कैलाली— भारतसँग जोडिएका विभिन्न सिमानाका हुँदै नेपाल प्रवेश गर्नेहरूको आवागमनमा हाल कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। प्रशासनले सार्वजनिक सूचना जारी गर्दै सीमावर्ती नाकामा सुरक्षा निकायलाई थप सतर्कतासहित चेकजाँच गर्न निर्देशन दिएको हो।
सीमाबाट परिचय नखुलेका शङ्कास्पद व्यक्ति वा समूह अवैध तरिकाले प्रवेश गर्ने सम्भावना देखिएकाले सुरक्षा व्यवस्था कडा पारिएको प्रशासकीय अधिकृत शिवराज जोशीले जानकारी दिए । शङ्कास्पद व्यक्तिलाई देखेमा नजिकैको सुरक्षा निकायलाई तुरुन्तै खबर गर्न स्थानीयलाई आग्रह गरिएको छ।
प्रशासनले अपरिचित व्यक्तिलाई घर वा समुदायमा बसोबास गराउने, कामकाजमा लगाउने वा अन्य सहयोग गर्ने जस्ता गतिविधि नगर्न सबैमा अनुरोध गरेको छ।






































