काठमाडौं— झापाको कनकाई नगरपालिका–२ सुकेडागीमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । कनकाई नगरपालिका २ सुकेडागीका ३५ वर्षीय कविराज हेमरनले श्रीमती ३४ वर्षीया पूजाको हत्या गरेको  इलाका प्रहरी कार्यालय खुरुङ्गाले जनाएको  छ। 

घाँटीमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेलगत्तै उनी प्रहरी समक्ष आत्मसमर्पण गर्न पुगेका थिए।

हेमरमलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। पूजाको शव  पोस्टमार्टमका लागि  प्रादेशिक अस्पताल भद्रपुरमा लगिएको प्रहरीले जनाएको  छ।