स्याङ्जा— जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले २२ वर्षपछि पक्राउ गरेको छ ।
पुतलीबजार नगरपालिका–१४ साबिक पुतलीबजार नगरपालिका–८० पिपलडाली बस्ने ५७ वर्षीय मेगबहादुर भुजेललाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
भुजेलमाथि सोही नगरपालिका–१४ स्थित वनमा ११ वर्षीया बालिकालाई २०६९ भदौ २७ गते जबर्जस्तीकरणीको घटनामा जिल्ला अदालत स्याङ्जाले २०७३ मा १५ वर्ष कैद सजाय सुनाएको थियो ।
तर, सोही समयदेखि फरार भुजेललाई प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
भुजेललाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत स्याङ्जामा पेस गरी कैद भुक्तानका लागि जिल्ला कारागार स्याङ्जा पठाइएको प्रहरीले जनाएको छ ।






































