काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सरकारले ल्याएका विभिन्न नीति, बजेट तथा निर्णयहरूप्रति आफ्नो दलको फरक धारणा रहेको बताएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकार गठन भएको धेरै समय नभएकाले सरकारले के गर्यो वा गरेन भन्ने बहसभन्दा पनि सरकारले सार्वजनिक गरेका नीति, बजेट, ऐन र विधेयकप्रति आफ्नो असहमति रहेको बताए । उनले भने, ‘सरकार गठन भर्खरै भएको छ । सरकारले यो काम गरेन, त्यो काम गर्न सकेन भन्ने कुरामा हामी अहिले छैनौं । तर सरकारले वर्तमान अवस्थामा बजेट ल्याउँदा र आफ्ना धारणा सार्वजनिक गर्दैगर्दा साथै विभिन्न ऐन, नियम र विधेयक बनाउँ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद गणेश पराजुलीले आर्थिक विधेयक, २०८३ ले मध्यम वर्ग, उद्योग तथा निर्यात क्षेत्रका महत्वपूर्ण विषयहरू सम्बोधन गरेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा आर्थिक विधेयकमाथिको छलफलमा भाग लिँदै उनले सरकारले छोटो समयमै जनपक्षीय र देश निर्माणमा केन्द्रित बजेट ल्याउने प्रयास गरेको बताए । उनले भने, ‘गत फागुनमा भएको प्रतिनिधिसभाको निर्वाचनपछि सरकारको जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीले लिँदैगर्दा चैतको मध्यतिर जिम्मेवारी लिएका थियौँ । अर्थमन्त्रीज्यूले बारम्बार भन्नुभएको छ, ‘हामीले बनाएको यो बजेटले सबै कुरा एकसय प्रतिशत समेटेको छ’ भन्ने
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ राईले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारको जवाफदेहिता, बजेट पारदर्शिता र वैदेशिक रोजगारीसँग सम्बन्धित विषयमा कडा टिप्पणी गरेका छन्।शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सत्ता र प्रतिपक्षबीच संवादहीनता बढ्दै गएको भन्दै असन्तुष्टि जनाए। प्रतिपक्ष बोलिरहने, सत्ता पक्ष नसुनी अगाडि बढिरहने गर्न नहुने भन्दै सरकार र संसद दुवै जिम्मेवार बन्नुपर्ने बताए । उनले नेताहरूको व्यवहार र नैतिकतामाथि टिप्पणी गर्दै पद र पहिरनले मात्र मानिस जिम्मेवार नबन्ने भन्दै ‘हामी जिम्मेवार बन्नुपर्छ, नैतिकता र जवाफदेहिता आवश्यक छ,’उनले भने।त्यसै
काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको आनुसार आज सुनको मूल्य तोलामा १० हजार ५०० रुपैयाँले घटेकोे छ ।छापावाल सुनको मूल्य तोलामा २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । बिहीबार सुन मूल्य दुई लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, चाँदीको मूल्य पनि तोलामा ३०५ रुपैयाँले घटेको छ ।आज चाँदीको मूल्य ४ हजार ६४० रुपैयाँमा कारोबार भएको छ । बिहीबार चाँदीको मल्य ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं । कृषिप्रधान मुलुकको रुपमा रहेको नेपालमा वास्तविक उत्पादन क्षेत्र र वित्तीय स्रोतको पहुँचबीच ठूलो खाडल देखिएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको प्रदेशगत आर्थिक गतिविधिसम्बन्धी अध्ययन प्रतिवेदन अनुसार देशको कुल कृषि कर्जाको एक तिहाइभन्दा बढी अंश बागमती प्रदेशमा मात्रै केन्द्रित भएको पाइएको छ । कृषि उत्पादनका लागि आवश्यक पर्ने जग्गा, खेतीयोग्य क्षेत्रफल र कृषकको संख्याका आधारमा अन्य प्रदेशहरू निकै अगाडि रहे पनि बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह भने बागमती केन्द्रित देखिँदा वित्तीय न्याय र सन्तुलित विकासमाथि नै गम्भीर प्रश्न उठेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार २०
काठमाडौँ। काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ५५६ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २२ लाख ३९ हजार राजस्व दाखिला भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कारबाहीमा परेकाहरुमा मादकपदार्थ सेवन गरेका १०६, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १५४, सङ्केत बत्ती उल्लङ्घनकर्ता १०७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १८३ जनालाई कारबाही ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार ‘लेन’ अनुशासन पालना नगर्ने ९७, निषेधित क्षेत्रमा हर्न बजाउने १०९, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ९८, यान्त्रिक
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ६४ पैसा र बिक्रीदर १५१ रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ १५ पैसा र बिक्रीदर १९९ रुपैयाँ ९५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १८८ रुपैयाँ ०९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ५४ पैसा र बिक्रीदर १०५ रुपैयाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ र
काठमाडौं । सरकारले संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरू गठनका लागि सिफारिस समितिको प्रक्रिया अघि बढाएको छ ।बिहीबार प्रतिनिधिसभाको बैठकमा आफ्नो मन्त्रालयको विनियोजित शिर्षकमाथिको छलफलमा भाग लिँदै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले यसबारे जानकारी गराएकी हुन् । शान्ति सम्झौता भएको २० वर्षको अवधिमा के कस्तो काम भयो भन्नेबारे एकीकृत विवरण तयार पार्ने काम पनि मन्त्रालयले गरिरहेको उनले जानकारी गराइन् ।‘नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समेत समावेश लामो समयदेखि बाँकी रहेको सङ्क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ,’ उन
काठमाडौँ । सरकारले औद्योगिक क्षेत्रभित्रका सरकारी पूर्वाधार प्रयोग गरेर पनि वर्षौँदेखि भाडा र महसुल नतिर्ने उद्योगीहरूविरुद्ध आक्रामक कदम चालेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि थलिएको औद्योगिक क्षेत्रको व्यवस्थापन सुधार्न र राज्यको राजस्व उठाउन आफू निर्मम भएर अघि बढेको बताएकी छिन् । बिहीबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा मन्त्री यादवले विगत ४५ वर्षदेखि उठ्न नसकेको औद्योगिक क्षेत्रको भाडा बापतको बक्यौता उठाउन सरकारले विशेष अभियान नै चलाएको जानकारी दिइन् । उनले भनिन्, ’४५ वर्षदेखि उठ्न नसकेको भाडा उठाउन हामीले ७ दिनको म्याद दिएका थियौँ, अ
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालले सडक, पुललगायतका पूर्वाधार आयोजनामा न्यून बजेट विनियोजन गरिएको भन्ने गुनासोप्रति स्पष्टिकरण दिएका छन् ।बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री लम्सालले सरकारले एक वर्षे सिङ्गल इयर नभई बहुवर्षीय मल्टी इयर बजेट प्रणालीलाई प्राथमिकता दिएको बताए । उनले बहुवर्षीय बजेटमार्फत समान प्रकृतिका आयोजनाहरूलाई एकीकृत रूपमा अघि बढाएर ठेक्का प्रक्रियामा लाग्ने समय घटाउने लक्ष्य राखिएको जानकारी दिए । उनका अनुसार ठेक्का आह्वान गर्न सामान्यतया ६–७ महिना लाग्ने भए पनि एउटै प्रकृतिका कार्यक्रमहरूलाई एकैपटक ठेक्का प्रक
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.