समाज

    Showing 5,221-5,230 of 6,755 items.
  • विकासले उज्यालिँदै गरेका गाउँ बसाइँसराइले अँध्यारा बन्दै

    गलेश्वर (म्याग्दी) । सडक, सञ्चार, शिक्षा र स्वास्थ्यको पहुँचसँगै विकासले उज्यालिँदै गरेका गाउँ बसाइँसराइले अँध्यारा बन्दै गएका छन् । सङ्घीयता कार्यान्वयनमा आएसँगै स्थानीयतह सबल हुँदा विकासका कार्यक्रम गाउँ केन्द्रित भए पनि गाउँ रित्तिँदै गएको हो । वर्षौंदेखि ओझेलमा परेका गाउँबस्तीमा विकास पुगेको छ । घरआँगनमै गाडी गुड्ने सडक छन् । नजिकै विद्यालय छ । वडा कार्यालयसँगै स्वास्थ्यचौकी, घरघरमा झलमल्ल बिजुली, घाँस पराल बोकेर घरगोठमा पुग्ने ट्र्याक्टर, मोटरसाइकल सबैको सुविधा गाउँमा भए पनि गाउँ छोड्दै सहर झर्ने र मधेस पस्नेहरूको सङ्ख्या बर्सेनि बढ्दै गएको छ ।‘गाउँ गाउँजस्तो छैन सहर सहरजस्तो छै

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • 299 पटक पढिएको
  • ऐतिहासिक टक्सारलाई सरंक्षणको खाँचो

    भोजपुर । औद्योगिक, व्यापारिक र सांस्कृतिक क्षेत्रको पहिचान बनाएको ऐतिहासिक टक्सार बजार यतिबेला संरक्षणको पर्खाइमा छ । यहाँ बनेका कलात्मक शैलीका घरहरू खण्डहर बनेसँगै यो स्थानको मौलिकता समेत मेटिँदै गएको छ । पञ्चायतकालदेखि बहुदलीय व्यवस्था आउँदासम्म लाखौँ मूल्यका धातुका सामग्री उत्पादन हुने र टक (डोली पैसा) छाप्ने टक्सार बजार केही वर्षयता सुनसान छ । यहाँ निर्माण भएका धातुका सामानहरू देश विदेशमा परिचित छन् । राणाकालीन समयमा नेपालभर आवश्यक पर्ने टक (डोली पैसा) छापिएको ऐतिहासिक बजार हो टक्सार ।भोजपुर सदरमुकाम नजिकै रहेको टक्सार कुनै समय व्यापारिक केन्द्रको रूपमा स्थापित बजार पनि हो । यस बजारको भू–भ

    • प्रकाशित मितिः माघ २२, २०८१
    • 270 पटक पढिएको
  • टक्सारको सरस्वती गुफा ओझेलमा

    टक्सार (भोजपुर) । श्रीपञ्चमीका दिन मुलुकभरका सरस्वती मन्दिरमा भीड बढिरहँदा सदरमुकाम नजिकै रहेको भोजपुर नगरपालिका–१२, टक्सारको सरस्वती गुफा भने यसको महत्व नबुझ्दा ओझेलमा पर्दै गएको छ । यस्ता धार्मिक महत्व बोकेका स्थानभन्दा पनि विद्यालयस्तरमा नै सरस्वती पूजा गर्ने प्रचलनले ऐतिहासिक कुरा ओझेलमा परेका हुन् ।सदमुकामदेखि आघा घण्टाको दुरीमा रहेको टक्सारको सरस्वती गुफा अहिले आएको आधुनिक जीवन शैली र विकसित प्रविधितर्फ उन्मुख युवा पिँढीका कारण ओझेलमा पर्दै गएको हो । सरस्वती गुफामा बसेर सात दाना अक्षता नचपाई निल्दा बुद्धि बढ्ने विश्वास विगतमा रहे पनि हाल यसको महत्व कम हुँदै गएको स्थानीयको भनाइ छ । व

    • प्रकाशित मितिः माघ २१, २०८१
    • 287 पटक पढिएको
  • बुबाआमासँगै भारत जाने बाध्यताले बालबालिकाको पढाइ प्रभावित

    भेरीगङ्गा (सुर्खेत) । विद्यालय जाने उमेरका बालबालिका अभिभावकको पछि लागेर भारतको मुग्लान जानु यहाँका लागि नौलो होइन । दैलेख गुराँस गाउँपालिका–२ मा यो चलन लामो समयदेखि चलिरहेको छ । जसले गर्दा बालबालिका विद्यालय शिक्षाबाट बञ्चित हुनुपर्ने अवस्था छ ।‘गाउँमै बसेर छोराछोरी पढाउने रहर नभएको होइन, तर कमाइका लागि भारत जानु हाम्रा लागि बाध्यता भयो, केटाकेटीलाई यहाँ एक्लै छाड्न सकिन्न’, स्थानीय दलबहादुर विकले भने । रोजीरोटीका लागि मुग्लान जानुको विकल्प नभएको उनको भनाइ छ । विकका अनुसार गाउँका अधिकांश व्यक्ति रोजगारीका लागि भारतमै आश्रित छन् । दलित समुदायको बाहुल्यता रहेको यस वडाका मानिसहरु भारत जाँदा

    • प्रकाशित मितिः माघ २०, २०८१
    • 276 पटक पढिएको
  • सरकारले ल्याएको सामाजिक सञ्जाल नियमनको विधेयक प्रति गैसस महासंघको आपत्ति

    काठमाडौं— यतिबेला सरकारले संघीय संसदमा दर्ता गराएको सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सर्वत्र विरोध भइरहेको छ । सरकारले सामाजिक सञ्जालको नियमनका नाममा नागरिकका आवाज कुन्ठित गर्ने काम गरेको आरोप राजनीतिक दलका नेताहरूले नै लगाउँदै आएका छन् । संसदमा दर्ता भयो विधेयकका विषयमा सत्ता पक्षमा रहेका सांसदको पनि आलोचनात्मक समर्थममात्र छ भने विपक्षी दलले चर्को विरोध नै गरेका छन् । नागरिक समाज तथा सामाजिक संघ संस्थाले पनि सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा बनेको विधेयकको विरोध गरेका छन् । गैरसरकारी संस्था महा

    • प्रकाशित मितिः माघ १९, २०८१
    • 224 पटक पढिएको
  • बसाइँसराईको वर्तमान अवस्था, चुनौती र समाधान

    काठमाडौं— नेपालमा बसाइँसराई तीव्र गतिमा बढिरहेको छ । आधुनिक सेवा सुविधा खोज्दै शहर बजारमा बसाइँ सर्ने दिन प्रतिदिन बढेका छन् । विगतलाई हेर्ने हो भने भौतिक पूर्वाधारको अभावले मानिसहरू शहर वा विकास भएका ठाउँमा बसाइँ सर्ने प्रवृत्ति थियो ।तर, पछिल्लो समय गाउँमा बाटो घाटो, विद्यालय, स्वास्थ्य संस्था, खानेपानीलगायत सेवा सुविधाहरू पुग्दा-पुग्दै पनि शहरको आकर्षण बढेको देखिन्छ ।राष्ट्रिय जनगणना, २०७८ अनुसार पछिल्लो पटक एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सर्ने कुल जनसंख्या ९३ लाख ४१ हजार ४०८ छ । सबैभन्दा पहिले राष्ट्रिय तथ्याङ्क कार्यालयलको जनगणनाले देखाएको बसाइँ सर्नुका प्रमुख कारणबारे चर्चा गरौं ।यसरी मान

    • प्रकाशित मितिः माघ १३, २०८१
    • 782 पटक पढिएको
  • अझै गुइँठा बाल्न बाध्य छन् तराईका महिला

    पथरी (मोरङ) । जिल्लाको ग्रामथान गाउँपालिका–५ कि सीता चौधरीलाई खाना पकाउने दाउरा जोहो गर्न हम्मेहम्मे पर्दछ । माटोले लिपेको घरका भित्ता, परालको छानो, सानो झुपडी त्यही झुपडीबाट निस्किएको कालोधुवाँसँगै उडेको छ सीताको दिनचर्या । बिहानीको झिसमिसेसँगै गाईबस्तुको गोबर उठाउनुपर्ने बाध्यता छ दक्षिणी मोरङका महिलाहरूको ।सीता चौधरीको पाँच जनाको परिवार छ । उक्त परिवारका लागि खाना पकाउनैपर्ने बाध्यता छ सीतालाई । श्रीमान्को सामान्य कमाइले ग्यास र दाउरा किन्न पुग्दैन । ‘ग्यास चलाउन सकिँदैन, जङ्गल पनि टाढा छ, वन समितिले संरक्षण गर्न थालेपछि दाउरा पनि पाइँदैन, गुइँठाको विकल्प नगरे आफैँलाई ग्राहो हुन्छ’, चौधरीले

