जनकपुर— जनकपुरधाममा महिला/मानव अधिकार रक्षकहरुले महिला हत्या/हिंसा विरुद्ध र्याली निकालेका छन् ।

शुक्रबार जनकपुरधामको रामानन्द चोकबाट निकालिएको र्याली नगरको विभिन्न चोक हुँदै जिल्ला प्रहरी कार्यालय धनुषा अगाडि पुगेर कोण सभामा परिणत भएको छ ।

’पानामा मात्र होइन् व्यवहारमा कानुन लागू गर, महिला हत्या हिंसा बन्द गर’ भन्ने नाराका साथ महिला अधिकारकर्मीहरले उक्त ¥याली निकालेका हुन ।

कोण सभामा महिला अधिकारकर्मीहरुले महिलामाथी समाजमा हुँदै आएका विभिन्न घटनाहरुको निश्पक्ष छानविन गर्न सम्बन्धित निकायहरुलाई सजग गराएका छन् । 

महिलामाथि हुने हत्या/हिंसाका घटनामा प्रहरीद्वारा स्वच्छ र निश्पक्ष अनुसन्धान होस, सरकारी वकील कार्यालयबाट दायाँबायाँ नहेरिकन कडा भन्दा कडा अभियोग लगाइयोस, अदालतमा न्यायको खरीद विक्री नहोस र घटनामा संलग्न अपराधीहरुलाई कडा भन्दा कडा दण्ड सजाय होस भन्ने अपेक्षा राखेको महिला अधिकारकर्मी एवम कानुन व्यवसायी रेखा झाले बताइन् ।

विगतमा मधेश प्रदेशमा महिलाहरुमाथि भएका हत्या/हिंसाका घटनाहरु उद्धृत गर्दै कानुन व्यवसायी एवम महिला अधिकारकर्मी झाले पोस्टमार्टम रिर्पोटमा चलखेल हुने गरेको आरोप लगाएका छन् । 

उनले चिकित्सक र पोटस्टमार्टम गर्ने विज्ञ टोलीलाई पनि सचेत गराएकी छन् । उनले महिलामाथी हुने हत्या÷हिंसाका घटनामा कुनै राजनीतिकरण हुन नदिन सम्बन्धित निकायहरुलाई आग्रह गरेकी छन् ।