काठमाडौं । भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा नदी किनारमा भेटिएका शव संकलनमा ढिलाइ भएको गुनासो बढेपछि सरकारले खोजी अभियानलाई थप तीव्र बनाएको छ । सरकारले रसुवादेखि चितवनसम्म नदी तटीय क्षेत्रमा थप १ हजार २०० सैनिक परिचालन गरेको छ ।प्रधानमन्त्री कार्यालयका अनुसार बाढीले बगाएर तल्लो तटीय क्षेत्रमा पुर्याएका शवको खोजी र संकलनका लागि नेपाली सेनाको थप जनशक्ति परिचालन गरिएको हो । सेनाका टोलीलाई सम्भावित स्थान पहिचान गरी समूहगत रूपमा नदी किनारमा खटाइएको छ ।थप जनशक्ति परिचालनसँगै भोटेकोशी बाढी प्रभावित क्षेत्र तथा त्रिशूली र नारायणी नदी किनारमा खोजी तथा शव संकलन अभियान व्यापक बनाइएको
काठमाडौं । सरकारले गृह मन्त्रालयको सचिव परिवर्तन गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मालाई गृहसचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।हाल गृहसचिव रहेका राजकुमार श्रेष्ठले दिएको राजीनामा पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । श्रेष्ठ तीन दिनपछि अनिवार्य अवकाशमा जाने तयारीमा थिए ।अवकाशको समय नजिकिँदै गर्दा श्रेष्ठले दिएको राजीनामा स्वीकृत गर्दै सरकारले शर्मालाई गृहसचिवको जिम्मेवारी दिएको हो ।शर्मा यसअघि रक्षा मन्त्रालयको सचिवका रूपमा कार्यरत थिए । मन्त्रिपरिषद्को निर्णयसँगै उनी गृह प्रशासनको नेतृत्वमा आएका छन् ।गृह मन्त्रालयमा सचिव परिवर्तन भएसँगै अब मन्त्
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोपछि आफन्त सम्पर्कविहीन भएका परिवारजन यतिबेला काठमाडौंका विभिन्न अस्पताल धाइरहेका छन् ।बाढीपहिरोपछि नेपाल प्रहरी, नेपाली सेना तथा अन्य सुरक्षा निकायले उद्धार गरी काठमाडौं ल्याएका घाइते तथा शवको विवरण खोज्दै परिवारजन विभिन्न अस्पताल पुगिरहेका हुन् । तर, धेरै परिवारले आफ्ना आफन्तको अवस्थाबारे अझै कुनै जानकारी पाउन सकेका छैनन् ।त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, टिचिङ महाराजगञ्जमा पनि सम्पर्कविहीन आफन्तको खोजीमा पुगेका परिवारजनको भीड देखिन्छ । अस्पतालले सार्वजनिक गरेको घाइते तथा उद्धार गरिएका व्यक्तिको नामावलीमा आफन्तको नाम खोज्दै उनीहरू झि
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले बगाएर ल्याएका शव त्रिशूली नदीको तटीय क्षेत्रमा भेटिने क्रम रोकिएको छैन । गोरखाको सिम क्षेत्रमा मात्रै हालसम्म ४७ वटा शव फेला परेका छन् । तर तीमध्ये अधिकांश शव सग्लो अवस्थामा नहुँदा पहिचानमा ठूलो चुनौती देखिएको छ ।जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार नदी किनारमा भेटिएका ४७ शवमध्ये २० वटा मात्रै अनुहार पहिचान गर्न सकिने अवस्थामा छन् । बाँकी शवका अधिकांश भाग टुक्रिएको अवस्थामा फेला परेका छन् ।पहिचान गर्न सकिने अवस्थाका ११ शवलाई प्रहरीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ । ती शवको सनाखत र पोस्टमार्टम गरिनेछ । बाँकी शव भने गोरखामै राखिएको छ
काठमाडौं / प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले १५ करोड रुपैयाँ सहयोग गरेको छ । शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर कम्पनीले उक्त रकम हस्तान्तरण गरेको हो । यो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पूर्वजानकारी दिएर उपलब्ध गराइएको निजी क्षेत्रबाट प्राप्त सबैभन्दा ठूलो सहयोग रकम हो ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक गौरव तयाल, उपाध्यक्षद्वय डिप्रा लहेरी र रवि केसी एवम् महाप्रबन्धक प्रेम अर्यालले उक्त रकमको चेक हस्तान्तरण गरे ।
काठमाडौं / रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म ५४७ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले २०८३ भदौ १२ गते दिउँसो ३ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रमा ४ हजार ४७३ जना प्रहरी परिचालन गरिएको जनाएको छ। प्रहरीका अनुसार हालसम्म २७ जना प्रहरी कर्मचारी सम्पर्कविहीन छन्। सम्पर्कविहीनमध्ये एक जना प्रहरी कर्मचारी मृत अवस्थामा फेला परिसकेको प्रहरीले जनाएको छ।फेला परेका ५४७ शवमध्ये चितवनमा सबैभन्दा धेरै २२१, नवलपरासी पूर्वमा १३४, गोरखामा ४४, धादिङमा ४०, नुवाकोटमा ३८, तनहुँमा २९, नवलपरासी पश्चिममा २८ र रसुवामा १३ वटा शव फेला परेका छन्। त्यस्तै, बाढीबाट
काठमाडौं / काठमाडौं,टोखा,छहरे,गड्खार पुल,आप्र,नर्जाल,च्याङ,सरमथली,पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान,धुन्चे सडकखण्ड चार चक्के साना सवारीसाधन सञ्चालन हुने गरी सुचारु भएको छ ।सडकखण्ड सुचारु भएसँगै बाढी तथा पहिरोका कारण सडक सञ्जालबाट प्रभावित बनेको रसुवा जिल्ला पुनः राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ । सडक सञ्चालनमा आएपछि रसुवा आवतजावत गर्ने यात्रु तथा स्थानीयवासीलाई सहज हुने अपेक्षा गरिएको छ । यद्यपि, सडकको अवस्था र मौसमअनुसार यात्रा गर्दा आवश्यक सावधानी अपनाउनुपर्ने देखिन्छ ।
काठमाडौं । भीषण बाढीले सडक र पुलमा ठूलो क्षति पुर्याएपछि सडक सञ्जालबाट विच्छेद भएको रसुवा फेरि सडकमार्फत जोडिएको छ । बाढीले मुख्य सडकका पुलहरू बगाएपछि सरकारले वैकल्पिक मार्ग सञ्चालनमा ल्याएको हो ।भौतिक पूर्वाधार मन्त्रालयका अनुसार काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चेसम्मको वैकल्पिक सडक चार चक्के साना सवारीसाधन सञ्चालन हुने गरी खोलिएको छ ।बाढीपछि रसुवाभित्र मितेरीपुल यता मात्रै १३ वटा पुल पूर्ण रूपमा बगेका थिए । त्यस्तै नुवाकोट–रसुवा सीमाका थप दुई पुलसमेत बगाउँदा रसुवा सडक सञ्जालबाट पूर्ण रूपमा विच्छेद भएको थियो । मुख्य सडक संरचना क्
काठमाडौं । भोटेकोशी बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि सरकारले आह्वान गरेको राहत अभियानमा सहयोगको ओइरो लागेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो ३६ घण्टामै १ अर्ब ९१ करोड ८६ लाख रुपैयाँभन्दा बढी सहयोग जुटेको छ । अर्थ मन्त्रालयका अनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म विभिन्न १० वाणिज्य बैंकमा रहेका कोषका खातामा दाताहरूले १ अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ जम्मा गरेका छन् ।भोटेकोशीमा भीषण बाढी आएपछि सरकारले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । त्यसलगत्तै उद्धार तथा राहतका लागि सहयोग जुट्न थालेको हो । सरकारले कोषमा रकम संकलन र त्यसको समन्
काठमाडौं / प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टाको अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ । अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म कोषमा उक्त रकम जम्मा भएको हो ।विभिन्न १० वाणिज्य बैंकहरुमा रहेको खातामा एक अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ दाताहरूले ३६ घण्टा अवधिमा जम्मा गरेका छन् । बुधबार बिहान नेपाल–चीन सीमा भएर बग्ने भोटेकोशी नदीमा भीषण बाढी आएर ठूलो धनजनको क्षति गरेपछि सरकारले मन्त्रिपरिषद् बैठक बसी ती प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । त्यसपछि राहत कोषमा मनकारी व्यक्ति तथा संस्थ
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.