समाज

    Showing 201-210 of 10,993 items.
  • नेपाल प्रहरीका गुनासा: १६ वर्षे पेन्सन कार्यान्वयन गर्न माग

    काठमाडौं / नेपाल प्रहरीका तल्लो तहका कर्मचारीले १६ वर्ष सेवा पूरा गरेपछि पेन्सनसहित ऐच्छिक अवकाश लिन पाउने व्यवस्था लागू गर्न माग गरेका छन्।जवानदेखि वरिष्ठ हवल्दारसम्मका कर्मचारीले लामो समयदेखि उठाउँदै आएको उक्त माग प्रहरी ऐन तथा नियमावली संशोधनमार्फत सम्बोधन हुनुपर्ने उनीहरूको भनाइ छ । उनीहरूका अनुसार १६ वर्षे पेन्सनको विषयमा पटक–पटक छलफल र आश्वासन पाए पनि हालसम्म कानुनी रूपमा कार्यान्वयन हुन सकेको छैन । तल्लो तहका प्रहरी कर्मचारी २४ घण्टा ड्युटीमा खटिनुपर्ने तथा लामो समयसम्म कठिन र जोखिमपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने भएकाले १६ वर्ष सेवा पूरा गरेपछि सम्मानजनक रूपमा अवकाश लिन पा

    • प्रकाशित मितिः साउन २६, २०८३
    • 128 पटक पढिएको
  • गोलबजारमा बन्द रहेका पसल खुल्ने, सद्भाव र्यालीपछि बजार सञ्चालन हुने

    सिरहा / सुनसरी घटनाको विरोधमा गत बिहीबार गोलबजारमा भएको प्रदर्शनका क्रममा तोडफोड तथा आगजनी भएपछि बन्द रहेका पसलहरू आज मंगलबारदेखि पुनः सञ्चालनमा आउने भएका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद पुरुषोत्तम यादवको पहलमा व्यवसायीहरूसँग भएको छलफलपछि बजार खोल्ने सहमति जुटेको हो । प्रदर्शनका क्रममा व्यवसायीका पसल तथा विभिन्न संरचनामा क्षति पुगेपछि त्यसको विरोधमा केही व्यवसायीले पसल बन्द राख्दै आएका थिए । सोही विषयमा सांसद यादवले सोमबार गोलबजार नगरपालिका–११ बल्कावामा व्यवसायी तथा स्थानीयसँग छलफल गरेका थिए । छलफलका क्रममा प्रदर्शनका क्रममा व्यावसायिक, सामुदायिक तथा व्यक्तिगत संरचनामा भएक

    • प्रकाशित मितिः साउन २६, २०८३
    • 254 पटक पढिएको
  • गोलबजारमा हिंसात्मक द्वन्द्व भएको १२ दिनपछि आज सद्भाव र्याली, सामाजिक एकताको सन्देश

    सिरहा / सिरहाको गोलबजारमा हिंसात्मक द्वन्द्व भएको १२ दिनपछि आज सामाजिक सद्भाव र एकताको सन्देश दिन सद्भाव  र्याली निकालिएको छ ।गोलबजारमा पछिल्लो समय उत्पन्न तनाव, हिंसा तथा अशान्तिपछि विभिन्न समुदाय, राजनीतिक दल, नागरिक समाज, व्यवसायी तथा स्थानीयवासीको सहभागितामा र्याली आयोजना गरिएको हो । र्यालीमा सहभागीहरूले आपसी भाइचारा, शान्ति, सहिष्णुता र सामाजिक सद्भाव कायम राख्नुपर्नेमा जोड दिएका छन् ।र्यालीमार्फत गोलबजारको शान्ति र सामाजिक एकता पुनःस्थापित गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने सन्देश दिइएको छ । सहभागीहरूले कुनै पनि घटनालाई लिएर समुदायबीच वैमनस्य फैलाउने तथा सामाजिक सद्भाव बिग

    • प्रकाशित मितिः साउन २६, २०८३
    • 110 पटक पढिएको
  • नेपाली–मैथिली साहित्यका एक युगको अन्त्य, वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको निधन

    जनकपुर / नेपाली तथा मैथिली साहित्यका अग्रणी स्रष्टा डा. राजेन्द्र विमलको निधनसँगै दुई भाषाको साहित्यिक जगत्ले एक प्रभावशाली सर्जक गुमाएको छ। ७९ वर्षको उमेरमा मंगलबार बिहान जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उनको निधन भएको परिवारले जनाएको छ।सोमबार राति अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको निधन भएको हो। उनको अन्त्येष्टि आज दिउँसो ३ बजे जनकपुरधामस्थित स्वर्गद्वारीमा गरिने परिवारले जनाएको छ।डा. विमल विशेषगरी जनकपुरधाम र मिथिलाको सामाजिक, सांस्कृतिक तथा राजनीतिक जीवनलाई आफ्ना सिर्जनामार्फत नेपाली साहित्यमा स्थापित गर्ने स्रष्टाका रूपमा प

    • प्रकाशित मितिः साउन २६, २०८३
    • 125 पटक पढिएको
  • सरकार र मृतक मेहताको परिवारबिच सातबुँदे सहमति

    काठमाडौं / सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्मा यही साउन १० गते भएको घटनामा मृत्यु भएका रवीन्द्रकुमार मेहताको परिवार र सरकारबिच सातबुँदे सहमति भएको छ ।मेहताका अभिभावक र नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङबिच आज भएको सहमतिअनुसार मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने सहमति भएको हो । सहमतिमा साउन १० गते राति देवानगञ्ज–३, कसानगञ्जमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीउपर प्रचलित कानुनबमोजिम आवश्यक कारबाही तत्काल अघि बढाउने उल्लेख छ । यस्तै, देवानगञ्ज–३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल प्रारम्भ गर्ने सहमति भएको छ । सरका

    • प्रकाशित मितिः साउन २६, २०८३
    • 133 पटक पढिएको
  • भ्रामक सामग्री नियन्त्रणमा राज्य थप जिम्मेवार हुनुपर्ने सांसदहरूको जोड

    काठमाडौं / मधेश प्रदेशमा पछिल्लो समय देखिएको तनावपूर्ण अवस्थाको समीक्षा गर्न आयोजित छलफलमा सांसदहरूले सामाजिक सञ्जालमार्फत फैलिने भ्रामक सामग्री नियन्त्रणमा राज्यका निकाय थप जिम्मेवार र प्रभावकारी बन्नुपर्ने आवश्यकता औंल्याएका छन्।गृह मन्त्रालयमा गृहमन्त्री सुधन गुरुङ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको उपस्थितिमा मधेश प्रदेशका विभिन्न राजनीतिक दलका सांसदहरूसँग करिब दुई घण्टा छलफल भएको थियो। छलफलमा मधेशमा उत्पन्न पछिल्लो अवस्था, त्यसका कारण र भविष्यमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने उपायबारे विस्तृत विमर्श गरिएको थियो।छलफलका क्रममा अधिकांश सांसदहरूले सामाजिक सञ्जा

    • प्रकाशित मितिः साउन २६, २०८३
    • 99 पटक पढिएको
  • २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५८५ जनालाई कारबाही

    काठमाडौं / ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५८५ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ मापसे सेवन गरी सवारी चलाउने ३३, सिसिटिभिमार्फत ७०, रातोबत्तीमा ५४ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा २८, हर्न निषेधमा ११, लेन क्रसमा १९, अवस्था ठिक नभएको १३, एकतर्फीमा ११ र अन्यमा ३४६ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः साउन २६, २०८३
    • 95 पटक पढिएको
  • दाइजो प्रथाविरुद्ध मधेशबाट राष्ट्रिय अभियान सुरु गरिने

    काठमाडौं / दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गरी क्रमशः देशभर विस्तार गर्ने विषयमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र मधेसी आयोगका पदाधिकारीबीच आज मन्त्रालयमा विस्तृत छलफल भएको छ।छलफलका क्रममा दाइजो प्रथाविरुद्धको राष्ट्रिय अभियानलाई प्रभावकारी बनाउन आवश्यक राय, सुझाव तथा सहकार्यका विषयमा विचारविमर्श भएको थियो। मधेशबाट अभियानको सुरुआत गरी क्रमशः देशभर विस्तार गर्ने तथा अभियानलाई समुदायस्तरसम्म पुर्याउने विषयमा समेत छलफल गरिएको थियो। दाइजो प्रथा महिलामाथिको आर्थिक तथा सामाजिक शोषण, लैङ्गिक विभेद र घरेलु हिंसासँग जोडिए

    • प्रकाशित मितिः साउन २५, २०८३
    • 177 पटक पढिएको
  • मनसुनजन्य विपद् रोक्न कोशी प्रदेशको तयारी स् कमान्ड पोस्टदेखि नक्साङ्कनसम्मको तयारी

    विराटनगर / कोशी प्रदेश सरकारले मनसुनजन्य बाढी, पहिरो र डुबानबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि १४ वटै जिल्लामा पूर्वतयारी र प्रतिकार्यलाई तीव्र बनाएको जनाएको छ ।प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३’ कार्यान्वयनमा ल्याउँदै जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवाला निकायलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको हो ।मन्त्रालयका वरिष्ठ शाखा अधिकृत सदानन्द भट्टराईका अनुसार प्रदेश कार्यकारी समितिबाट मनसुन प्रतिकार्य योजना पारित भइसकेको छ । जोखिमयुक्त क्षेत्र पहिचान गरी जोखिमका आधारमा स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समित

    • प्रकाशित मितिः साउन २५, २०८३
    • 62 पटक पढिएको
  • नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन: मातृभाषा पत्रकारिताको अवस्था र अधिकारबारे बहस

    काठमाडौं / सोमबारदेखि काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन तीन दिनसम्म विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ ९फोनिज०को आयोजना तथा नेवाः पत्रकार राष्ट्रिय दबुको संयोजनमा आयोजित तीनदिने सम्मेलनको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सोमबार उद्घाटन गरेकी हुन् । समारोहलाई सम्बोधन गर्दै मन्त्री गौतमले लोकतन्त्रलाई बलियो बनाउन मातृभाषा पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताइन् । राज्यका सूचना नागरिकले आफ्नै मातृभाषामा प्राप्त गर्न पाउने अवस्था लोकतन्त्रका लागि आवश्यक रहेको उनको भनाइ थियो&

    • प्रकाशित मितिः साउन २५, २०८३
    • 157 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.