झापा । ट्राफिक नियम उल्लंघन गरी चलाएका सवारि साधनलाइ नियन्त्रणमा लिई कारवाही गरिएको गरिएको छ।
इलाका प्रहरी कार्यालय दमक झापा र ट्राफिक प्रहरी कार्यालय दमकबाट मिति २०८२/०१/२२ गते देखि २०८२/०१/२७ गते सम्म गरिएको 'सरप्राईज' चेकिङ अभियानको क्रममा दमक नगरपालिका स्थित बिभिन्न चौक, मुख्य तथा सहायक राजमार्गहरुमा विभिन्न नम्बरका मोटरसाईकलहरू तपसिलका ट्राफिक नियमहरू उल्लङ्घन गरी अव्यवस्थित रुपमा सवारी चलाउने, सवारी आवागमनमा बाधा अवरोध पुर्याउने, स्वरुप परिवर्न गरी अत्यधिक ठुलो आवाज आउने बनाई चलाएको पाईएको हुँदा जम्मा १२२ थान मो.सा.हरूलाई ट्राफिक नियम अनुसार कारवाही गरिएको र सो मध्ये स्वरुप 'मोडिफाई' भएका जम्मा २२ थान मो.सा.हरूको स्वरुप सुधार गराई सम्बन्धित धनीलाई जिम्मा बुझाईएको छ ।
आफु खुसी साईलेन्सर पाईप थपेर, स्वरुप परिवर्तन गरी आवाज ठुलो बनाएर चलाई ध्वनी प्रदुषण गरेको, हेन्डिल मोडिफाई गरेको, लाईट सिस्टम परिवर्तन गरेको, सवारीको रङ परिवर्तन गरेको, मा.प.से. गरी सवारी चलाएको, ३ जना वा सो भन्दा बढी मानिसहरु सवार भई मो.सा. चलाएको, बिना कागजात सवारी चलाएको, हेलमेट नलगाई सवारी चलाएको, तिब्र गतिमा सवारी चलाएको सवारि साधनहरु कार्वाहिमा परेका थिए।