लोकगायिका विष्णु माझीको दसैँ गीत 'परदेशी मेरो परदेशी' पुन: सार्वजनिक भएको छ। यो गीत दसैँको अवसरमा परदेशमा रहेका नेपालीहरूलाई लक्षित गरेर बनाइएको छ।
गीतमा विष्णु माझी र सुन्दरमणि अधिकारीको स्वर रहेको छ। यसको रचना र सङ्गीत पनि सुन्दरमणि अधिकारीले नै गरेका हुन्।
गीतले दसैँमा घर फर्कन नपाएका र परिवारबाट टाढा रहेका परदेशी नेपालीहरूको वेदनालाई समेटेको छ।