मुस्ताङ— हिउँदको सुरुवातसँगै मुस्ताङमा याकको सुकुटी बनाउने काम सुरु भएको छ । याकको सुकुटी बनाउने संस्कृती मुस्ताङवासीहरुको पहिचानसँग जोडिएको छ ।मुस्ताङमा तरकारीको ठूलो अभाव हुने भएकाले वर्षभरिका लागि सुकुटी तयार गर्ने प्रचलन छ । मुस्ताङवासीले यही परम्परालाई लामो समयदेखि निरन्तरता दिंदै आएकोे ८५ वर्षीय कालबहादुर थकालीले जानकारी दिए ।स्थानियहरुले सुकुटीलाई स्वादिलो र पोषिलो परिकारको रूपमा विशेष महत्व दिने गरेका छन् । यस वर्ष सुकुटीको माग बढेसँगै यसको मूल्य पनि चुलिएको छ । जोमसोमका याक व्यापारी पेम्बा रोकायका अनुसार प्रति गोटा याकको मूल्य १ लाख ५० हजार देखि १ लाख ७० हजार रुपैयाँ सम्म पुगेको छ ।सा
काठमाडौं— अरुण तेस्रो जलविद्युत परियोजनामा देखा परेका मुद्दाहरूलाई सम्बोधन गर्ने सहमति भएको छ । लगानी बोर्ड, विकासकर्ता कम्पनी एसएपिडिसी, जिल्ला समन्वय समिति, सम्बद्ध स्थानीय तह र जिल्ला विकास प्रशासन कार्यालयले आपसी समन्वयमा परियोजना विकास सम्झौताको प्रावधान समेतलाई विचार गरी परियोजनाबारे उठेका विभिन्न सवालहरुलाई सम्बोधन गर्ने निर्णय गरेका हुन् ।सखुवासभा जिल्लाको खाँदवारिमा सरोबारवालाहरुसँग भएको छलफल र सुझावका आधारमा सो निर्णय भएको हो । त्यसै गरी परियोजना विकास सम्झौताको प्रावधान अन्तर्गत विकासकर्ताले स्थानीय लाभ साझेदारी योजना अन्तर्गत सञ्चालन गरेका कार्यक्रमहरुको सूची तयार पेश गर्ने छन् । भ
काठमाडौं— तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनका लागि प्रयोग हुने अल्पकालीन उपकरण निक्षेप संकलन मार्फत ४२ दिन का लागि उक्त रकम झिक्ने तयारी गरेको हो ।राष्ट्र बैंकले पछिल्लो समय प्रत्येक आइतबार र बुधबार नियमित रूपमा बजारबाट तरलता झिक्ने कार्य गर्दै आएको छ । सोही क्रममा आज पनि अनलाइन बिडिङ प्रणालीमार्फत पैसा झिक्ने लागिएको हो ।मध्यान्ह २ बजेदेखि अनलाइन बिडिङमा सहभागी भइ बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ तथा अधिकतम ५ करोडका दरले भाग जा
काठमाडौं— नेपाली बजारमा बुधबार सुनको मूल्यमा थप ९०० रुपैयाँले बढेको छ । अघिल्लो दिन तोलामा ५ हजार २०० रुपैयाँले बढ्दै सुनको मूल्य २ लाख ४७ हजार ९०० रुपैयाँमा पुगेको थियो । बुधबार थप ९०० रुपैयाँले बढ्दै सुनको मूल्य २ लाख ४८ हजार ८०० रुपैयाँ पुगेको हो ।यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढ्दै ३ हजार २२० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं— सोलु हाईड्रोपावर लिमिटेडको आईपीओका लागि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले आवेदन दिने आज अन्तिम दिन रहेको छ ।कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र विदेशमा रहेका नेपालीका लागि मंसिर ७ गतेदेखि कुल ४ करोड १० लाख कित्ता शेयर जारी गरेको थियो । आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ आवेदन बन्द हुने मिति छिटोमा मंसिर २१ र ढिलोमा पुस ७ सम्म रहनेछ ।कम्पनीले धितोपत्र बोर्डबाट स्वीकृत पाएका २ अर्ब रुपैयाँ बराबरका २ करोड कित्ता साधारण शेयरमध्ये प्रभावित क्षेत्रका लागि १ करोड कित्ता र विदेशमा रहेका नेपालीका लागि १० लाख कित्ता शेयर छुट्याएको छ ।वैदेशिक रोजगारीमा रहेका न
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो र बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य घटेको छ। तर, पाउन्ड, कुवेती दिनारसहित केही मुद्रा भने महँगिएका छन्।अमेरिकी डलर १ को खरिदर १४२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०६ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिदर १४२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०८ पैसा थियो। ८ गते अमेरिकी डलर १ को खरिदर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४८ पैसा पुगेको थियो। अमेरिकी डलरको यो मूल्य हालसम्मकै सबैभन्दा महँगो हो।युरो १ को खरिदर १६४ रुपैयाँ २८ पैसा र बिक्रीदर १६४ रुप
काठमाडौं— नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारबाट लगानी प्रवद्र्धन गर्ने भनेर तयार गरेका कतिपय संस्थाहरु केवल रोजगारी दिनेमा मात्रै सिमिति भएको बताएका छन् ।मंगलबार काठमाडौंमा ११ औं राष्ट्रि उद्योग दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले नेपाल सरकारबाट लगानी प्रवद्र्धन गर्ने भनेर तयार गरेका संस्थाहरु केवल रोजगारीसम्म मात्र सिमित रहेको भन्दै लगानी प्रवद्र्धन गर्ने हिसाबले परिणाम दिनुपर्ने संस्थाहरुले त्यो हिसाबले काम गर्न नसकेको बताए । उनले भने, ‘नेपाल सरकारको तर्फबाट स्थापना गरेका कतिपय संस्थाहरु कसैलाई रोजगारी दिने हिसाबले मात्र स्थापना भएको देखेका छौं । यस्तो काम
लहान— घरेलु तथा साना उद्योग कार्यालय लहानले आफ्नो ११ औं उद्योग दिवस एक भव्य कार्यक्रमका बीच मनाएको छ ।कार्यालयले यस वर्ष ‘उद्योग गरौँ, उद्यमी बनौँ, नेपाली उत्पादन प्रयोग गरौँ’ भन्ने मूल भावका साथ दिवस मनाएको हो।जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश महतोको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लहान नगरपालिकाका मेयर महेश चौधरी प्रमुख अतिथिको रूपमा उपस्थित रहेको थियो । कार्यक्रममा बोल्दै वक्ताहरूले देशको आर्थिक समृद्धिका लागि साना तथा घरेलु उद्योगको भूमिका महत्त्वपूर्ण रहेकोमा जोड दिएका थिए ।उद्योग दिवसको अवसर पारेर कार्यालयले जिल्लामा उत्कृष्ट काम गर्दै आएका दर्जनौं साना उद्योग व्यवसायीहरूलाई
काठमाडौं— नेपाली इलेक्ट्रोनिक्स बजारमा घरेलु ब्रान्ड सीजीले नेपालकै पहिलो एआई–आधारित टेलिभिजन श्रृंखला ‘सीजी मेरेडिया एआई टिभी’ सार्वजनिक गरेको छ ।संसारभर तीव्र गतिमा विकास भइरहेको एआई प्रविधिलाई पछ्याउँदै कम्पनीले ग्राहकको माग, बजारको प्रवृत्ति तथा मनोरञ्जन सामग्रीको बदलिँदो शैलीअनुसार आफ्नो ब्रान्डलाई निरन्तर अपग्रेड गर्दै आएको बताउँदै, अब टेलिभिजन क्षेत्रमा पनि अत्याधुनिक एआई प्रविधि भित्र्याएको जनाएको छ ।सीजी इलेक्ट्रोनिक्सका सिनियर म्यानेजर भरत प्रसाद साहले हाल नेपालमा चलिरहेको नेपाल प्रिमियर लिग (एनपीएल) लाई लक्षित गर्दै कम्पनीले स्टेडियममै बसेर हेरेको जस्तै अनुभव दिलाउने एआई फिचरसहितको
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ।युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६५ रुपैयाँ १३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३९ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९० पैसा र बिक्रीदर ९२ रुपैयाँ २९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९९ पैसा र बिक्र
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.