    • प्रकाशित मितिः माघ १२, २०८१
    • 171 पटक पढिएको
  • जरलहवागाछीमा छ डिपट्युबेल सञ्चालन हुँदा खानेपानी समस्या हट्यो

    महोत्तरी । खानेपानीको समस्या खेप्दै आएका यहाँस्थित मटिहानी–६ जरलहवागाछी बस्तीका अग्निपीडितले १० महिनापछि बल्ल राहत पाएका छन् । बस्तीमा सोमबार एकसाथ छवटा डिपट्युबेल सञ्चालनमा आएपछि अग्निपीडितले आफ्नै घरआँगन नजिक खानेपानीको सहुलियत पाएका हुन् । मटिहानी नगरपालिका र रतौली युवा क्लबले जडान गराएका डिपट्युबेल सञ्चालनमा आएका हुन् ।‘आगलागी घटनायता खानेपानीको अप्ठ्यारो थियो’, अग्निपीडित बस्तीकी गृहिणी मैमुन खातुनले भनिन्, ‘आगलागी घटनाको १०औँ महिनामा बल्ल खानेपानीको सजिलो भयो ।’ सो बस्तीमा गत वैशाख १२ गते बुधबार भएको आगलागीमा एक सय तीन घर जलेर पूरै खरानी बनेका थिए ।सञ्चालनमा आएका छवटै डिपट्युबेलबाट पानी

    • प्रकाशित मितिः माघ ८, २०८१
    • 190 पटक पढिएको
  • अधिकार र समानताका सवालमा यौनिक अल्पसंख्यक

    मानव समाजमा जैवीक वा लैङ्गिक भिन्नताका आधारमा मानिसको लैङ्गिक पहिचान गरिएको छ । लैङ्गिक वा यौनिक पहिचानका आधारमा मानिसलाई महिला, पुरुष, समलिङ्गी, तेस्रोलिङ्गी, अन्तरलिङ्गी र दुइलिङ्गी भनेर पहिचान गरेको पाइन्छ । पछिल्लो समय पारालिंगीका रुपमा पहिचान मान्नेहरुको संख्या बढ्दो छ । धार्मिक वा पौराणिक मान्यताका आधारमा पनि यौनिक तथा लैङ्गिक पहिचानलाई स्वीकारेको विभिन्न धर्मग्रन्थले स्पष्ट पारेको पाइन्छ । हिन्दु धर्ममा पनि शिवजीलाई ‘अर्धनारीश्वर’ भनेको पाइन्छ । त्यस्तै महाभारतका पात्र शिखण्डीलाई फरक यौनिक पहिचानका रुपमा समलिङ्गी भनेर चिनिएको छ ।पश्चिमा राष्ट्रहरुमा यस सम्बन्धमा १७ औं शताब्दीदेखि नै गहन

    • प्रकाशित मितिः माघ ७, २०८१
    • 376 पटक पढिएको
  • सिङ्गो बस्ती नै शौचालयविहीन

    जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नम्बर ४ स्थित मझौरा गाउँको ‘मुसहर’ बस्ती शौचालयविहीन रहेको पाइएको छ । यस बस्तीका दलित मुसहर परिवारहरू शौचका लागि खुला स्थान प्रयोग गर्दै आएका छन् ।स्थानीय बयोवृद्ध ५५ वर्षीय सेवक सदाका अनुसार ७५ घर परिवार रहेको मुसहर बस्तीको कुनै पनि घरमा शौचालय रहेको छैन । यहाँका सबैजना खुला स्थानमै शौच गर्दै आएका छन् । यही बस्तीका २२ वर्षीय शोभेन्द्र सदाका अनुसार वृद्धवृद्धा, वयस्क महिला, पुरूष तथा बालबालिका सबै गरेर तीन सय ७० जनाको जनसङ्ख्या रहेको छ । यहाँ बसोबास गर्ने सबै जना सधैँदेखि गाउँको खेतबारी र बाटोको छेउछाउमै दिशा पिसाब गर्दै आएका छन् र अहिले पनि त्यही स

    • प्रकाशित मितिः माघ ७, २०८१
    • 219 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा