लण्डन । एक्लोपन तपाईंको स्वास्थ्यका लागि धेरै हानिकारक छ । केही विशेषज्ञले एक्लोपन हुनु भनेको एक दिनमा १५ वटा चुरोट पिउनु जत्तिकै खतरनाक हो भनेका छन् ।

हामी जहिल्यै आफ्नो स्मार्टफोनसँग जोडिन्छौं । जहाँ एक दिनमा सयौं सन्देशहरुको भीड हुन्छ । तर, यसले हामीलाई राम्रो महशुस गराउँदैन ।

वास्तवमा यो निरन्तर हुने सम्पर्कले हामीमाथि भारी पर्न सक्छ । यसबाट कैयौं मानिसहरु थोरै शान्तिका लागि भौतारिन्छन् । के यी वस्तुबीच कुनै प्रकारको सन्तुलनको खोजी सम्भव छ ?

के एक्लै बस्नु र एक्लोपनमा कुनै फरक छ ?

त्यसो त यो पुरानो समस्या हो । तर कोभिड महामारीको समयमा लामो समयसम्म भएको लकडाउन र सामाजिक दुरीका कारण लाखौं मानिसका लागि एक्लोपन एक चुनौती बनेको छ । यसले धेरै मानिसहरु एक्लो महशुस गराएको छ ।

ब्रिटेनको शेफिल्ड हलम युनिभर्सिटीमा एक्लोपनको बारेमा पढाउने एन्ड्रिया विगफिल्ड एक्लोपनलाई असहज भावना भन्छिन् । यो त्यो बेला जन्मन्छ, जुन बेला तपाईसँग त्यस्तो अलग अलग किसिमको सम्बन्ध हुँदैन, जुन तपाईं चाहनु हुन्छ ।

विज्ञहरुका अनुसार एक्लोपन त्यो बेला हुन्छ जब तपाईंलाई लाग्छ कि तपाईंको सम्बन्ध त्यति राम्रो हुनसक्दैन, जुन तपाईं चाहनुहुन्छ ।

यस्तो त्यो बेला हुनसक्छ, जब तपाईं आफ्नो सम्बन्धको तुलना अर्कोसँग गर्नुहुन्छ र तपाईंलाई लाग्छ कि तपाईंको दोस्ती त्यति मजबुत पनि छैन ।

यदि तपाईं एक्लो हुनुहुन्छ भने चाँडै नै तपाईंलाई एक्लोपनको महशुस हुन्छ । तर सत्य यो पनि हो कि तपाईं भीडमा पनि एक्लो महशुस गर्नुहुन्छ ।

‘तपाईं कसैको होइन वा तपाईंको सम्बन्ध धेरै मजबुत छैन । यस्तो अवस्थामा पनि तपाईं दुःखी र एक्लो महशुस गर्नुहुन्छ’, विगफिल्ड भन्छिन् ।

केही भाषाहरुमा मानिसहरु एक्लोपन र आफूलाई एक्लो बनाउनका लागि एउटै शब्दको प्रयोग गर्छन् ।

तर आफूलाई अलग राख्नु केही फरक छ । किनकी यो आमरुपमा केही समयका लागि एक्लो बस्दा शान्ति र आरामको अनुभव दिन्छ ।

एक्लोपनले तपाईंका शरीरमा कस्तो असर पार्छ ?

एक्लोपन तपाईंको स्वास्थ्यका लागि निकै खराब हुन्छ ।

क्याम्ब्रिज युनिभर्सिटीले हालै गरेको अध्ययनमा एक्लोपनले मुटु रोग, स्ट्रोक(मस्तिष्कको रगतको सञ्चारमा रोकावट) र टाइप २ डाइबिटिजको खतरा बढाउने देखाएको छ ।

यसबाहेक इन्फेक्सन हुने आशंका पनि बढाउँछ । ‘एक्लोपनले स्मरण शक्तिको कमी, डिप्रेसन, चिन्ता र समयअघि नै मर्ने खतरा पनि बढाउँछ’, विगफिल्ड भन्छन् । तर एक्लोपनले स्वास्थ्यलाई किन नोक्सान पु¥याउँछ भन्ने चाहिँ प्रष्ट भइसकेको छैन ।

चिकित्सकहरुका अनुसार एक्लोपनका कारण शरीरमा धेरै तनाव हुन्छ र मानसिक गतिविधि कम हुन्छ । यसले मानसिक स्वास्थय समस्यालाई अझ खराब गर्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार चारमा एक बुजुर्ग व्यक्ति सामाजिक रुपले अलग महशुस गर्छन् भने ५ देखि १५ प्रतिशतसम्म युवा पनि यो समस्यासँग जुध्छन् ।

केही विशेष समूहमा एक्लोपनको खतरा बढी हुन्छ, चाहे उनीहरु जुनसुकै उमेरका हुन् । यसमा प्रवासी, जातीय अल्पसंख्यक मानिस, शरण लिन चाहने मानिस, एलजीबीटीक्यूका मानिस, स्याहारसुसार गर्ने मानिस र स्वास्थ्य समस्या देखिएका मानिस पर्छन् ।

एक्लोपनलाई कसरी जित्न सक्नुहुन्छ ?

हालैका वर्षमा एक्लोपनको महामारीबाट छुट्कारा पाउनका लागि धेरै देशको सरकारले कैयौं पहल गरेका छन् ।

अहिले यो एक महत्वपूर्ण मुद्दा बनेको छ, किनकी स्वास्थ्य स्याहार, सामाजिक सेवा र अर्थव्यवस्थामा यसको धेरै खर्च हुन्छ ।

अध्ययनले स्वयंसेवा गर्नाले एक्लोपनलाई रोक्न मद्दत गर्ने देखाएको छ । हङकङमा ३ सय ७५ जना स्वयंसेवकसँग गरिएको एक अध्ययनमा आफ्नो खाली समय आफूलाई मनपर्ने काममा लगाउँदा एक्लोपनलाई कम गर्न सकिने देखाएको छ । खासगरी बुर्जुग व्यक्तिका लागि यो फाइदाजनक देखिएको छ ।

अष्ट्रेलिया र नेदरल्याण्डले एक्लोपनलाई कम गर्नका लागि फरक बाटो अपनाएको छ । यी देशमा बुर्जुग र युवा समूहलाई कम्युनिटी सेन्टर या आवासीय इलाका जस्ता ठाउँमा एकसाथ समय बिताउनका लागि प्रोत्साहन गरिएको छ ।

ब्रिटेनमा सोसल प्रिस्क्राइबिङको चलन बढेको छ । त्यहाँ अब चिकित्सकले औषधि दिनुको सट्टा यस्तो कार्यक्रमको सल्लाह दिन्छन्, जो एक्लो मानिसलाई अन्य मानिससँग जोडिन मद्दत गर्न सकुन् ।

के आफ्नो इच्छाले एक्लो बस्नु गलत हो ?

ब्रिटेनमा युनिभर्सिटी अफ रिडिङको एक अध्ययनले एक्लो बस्नुले राम्रो र नराम्रो दुवै किसिमको फाइदा देखाएको छ ।

अध्ययनकर्ताले १७८ वयस्क मानिससँग २१ दिनसम्म नजर लगाएको थियो । यो बेला ती व्यक्तिहरुले तनावको स्तर, खुशी, स्वतन्त्रता र एक्लोपनको भावनालाई ट्रयाक गर्नका लागि कैयौं प्रश्नको जवाफ दिए ।

यो प्रयोगले एक्लै धेरै समय बिताउँदा आफ्नो तनाव कम हुँदै जाने र आफूलाई स्वतन्त्र अनुभव महशुस गर्ने पत्ता लागेको थियो ।

आफ्नो लागि राम्रो क्षणको खोजी कसरी गर्ने ?

अध्ययनले भन्छ कि एक्लै समय बिताउँदा तपाईंको आफ्नो भावनालाई नियन्त्रण गर्न र स्वतन्त्र महशुस गर्न सहयोग गर्छ ।

यो विशेष रुपले त्यो बेला सहयोगीसिद्ध हुन्छ, जुन समयमा तपाईं धेरै तनावको महशुस गर्नुहुन्छ ।

एक्लै समय बिताउँदा तपाईंको मानसिक स्वास्थ्य अझ राम्रो हुनसक्छ र तपाईं भावनात्मक रुपमा पनि मजबुत हुन सक्नुहुन्छ । तर एक्लै समय बिताउनु केही व्यक्तिका लागि समस्या पनि हुनसक्छ ।

प्रोफेसर गुयेन एक्लै समय बिताउनलाई नियमित बानी बनाउने सल्लाह दिन्छन् । एक्लै समय बिताउन फोन या स्क्रिनको प्रयोग बिनै समय निकाल्न सल्लाह दिन्छन् ।

के एक्लै बस्न कुनै सीमा छ ?

युनिभर्सिटी अफ रिडिङको तथ्यांकले यो कुरा पत्ता लागेको छ कि जुन दिन मानिसहरु एक्लै समय बिताउँछन्, त्यो दिन बढी एक्लोपन र कम खुशी महशुस गर्छन् ।

भलै उनीहरु एक्लै बस्न चाहन्छन्, तर यसले उनीहरुलाई राम्रो महशुस गराउँदैन । विशेषहरु दिमागलाई सक्रिय बनाउन र आफूलाई आराम दिन सल्लाह दिन्छन् ।

–बिबीसीबाट