स्वास्थ्य

    Showing 301-310 of 2,072 items.
  • ‘महिलासँग उपमेयर कार्यक्रमः गर्भवतीलाई पोषण भत्ता’

    तनहुँ । आमा र शिशुको स्वास्थ्य सुधारका लागि जिल्लाको व्यास नगरपालिकाले गर्भवतीलाई पोषण भत्ता सुविधा उपलब्ध गराउन थालेको छ । महिलासँग उपमेयर कार्यक्रम’अन्तर्गत सरकारी स्वास्थ्य संस्थामा गर्भ जाँच र सुत्केरी सेवाप्रति आकर्षित गराउन नगरले पोषण भत्ता उपलब्ध गराएको हो । नगरपालिकाका अनुसार गर्भवतीको स्वास्थ परीक्षण नगर्दा र घरमै बच्चा जन्माउँदा आमा र शिशु दुवैको स्वास्थ्यमा समस्या हुने जोखिम भएकाले त्यसको अन्त्यका लागि यो किसिमको कार्यक्रम अघि ल्याइएको हो । नगरपालिकाभित्रका सरकारी स्वास्थ्य संस्थामा जाँच तथा सुत्केरी सेवा लिनेलाई पोषणबापत भत्ता दिइएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए । उनका अन

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 345 पटक पढिएको
  • लोमान्थाङमा बन्यो पाँच शय्याको आधारभूत अस्पताल भवन

    मुस्ताङ । उत्तरी चीनको स्वाशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा पाँच शय्याको आधारभूत अस्पताल भवन निर्माण सम्पन्न भएको छ । सङ्घीय सरकारको एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत लोमान्थाङ गाउँपालिकाको सहलगानीमा आधारभूत स्वास्थ्य सेवा पूर्वाधार निर्माण गरिएको हो ।उपल्लो मुस्ताङका नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुर्याउने गरी आर्थिक वर्ष २०७८÷७९ को २४ जेठमा डाँफे–हरि–सन्त जेभी कन्ट्रक्सनसँग पूर्वाधार निर्माणको ठेक्का सम्झौता गरिएको थियो । सम्झौता अवधि दुई वर्ष रहेको लोमान्थाङस्थित आधारभूत स्वास्थ्य सेवा पूर्वाधार निर्माण चल्दै गर्दा कोरोना माह

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 292 पटक पढिएको
  • पाल्पामा मातृशिशु मृत्युदर घटाउने अभियान सुरु

    तानसेन (पाल्पा) । पाल्पामा मातृ तथा शिशु मृत्युदर घटाउने अभियान सुरु भएको छ । लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले बढ्दो मातृशिशु मृत्युदर घटाउन पाल्पाबाट अभियान सुरु गरेको हो ।जिल्लामा जनचेतना अभाव, कमजोर आर्थिक अवस्थाका कारण मातृ मृत्युदर तथा नवजात शिशु मृत्युदरको तथ्याङ्क डरलाग्दो रहेकाले यसलाई घटाउन मोबाइलमार्फत पारिवारिक स्वास्थ्य विवरण तयार गर्ने अभियान सुरु गरिएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार मातृ मृत्युदर तथा नवजात शिशु मृत्युदरलाई दोहोरो अङ्क हुँदै एकल अङ्कमा झार्ने गरी योजना बनाइएको जनाएको छ ।लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले तानसेनबाट अभियान शुभ

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 306 पटक पढिएको
  • उपचारको गन्तव्य बन्दै प्राकृतिक चिकित्सालय

    मध्यविन्दु (नवलपरासी) । यहाँको देवचुली नगरपालिका–१७ रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालय पछिल्लो समय स्वास्थ्य उपचारको गन्तव्य बनेको छ । प्राकृतिक चिकित्सा, योग, आयुर्वेद तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने यस केन्द्रमा सर्वसाधारण मात्र नभई सरकारी अधिकारी, राजनीतिक दलका नेताहरू, कलाकार, व्यवसायी तथा अन्य विशिष्ट व्यक्तिहरू उपचारका लागि आउने गरेका छन् । प्राकृतिक चिकित्सालयमा उपचारका लागि आउनुभएका नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्ती १३ दिनको प्राकृतिक उपचारपश्चात् मङ्गलबार फर्किएका छन् । कम्मरमा दुखाइका कारण हिँडडुल गर्न सम

    • प्रकाशित मितिः चैत १३, २०८१
    • 224 पटक पढिएको
  • चितवनका सहरी क्षेत्रमा क्षयरोगी बढे

    चितवन । गत वर्षको तुलनामा यो वर्ष चितवनमा क्षयरोगीको सङ्ख्या बढेको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार चालु आर्थिक वर्षको फागुनसम्ममा जिल्लामा भेटिएका पाँच सय आठ जना क्षयरोगीमध्ये दुई सय ८९ जना भरतपुर महानगरका छन् । रत्ननगर नगरपालिकाका ६१, खैरहनी नगरपालिकाका ४१, कालिका नगरपालिकाका ३६, राप्ती नगरपालिकाका ५३, माडी नगरपालिकाका १७ र इच्छाकामना गाउँपालिकाका ११ जनामा क्षयरोगको सङ्क्रमण देखिएको हो । उनीहरूमध्ये ७१ जना पुरानामा पुनः यो रोग देखिएको छ । यो रोग जिल्लामा गत आवमा एक हजार एक सय ३९ जनामा देखिएको थियो । एक सय ६१ जना पुराना बिरामी हुन् भने अन्य नयाँ बिरामी रहेको उनले बताए

    • प्रकाशित मितिः चैत १३, २०८१
    • 270 पटक पढिएको
  • भारत, बङ्गलादेश र भुटानका आँखाका बिरामी उपचार गर्न नेपालमा

    काठमाडौँ । भारत, बङ्गलादेश, भुटानलगायत देशका नागरिक आँखा उपचारका लागि नेपाल आउने गरेका छन् ।नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित  २८ आँखा अस्पताल, दुई सय २४ आँखा उपचार केन्द्रमा विदेशी बिरामी उपचारार्थ आएका हुन् । सन् २०२४ मा सङ्घको सञ्जालमार्फत नौ लाख सात हजार ७१ जना विदेशी नागरिकको आँखा परीक्षण तथा एक लाख ६२ हजार आठ सय ४५ जनाको शल्यक्रिया गरिएको सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले बताए ।सञ्जालमार्फत सन् २०२४ मा ३२ लाख ६८ हजार ३४ जना आँखाका बिरामीको आँखा परीक्षण गरी दुई  लाख ५८ हजार पाँच सय ७५ जनाको शल्यक्रिया गरिएको छ । सङ्घका अस्पताल तथा विभिन्न बाह्य कार्यक्रममा

    • प्रकाशित मितिः चैत १३, २०८१
    • 206 पटक पढिएको
  • विद्यालय तहमा स्वास्थ्य विषय अनिवार्य गर्न प्रस्ताव

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अब विद्यालय तहमा अनिवार्य रुपमा स्वास्थ्य विषय पढाउने व्यवस्था गर्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौं आयोजित स्तन पाठेघर तथा सर्भाइकल क्यान्सर र क्रीनिङ्ग कार्यक्रम उद्घाटन समारोहमा बोल्दै शिक्षा जीवनउपयोगी हुनुपर्ने कारण स्वास्थ्य विषय ऐक्षिक होइन अनिवार्य बनाउनुपर्ने बताए । विद्यालय तहका सबैलाई आफ्नो शरीर जोगाउने चेतना प्राप्त हुनेगरी शिक्षा दिनुपर्छ भनेर शिक्षा मन्त्रालयलाई प्रस्ताव गरेको पनि उनले जानकारी दिए । उनले भने,‘हामीले अब विद्यालय तहमा अनिवार्य रुपमा स्वास्थ्य विषय पढाउने व्यवस्था गरौं । शिक्षा जीवनउपयोगी हुनुपर्छ

    • प्रकाशित मितिः चैत १२, २०८१
    • 322 पटक पढिएको
  • प्रा डा अग्रवालको संयोजकत्वमा सुझाव समिति गठन

    काठमाडौँ । मानिसको मांसपेशी कमजोर बनाउने जटिल रोग ‘मस्कुलर डिष्ट्रोफी’को पहिचान, उपचार, रोकथाम एवं पुनःस्थापनाका लागि दीर्घकालिन नीति तथा कार्ययोजना तयार पार्न वरिष्ठ कन्सल्ट्यान्ट तथा न्युरोलोजिष्ट प्रा डा जगदीशप्रसाद अग्रवाल संयोजकत्वको सुझाव समिति गठन गरिएको छ ।यो रोगका बिरामीको सङ्ख्या बढेको भन्दै त्यसको पहिचान तथा रोकथामका लागि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको पहलमा समिति गठन गरिएको हो । समितिको सदस्यमा त्रिवि शिक्षण अस्पतालका प्रा डा रोहितकुमार पोखरेल, ‘मस्कुलर डिस्ट्रोफी फाउण्डेसन नेपाल’का अनिलकुमार उपाध्याय, त्रिवि शिक्षण अस्पतालकी प्रा डा मिता शाह राना तथा मन्त्रालयका नीत

    • प्रकाशित मितिः चैत १२, २०८१
    • 317 पटक पढिएको
  • प्रत्येक वर्ष क्षयरोगको सङ्क्रमण र मृत्युदरमा वृद्धि

    मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ४२६ जना नयाँ क्षयरोगी भेटिएका छन् । चालु आवको फागुन मसान्तसम्म जिल्लामा ११ जना क्षयरोगीको मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ ।प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का क्षयरोग स्थानीय स्रोत व्यक्ति डिल्लीराम तिवारीले नयाँ क्षयरोगीमध्य १४ जना बालबालिका रहेका जानकारी दिए । ‘जिल्लामा अहिले ४२६ जना क्षयरोगीले औषधि सेवन गरिरहनुभएको छ’, उनले भने, ‘औषधि सेवन गरिरहेका क्षयरोगीमध्ये बहुऔषधि प्रतिरोध बिरामी (डिआर) भएका पाँच महिला र चार पुरुषको मध्यबिन्दु प्रादेशिक अस्पतालको क्षय

    • प्रकाशित मितिः चैत १२, २०८१
    • 301 पटक पढिएको
  • बागलुङमा आठ महिनामा १७९ जना क्षयरोगी भेटिए

    ढोरपाटन (बागलुङ) । यहाँ हरेक वर्ष क्षयरोगका सङ्क्रमित बढ्दै गएका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले परीक्षणको दायरा बढाउँदै गएपछि सङ्क्रमितको सङ्ख्या पनि बढेको हो । दूरदराजका बस्तीमा क्षयरोगसम्बन्धी जनचेतनाको कमीका कारण सङ्क्रमण बढ्दै गएको प्रदेश जनस्वास्थ्य कार्यालयका क्षयकुष्ठ रोग निरीक्षक देवप्रकाश घिमिरेले बताए । जिल्लाभर चालु आर्थिक वर्षको आठ महिनामा १७९ जनामा सङ्क्रमण पुष्टि भएको उनले जानकारी दिए ।घिमिरेका अनुसार अघिल्लो वर्ष मात्रै ३१० जनामा सङ्क्रमण देखिएको थियो । क्षयरोगको ‘स्क्रिनिङ’ र ‘कन्ट्र्याकट्रेसिङ’ गर्न बाँकी रहेकाले क्षयरोगी अझै बढ्ने अनुमान गरिएको उनले उल्लेख गर

    • प्रकाशित मितिः चैत १२, २०८१
    • 301 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा