प्रविधि

    Showing 1-10 of 471 items.
  • सेप्टेम्बर ९ मा आइफोन १८ सार्वजनिक गर्ने एप्पलको तयारी

    काठमाडौं । एप्पलले आगामी सेप्टेम्बर ९ मा आफ्नो वार्षिक विशेष कार्यक्रम आयोजना गर्दै आइफोन १८ शृंखला सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले उक्त मिति आधिकारिक रूपमा घोषणा गरिसकेको छ भने कार्यक्रममा पहिलो पटक फोल्डेबल ‘आइफोन अल्ट्रा’ समेत सार्वजनिक हुन सक्ने अपेक्षा गरिएको छ ।एप्पल पार्कको स्टिभ जब्स थिएटरमा हुने कार्यक्रम नेपाली समयअनुसार राति करिब १०ः४५ बजे सुरु हुनेछ र युट्युब, एप्पलको वेबसाइट तथा एप्पल टिभीमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ ।रिपोर्टहरूका अनुसार कार्यक्रममा आइफोन १८ प्रो र आइफोन १८ प्रो म्याक्स मुख्य आकर्षण रहनेछन् । यी मोडलमा नयाँ ए २० प्रो चिप, क्यामेरामा सुधार र केही डिजाइन

    • प्रकाशित मितिः भदौ १८, २०८३
    • 192 पटक पढिएको
  • साइबर ठगीविरुद्ध व्हाट्सएपको नयाँ कदम, थपियो उन्नत सुरक्षा सुविधा

    काठमाडौं । व्हाट्सएपले प्रयोगकर्ताको अकाउन्ट ह्याक हुने जोखिम कम गर्न नयाँ सुरक्षा सुविधाहरू सार्वजनिक गरेको छ । कम्पनीले अकाउन्ट टेकओभर, फिसिङ र अन्य अनलाइन ठगीबाट जोगाउन थप बलियो सुरक्षा उपाय ल्याएको जनाएको छ ।नयाँ अपडेटअन्तर्गत अब प्रयोगकर्ताले दुई–चरणीय प्रमाणीकरणमा प्रयोग हुने ६ अंकको पिनको सट्टा अक्षर, अंक र विशेष चिन्ह समावेश भएको लामो पासवर्ड राख्न सक्नेछन् । यसले पासवर्ड अनुमान गर्न अझ कठिन बनाउने कम्पनीको विश्वास छ । त्यसैगरी, अब एउटै व्हाट्सएप अकाउन्टमा एकभन्दा बढी पासकी थप्न सकिने सुविधा पनि उपलब्ध हुनेछ ।आईओएस र एन्ड्रोइड दुवै उपकरण प्रयोग गर्ने प्रयोगकर्ताका लागि यो सुविधा उपयोगी

    • प्रकाशित मितिः भदौ १८, २०८३
    • 43 पटक पढिएको
  • तमोर नदीमा बेल ब्रिज निर्माण सम्पन्न

    ताप्लेजुङ / तमोर नदीमा बेल ब्रिज निर्माण सम्पन्न गरिएको छ । यातायात सञ्चालन गर्नका लागी ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा तमोर इनर्जी प्रालिले बेल ब्रिज निर्माण गरेको हो ।  फक्ताङ्लुङ गाउँपालिका–५ तापेथोक र वडा ६ लेलेप जोड्ने तमोर नदीमा मोटर गुड्ने मोटरेवल बेल ब्रिज निर्माण गरिएको हो । कुल सात करोड ८५ लाख १९ हजार १७६ रुपियाँको लागतमा बेल ब्रिज निर्माण गरिएको माथिल्लो तमोर जलविद्युत आयोजनाले जनाएको छ । आयोजनाका अनुसार बेल ब्रिजको लम्बाई ५४.८ मिटर र चौडाइ ४.५ मिटर रहेको छ । उक्त पुल निर्माण भएसँगै फक्ताङ्लुङको वडा ४ इखाबु, वडा ६ लेलेप र वडा ७ ओलाङ्चुङगोलासम्म यातायात सञ्चालनका ला

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • 129 पटक पढिएको
  • उद्धार क्षेत्रमा अनुमति बिना ड्रोन नउडाउन प्राधिकरणको आग्रह

    काठमाडौं— बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य भइरहेका बेला अनुमति बिना ड्रोन नउडाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ।रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवा, नुवाकोट, धादिङलगायतका प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि हेलिकोप्टर परिचालन भइरहेका छन्। सोही क्षेत्रमा केही व्यक्ति तथा संस्थाले स्थानीय प्रशासनको पूर्वस्वीकृति बिना ड्रोन उडाइरहेको पाइएको भन्दै प्राधिकरणले ध्यानाकर्षण गराएको हो।प्राधिकरणका अनुसार अनधिकृत रूपमा ड्रोन उडाउँदा उद्धारका लागि परिचालित हेलिकोप्टरसँग हवाई क्षेत्रमा जोखिम बढ्नुका साथै खोज तथा उद्धार कार्य

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • 370 पटक पढिएको
  • वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु

    काठमाडौं / भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रसारण व्यवस्थामार्फत विद्युत् सेवा पुनःसुचारु गरेको छ ।बाढीका कारण प्रभावित खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु, पञ्चकन्या, विदुरलगायतका क्षेत्रमा सिन्धुपाल्चोकबाट वैकल्पिक लाइनमार्फत विद्युत् आपूर्ति व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ ।प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार चपली सबस्टेसनबाट चपली–देवीघाट ६६ केभी लाइन तथा ११ केभीमाद चार्ज गर्ने र बालाजु–त्रिशूली ६६ केभीलाई ११ केभी लाइन चार्ज गर्ने काम भइरहेको छ । आवश्यक प्राविधिक कार्य पूरा गरी यी

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • 134 पटक पढिएको
  • नयाँ ‘ट्याक्स पोर्टल’ संचालनमा, ई–टीडीएसमा कडाइ

    काठमाडौँ । आन्तरिक राजस्व विभागले करदातालाई थप सहज र प्रविधिमैत्री सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ ‘ट्याक्स पोर्टल’ सार्वजनिक गरेको छ ।मंगलबार लाजिम्पाटस्थित विभागको कार्यालयमा आयोजित कार्यक्रममा विभागका महानिर्देशक डा.भीष्मकुमार भूसालले नयाँ पोर्टल सार्वजनिक गर्दै सुरुआती चरणमा एक महिनासम्म पुरानो र नयाँ दुवै प्रणाली सञ्चालनमा रहने जानकारी दिए ।उनले करदातालाई नयाँ प्रणाली प्रयोग गर्न अभ्यस्त बनाउन पुरानो प्रणाली पनि तत्काल बन्द नगरिएको बताए । अहिले दुवै पोर्टलको बाह्य स्वरूप करिब उस्तै राखिएको भएपनि एक महिनापछि पुरानो प्रणाली बन्द भएपछि नयाँ पोर्टलको थप आकर्षक र प्रयोगकर्तामैत्री इन्टरफेस

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • 219 पटक पढिएको
  • बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्रीले गरे भर्चुअल उद्घाटन

    काठमाडौं । धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण बाजुराको बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा पुगेको छ । नेपाल टेलिकमले बडीमालिका क्षेत्रमा फोरजी सेवा विस्तार गरेसँगै सोमबारदेखि त्यहाँ मोबाइल तथा इन्टरनेट सेवा सञ्चालनमा आएको हो ।जनैपूर्णिमाका अवसरमा बडीमालिका क्षेत्रमा लाग्ने धार्मिक मेलाको पूर्वसन्ध्यामा सेवा सञ्चालनमा आएको हो । समुद्री सतहबाट करिब चार हजार दुई सय मिटरको उचाइमा रहेको त्यस क्षेत्रमा सञ्चार सेवा पुगेपछि स्थानीयवासी, तीर्थयात्री, पर्यटक तथा विभिन्न सरकारी तथा गैरसरकारी निकायका लागि सञ्चार सम्पर्क सहज हुने अपेक्षा गरिएको छ ।सोमबार दिउँसो करिब १ बजे टावर जडानको काम सम

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • 189 पटक पढिएको
  • विश्व फिनटेक मञ्चमा नेपालको आइमार्क, ‘बेस्ट पेमेन्ट्स सोलुसन’ मा मनोनयन

    काठमाडौं । नेपालको डिजिटल भुक्तानी क्षेत्रमा काम गर्दै आएको आइमार्क प्रालि विश्व चर्चित फिनटेक सम्मेलन ग्लोबल फिनटेक फेस्ट (जीएफएफ) २०२६ को ‘बेस्ट पेमेन्ट्स सोलुसन’ विधामा मनोनयनमा परेको छ ।भारतको मुम्बईमा सेप्टेम्बर ८ देखि ११ गतेसम्म हुने जीएफएफमा विश्वभरका बैंक, वित्तीय संस्था, केन्द्रीय बैंक, नियामक, फिनटेक कम्पनी, स्टार्टअप तथा प्रविधि क्षेत्रका प्रतिनिधि सहभागी हुनेछन् ।‘बेस्ट पेमेन्ट्स सोलुसन’ विधामा आइमार्कसँगै क्याम्सपे, बैंक अफ इन्डिया, स्प्रिन्टपीजीएक्स र इन्भ्वाइसमार्ट लगायतका कम्पनी सर्टलिस्टमा परेका छन् । गत वर्ष यो अवार्ड भारतीय डिजिटल भुक्तानी कम्पनी पेटिएमले पाएको थियो ।नेपाली

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • 156 पटक पढिएको
  • पन्ध्रसय मिटरको दौडमा रोबोटले जित्यो स्वर्ण पदक

    काठमाडौं । चीनको बेइजिङमा आयोजित दोस्रो विश्व ह्युमानोइड रोबोट खेलकुद प्रतियोगितामा टिम तियानझुओको ह्युमानोइड रोबोटले १,५०० मिटर दौडको स्वर्ण पदक जितेको छ ।आइतबार सम्पन्न दौडमा तियानझुओको रोबोटले १,५०० मिटर दूरी २ मिनेट २१ दशमलव ६३ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हासिल गरेको हो । प्रतियोगितामा सहभागि रोबोटहरूले तीव्र गतिमा दौड सुरु गरेका थिए । घुम्तीमा सन्तुलन कायम राख्दै उनीहरूले शरीरको भार केन्द्रलाई आवश्यकताअनुसार भित्रतर्फ सार्दै सहज रूपमा दौड पूरा गरेका थिए । तीव्र गति र चुस्तताका कारण तियानझुओको रोबोटले अन्तिममा बाजी मारेको हो ।प्रतियोगिता हेर्न पुगेका काङ तियानयुले रोबोट खेलकुद प्रविधि

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • 132 पटक पढिएको
  • चन्द्रमाको बरफ खोज्दै चीन, चाङ्गी–७ को महाअभियान

    काठमाडौं । चन्द्रमाको दक्षिणी ध्रुवमा लुकेको बरफको खोजी गर्न चीनले आफ्नो महत्वाकांक्षी रोबोटिक मिसन ‘चाङ्गी–७’ अघि बढाएको छ। यो अभियान चन्द्रमामा पानीको सम्भावित स्रोत पत्ता लगाउने चीनको महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ।चाङ्गी–७ ले दक्षिणी ध्रुवस्थित करिब २१ किलोमिटर चौडा सेकलटन क्रेटर आसपासको क्षेत्रमा अनुसन्धान गर्नेछ। मिसनमा अर्बिटर, ल्यान्डर, रोभर र हपर गरी चार प्रमुख यान रहनेछन्।अर्बिटरले चन्द्रमाको सतहको नक्सांकन र सञ्चारको काम गर्नेछ भने ल्यान्डरले वैज्ञानिक उपकरणसहित अवतरण गर्नेछ। रोभरले माटो तथा चट्टानको अध्ययन गर्नेछ। सबैभन्दा विशेष छ खुट्टे हपर भने सामान्य रोभर पुग्न नसक्ने गहिरा

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • 200 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.