मुगु— जुम्ला जिल्ला कारागारमा रहेका कैदीबन्दीहरूको स्वास्थ्य परीक्षण गरिएको छ । कैदीबन्दीको स्वास्थ्य अवस्था पहिचान गर्दै आवश्यक उपचार र परामर्श उपलब्ध गराउने उद्देश्यले २०८२ चैत १० गते मंगलबार स्वास्थ्य जाँच गरिएको हो ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लासँगको समन्वय तथा जनस्वास्थ्य कार्यालय जुम्लाको आयोजनामा विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले ६२ जना कैदीबन्दीको स्वास्थ्य परीक्षण गरेको हो । परीक्षणका क्रममा सामान्य शारीरिक जाँचसँगै रक्तचाप, मधुमेह, पोषण अवस्था, दीर्घरोगको जोखिम तथा मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्याको पहिचान गरिएको थियो ।कारागार जस्तो सीमित वातावरणमा लामो सम
काठमाडौं— नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया सफल भएको छ ।बुधबार सामाजिक सञ्जामार्फत साम्बाले अकल्यान्ड, न्युजिल्यान्डमा डाक्टर साइमन र उनको टोलीद्वारा शल्यक्रिया गरिएको जानकारी दिएकी हुन्।चिकित्सकको निगरानीमा भोलिदेखि रिह्याब सुरु हुने उनले जनाएकी छन्।खाडी क्षेत्रमा उत्पन्न असहज परिस्थितिका कारण उपचारका लागि कतार जान नसकिएको अवस्थामा वैकल्पिक रूपमा न्युजिल्यान्डमै शल्यक्रिया गरिएको हो।यसले खेलाडीको स्वास्थ्य व्यवस्थापनमा लचिलोपन र समयमै निर्णयको महत्व पनि देखाएको छ।कठिन समयमा वेलिंगटन र अकल्यान्डमा रहेका नेपाली समुदाय, साथै उनको क्लब क्लब
चितवन। चालु आर्थिक वर्षमा जिल्लामा ६२३ जना क्षयरोगबाट पीडित भएका पाइएको छ । नियमित परीक्षणका क्रममा जिल्लामा पहिचान भएका क्षयरोगीमध्ये २७ जना १४ वर्षमुनिका बालबालिका छन् । तीमध्ये चार जना चार वर्षमुनिका छन् । जनस्वास्थ्य कार्यालयका क्षयकुष्ठ अधिकृत जयराम दुवाडीका अनुसार साउनयता पाँच हजार ३८२ जनाको परीक्षण गरिएकामा उनीहरूमा यो रोगको सङ्क्रमण देखिएको हो । जसमध्ये २८७ जनामा नसर्ने र ३३६ जना सर्ने खालको क्षयरोग भएको भेटिएको छ । सङ्क्रमितमध्ये सात जनालाई औषधिले काम नगर्ने खालको क्षयरोग भेटिएको छ । सङ्क्रमितहरूले जिल्लाका १०७ वटा औषधि वितरण गर्ने संस्थाबाट नियमित औषधि सेव
कैलाली— जिल्लाको धनगढीमा ‘सुधावती तेल’ सम्बन्धी जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको छ। कल्पसन्द न्यूरोप्याथिक हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. को आयोजनामा भएको कार्यक्रममा तेलको उपयोगिता, उत्पादन प्रक्रिया र बजार विस्तारबारे जानकारी दिइएको हो।धनगढी उपमहानगरपालिका–७ जाखोरतालस्थित अस्पतालका सञ्चालक दिपेन्द्र थापाले छिट्टै सेवा सञ्चालन गर्ने तयारी रहेको बताए। उनका अनुसार ‘सुधावती तेल’ न्यूरोप्याथिक तथा आयुर्वेदिक पद्धतिमा आधारित रहेको तथा विभिन्न दीर्घरोगहरूको उपचारमा सहयोग पुग्ने दाबी गरिएको छ।कार्यक्रममा प्रमुख अनुसन्धानकर्ता कमल जोशी ले २०६१ सालदेखि उक्त तेलमाथि अनुसन्धान हुँदै आएको
काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.विकास देवकोटाले नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामी अझै पहिचान हुन नसकेको बताएका छन् ।मंगलबार विश्व क्षयरोग दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले क्षयरोग उपचार गरेर निको पार्न सकिने रोग भए पनि विभिन्न कारणले अझै प्रभावकारी रूपमा पहिचान र उपचारको दायरा विस्तार गर्न नसकिएको उल्लेख गरेका हुन् ।उनका अनुसार समाजमा अझैपनि केही स्तरमा भेदभाव कायम रहनुका साथै स्वास्थ्य क्षेत्रबाहिरका सरोकारवालाहरूको भूमिका पर्याप्त रूपमा समेट्न नसकिएको अवस्था छ ।उनले भने, ‘क्षयरोग रोग उपचार गरेर निको हुने रोग हुँदाहुँदै केही कारणले डिस्क्रिमिनेसन हुनसक्छ
काठमाडौं— आज विश्व क्षयरोग दिवस मनाइँदै छ ।हरेक बर्ष मार्च २४ तारिखको दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ ।क्षयरोग रोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज रुपमा उपचारको प्रबन्ध गर्ने, गराउने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको हो ।यस दिवसले क्षयरोग महामारीको अन्त्यका लागि गरिएका प्रतिबद्धता, प्रयास, तथा उपलब्धिलाई सम्झिने अवसर समेत प्रदान गरेको छ ।
रामेछाप— रामेछापको सुनापति गाउँपालिका– १ गुन्सीमा निर्माण गरिएको प्रसूति केन्द्रको भवन सञ्चालनमा नै नआई भत्किएको छ ।संघीय सरकारको बजेट करिब २ करोडको लागतमा निर्माण भएको सो भवन प्रयोगमा नै नआई भत्किएको हो ।स्वास्थ्य चौकीको भवनको तल्लोपट्टिको चौर खारेर बनाइएको भवनको मुनि खनिएको सडक र माथिबाट खारेको दुवैतिरबाट पहिरो चलेपछि पहिरोले तानेर र पुरिएर भवन भत्किएको हो ।दुई तल्ले सो भवनको जगदेखिको भाग पहिरोको कारण भत्किएर चिरा–चिरा परेको छ । भवनको माथिबाट पनि पहिरो झरेर भवनमा क्षति पुर्याएको छ ।सो भवनसँगै रहेको शौचालयको पर्खाल चिरिएर भत्कन ठिक्क परेको छ । शौचालयको भवन जगसहित बगेको छ ।वडाध्यक्ष ध्रुव चौला
बाजुरा— बाजुराबाट हेलिकप्टरमार्फत उद्वार गरिएकी एक महिलाको मृत्यु भएको छ । यहीँ चैत्र ४ गते बाजुराबाट थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएकी बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर १ की २१ बर्षीया सुरता रोकाया र उनको नवजात शिशुको मृत्यु भएको हो ।एक हप्ताको नवजात शिशु र सुत्केरी आमाको मृत्यु खवरको स्तब्ध बनाएको हो । उनको र नवजात शिशुको उपचारको क्रममा शनिवार सुर्खेतमा मृत्यु भएको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले जानकारी दिए । बाँच्ने आशामा हेलिकप्टरमार्फत उद्धार गरिएकी सुरता र उनको नवजात शिशुको अन्ततः ज्यान गएको हो ।सुरता लामो समयदेखि मुटु रोगबाट समेत ग्
काठमाडौं— संयुक्त राष्ट्र संघ मानवअधिकार परिषद्को विश्वव्यापी आवधिक समीक्षा (युपिआर) को चौथो चक्रअन्तर्गत नेपालले बुझाएको प्रतिवेदनमाथि विभिन्न राष्ट्रहरूले दिएका सुझावहरू कार्यान्वयन गर्न सरोकारवालाहरूले जोड दिएका छन् ।महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) द्वारा आयोजित सञ्चारकर्मीहरूसँगको कार्यशालामा युपिआर प्रक्रिया र नेपाललाई प्राप्त प्रमुख सिफारिसहरूबारे विस्तृत छलफल गरिएको हो ।सन् २०२५ मा नेपाल सरकारले परिषद्मा पेश गरेको प्रतिवेदनमाथि टिप्पणी गर्दै विभिन्न देशले विशेष गरी कानुनी पहिचान, लैङ्गिक हिंसा र यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा सुधार गर्न सुझाव दिएका छन् । कार्यशालामा अधिवक्
रामेछाप— रामेछापको सुनापति गाउँपालिका–१ गुन्सीमा आयोजना गरिएको एक दिने निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविरमा २७० जना स्थानीयले सेवा लिएका छन् । वाग्मती प्रदेश अन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय र सुनापति गाउँपालिकाको संयुक्त आयोजनामा सञ्चालित उक्त शिविरमा दुर्गम क्षेत्रका नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।बिहान ११ बजेदेखि साँझ साढे ५ बजेसम्म सञ्चालन भएको शिविरमा चिकित्सकहरूले बिरामीको स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क परामर्श र औषधि समेत वितरण गरेका थिए ।शिविरमा सहभागी भएकामध्ये अधिकांशमा हाडजोर्नी सम्बन्धी समस्या देखिएको चिकित्सालयका डाक्टर उत्तम गैरेले जानकारी दिए । उन
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.