काठमाडौं— स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले टिकटक र फेसबुक रिल्स भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ ।बोर्डले आफ्नो १०औँ वार्षिकोत्सवको अवसर पारेर कार्यक्रमको प्रचारप्रसार तथा नागरिकमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले टिकटक र फेसबुक रिल्स भिडियो प्रतियोगिता आयोजना गर्ने भएको हो ।प्रतियोगितामा सहभागी हुन चाहनेले स्वास्थ्य बिमासम्बन्धी विषयवस्तु समेटेर अधिकतम एक मिनेटको ‘भर्जिकल रिल्स फम्र्याट’मा भिडियो बनाउनुपर्ने छ भने सहभागीले आफ्नो भिडियो टिकटक वा फेसबुकको रिल्समा पोस्ट गरी तोकिएको ह्यासट्याग प्रयोग गर्नुपर्छ ।साथै पोस्ट गरिएको भिडियो यही चैत २
उदयपुर— जिल्ला अस्पताल उदयपुरमा रेबिजविरुद्ध लगाइने एन्टी–रेबिज खोपको अभाव भएको छ। सरकारी कोटाअनुसार आउने खोपको आपूर्ति हुन नसक्दा अस्पतालमा खोप सेवा प्रभावित भएको हो।अस्पताल प्रशासनका अनुसार विगत करिब १५ दिनदेखि खोपको मौज्दात सकिएको छ। खोप उपलब्ध नभएपछि अस्पतालले सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि खोप सेवा स्थगित गरिएको जनाएको छ। यसका कारण बिरामी तथा सेवाग्राहीहरू महँगो शुल्क तिरेर निजी क्लिनिकमा खोप लगाउन बाध्य भएका छन्।खोप आपूर्तिको व्यवस्था इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामार्फत् कोशी प्रदेश स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्र हुँदै जिल्ला अस्पतालसम्म आउ
काठमाडौं— भारतको ओडिशामा एक अस्पतालमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ । कटकस्थित एससीबी मेडिकल कलेज एन्ड हस्पिटलमा आगलागी हुँदा १० जनाको मृत्यु भएको हो ।मुख्यमन्त्री मोहन चरण माझीले आगलागीबाट भएको क्षतिको पुष्टि गरेका छन् । ‘एससीबी मेडिकल कलेजबाट ट्रमा केयर सेन्टरमा सम्भवतः शर्ट सर्किटका कारण आगो लाग्यो । ट्रमामा रहेको आईसीयूमा २३ बिरामी भर्ना थिए ।’मुख्यमन्त्री माझीले घटनाको न्यायिक जाँचको आदेश दिएका छन् । उनले घटनामा स०लग्नलाई कडा कारबाही गरिने पनि बताएका छन् ।
काठमाडौं— नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचनका लागि निर्वाचन समितिले आन्तरिक छलफल सुरु गरेको छ ।अध्यक्ष पदकालागि उम्मेदवारी दिएका डा.सञ्जीव तिवारीले निर्वाचनको मिति चाँडै घोषणा गर्ने निर्वाचन समितिको तयारी रहेको जानकारी दिए ।उनको अनुसार समितिले यही बुधबार सर्वपक्षीय बैठक बोलाएको छ । उक्त बैठकमा निर्वाचन मिति घोषणाबारे छलफल र निर्णय हुनेछ ।उनले भने,‘निर्वाचन समित बसेर हिजो सर्वपक्षीय भेला बोलाएको छन् । अब आउने बुधबार सर्वपक्षीय भेला गरेर निर्वाचनको मिति कहिलेका लागि तय गर्ने भन्ने छलफल हुन्छ र उहाँहरुले हामीलाई एउटा खाका दिनुहुन्छ । त्यसअनुसार नै निर्णय गर्नुहन्छ होला ।’त्यस्तै अध्यक्षकै अर
रामेछाप— रामेछापका ग्रामीण भेगमा आयुर्वेदिक उपचार पद्धतिप्रति नागरिकको आकर्षण बढेको छ ।वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत सञ्चालनमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले गाउँ–गाउँमा सञ्चालन गर्ने गरेको स्वास्थ्य शिविर तथा टोल टोलमा स्वास्थ्य सेवा घरदैलो कार्यक्रममा सेवा लिनेहरूको उपस्थितिले आयुर्वेद उपचार प्रतिको नागरिक आकर्षण देखाएको हो ।चिकित्सालयले शनिबार जिल्लाको गोकुलगंगा गाउँपालिका–२ ठोसेमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा २ सय भन्दा बढी बिरामीले स्वास्थ्य सेवा लिएका छन् । बिरामीहरूको स्वास्थ्य परीक्षणका साथै निःशुल्क औषधि वितरण गरिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय
कञ्चनपुर। विद्यालयमा अध्ययनरत विद्यार्थीको आँखामा देखिने दृष्टि दोष समयमै पत्ता लगाई उपचारको व्यवस्था गर्न कञ्चनपुरमा ‘विद्यालय आँखा जाँच कार्यक्रम’ सञ्चालन गरिएको छ । बालबालिकाको अध्ययनमा प्रत्यक्ष प्रभाव पार्ने दृष्टि समस्यालाई समयमै पहिचान गरी समाधान गर्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको हो ।नेपाल नेत्रज्योति सङ्घको आर्थिक सहयोग तथा गेटा र महेन्द्रनगर आँखा अस्पतालको समन्वयमा सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत जिल्लाका १० सरकारी तथा सामुदायिक विद्यालयका करिब तीन हजार विद्यार्थीको आँखा परीक्षण गर्ने लक्ष्य राखिएको छ । कार्यक्रममार्फत विद्यालयमै पुगेर विद्यार्थीको आँखा जाँच गर्ने, दृष्टि दोष पत
जुम्ला— जुम्लामा सुत्केरी भएर हेलिकप्टर मार्फत उद्दार गरिएकी सुत्केरी आमाको उपचार गर्दा गर्दै मृत्युु भएको छ।तिला गाउँपालिका वडा नं. ३ की १८ वर्षीया सुत्केरी अस्मिता नेपालीको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो।कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा सुत्केरी भएपछि स्वास्थ्यमा गम्भीर समस्या देखिदा उनलाई थप उपचारका लागि जुम्लाबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको थियोे। उपचारको क्रममा राती एक बजे उनको मृत्युु भएको प्रदेश अस्पतालले जनाएको छ।घरमै सुत्केरी गराउने प्रयास गर्दा लामो समयसम्म व्यथा लागेर अवस्था जटिल भएपछि उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइएको थियो तर प्र
काठमाडौं— नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापालाई हृदयघात भएको छ । कास्की जिल्ला कार्यालयका बैठकमा बोल्दाबोल्दै हृदयघातबाट ढलेका थापालाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्याइएको थियो ।थापालाई मणिपाल अस्पतालका चिकित्सकले ३ः ३७ मा मृत घोषणा गरेका छन् । कास्की क्षेत्र नम्बर १ को निर्वाचनको समीक्षा बैठकलाई १० मिनेट सम्बोधन गरेपछि इन्चार्ज थापा हृदयघात भई ढलेको र तुरुन्तै मणिपाल अस्पताल लगिएको कास्की उपाध्यक्ष भेषराज बरालले बताए ।थापालाई मणिपाल अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन् ।
रामेछाप— रामेछापको सदरमुकाम मन्थलीस्थित मन्थली नगर अस्पतालमा उपचारका लागि आउने बिरामीको चाप अत्यधिक बढेको छ । पर्याप्त जनशक्ति अभावका कारण बिरामीहरूले उपचारका लागि घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता रहेको छ ।मन्थली नगरपालिकाले सञ्चालन गर्दै आएको उक्त नगर अस्पतालमा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म पनि बिरामीको लामो लाइन देखिने गरेको छ । अस्पतालमा आउने बिरामीहरूको संख्या बढ्दै जाँदा उपलब्ध स्वास्थ्यकर्मीले सबैलाई समयमै सेवा दिन कठिन भइरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा। केशवसिंह धामी बताउँछन् ।अस्पतालमा उपचारका लागि आउने बिरामीहरूका अनुसार बिहान अस्पताल पुगेपछि दिनभरजसो समय उपचारकै लागि कुर्
काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले औषधि व्यवसायीहरूले उत्पादनको उचित मूल्य नपाइरहेको बताएकी छन् ।गौतमले औषधि व्यवसायीहरूले उत्पादनको उचित मूल्य नपाइरहेको उल्लेख गर्दै औषधि व्यवस्था विभागलाई थप सशक्त बनाउनुपर्ने बताइन् ।उनले विभागको संरचना तथा क्षमतालाई अझ बलियो बनाउन कम्तीमा लेबल ३ वा ४ मा स्तरोन्नति गर्नुपर्ने धारणा राखिन् ।उनले औषधि उद्योग र आयुर्वेदिक अनुसन्धानलाई सुदृढ बनाउँदै नेपाललाई औषधि उत्पादनमा आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता औँल्याएकी छन् ।उनले नेपालमा पाइने जडीबुटीको ठूलो स्रोत हिमाली क्षेत्रमा रहेको बताउँदै जुम्लास्थित मेडिकल कलेज तथा अनुसन्धान संस्थानहरूमा आ
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.