आर्थिक

    Showing 301-310 of 4,486 items.
  • कपडाको ‘कार्गो’मा सुनचाँदीका गहना

    काठमाण्डौं / त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सुन तथा चाँदीका गरगहनासहित दुई जना पक्राउ परेका छन् । जुत्ता, सारी र अन्य कपडा उल्लेख भएको कार्गो बाकस जाँच गर्दा सुन तथा चाँदीको जस्तो देखिने धातुका गरगहना फेला परेको थियो । उक्त सामग्री युनिक कार्गोले एपेक्स लजिष्टिकमार्फत काठमाडौंबाट संयुक्त राज्य अमेरिका पठाउन लागिएको प्रारम्भिक अनसुन्धानबाट खुलेको छ । प्रहरीले एपेक्स लजिस्टिकका सञ्चालक ४६ वर्षीय यज्ञराज सुवेदी र युनिक कार्गोका सञ्चालक ३४ वर्षीय रामप्रसाद दाहाललाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको त्रिभुवन अन्तरर

    • प्रकाशित मितिः असार १८, २०८३
    • 194 पटक पढिएको
  • अब डिजिटल विज्ञापन पनि नियमनको दायरामा, भ्रामक विज्ञापनमा क्षतिपूर्तिको व्यवस्था

    काठमाडौं— सरकारले ‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ स्वीकृत गर्दै सामाजिक सञ्जाल, डिजिटल प्लेटफर्म, इन्फ्लुएन्सर मार्केटिङ र कृत्रिम बौद्धिकता (एआई) मार्फत हुने विज्ञापनलाई पनि नियमनको दायरामा ल्याउने भएको छ।बिहीबार मन्त्रिपरिषद्बाट स्वीकृत नीतिअनुसार भ्रामक, तथ्यहीन तथा ‘डीपफेक’ विज्ञापनमाथि कडा नियन्त्रण गरिनेछ। त्यस्ता विज्ञापनबाट उपभोक्तालाई क्षति पुगेमा क्षतिपूर्तिको व्यवस्था गरिनेछ।नीतिले विज्ञापनलाई समाचारका रूपमा प्रस्तुत गर्ने प्रवृत्ति रोक्ने, सरकारी विज्ञापन वितरणलाई पारदर्शी बनाउने, सञ्चारमाध्यमको वर्गीकरण गर्ने तथा विज्ञापन बोर्डलाई थप अधिकारसम्पन्न बनाउने व्यवस्था गरेको छ।साथै अश्ल

    • प्रकाशित मितिः असार १८, २०८३
    • 636 पटक पढिएको
  • सामान्य अङ्कले नेप्से बढ्यो, ४ अर्ब ११ करोडको कारोबार

    काठमाडौं— धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ८ दशमलव ७८ अङ्कले उकालो लागेर दुई हजार ६६१ दशमलव ७१ मा पुगेको छ ।ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ८९ अङ्कले उकालो लागेर ४६२ दशमलव ४७ मा पुगेको छ ।फ्लोट सूचक शूल्य दशमलव ९९ अङ्कले बढेर १८२ दशमलव ६१ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक भने एक दशमलव ३९ अङ्कले बढेर १५६ दशमलव ६८ मा पुगेको छ ।आज विभिन्न कम्पनीका ८९ लाख ६४ हजार २२३ कित्ता शेयर चार अर्ब ११ करोड ७७ लाख ८५ हजार ७०० मूल्यमा खरिद बिक्री भएको छ । आज १३ उपसमूहमध्ये पाँच उ

    • प्रकाशित मितिः असार १८, २०८३
    • 481 पटक पढिएको
  • मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघका पाँच सुझाव

    काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री बनाउन शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंकसमक्ष पाँच बुँदे सुझाव पेस गरेको छ ।नेपालको पूँजीबजारलाई थप प्रतिस्पर्धी, गहिरो, तरल तथा लगानीमैत्री बनाउने उद्देश्यले संघले विभिन्न नीतिगत सुधारका प्रस्ताव अघि सारेको हो । संघले बैंक तथा वित्तीय संस्थालाई दोस्रो बजारमा लगानीसम्बन्धी थप नीतिगत स्वतन्त्रता प्रदान गर्न, लकइन सम्बन्धी व्यवस्थाको पुनरावलोकन गर्न तथा पर्याप्त पूँजी, तरलता र जोखिम व्यवस्थापन क्षमता भएका संस्थालाई विवेकपूर्ण रूपमा शेयर बजारमा लगानी गर्न प्रोत्साहन गर्ने व्यवस्था मौद्रिक नीतिमार्फत गर्न आग्रह गरे

    • प्रकाशित मितिः असार १८, २०८३
    • 280 पटक पढिएको
  • सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ६ हजार २ सय रुपैयाँले बढेर २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोवार भैइरहेको छ । बुधबार २ लाख ७७ हजार ३ सय रुपैयाँमा कारोवार भएको थियो । यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ ।बुधबार ४ हजार २७० रुपैयाँमा कारोवार भएको चाँदी आज १८० रुपैयाँले बढेर ४ हजार ४५० रुपैयाँमा कारोवार भैइरहेको छ । 

    • प्रकाशित मितिः असार १८, २०८३
    • 224 पटक पढिएको
  • चिनियाँ प्रतिस्पर्धाले नेपाली ट्रान्सफर्मर उद्योग दबाबमा

    काठमाडौं । स्वदेशी ट्रान्सफर्मर उत्पादक उद्योगहरू सस्ता चिनियाँ उत्पादनसँगको तीव्र प्रतिस्पर्धाका कारण दबाबमा परेको देखिएको छ । यही दबाबको प्रत्यक्ष असर नेपालकै पुराना ट्रान्सफर्मर उत्पादकमध्ये एक निक ब्रान्ड निर्माण गर्ने कम्पनीको व्यवसायमा परेको छ ।इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालको हालैको मूल्याङ्कन प्रतिवेदनअनुसार कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा आफ्नो उत्पादन क्षमताको केवल सात प्रतिशत मात्र उपयोग गर्न सकेको छ । अघिल्लो आर्थिक वर्षमा क्षमता उपयोग १७ प्रतिशत थियो । वार्षिक १८ हजार युनिट ट्रान्सफर्मर उत्पादन गर्न सक्ने उद्योगको ठूलो हिस्सा खाली बस्दा स्थिर लागत बढेको र त्यसले व्यवसायको प्रतिफ

    • प्रकाशित मितिः असार १८, २०८३
    • 351 पटक पढिएको
  • भूकम्पपछि भेनेजुएलामा मानवीय संकट गहिरिँदै

    काठमाडौं । शक्तिशाली भूकम्पपछि गम्भीर मानवीय संकट सामना गरिरहेको भेनेजुएलामा अमेरिकी प्रतिबन्धका कारण राहत सामग्री तथा आर्थिक सहयोग वितरण प्रभावित भएको आरोप लागेको छ ।गत साता दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा आएको विनाशकारी भूकम्पले ठूलो जनधनको क्षति पु¥याएपछि संयुक्त राज्य अमेरिकाले केही प्रतिबन्धहरू अस्थायी रूपमा खुकुलो पारेको भए पनि दीर्घकालीन प्रतिबन्ध संरचनाका कारण राहत प्रयास पर्याप्त रूपमा अघि बढ्न नसकेको बताइएको छ । विशेषज्ञहरूका अनुसार लामो समयदेखि लागू अमेरिकी प्रतिबन्धले कोष, उपकरण र मानवीय सहायता सामग्रीमा पहुँचमा संरचनागत अवरोध सिर्जना गरेको छ । यसले उद्धार तथा पुनर्निर्माण

    • प्रकाशित मितिः असार १८, २०८३
    • 405 पटक पढिएको
  • यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।          समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ४१, आलु रातो (गोलो) प्रतिकिलो रु ३५, आलु रातो (मुढे) प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३०, सेतो आलु प्रतिकेजी ३०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५ रहेको छ ।           यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १००, बन्दा (लोकल) प्रतिकिलो रु ६५, काउल

    • प्रकाशित मितिः असार १८, २०८३
    • 221 पटक पढिएको
  • पोखरा महानगरको बजेट पारित

    कास्की। पोखरा महानगरपालिकाको १९औँ नगरसभाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि वार्षिक विकास कार्यक्रम (बजेट) पारित गरेको छ । नगर उपप्रमुख मन्जुदेवी गुरुङले गत असार ५ गते प्रस्तुत गर्नुभएको महानगरको आगामी आवको विकास कार्यक्रम सञ्चालनका लागि विनियोजित बजेट रु सात  अर्ब १५ करोड २५ लाख सर्वसम्मतिले पास गरेको हो । महानगरले प्रस्तुत गरेको आगामी वर्षको बजेटका स्रोतहरूमा सङ्घीय सरकार सशर्त अनुदानबाट रु दुई अर्ब ६१ करोड ९१ लाख, सङ्घीय सरकार विशेष अनुदानबाट रु पाँच करोड ५० लाख, समपूरक अनुदान रु एक  करोड ८२ लाख, समानिकरण अनुदान रु ४९ करोड ३७ लाख गरी सङ्घीय सरकार वित्तीय हस्तान्तरणको कुल योगदान र

    • प्रकाशित मितिः असार १८, २०८३
    • 213 पटक पढिएको
  • आज नेप्से २६५२ अंकले बढ्यो

    काठमाडौं— बुधबार सेयर बजारमा सुधार देखिएको छ। अघिल्ला सात कारोबार दिन लगातार घटेको बजार आज ४४.५९ अंकले बढेर नेप्से परिसूचक २६५२ अंकमा पुगेको छ।दिनभर बजार हरियो रह्यो भने कारोबार रकम पनि बढेको छ। अघिल्लो दिन ३ अर्ब २५ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ३ अर्ब ८६ करोड रुपैयाँको कारोबार भयो।बजारमा २५२ कम्पनीको मूल्य बढ्दा १७ कम्पनीको मूल्य घट्यो भने ६ कम्पनी स्थिर रहे। सबै समूहका सूचकहरू वृद्धि भएका छन्।विशेषगरी उत्पादन, जलविद्युत् र व्यापार समूह २ प्रतिशतभन्दा बढीले बढेका छन्। बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, निर्जीवन बीमा, माइक्रोफाइनान्स र अन्य समूहमा पनि वृद्

    • प्रकाशित मितिः असार १७, २०८३
    • 525 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.