सिरहा। उन्नाइस वर्षअघि एक बालिकाको घाँटी थिची हत्या गरी फरार रहेका प्रतिवादीलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । विसं २०६३ मा भएको उक्त जघन्य अपराधमा संलग्न रहेको आरोपमा कल्याणपुर नगरपालिका–१२ का ४९ वर्षीय उतिम मुखियालाई प्रहरीले पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालयका सूचन अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार २०६३ साल मङ्सिर १३ गते साविक बेलहा गाउँ विकास समिति वडा नं ७ (हाल कल्याणपुर नगरपालिका) की १६ वर्षीया एक बालिका मृतावस्थामा फेलापरेकी थिइन् । अनुसन्धानका क्रममा सोही ठाउँका उतिम मुखियाले ती बालिकालाई प्रेम प्रस्ताव राखेको र बालिकाले प्रस्ताव अस्वीकार गरेपछि आक्रोशमा
दमौली। यहाँको शुक्लागण्डकी नगरपालिका–१ कोत्रेस्थित भित्री सडकमा आज बिहान टिपर दुर्घटना हुँदा गोरखाको बारपाक सुलीकोट गाउँपालिका–६ ताकुकोटका ४२ वर्षीय टिपर चालक रामबहादुर गुरुङको मृत्यु भएको छ ।कोत्रेबाट थप्रेकतर्फ जाँदै गरेको ग १ क ६४८५ नम्बरको गिटी बोकेको टिपर अनियन्त्रित भइ सडकबाट अन्दाजी ५० मिटर तल खस्दा चालक घाइते भएका थिए । उनको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका क्रममा बिहान १०ः५६ बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले बताउनुभयो ।
काठमाडौँ । जाजरकोटको ऐतिहासिक सेतो दरबार फेरि पनि संकटमा परेको छ । १९९० साल र २०४५ सालका विनाशकारी भूकम्पले पटक–पटक क्षतिग्रस्त बनाएको यो दरबार ०७२ सालको भूकम्पपछि झन् जीर्ण अवस्थामा पुगेको छ ।नेपाल सरकारले सूचीकृत गरेका एक सय पर्यटकीय गन्तव्यभित्र पर्ने यो ऐतिहासिक सम्पदा संरक्षणको अभावमा नष्ट हुने जोखिम बढ्दै गएको छ ।तत्कालीन जाजरकोटी राजा इन्द्रनारायण शाहको शासनकालमा खलङ्गा क्षेत्रको अग्लो स्थानमा निर्माण गरिएको सेतो दरबार जाजरकोट मात्र नभई सिङ्गो कर्णाली प्रदेशकै ऐतिहासिक पहिचान हो ।यसअघि सोही क्षेत्रमा राजा हरि शाहले विसं १८२५ मा निर्माण गराएको रातो दरबार अहिले जिल्ला समन्वय समितिको कार्य
काठमाडौं । राजधानीमा सोमबार सम्पन्न नेवार समुदायका बालिकाहरुबीचको सौन्दर्य र प्रतिभामूलक प्रतियोगितामा ललितपुरकी सुरवी बज्राचार्यले मिस लिटिल नेवाः ११४५ को उपाधि चुमेकी छन् ।बज्राचार्यले १९ प्रतियोगिलाई पछाडि पार्दै १५औं मिस लिटिल नेवाःको उपाधि चुमेकी हुन् । उनले मिस लिटिल नेवाः ११४५ भएसँगै चम्किलो ताजका साथ नगद २५ हजार रुपैयाँसहित विभिन्न पुरस्कार प्राप्त गरेकी छन् ।नेप्लिज फेसन होमको आयोजना र फाइट फर लाइफको सहआयोजनामा आयोजित प्रतियोगितामा काठमाडौंको मैतीदेवीकी कृष्टिना महर्जन फस्ट रनर्सअप भइन् ।उनले मिस ट्यालेन्ट उपउपाधिलाई पनि आफनो बनाएकी छन् । त्यसै गरी कुलेश्वरकी रिपान्सी श्रेष्ठ सेकेण्ड
लुम्बिनी। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज उम्मेदवार मनोनयन दर्ताका लागि समय निर्धारण गरिएको छ । जिल्लामा रहेका पाँचवटै निर्वाचन क्षेत्रमा आज बसेको सर्वपक्षीय बैठकले सबै निर्वाचन क्षेत्रमा अलगअलग समय तालिका निर्धारण गरिएको जनाएको हो । जिल्लामा उम्मेदवार मनोनयनलाई व्यवस्थित र सभ्य बनाउन रुपन्देहीका पाँचवटै निर्वाचन अधिकृतको कार्यालयमा आज आयोजना गरिएका सर्वपक्षीय बैठकले राजनीतिक दल र उम्मेदवारको मनोनयन दर्ताका लागि अलगअलग समय तोकिएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत कपिल पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान १०ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म राजनीतिक दलला
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले हालसम्म समानुपातिकतर्फको एक करोड दुई लाख ३० हजार थान मतपत्र छपाइ गरेको छ ।केन्द्रले उपलब्ध गराएको विवरणअनुसार पछिल्लो २४ घण्टामा मात्रै १३ लाख १३ हजार मतपत्र छपाइ भएको हो । निर्वाचन आयोगले उपलब्ध गराएको समानुपातिकतर्फको कूल दुई करोड आठ लाख ३० हजार थान मतपत्र छपाइ गर्नुपर्नेछ । केन्द्रले हालसम्म ५० प्रतिशत मतपत्रको छपाइ गरिसकेको छ । यस्तै, केन्द्रले आयोगलाई कूल १० लाख ९८ हजार २०० थान मतपत्र उपलब्ध गराइसकेको छ । केन्द्रले पछिल्लो २४ घण्टामा एक हजार ४३१ बाकस मतपत
बेनी। आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुख्य राजनीतिक दलले म्याग्दीबाट उम्मेदवारको टुङ्गो लगाएका छन् ।जिल्लामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट हरिकृष्ण श्रेष्ठ, नेपाली कांग्रेसबाट कर्णबहादुर भण्डारी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट अर्जुन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट युवराज रोकामगर र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट धु्रव घिमिरेले उम्मेदवारी दिने हुनुभएको छ ।पाँचै जनाले सम्बन्धित पार्टीको तर्फबाट मनोनयनपत्र प्राप्त गरिसक्नुभएको छ । मुख्य दलबाट उम्मेदवारको टुङ्गो लागेसँगै दलहरू आज हुने मनोनयन दर्ताको तयारीमा जुटेका छन् । एमालेबाट उम्मेदवार बन्न लाग्
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका विभिन्न स्थानमा निर्वाचन कार्यालय स्थापना गरी आवश्यक कामकारबाही सञ्चालन भएका छन् ।जिल्ला निर्वाचन कार्यालय काठमाडौँका अनुसार काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा स्थापना भएका कार्यालयमा आज उम्मेदवारले मनोनयन पत्र दर्ता गराउने कार्यक्रम छ ।कार्यालयका अनुसार काठमाडौँ क्षेत्र नं १ को कार्यालय सहकारी प्रशिक्षण केन्द्र नयाँ बानेश्वरमा निर्धारण गरिएको छ । क्षेत्र नं २ को कागेश्वरी मनोहरा नगरपालिकाको नगर भवनमा कार्यालय स्थापना गरिएको छ ।काठमाडौँ क्षेत्र नं ३ को गोकर्णेश्वर नगरपालिकको वडा नं ४ को कार्यालय, क्षेत्र नं ४ को
भद्रपुर। चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २५ अर्ब तीन करोड ६६ लाख मूल्य बराबरका मालवस्तु आयात भएका छन् । गत आव २०८१/८२ को सोही अवधिको तुलनामा रु एक अर्ब ९३ करोड ७८ लाख अर्थात् आठ दशमलव ३९ प्रतिशतले आयात बढेको मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंले जानकारी दिनुभयो । उहाँका अनुसार गत आवको पहिलो छ महिनामा रु २३ अर्ब नौ करोड ८८ लाख बराबरको वस्तु तथा सामान आयात भएको थियो । चालु आवको पहिलो छ महिनामा यो नाकाबाट हुने निर्यात घटेको छ । उक्त अवधिमा रु १३ अर्ब ६७ करोड ३७ लाख मूल्य बराबरको सामान विभिन्न मुलुक निर्यात
कर्णाली। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मङ्गलगढी चोक नजिक रहेको मानिकेज ऊर्जा पसलमा भएको आगलागीमा परी निस्सासिएकी एक वृद्धा महिलाको उद्धार गरिएको छ । सोमबार साँझ आगलागीले जलिरहेको घरबाट ७० वर्षीया तुलसी भुसालको उद्धार गरिएको हो । नेपाली सेनाका उपसेनानी मनोज कुँवर र नेपाल प्रहरीका प्रहरी निरीक्षक राजन भट्टराईको टोलीले भवनको भित्ता फोडेर चौथो तलाबाट बेहोस अवस्थामा रहेकी वृद्धाको उद्धार गरेको राजदल गण विमानस्थल सुर्खेतका प्रमुख सेनानी भद्रबहादुर सिंहले जानकारी दिनुभयो ।उहाँले उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लगिएको जनाउँदै अहिले अवस्थामा सामान्य रहेको बताउनुभयो । प्रमुख सेना
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.