काठमाडौं— नेशनल रेफरेन्स ल्यावोरेटोरी (एनआरएल)ले २०औं बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवका अवसरमा शनिवार एक विशेष समारोहको आयोजना गरी उत्कृष्ट कर्मचारी र नियमित विरामीलाई सम्मान गरेको छ ।
दुई दशकदेखि निरन्तर काम गरेर उत्कृष्ट नतिजा दिन सफल कर्मचारीहरुमा ल्यावोरेटोरी म्यानेजर हेमन्त नाथ, ल्यावोरेटोरी चिफ चिन्तामणि अधिकारी, डेपुटी चिफ जयबिन्द सिंह र कर्मचारी शोभा खड्का छन् । त्यस्तै २०८१ सालको उत्कृष्ट कर्मचारीका रुपमा प्रशासन तथा विक्री शाखाकी नविना भुर्तेललाई सम्मान गरिएको छ ।
सोही समारोहमा एनआरएलमा आएर नियमित सेवा लिने सेवाग्राहीहरुलाई पनि सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा सुवास जोशी, बबिना भट्ट, यज्ञप्रसाद शर्मा, तिलप्रसाद न्यौपाने र लक्ष्मण अर्याल छन् ।
उनीहरुलाई एनआरएलका अध्यक्ष राजन मानन्धर र प्रबन्ध निर्देशक किशोर खनालले सम्मान पत्र, खादा र गिप्ट प्रदान गरे ।
२०६२ सालमा स्थापना भएको एनआरएलले २० लाख जनालाई सेवा प्रदान गरिसकेको र १५० लाखभन्दा बढी परीक्षणहरू प्रशोधन गरिसकेको समारोहमा जानकारी गराइयो । विभिन्न रोगहरुको निदानका लागि एनआरएलले प्रयोगशालाका माध्यमबाट बिरामीहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।