स्वास्थ्य

    Showing 1-10 of 2,146 items.
  • स्वास्थ्य बीमा बोर्डका निर्देशक काफ्लेले दिए राजीनामा

    काठमाडौं— स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.रघुराज काफ्लेले राजीनामा दिएका छन् ।सोमबार कार्यकारी निर्देशक डा. काफ्लले राजीनामा बुझाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिए ।उनका अनुसार काफ्ललेको राजीनामाबारे छलफल भइरहेको छ । गत फागुनमा बोर्डका कार्यकारी निर्देशकमा उनी नियुक्त भएका थिए ।

    • प्रकाशित मितिः माघ ५, २०८२
    • 320 पटक पढिएको
  • स्वास्थ्य बिमा कार्यान्वयनको उत्कृष्ट नमूना भरतपुर अस्पताल

    चितवन। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले माघ १ गतेबाट स्वास्थ्य बिमा बन्द गर्ने निर्णय ग¥यो । यसको प्रमुख कारण स्वास्थ्य बिमाबाट दाबी गरिएकोमध्ये आधा अस्वीकृत (रिजेक्सन) भएको र समयमा भुक्तानी नपाएको हो ।त्रिवि शिक्षण अस्पतालकोभन्दा बढी सेवा दिने यहाँको सरकारी भरतपुर अस्पतालको भुक्तानी पाउनुपर्ने रकम त्रिविको भन्दा बढी छ । तर अस्वीकृत दुई प्रतिशत मात्रै छ । अस्पतालले स्वास्थ्य बिमाको दाबी भुक्तानी र व्यवस्थापनमा छुट्टै खालको व्यवस्थित संरचना बनाएर काम गरेको छ । यसका कारण स्वास्थ्य बिमा कार्यक्रम लागू भएका देशभरका अस्पतालका बिमा हेर्ने कर्मचारी र प्रशासक यहाँ अध्ययनका लागिसमेत आउने गर्दछन्

    • प्रकाशित मितिः माघ ५, २०८२
    • 136 पटक पढिएको
  • आयुर्वेदसँग सम्बन्धित कुनै पनि भ्रामक प्रचार प्रसार नगर्न निर्देशन

    काठमाडौं— आयुर्वेद चिकित्सा परिषद् नेपालले आयुर्वेद औषधि, उपचार वा सामग्रीको नाममा भ्रामक प्रचार प्रसार नगर्न निर्देशन दिएको छ।परिषद्ले एक सूचना जारी गर्दै आयुर्वेदसँग सम्बन्धित कुनै पनि भ्रामक वा अतिरञ्जित विज्ञान तथा प्रचार प्रसार नगर्न र नगराउन निर्देशन दिएको हो। परिषद्मा दर्ता भएका वा नभएका कुनै पनि व्यक्ति वा संस्थाले यस्तो कार्य गरेको पाइएमा प्रचलित ऐन, नियम बमोजिम कारबाही हुने चेतावनी दिइएको छ।आयुर्वेदसँग सम्बन्धित चिकित्सक, स्वास्थ्यकर्मी, विज्ञ, विशेषज्ञ वा संस्थाको नाम जोडेर औषधि उपचार तथा चिकित्सा सेवा लगायतका पक्षमा सामाजिक सञ्जाल मार्फत जनमानसमा भ्रम सिर्जना गर्ने कुनै पनि सूचनाका

    • प्रकाशित मितिः माघ २, २०८२
    • 378 पटक पढिएको
  • पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जागिर खुल्यो

    काठमाडौँ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राज्ञिक, प्रशासनिक र प्राविधिक श्रेणीका विभिन्न पदहरूमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।शुक्रबार सूचना जारी गर्दै प्रतिष्ठानले करार सेवामा रहेका कर्मचारीहरूलाई प्राथमिकता दिँदै आन्तरिक र खुला प्रतिस्पर्धाबाट पदपूर्ति लागि दरखास्त आह्वान गरेको हो । विभिन्न १९ पदमा दरखास्त आब्हान गरिएको हो ।आगामी माघ २२ गतेसम्म योग्य उम्मेदवारले दरखास्त बुझाउन सक्नेछन् ।प्रतिष्ठानको वेबसाइटबाट दरखास्त फाराम डाउनलोड गरी नेपाल बैंक लिमिटेड, लगनखेलमा रहेको प्रतिष्ठानको खातामा दस्तुर जम्मा गरेको सक्कल भौचर संलग्न गर्नुपर्ने छ ।

    • प्रकाशित मितिः माघ २, २०८२
    • 60 पटक पढिएको
  • पर्वतमा विशेषज्ञ स्वास्थ्य शिविर

    पर्वत। फलेवास नगरपालिका–३ शङ्करपोखरीमा बिहीबार आयोजित एकदिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा एक हजार ३०० जनाको स्वास्थ्य परीक्षण गरिएको छ । सहिद हरिदत्त तिवारीको २३औँ स्मृति दिवसका अवसरमा आयोजित स्वास्थ्य शिविरमा मुटु, छाती, पेट, महिला तथा मातृ स्वास्थ्य, हाडजोर्नी, नाककानघाँटी, बाल स्वास्थ्य, रक्तचाप, मधुमेह, इकोकार्डियोग्राफी, इलेक्ट्रोकार्डियोग्राम, अल्ट्रासाउन्ड, फिजियोथेरापी तथा मनोरोगको परीक्षण गरिएको थियो । आवश्यकताअनुसार बिरामीलाई औषधि  पनि वितरण गरिएको थियो । शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ श्यामराज रेग्मी, डा अनिल भट्टराई, डा भारती शर्मा, प्रसूति रोग विशेषज्ञ डा केशव आच

    • प्रकाशित मितिः माघ २, २०८२
    • 187 पटक पढिएको
  • रामेछापमा यसरी मनाइयो राष्ट्रिय योग दिवस

    रामेछाप । रामेछापमा यस वर्ष राष्ट्रिय योग दिवस अघिल्ला वर्षभन्दा फरक र व्यवहारिक ढंगले मनाइएको छ ।विगतमा योग दिवसका अवसरमा र्याली तथा सचेतनामूलक कार्यक्रम आयोजना गरिँदै आएकोमा यस वर्ष भने प्रत्यक्ष योग अभ्यासमार्फत दिवस मनाइएको हो ।दिवस मूल समारोह समितिको आयोजना तथा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछाप, शिक्षा विकास तथा समन्वय इकाइ रामेछाप, ब्रह्मकुमारी राजयोग सेवा केन्द्र रामेछाप, पतञ्जली योग समिति रामेछाप तथा जीवन विज्ञान रामेछापको संयुक्त आयोजनामा मन्थलीस्थित ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको सभाहलमा योग अभ्यास कार्यक्रम सम्पन्न भएको हो ।ब्रह्मकुमारी राजयोग सेवा केन्द्र रामेछापकी प्रमु

    • प्रकाशित मितिः माघ १, २०८२
    • 54 पटक पढिएको
  • जीपिएले भन्यो–पुर्नबासमा नगएका भुटानी शरणार्थीहरुको समस्या तत्काल हल गरियोस्

    काठमाडौं— भुटानी शरणार्थीहरुको अवस्था निकै नाजुक भएको गोल्बल पिस अलाईन्स (जीपिए) ले जनाएको छ ।बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी तेस्रो मुलुक पुनर्वासमा नगएका शरणार्थीहरुको अवस्थालाई मध्यनजर गरी समस्या समाधान गर्न माग गरेको हो ।जीपीए अध्यक्ष काशी अधिकारीले सन २०१७ पछि राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थाहरुले गर्दै आएको सहयोगहरु कटौती गर्दा आधारभूत आवश्यकता समेत नपाएको दाबी गरे ।‘यूनिसेफ, युनएचसिआर, सेभ द चिल्डे«न, रेडक्रस र एलडब्लु एफ तथा नेपाली संघसंस्थाहरुले गर्दै आएका सहयोगहरु २०१७ पछि कटौति हुँदा उहाँहरुको हालत खराब भएको हामीले पाएका छौं ।’ अधिकारीले भने ।झापाको बेल्डाँगी र प

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • 370 पटक पढिएको
  • प्रधानन्यायाधीश राउत गत सोमबारदेखि उपचाररत

    काठमाडौं— प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत स्वास्थ्य उपचारका लागि अस्पतालमा भर्ना भएका छन्। गत सोमबारदेखि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत राउतलाई ज्वरो र पेट दुख्ने समस्या देखिएको थियो। साथै उनको अक्सिजनको मात्रा पनि कम भएपछि अस्पताल भर्ना गरिएको चिकित्सकहरूले बताएका छन्।हाल उनी उपचारको तेस्रो दिनमा अस्पतालमै रहेका छन्। चिकित्सकका अनुसार स्वास्थ्य अवस्था सुधारोन्मुख भए पनि अझै केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने देखिएको छ।

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • 370 पटक पढिएको
  • टिचिङ अस्पतालले माघ १ गतेदेखि स्वास्थ्य बीमा सेवा बन्द गर्ने

    काठमाडौं— मुलुककै प्रमुख सरकारी स्वास्थ्य संस्था त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले स्वास्थ्य बीमा कार्यक्रमबाट बाहिरिने निर्णय गरेको छ ।शिक्षण अस्पताल प्रशासनले सूचना सार्वजनिक गर्दै आगामी माघ १ गतेदेखि नेपाल सरकारको स्वास्थ्य बीमा अन्तर्गतका सम्पूर्ण उपचार सेवा बन्द गरिने जानकारी दिएको हो ।अस्पतालले मासिक करिब पाँच करोड रुपैयाँभन्दा बढी खर्च व्यहोर्दै आएकोमा बीमा बोर्डबाट ५० प्रतिशत मात्र दाबी स्वीकृत हुँदै आएको जनाएको छ । हालसम्म अस्पतालले बीमा दाबीबापत झण्डै ४० करोड रुपैयाँ पाउन बाँकी रहेको अस्पतालले दाबी गरेको छ।साथै अस्पतालले उपचार दररेटमा बीमा बोर्ड र अस्पतालबीच ठू

    • प्रकाशित मितिः पुस २८, २०८२
    • 341 पटक पढिएको
  • कलेजो रोगसँग सम्बन्धी ९९ प्रतिशत उपचार नेपालमै सम्भव छः डा.विकास जैशी

    काठमाडौं— कलेजो शरीरको सबैभन्दा ठूलो आन्तरिक अंग हो । यसले शरीरका अन्य भागहरूले प्रयोग गर्ने रसायनहरू स्राव गर्छ । कलेजोले कार्य गर्न छाडेमा सम्पूर्ण शरीर नै बन्द हुन्छ । किनकी यसले शरीरलाई सामान्य अवस्थामा राख्न आवश्यक रसायन उत्पादन गर्छ ।तर पछिल्लो समय अस्वस्थकर जीवनशैली र खानपानमा कारण नेपालमा कलेजोको रोग बढ्दो क्रममा रहेको चिकित्सकहरु बताउँछन् ।कलेजोका विरामीहरुको एकिन डाटा नभएतापनि सामान्य बिरामीहरूको संख्या नेपालमा रोग बढ्दो रहेको हेपाटोलोजिष्ट डाक्टर विकास जैशी बताउँछन् ।उनले २० देखि ६० वर्षका उमेर समूहका मान्छेहरूमा एकसयमध्ये २० देखि ३० जनामा कलेजोको समस्या देखिने गरेको जानकारी गराए ।उ

    • प्रकाशित मितिः पुस २७, २०८२
    • 344 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा