानव मेटाप्न्यूमो भाइरस’ (एचएमपिभी) को साधारण भाइरस भएको जनाएको छ । मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी यसबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गरिएका भ्रामक प्रचारप्रति ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता हल्लाको पछि नलाग्न आग्रह गरेको छ । ‘जाडो महिनामा श्वासप्रश्वासजन्य सङ्क्रमणको दर बढ्नु स्वाभाविक मानिन्छ, मानव मेटाप्न्यूमो भाइरस नयाँ भाइरस होइन, जुन नेपालमा विगतमा पनि देखिएको साधारण रुघाखोकी उत्पन्न गराउने भाइरस हो, जसको परीक्षण, निगरानी र प्रतिकार्यका लागि आवश्यक क्षमता र तयारी नेपालले गरिसकेको छ’, विज्ञप्

    • प्रकाशित मितिः पुस २५, २०८१
    • 346 पटक पढिएको
  • मोतियाविन्दुका बिरामीको निःशुल्क उपचारमा सहयोग गर्दै सगरमाथा आँखा अस्पताल

    सिरहा । लहान नगरपालिकाले यस वर्ष पनि बृहत् निःशुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ । यसका लागि नगरपालिकाले सगरमाथा चौधरी आँखा अस्पतालसँग सहकार्य गर्ने छ । मंगलबार नगर प्रमुख महेशप्रसाद चौधरी र सगरमाथा चौधरी आँखा अस्पताल अध्यक्ष रवीन्द्रलाल चौधरीले सम्झौतामा हस्ताक्षर गरेका छन् । नेपाल नेत्रज्योती संघद्वारा सञ्चालित सो अस्पताल  आँखा उपचार सेवाका लागि अब्बल रहेको छ ।  सम्झौताअनुुसार शिविरमा मोतियाविन्दुको पहिचान भएका बिरामीको शल्यक्रियाको खर्च नगरपालिकाले व्यहोर्ने छ ।‘हामीले प्रत्यक वर्ष निःशुल्क आँखा शिविर आयोजना गर्दै आएका छौँ । सोहीअनुरुप अब वडावडामा शिविर आयोजना गरिनेछ’, नगर

    • प्रकाशित मितिः पुस २४, २०८१
    • 252 पटक पढिएको
  • बझाङमा अस्पताल लैजाने क्रममा गर्भवतिको र नव जात शिशुको मृत्यु

    बझाङ :बझाङमा अस्पताल लैजाने क्रममा गर्भवती महिला र नवजात शिशुको बाटोमै मृत्यु भएको छ ।केदास्युँ गाउँपालिका-१ की २१ वर्षीया सविता बोहराको अस्पताल लैजाने क्रममा सोमबार बाटोमै मृत्यु भएको हो । स्थानीय महिलाहरुले प्रसूति गराउनका लागि बोकेर अस्पताल लैजाने क्रममा बोहराले बाटोमै नवजात शिशुलाई जन्म दिएकी थिइन् ।शिशुको पनि केही समयपछि मृत्यु भएको हो।

    • प्रकाशित मितिः पुस २४, २०८१
    • 325 पटक पढिएको
  • महिनावारी विभेद अन्त्यका भएनन् प्रयास

    अमरगढी (डडेल्धुरा) । डडेल्धुरा सदरमुकामस्थित भीमदत्त बहुमुखी क्याम्पसमा बिबिएस तेस्रो वर्षमा अध्ययनरत बैतडीको पाटन नगरपालिका–१० कि लक्ष्मी भट्टलाई सदरमुकाम डडेल्धुरामा कोठा पाउन निकै कठिनाइ भएको छ । उनले केही दिन साथी र आफन्तको घरमा बसेर क्याम्पस आउजाउ गरिन् । कोठा खोज्दा अचेलका केटीहरूले महिनावारी भएको बेला बार्दैनन् भन्दै कोठा भाडामा दिन कोही तयार भएनन् । लक्ष्मी भन्छिन्, ‘महिनावारीको बेला बार्ने र पानी माग्ने मान्छे भए मात्रै कोठा पाइन्छ भन्ने कुरा फैलिएको रहेछ । डडेल्धुरामा कोठा पाउन यति कठिनाइ भयो कि कतिपय दिन क्याम्पस जानै सकिन ।’ महिनावारीको कारणले गर्दा उहाँलाई पटकपटक कोठा सर्नुपर

    • प्रकाशित मितिः पुस २२, २०८१
    • 323 पटक पढिएको
  • चिनबाट कोरोना जस्तै भाइरस फैलियो

    झापा :चीनबाट फेरि कोरोनाजस्तै भाइरस फैलिएको छ।चीनमा ह्यूमन मेटान्यूमो अर्थात् एचएमपीभी भाइरसको सङक्रमण फैलिएको छ । कोरोना भाइरसका जस्तै लक्षण रहेको यो सङक्रमणबाट सयौं नागरिक बिरामी परेका छन् । अस्पतालमा यस्ता लक्षणसहित बिरामीको चाप बढ्दो छ । पाँच वर्ष अघि चीनबाट कोरोना महामारी फैलिएको थियो । अहिले फैलिएको एचएमपीभी भाइरसबाट साना बालबालिका र कमजोर समूहमा पर्ने वृद्धवृद्धा, दीर्घरोगी उच्च जोखिममा रहेका स्वास्थ्यकर्मीलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार यो भाइरसबाट सङ्क्रमितमा खोकी लाग्ने, ज्वरो आउने, नाक बन्द हुने र घा

    • प्रकाशित मितिः पुस २२, २०८१
    • 438 पटक पढिएको
  • कर्मचारीले तलबको मांग गरे पछि अस्पतालकै नाम चट

    बांके :कर्मचारीले तलब बढाउन माग गरेपछि नेपालगञ्ज मेडिकल कलेजले अस्पतालले नाम परिवर्तन गरी नयाँ कर्मचारीको माग गरेको छ । अस्पतालमा तलबलगायत सुविधा बृद्धिको माग राखेर कर्मचारी आन्दाेलनमा भइरहेकाे बेलामा अस्पतालकाे नाम परिवर्तन गरि सन्जीवनी कलेज अफ मेडिकल साइन्स नामाकरण गरेर व्यवस्थापनले ८ सय नयाँ कर्मचारी माग गरेकाे हाे।

    • प्रकाशित मितिः पुस १७, २०८१
    • 346 पटक पढिएको
  • चिसो मौसममा छाला र ओठ कसरी जोगाउने?

    झापा  ।   सामान्यतः छालालाई ‘ड्राई’, ‘नर्मल’ र ‘ओइली’ गरी तीन प्रकारका हुन्छन्। तर जाडोमा भने ड्राई प्रकृतिका मात्र हैन सबैखाले छाला सुख्खा हुने समस्याले सताउने गर्छ। यसको अर्थ गर्मीमा नफूटने वा सुख्खा नहुने भन्ने होइन। जाडोमा बढी मात्रामा यो समस्या देखिने गर्छ।धेरै फूट्ने र सुख्खा हुने भागमा गाला र हातगोडा पर्छन्। यी बाहेक ओठ पनि ज्यादा फूट्ने गर्छ। फूट्नु वा सुख्खा हुनुको प्रमुख कारण भनेको छालामा पानीको मात्रा कम हुनु हो। जाडोमा वातावरण सुख्खा हुन्छ। त्यसमाथि न्यानोका लागि भन्दै एसी तथा हिटर चलाउने वा आगो बाल्दा त्यसले हावामा हुने पानी तथा अन्य तरलपदार्थको कणलाई घटाउने का

    • प्रकाशित मितिः पुस १२, २०८१
    • 357 पटक पढिएको
  • नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ काठमाडौं इकाईको अध्यक्षमा कोष राज अवस्थीको उम्मेदवारी

    काठमाडौं- नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ काठमाडौं (NMSRA) को २०औं अधिवेशनका लागि कोष राज अवस्थीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। अवस्थीले आउँदो पुस ६ गते (डिसेम्बर २१) हुने निर्वाचनमा अत्यधिक मतले विजयी गराउन सबै सदस्यहरूलाई आग्रह गरेका छन्। अवस्थीले आफ्नो उम्मेदवारीको मुख्य एजेण्डामा संघको सुदृढ विकास, सदस्यहरूको हकहितको संरक्षण र औषधि क्षेत्रमा सुधारका लागि योजनाहरू प्रस्तुत गरेका छन्। उनले आफूले संघको सदस्य, कोषाध्यक्ष र उपाध्यक्षका रूपमा १२ वर्षको अनुभव संकलन गरेको र यस अनुभवलाई आगामी कार्यकालमा संघलाई थप सशक्त र प्रभावकारी बनाउन प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    • प्रकाशित मितिः पुस १, २०८१
    • 342 पटक पढिएको
  • सप्तकोसी न्यूरो अस्पतालका सम्राट कराखेती पक्राउ

    सुनसरी ।   सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ मा रहेको सप्तकोसी न्यूरो अस्पतालका सम्राट कराखेतीलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ।बिहीबार राति भोक्राहा नरसिंह गाउँपालिका-५ का याकुब मियाँको उपचारका क्रममा मृत्यु भएपछि आइतबार मृतकका आफन्तसहितका व्यक्तिहरूले घटनाबारे छलफल गर्न अस्पताल पुगेका थिए। छलफलका क्रममा मृतकका आफन्तले अस्पताल घेरी नाराबाजी गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको थियो।यस क्रममा सम्राट कराखेतीले खुकुरी देखाएको आरोप लागेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। घटना पश्चात प्रहरीले स्थिति नियन्त्रणमा लिन थप अनुसन्धान अघि बढाएको छ ।

    • प्रकाशित मितिः मंसिर २३, २०८१
    • 370 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा