राजनीति

    Showing 1-10 of 7,596 items.
  • काठमाडौं–५ को टिकट विवाद: राप्रपा केन्द्रीय सदस्य कार्की पार्टीबाट बाहिरिए

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य हिक्मत जंग कार्कीले पार्टी नेतृत्वको निर्णय र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टीको केन्द्रीय सदस्य तथा साधारण सदस्यबाट राजीनामा दिएका छन्।राप्रपाले काठमाडौं–५ को उम्मेदवारमा पूर्वाध्यक्ष कमल थापालाई अघि बढाउने निर्णय गरेसँगै कार्कीले अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वमा पार्टी व्यक्तिगत स्वार्थ र सत्ताको सेटिङतर्फ केन्द्रित भएको आरोप लगाएका हुन् ।उनले क्षेत्रीय कमिटीले युवा र सक्षम नेताहरूको नाम सिफारिस गर्दा पनि ती सबैलाई पन्छाएर नौ पटक मन्त्री भइसकेका कमल थापालाई टिकट दिनुले पार्टीभित्र स्वेच्छाचारिता र अदृश्य सेटिङ देख

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 315 पटक पढिएको
  • सञ्चार मन्त्री जगदीश खरेलले दिए राजीनामा

    काठमाडौं— सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्दै दलीय राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्ने निष्कर्षमा पुगेकाले पद त्याग्ने निर्णय लिएको स्पष्ट पारेका छन् ।प्रधानमन्त्रीलाई सम्बोधन गर्दै खरेलले वर्तमान सरकारमा सहभागी हुने अवसर प्रदान गरिएकोप्रति कृतज्ञता व्यक्त गरेका छन् । उनले जेनजी जनआन्दोलनको जग र नागरिक आकांक्षाबाट बनेको वर्तमान गैरराजनीतिक नागरिक सरकार इमानदारी, निष्ठा र नैतिकताको उदाहरण बनेको उल्लेख गरेका छन् ।चार महिनाको कार्यकालमा मन्त्रालयको नेतृत्व निष्पक्षता, पारदर्शिता र राष्ट्रिय हितलाई केन्द्रमा रा

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 309 पटक पढिएको
  • रास्वपाबाट गुल्मी–१ मा सागर ढकाल उम्मेदवार बन्ने घोषणा

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सागर ढकालले गुल्मी–१ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।ढकालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू गुल्मी–१ बाट चुनावी प्रतिस्पर्धामा उत्रिने जानकारी दिएका हुन् ।ढकालले गुल्मी र वरपरका जिल्लालाई नेपालकै ‘बौद्धिक शक्ति केन्द्रको संज्ञा दिँदै गुल्मीको क्षमता देशको समग्र कायापलटमा प्रयोग गर्नुपर्ने बताएका छन् । उनले भारतको गुजरात राज्यलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै ‘गुल्मी–गुजरात मोडेल’ मार्फत नेपालको विकास सम्भव हुने दाबी गरेका छन् ।उनका अनुसार लोकसेवामा गुल्मीको उपस्थिति सधैँ बलियो रहँदै आएको छ र गुल्मेली समाजमा बौद्धि

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 312 पटक पढिएको
  • रौतहटमा उम्मेदवारी दर्ताको तयारी पूरा, सुरक्षा व्यवस्था कडा

    रौतहट— आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज रौतहट सहित देशभर उत्साहजनक रूपमा उम्मेदवारी दर्ता गरिँदैछ।रौतहट जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ताका लागि निर्वाचन अधिकृतका कार्यालयहरूले सम्पूर्ण प्राविधिक तथा प्रशासनिक तयारी पूरा गरेका छन्।जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासका अनुसार, उम्मेदवारी दर्ता प्रक्रियालाई व्यवस्थित र शान्तिपूर्ण बनाउन आवश्यक सबै प्रबन्ध मिलाइएको छ।उम्मेदवारहरूले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई आफ्नो मनोनयन पत्र दर्ता गराउन सक्नेछन्।निर्वाचन अधिकृत

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 309 पटक पढिएको
  • फागुन २१ को निर्वाचनका लागि आज मनोनयन दर्ता सुरु

    काठमाडौं— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। निर्वाचन आयोगले निर्धारण गरेको कार्यसूचीअनुसार सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन प्रक्रिया सुरु भएको हो।प्रत्यक्षतर्फ उम्मेदवारी दिन नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रको प्रतिलिपि, सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा अनिवार्य गरिएको छ। उम्मेदवारले एक जना प्रस्तावक र एक जना समर्थकको विवरणसहित मनोनयनपत्र पेस गर्नुपर्नेछ।नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह तथा सरकारी स्वामित्व वा अनुदान प्राप्त संस्थामा बहाल रहेका व्यक्तिले उ

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 304 पटक पढिएको
  • यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायद्वारा उम्मेदवारी घोषणा

    काठमाडौं— समावेसी समाजवाद पार्टीले देशभर यौनिक तथा लैङ्गिक अल्पसंख्यक सहित पाछाडी परिएका समुदायबाट उम्मेदवारहरु घोषणा गरेको छ ।सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टीले अधिकार सुनिश्चितताको लागि सबै राजनीतिक दलहरुलाई आफ्ना उम्मेदवारहरुलाई साथ दिन आग्रहसमेत गरेको छ ।पार्टीका संरक्षक सुनिल बाबु पन्तले देशभरका सम्पूर्ण पहिचान खुलाएका तथा नखुलाएका लाखौं यौनिक तथा लैङ्गिक अल्पसंख्य नागरिहरुले समानुपातिकमा भोट हाल्दा समावेशी समाजवादी पार्टीको चुनाव चिन्ह‘श्रीवत्स’मा भोट दिन आग्रह गरे ।पहिलो संविधान सभा सदस्य समेत रहेका पन्तले लामो संघर्षपछि आफूहरु पार्टी खोलेर चुनाव लड्ने अवस्थामा पुगेको बताउ

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 313 पटक पढिएको
  • बालेन प्रधानमन्त्री नभए देहत्याग गर्ने अमरेशकुमारको उद्घोष

    काठमाडौं— रास्वपा नेता डा. अमरेशकुमार सिंहले पार्टीका वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री नबने देहत्याग गर्ने उद्घोष गरेका छन् ।आसन्न निर्वाचनपछि बालेन प्रधानमन्त्री बन्ने दाबी गरेका उनले यदी बालेन प्रधानमन्त्री नबने जनकपुरको रणभूमिमा आत्मदाह गर्ने उद्घोष गरेका हुन् ।सोमबार जनकपुरधाममा रास्वपाले आमसभाको आयोजना गरेको छ । अबको प्रधानमन्त्री बालेन शाह नै भएको दाबी गर्दै उनले भने, ‘बालेन प्रधानमन्त्री बनेनन् भने म जनकपुरको रणभूमिमा आत्मदाह गर्नेछु ।’आफूहरु सीता माताको सन्तान भएको र उनी पनि जनकपुरमै समाहित भएको प्रसङ्ग कोट्याउँदै नेता सिंहले यदी बालेन प्रधानमन्त्री नभए आफू पनि जनकपुरको धर्तीमै समाह

    • प्रकाशित मितिः माघ ५, २०८२
    • 339 पटक पढिएको
  • सुदूरपश्चिम प्रदेशसभा सदस्यबाट डा. जोशीले दिए राजीनामा

    कैलाली— सुदूरपश्चिम प्रदेशसभा सदस्य डा तारा जोशीले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका छन् । डडेल्धुरा प्रदेशसभा (ख) बाट स्वतन्त्र उम्मेदवार बनेर प्रदेशसभामा विजयी भएका डा. जोशीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डडेल्धुराबाट प्रतिनिधिसभाको उम्मेदवार बनाएपछि उनले राजीनामा दिएका हुन् ।प्रदेशसभा सदस्य रहँदै प्रतिनिधिसभाको उम्मेदवार बन्ने भएपछि उनले आइतबार इमेलमार्फत राजीनामा दिएको सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीले जानकारी दिए।  पछिल्लो समय उज्यालो नेपाल पार्टीमा जोडिएका डा.जोशी रास्वपासँगको एकता टुटेपछि पनि एकताको पक्षमा उभिँदै रास्वपामै रहेका थिए । 

    • प्रकाशित मितिः माघ ५, २०८२
    • 350 पटक पढिएको
  • कांग्रेसले पूर्व राज्यमन्त्री तामाङलाई उम्मेदवार बनाउने सम्भावना

    रामेछाप— नेपाली  कांग्रेसले  रामेछापमा पूर्वराज्य मन्त्री पूर्ण बहादुर तामाङलाई उम्मेदवार बनाउने सम्भावना रहेको छ । कांग्रेस रामेछापका उपसभापति लेख बहादुर कार्कीका अनुसार तामाङको सम्भावना बढी रहेको छ। तामाङ् नेपाली कांग्रेस रामेछापको सभापति हुन् भने निवर्तमान प्रतिनिधि सभाका सदस्य हुन् । उनले नेपाली  कांग्रेस र तत्कालिन माओवादी केन्द्रको गठबन्धन हुँदा एमाले नेता कैलाश प्रसाद ढुङ्गेलाई १६ हजार ३६९ को फराकिलो मतान्तरले पराजित गरेका थिए । तामाङ नेपाली कांग्रेसले  र एमालेको गठबन्धन सरकारमा ऊर्जा तथा जलस्रोत राज्यमन्त्री बनेका थिए । उनी  शेरबहादुर देउवा निकटका नेत

    • प्रकाशित मितिः माघ ५, २०८२
    • 346 पटक पढिएको
  • उमेदवारी चयनमा असन्तुष्टि जनाउँदै पूर्वप्रधानमन्त्री शाहका छोरा यज्ञजितले छोडे एमाले

    बुटवल— पूर्वप्रधानमन्त्री डा. केआई सिंहका छोरा यज्ञजित शाहले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन् । उमेदवारी चयनमा असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएको बताइएको छ । रुपन्देही–३ मा वासुदेव घिमिरेलाई उमेदवार बनाएपछि यज्ञजित असन्तुष्ट बनेका थिए । यसअघि, उपचुनावमा पनि उनी आकांक्षी थिए । कांग्रेस र मधेसवादी दल हुँदै नौ वर्षअघि केपी ओली र विष्णु पौडेललाई भेटेर उनी एमाले प्रवेश गरेका थिए ।कुनै अवसर नपाएको उनले राजीनामापत्रमा उल्लेख गरेका छन् । सबै पार्टीमा उपनिर्वाचनका आकांक्षीबाटै उमेदवार छानिँदा आफू भने नपरेको भन्दै पार्टीमा बस्नुको कुनै औचित्य नभएको उनको भनाइ छ । शाहले पार्टीमा अव

    • प्रकाशित मितिः माघ ५, २०८२
    • 360 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा