शिक्षा

    Showing 191-200 of 776 items.
  • शिक्षामा न्यूनतम सेवा पनि राज्यले दिन नसकेको मन्त्री पन्तको टिप्पणी.

     शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रद्युजी पन्तले नयाँ प्रविधिको प्रयोगमा ढिलाइ हुँदा सरकारी कामकाजका प्रक्रियाहरू लामो र जटिल बन्न पुगेको बताएका छन्।शुक्रबार काठमाडौंमा आयोजित समावेशी शिक्षाको नीतिगत व्यवस्था र भावी मार्गचित्रसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पन्तले परम्परागत प्रणालीलाई परिवर्तन नगर्दा न्यूनतम सेवा प्रवाहमा समेत समस्या आइरहेको बताए।उनले भने, "शिक्षा एउटा अत्यन्तै महत्वपूर्ण विषय हो। तर, अहिले पनि राज्यले दिनुपर्ने न्यूनतम सेवा सुविधासमेत उपलब्ध गराउन सकेको छैन। त्यसको एक कारण हाम्रो आर्थिक अवस्था हो भने अर्को कारण काम गर्ने प्रक्रियाको अत्यधिक जटिलता हो।

    • प्रकाशित मितिः जेठ ९, २०८२
    • 244 पटक पढिएको
  • जनप्रतिनिधि, शिक्षक, कर्मचारीलगायतका छोराछोरीलाई सामूदायिक विद्यालयमा नै पढाउनुपर्ने

    रामेछाप । रामेछापमा सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि जनप्रतिनिधि, शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका छोराछोरी सामूदायिक विद्यालयमा नै पठनपाठन गराउनुपर्ने आवाज उठेको छ ।सदरमुकाम मन्थलीमा आयोजित शैक्षिक क्षेत्र सुधार सम्बन्धी कार्यक्रममा सहभागीहरुले सो विषयमा प्रतिवद्धता पनि जनाएका छन् ।रामेछापको शैक्षिक क्षेत्र सुधारको लागि जारी गरिएको पाँच बुँदे साझा घोषणापत्रमा पनि उक्त विषय समावेश गरिएको छ । सहभागीहरुले ‘हामी सुधार्छौं हाम्रो विद्यालय’को नारालाई साकार पार्ने प्रतिबद्धता पनि जनाए । सिकाइ केन्द्रित पठन पाठन गर्ने, नियमित विद्यालय उपस्थिति र पठन पाठनमा कडाइ गर्ने, पठनपा

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • 304 पटक पढिएको
  • शिक्षा उप समितिको प्रतिवेदनमा शिक्षक महासंघको आपत्ति, अध्यक्ष भन्छन्, ‘सहमति लत्याईयो'

    काठमाडौं, ५ बैशाख । संघीय संसदको शिक्षा समिति अन्तर्गतको उपसमितिले बुझाएको प्रतिबेदनमा पुनः असन्तुष्टी जाहेर भएको छ  ।गत चैत २० गते देखी काठमाडौंमा झन्डै एक महिना प्रदर्शन गरेर बिधालय फर्किएको नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले असन्तुष्टी जाहेर गरेको हो ।आन्दोलनको मागको मर्म बिपरित शिक्षा उप समितिले प्रतिवेदन बुझाएको भन्दै अध्यक्ष लक्ष्मी किशोर सुबेदीले सामाजिक सञ्जालवाट असहमति जाहेर गरेका हुन् ।उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘शिक्षा उपसिमितिको प्रतिवेदन’ शिर्षकमा असहमति जाहेर गर्दै लेखेका छन, ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति अन्तर्गत गठित उपसमितिले आज पेश  गरेको प्रति

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • 393 पटक पढिएको
  • संघीय संसदका तीन समिति बैठक आज, शिक्षा विधेयकदेखि ऐन कार्यान्वयनसम्म छलफल

    काठमाडौं । संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक आज बस्दैछ । आइतबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज दिनको साढे ३ बजे बस्ने भएको छ । बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन पेश गरिने कार्यसूची रहेको छ । यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक विहान ११ः३० बजे बस्दैछ । बैठकमा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा उधोग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट ह

    • प्रकाशित मितिः जेठ ४, २०८२
    • 324 पटक पढिएको
  • अज्ञात समूहले विद्यालयको ढोका फोडी ल्यापटप चोरी गरे, चोरी भएका ११ ल्यापटप माटोमा गाडिएको अवस्थामा भेटियो

    ताप्लेजुङ— ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ स्थित पाटीडाँडा माध्यमिक विद्यालय फाकुम्बाबाट एक वर्षअघि ११ वटा ल्यापटप चोरी भएका थिए ।विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि ती ल्यापटप ह्युमन प्राक्टिस फाउन्डेसनले उपलब्ध गराएको थियो । फाउन्डेसनले विद्यालयलाई हस्तान्तरण गरेको केही समयमै अर्थात् ०८० साल पुस २२ गते राति अज्ञात समूहले विद्यालयको ढोका फोडी ल्यापटप चोरी गरेको थियो । घटनालगत्तै विद्यालय प्रशासनले जिल्ला प्रहरी कार्यालयलाई जानकारी गरायो । खोजीका क्रममा त्यतिबेला तीनवटा ल्यापटप मात्र भेटिएका थिए। हराएका आठवटा ल्यापटप फेला पार्न प्रहरी प्रशासन, विद्यालय प्रशासन र वडालाई एक वर्ष

    • प्रकाशित मितिः जेठ १, २०८२
    • 312 पटक पढिएको
  • गभर्नर छनोट सिफारिस समितिबाट किन दिए पौडेलले राजीनामा ? कारण यस्तो

    काठमाडौं— गभर्नर छनोट सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा दिएका छन् । आइतबार साँझ पौडेलले अर्थमन्त्री तथा छनोट समितिका संयोजक विष्णु पौडेलमार्फत मन्त्रिपरिषद् समक्ष राजीनामा बुझाएको अर्थमन्त्रीका सल्लाहकार भुवन केसीले जानकारी दिए । नेपाली काँग्रेसले पौडेललाई आगामी गभर्नरको रुपमा अघि सारेको छ । शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच भएको भेटमा देउवाले पौडेललाई गभर्नरको रुपमा नियुक्त गर्न प्रस्ताव गरेका थिए ।राजिनामा दिनुको कारण यस्तोःपौडेललाई गभर्नरमा नियुक्त गर्न सत्तारुढ कांग्रेस–एमालेबीच सहमति भएपछि पौडेलले सिफारिस समितिबाट राजीनामा दिएका हुन्।&

    • प्रकाशित मितिः वैशाख २८, २०८२
    • 460 पटक पढिएको
  • कक्षा १२ को प्रश्नपत्र आउट भएको आशंकामा दुई विद्यार्थी पक्राउ

    काठमाडौं— कक्षा १२ को परीक्षा चलिरहेका बेला बिहीबार प्रश्नपत्र आउट भएको आशंकामा प्रहरीले दुई जना विद्यार्थीलाई पक्राउ गरेको छ। काठमाडौंको बानेश्वरस्थित एम्बिसन कलेजका दुई जना विद्यार्थीलाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपीलराज बोहोराले बताएका छन्।प्रश्न पत्र आउट गर्ने विद्यार्थीको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • 319 पटक पढिएको
  • तीनकुने घटना प्रकरणः ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा

    काठमाडौं— गत चैत तीनकुनेमा भएको राजावादी प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका एक जना किशोरसहित ६ जनाले प्रहरी हिरासतबाट परीक्षा दिइरहेका छन्। परीक्षा दिनेमा भाटभटेनी सुपरमार्केटमा लुटपाटमा संलग्न सिराहा घर भएका दिनेश महतो, सिन्धुपाल्चोक घर भएका दावा शेर्पा, स्याङ्जा घर भएका सौगातकुमार बिक, धादिङ घर भएका सरोज थापा, नुवाकोट घर भएका सिमन घले र भारतीय नागरिक अमन साकिन छन्।  आइतबारबाट सुरु वार्षिक परीक्षाको तयारीमा रहेका तर, विभिन्न कसुरमा हिरासतमा पुगे पनि उनीहरुको शिक्षाको हकलाई ख्याल गर्दै परीक्षा दिने व्यवस्था गरिएको जिल्ला प्रहरी परिसरका एसपी अपिलराज बोहोराले जानकारी

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • 318 पटक पढिएको
  • कक्षा १२ को परीक्षामा ७३ वर्षीया छात्राको सहभागिता

    काठमाडौं— आजदेखि शुरु भएको कक्षा १२ को वार्षिक परीक्षा शान्तिपूर्ण रुपमा सञ्चालन भएको छ । बिहान ८ बजेदेखि ११ बजे सञ्चालन भएको पहिलो दिनको परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।परीक्षामा देशभर एक हजार ५९० र जापानमा एक परीक्षा केन्द्र निर्धारण गरेको बोर्डले जानकारी दिएको छ । सबैभन्दा बढी काठमाडौंमा १६२ र मनाङ–मुस्ताङ जिल्लामा एक–एक केन्द्र निर्धारण गरिएको छ । परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी सहभागी छन् ।त्यसैगरी आंशिकतर्फ एक लाख १५ ह

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • 407 पटक पढिएको
  • आजबाट कक्षा १२ को परीक्षा सञ्चालन, जापानमासहित १५९१ परिक्षा केन्द्र

    काठमाडौं— कक्षा १२ को परीक्षा आइतबारदेखि सञ्चालन भएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजे हुनेछ।आगामी जेठ २ गतेसम्म सञ्चालन हुने परीक्षाका लागि बोर्डले देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरेको छ। सबैभन्दा बढी काठमाडौंमा १६२ र कम मनाङमुस्ताङमा एक(एक केन्द्र निर्धारण गरिएको अध्यक्ष शर्माले जानकारी दिए।परीक्षाका लागि त्यत्ति नै सङ्ख्यामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष तथा विद्यार्थी सङ्ख्याका आधारमा करिब दुई हजार कर्मचारी, प्रत्येक परीक्षा केन्द्रमा कम्तीमा एक कार्यालय सहयोगी र २० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। परीक्षमा पाँच हजार २०२ विद्यालयका

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • 320 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा