काठमाडौं— पछिल्लो पाँच महिनामा नेपालीहरुले १९ अर्ब रुपैयाँ भन्दा धेरैको स्मार्ट फोन प्रयोग गरेको पाइएको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वैदेशीक व्यापारको मंसीर सम्मको तथ्यांकले यस्तो देखाएको हो ।विभागका अनुसार मंसिर महिनासम्म नेपालमा कुल १९ अर्ब १३ करोड ६९ लाख रुपैयाँको १० लाख ७० हजार थानभन्दा बढी स्मार्टफोन आयात भएका छन् । गत आवको सोहि अवधिमा नेपालमा १५ अर्ब १८ करोड रुपैयाँभन्दा धेरैको ९९ लाख थान स्मार्टफोन आयात भएको थियो ।पछिल्लो समय विशेष गरी ठूलो स्क्रिन भएका, ह्याङ नहुने, लामो समयसम्म नतात्ने र ब्याट्री क्षमतामा सुधार भएको स्मार्टफोनप्रति ग्राहकको आकर्षण ब
काठमाडौं— हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ ।बैंकको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउन निर्णय गरेको हो ।गत आर्थिक वर्षमा हिमालयन बैंकको वितरण योग्य मुनाफा ७ अर्ब १० करोड रुपैयाँ ऋणात्मक रहेकाले लाभांश दिन नसकेको हो ।
काठमाडौं— लगातार उकालो लागिरहेको सुनको मूल्यमा मंगलबार पुनः उच्च बिन्दुमा पुगेको छ । मंगलबार एकैदिन प्रतितोला ५५ सय रुपैयाँ बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ६७ हजार २०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार २ लाख ६१ हजार ७०० मा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि बढेको छ । सोमबार चार हजार २३५ रहेको प्रतितोला चाँदी २० रुपैयाँ बढ्ेर चार हजार २५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ १५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १९३ रुपैयाँ ११ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८० रुपैयाँ ४६ पैसा र बिक्रीदर १८१ रुपैयाँ २२ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ०७ पैसा र बिक्रीदर ९५ रुपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४० पैसा, सिंगाप
काठमाडौं— साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसुचक १३.८८ प्रतिशतले घटेर २५८१.२१ अंकमा झरेको छ । यसदिन सेन्सेटिभ इन्डेक्स २.२५ अंकले घटेको छ, फ्लोट इन्डेक्स ०.९७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.७४ अंकले घटेको छ । आज कारोबारमा आएका स्कट मध्ये २०० कम्पनीको स्टकको शेयर मूल्य घटेको छन भने ५४ स्टकको शेयर मूल्य बढेको छ । त्यसैगरी, ५ ओटा कम्पनीको स्टकको शेयर मूल्य स्थीर रहेको छ ।नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात आइतबार ४ अर्ब ५२ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा आज कुल ३३२ स्टकको ३ अर्ब ५१ करोड ५९ लाख ३० हजार रुपैयाँको ९१ लाख ६७ हजार ३५९ कित्
काठमाडौं— पछिल्लो पाँच महिनामा नेपालको निर्यात व्यापार ५८.१७ प्रतिशतले बढेको पाइएको छ । भन्सार विभागले सोमबार सावर्जनिक गरेको चालु आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो पाँच महिनाको आयात निर्यातको तथ्यांक अनुसार गत आवको सोहि अवधिको तुलनामा नेपालको निर्यात व्यापार बढेको देखिएको हो ।चालु आवको मंसीर महिनासम्म नेपालले कुल १ खर्ब १६ अर्ब ५० करोड ९० लाख रुपैयाँ भन्दा बढीको बस्तु निर्यात गरेको छ । गत आवको सोहि अवधिमा नेपालले ७३ अर्ब ६५ करोड ९७ लाख ७१ हजार रुपैयाँको मात्रै बस्तु निर्यात गरेको थियो ।यस्तै, यस बिचमा नेपालको आयात व्यापारमा पनि सुधार भएको देखिएको छ । चालु आवको मंसीर सम्म नेपालले ७ खर्ब ६६ अर्
काठमाडौं— सरकारले यसै साता १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । विसका ऋणपत्र, २०९० मार्फत सरकारले ९ पुसमा १० अर्ब रुपैयाँ ऋण उठाउने भएको हो । इच्छुक संस्थागत लगानीकर्तासहित सर्वसाधारणले ऋणपत्रमा लगानी गर्न सक्नेछन् । आठवर्षे ऋणपत्रमा सरकारले आकर्ष ब्याजर प्रदान गर्छ । लगानीकर्ताले घटिमा ५ लाख रुपैयाँ र बढीमा कुल निष्कासित रकमलाई ५ लाख रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि आवेदन सक्नेछन् । ९ पुसमा बिक्री हुेन विकास ऋणपत्रका लागि ८ पुस अर्थात् मंगलबार दिउँसो २ बजेसम्म आवेदन दिन सकिनेछ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार कुल निष्कासित रकमको ८५ प्रतिशत अर्
काठमाडौं— नागरिक लगानी कोषले सेयरधनीलाई १३ प्रतिशत लाभांश दिने भएको छ ।आइतबार बसेको कोष सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को आम्दानी बाँडफाँड हिसाब विवरणबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।त्यस्तै लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत ८ प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश दिने भएको हो । प्रस्तावित लाभांश नेपाल सरकार, अर्थ मन्त्रालयको सहमति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।
काठमाडौं— चितवनको भरतपुरस्थित एनपीआई नारायणी सामुदायिक हस्पिटल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।कम्पनीले आईपीओ बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । सम्झौतापत्रमा हस्पिटलका सञ्चालक चुडामणी खनाल र नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् । नियामक स्वीकृति प्राप्त भएलगत्तै आईपीओ निष्काशन हुने जनाइएको छ ।
काठमाडौं— नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले ‘रिपोर्ट अन द अब्जरभेन्स अफ स्ट्यान्डड्र्स एन्ड कोड्स (आरओएससी) लेखांकन तथा लेखापरीक्षण (ए एन्ड ए) मूल्यांकनमा नेपालको प्रमुख राष्ट्रिय समकक्षीको मान्यता प्राप्त गरेको छ ।विश्व बैंक समूह र एसियाली विकास बैंकले नेपाल सरकारको अनुरोधमा आइक्यानसँग सहकार्य गर्दै यो मूल्यांकन गरिरहेका छन् ।यसले नेपालको लेखांकन तथा लेखापरीक्षण वातावरण सुधार, पारदर्शिता र लगानीकर्ताको विश्वास बढाउने सुझाव दिनेछ । यो पहलले वित्तीय सुशासन र निजी क्षेत्रमा दिगो लगानी आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।विश्वस्तरीय मापदण्डमा आधारित यो मूल्यांकन
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.