खेलकुद

    Showing 1-10 of 1,254 items.
  • एनपीएल–२ः जनकपुरले दियो लुम्बिनीलाई १३३ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को प्लेअफमा पुग्न लुम्बिनी लायन्सले १३३ रनको लक्ष्य पाएको छ ।टीयु क्रिकेट मैदानमा लुम्बिनीवविरुद्ध टस जितेर ब्याटिङ गरेको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३२ रन बनाएको हो ।जनकपुरका लागि संगीत कुरेले सर्वाधिक अविजित ४५ रन बनाए । माज सदाकत ६, असिफ शेख २०, अनिल शाह ७, शुभ कंशाकार ११, सञ्जय कृष्णमूर्ति १४ र कप्तान जान निकोल लोफ्टी इटन ० रनमा आउट भए । मायन यादव २७ रनमा अविजित रहे ।बलिङमा लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्ले दुईदुई तथा जेजे स्मिथ र रुवेन ट्रम्पलम्यानले एकएक विकेट लिए ।

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 55 पटक पढिएको
  • एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ?

    काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज लिग चरणको २५औँ खेल हुँदैछ । लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच हुने उक्त खेल ‘प्लेअफ’मा पुग्ने अन्तिम टोलीसँग जोडिएकाले विशेष हुनेछ ।हालसम्म ‘प्लेअफ’मा पुग्ने चारमध्ये तीन टोलीको टुङ्गो लागेको छ । अङ्क तालिकाको पहिलो स्थानमा अपराजित सुदूरपश्चिम रोयल्स छ । सुदूरपश्चिम क्वालिफायर एकमा पनि स्थान सुरक्षित गरिसकेको छ । त्यसबाहेक काठमाडौँ गोर्खाज र विराटनगर किंग्स ‘प्लेअफ’मा पुगे पनि क्वालिफायर एकको दौडमा छन् । क्वालिफायर एकमा सुदूरपश्चिमको सामना कस्ले गर्ने भन्ने निर्णय सुदूरपश्चिम र विराटनगरबीच शनिबार हुने खेलपछि टुङ्गो लाग्नेछ ।उक्त खेल विराटनगरले

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 160 पटक पढिएको
  • सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित

    काठमाडौं— नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको दोस्रो खेलमा चितवन राइनोजविरुद्ध सुदूरपश्चिम रोयल्सले ४९ रनको जित निकाल्दै आफ्नो अपराजित यात्रा कायम नै राखेको छ ।कीर्तिपुरस्थिति त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेको चितवनले पहिले फिल्डिङ गर्‍यो । टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले दिएको १७० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको चितवन १७ ओभर १ बलमा सबै विकेट गुमाउँदै १२० रनमा समेटिएको हो ।यससँगै समूह चरणका २ खेलअघि नै प्लेअफमा स्थान बनाएको सुदूरपश्चिमले ६ खेलमा शत प्रतिशत नतिजा निकाल्दै आफ्नो अपराजित यात्रा कायम राखेको छ । यो टिमले यसअघि जनकपुर बो

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 327 पटक पढिएको
  • पोखरालाई पराजित गर्दै काठमाण्डु प्लेअफमा प्रवेश

    काठमाडौं— नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को आजको खेलमा काठमाण्डु गोर्खाजले पोखरा एभेन्जर्सलाई १३ रनले पराजित गरेको छ । बिहीबार टीयू क्रिकेट मैदानमा भएको खेलमा पोखरा एभेन्जर्सलाई १३ रनले हराउँदै काठमाण्डु प्लेअफमा प्रवेश गरेको छ । ७ खेलबाट ५ जितसहित काठमाण्डुले प्लेअफमा स्थान बनाएको हो ।काठमाण्डुले दिएको १६६ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा १५२ रन मात्र बनाउन सफल भयो । 

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 261 पटक पढिएको
  • एनपीएल सिजन–२ः काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्सलाई १६६ रनको लक्ष्य

    काठमाडौं— नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ अन्तर्गत आजको खेलमा काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्सलाई १६६ रनको चुनौतीपूर्ण लक्ष्य तय गरेको छ।टस जितेर ब्याटिङ गरेको काठमाडौंले निर्धारित ओभरमा प्रतिस्पर्धात्मक स्कोर खडा गर्दै खेलमा पकड जमाएको छ। अब जीतका लागि पोखरा एभेन्जर्सले १६६ रनको लक्ष्य दिनु पर्नेछ।दुवै टोलीबीचको प्रतिस्पर्धा निर्णायक हुने अपेक्षा गरिएको छ। खेल जारी छ।

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 176 पटक पढिएको
  • एनपिएलः पोखरा टस जितेर बलिङमा

    काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा पोखराले टस जितेर बलिङ रोजेको छ । पाँच खेलबाट चार अङ्क मात्रै जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ । काठमाडौँले भने छ खेलबाट आठ अङ्क जोडेको छ । लिग चरणको अन्तिम खेलमा जित निकालेर काठमाडौँ प्लेअफमा सुरक्षित हुन चाहन्छ । आजै अपरान्ह ४ बजे हुने दोस्रो हुने खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज प्रतिस्पर्धा गर्नेछन् । मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगितामा

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 155 पटक पढिएको
  • आज एनपीएलमा काठमाडौं र पोखरा, चितवन र सुदूरपश्चिम भिड्दै

    काठमाण्डौ ।  एनपिएलमा आज दुई खेल हुँदैछन्। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ११:४५ बजे पहिलो र अपराह्न ४ बजे दोस्रो खेल हुँदैछ।पहिलो खेलमा काठमाण्डौ गोर्खाज र पोखरा एभेन्जर्स भिड्दै छन् भने दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ। काठमाण्डौले आज लिग चरणको अन्तिम खेल खेल्न लागेको हो। ६ खेलबाट ४ खेल जित्दै ८ अंक जोडेर अंक तालिकाको दोस्रो स्थानमा छ।आजको खेल जित्न सके काठमाण्डौले प्लेअफमा स्थान सुरक्षित गर्नेछ। पोखरा एभेन्जर्सले छैटौं खेल खेल्दैछ। पोखरा पाँचमध्ये २ खेल जितेर चार अंक जोड्दै पाँचौं स्थानमा छ।आजको खेल उसका लागि प्लेअफमा पुग्ने सम्भावना जीवित राख्नका लागि महत

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 132 पटक पढिएको
  • एनपीएलः लुम्बिनी लायन्सविरुद्ध विराटनगर किंग्सले पहिला ब्याटिङ गर्ने

    काठमाडौं— नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को आजको खेलमा लुम्बिनी लायन्सविरुद्ध विराटनगर किंग्सले पहिला ब्याटिङ गर्ने भएको छ ।बुधबार टीयु क्रिकेट मैदानमा विराटनगरविरुद्ध लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।५ खेल खेलेको विराटनगर ४ जितसहित तेस्रो स्थानमा छ । लुम्बिनी ५ खेलबाट २ खेल जित्दै छैटौं स्थानमा छ ।

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 357 पटक पढिएको
  • एनपिएलमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै

    काठमाडौं— दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)२२ औं खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दैछन् । यो खेल बुधबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।दुवै टोलीले आफ्नो छैटौं खेल खेल्दैछन् । विराटनगरले यसअघिका पाँच खेलमध्ये चार खेल जितेको छ भने एउटा मात्रै खेल हारेको छ ।विराटनगर ८ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा छ । लुम्बिनी लायन्सले भने पाँचमध्ये २ खेलमा मात्रै जित निकालेको छ ।४ अंक जोडेको लुम्बिनी लायन्स अंक तालिकाको छैटौं स्थानमा छ । लुम्बिनीका लागि आजको खेल जित्नुपर्ने दबाब छ ।

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 317 पटक पढिएको
  • पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई दियो २०२ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २०२ रनको लक्ष्य दिएको छ । टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २०१ रन बनाएको हो ।पोखराका लागि ओपनर एडम रोसिङटनले शतक प्रहार गरे । एडम ५८ बलमा १०८ रनमा अविजित रहे । जेसोन रोय ४६ र कप्तान कुशल भुर्तेल १८ रनमा आउट भए धनन्जय लक्षन २३ रनमा अविजित रहे ।बलिङमा कर्णालीका मार्क वाट र गुल्सन झाले एक/ एक विकेट लिए ।

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 70 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा