स्वास्थ्य

    Showing १,८११-१,८२० of २,५०८ items.
  • देशभर थप २२३७ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

    बिर्तामोड / पछिल्लो २४ घण्टामा २ हजार २३७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । देशभर गरिएको १० हजार ५६९ पीसीआर र ३ हजार २६५ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार २३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।यो सँगै कुल संक्रमितको संख्या ६ लाख ८० हजार ५५६ पुगेको छ। गत २४ घण्टामा २ हजार ५० जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ४३ हजार ६१५ पुगेको छ। उक्त अवधिमा १८ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ७१३ पुगेको छ।

    • प्रकाशित मितिः साउन १०, २०७८
    • १५२ पटक पढिएको
  • बुधबार देखि बिर्तामोड पनि शिल

    बिर्तामोड / कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि झापाको बिर्तामोड नगरमा बुधबार रातिदेखि ‘लक-डाउन’ गरिने भएको छ।नगर प्रमुख ध्रुब कुमार शिवाकोटीको अध्यक्षतामा आईतबार बसेको सर्वदलीय तथा सिसिएमसीको पूर्ण बैठकले ७ दिन अवधिका लागि आवातजावतमा पूर्ण रोक लगाउने गरी ‘लक-डाउन’ गर्ने निर्णय भएको हो ।साउन १३ गते अर्थात बुधबार राति १२ बजेदेखि १९ गते राति १२ बजेसम्म हाइवे बाहेकका सबै सडकमा आवत जावत रोक्ने निर्णय गरिएको नगर प्रमुख शिवाकोटीले बताएका छन् । नगर स्तरीय कोरोना रोकथाम तथा समन्वय समितिले गरेको निर्णय जिल्ला प्रशासन कार्यालय झापामा सिफारिस हुने र निषेधाज्ञा प्रमुख जिल्ला अधिकारीले लागू गर्नेछन् ।नगर

    • प्रकाशित मितिः साउन १०, २०७८
    • २९१ पटक पढिएको
  • अठार घण्टाभित्र लुम्बिनी प्रादेशिक अस्पतालमा पाँच संक्रमितको मृत्यु

    बिर्तामोड / एक जना गरी लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत पाँच जना संक्रमितको १८ घण्टाको अवधिमा मृत्यु भएको छ । असार २३ गतेदेखि साउन ४ गतेसम्म विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भएर भर्ना भएका रुपन्देही र गुल्मीका २/२ जना र प्यूठानका एक जना गरी पाँच जना संक्रमितको मृत्यु भएको हो । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ की ३२ वर्षीया महिला, बुटवल उपमहानगरपालिका–७ का ४४ वर्षीय पुरुष, गुल्मीको चन्द्रकोट–५ का ५६ वर्षका पुरुष, गुल्मी इस्मा–५ का ७१ वर्षीय पुरुष र प्यूठानको सरुमारानी–२ की ६३ वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले बताए

    • प्रकाशित मितिः साउन १०, २०७८
    • १३९ पटक पढिएको
  • एक हजार बढीले लिए सुरक्षित प्रसूति सेवा

    लमजुङ / जिल्लाका एक हजार बढीले सुरक्षित प्रसूति सेवा लिएका छन् । बेँसीशहर नगरपालिका–८ स्थित जिल्ला अस्पतालमा आर्थिक वर्ष २०७७/७८ को एक वर्ष अवधिमा एक हजार १७१ ले सुरक्षित प्रसूति सेवा लिएका हुन् । सुरक्षित प्रसूति सेवा लिनेमध्ये सामान्य प्रसूति सेवा ८८८, शल्यक्रिया १९३ तथा ९० ले जटिल किसिमको प्रसूति सेवा लिएको जिल्ला अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताएका छन् । अस्पतालमा नियमित सेवा, महिला रोगसम्बन्धी चिकित्सक उपलब्ध, अस्पतालमा सुरक्षित सुत्केरी केन्द्र (बर्थिङ सेन्टर) र महिलामा अस्पताल गएर सुरक्षित प्रसूति सेवा लिनुपर्छ भन्ने चेतनाको वृद्धिले अस्पतालमा सुरक्षित प्रसूति सेवा लिने सङ्ख्य

    • प्रकाशित मितिः साउन १०, २०७८
    • १५३ पटक पढिएको
  • कोरोनाको डेल्टा-३ भेरिएन्ट अझै खतरनाक

    काठमाडौँ / पछिल्लो हप्ता कोरोना भाइरसको अर्को खतरनाक नयाँ डेल्टा-३ भेरिएन्ट भेटिएको छ । वैज्ञानिकहरुका अनुसार यो नयाँ भेरीएन्ट डेल्टाको तुलनामा अत्याधिक फैलिने क्षमताको मात्र नभएर खोप लगाएका मानिसलाई पनि संक्रमण गर्न सक्ने किसीमको भएको पाइएको हो । छिमेकी मुलुक भारतमा यो भेरिएन्ट देखापरिनसकेको भए पनि जिन सिक्वेन्सिङ गरिरहेको इन्साकग कमिटीले अलर्ट जारी गरेको भारतीय सञ्चारमाध्यले जनाएका छन् ।भाइरस उत्परिवर्तन (म्युटेसन) भएपछि एवाई-३ अर्थात डेल्टा-३ फेला परेको नयाँ दिल्लीस्थित आईजीबीका वैज्ञानिक डा. विनोद स्कारियाले बताएका छन् । यस विषयमा भारतमा व्यापक निगरानी थालिएको छ।’

    • प्रकाशित मितिः साउन १०, २०७८
    • १५० पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेट : थप १ हजार ९१ जनामा कोरोना संक्रमण

    बिर्तामोड / प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ९१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । १ हजार ६६१ जनाको पीसीआर परीक्षणमा ३३८ र २ हजार २८१ जनाको एन्टिजेन परीक्षणमा ७५३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३५, झापामा ९५, सुनसरीमा ९२, इलाममा ४, उदयपुरमा ३, पाँचथरमा २, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको छ ।प्रदेश १ मा आज ३०७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७३ हजार २४३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । मृत्

    • प्रकाशित मितिः साउन ९, २०७८
    • १५३ पटक पढिएको
  • बैतडीमा कोभिड वार्ड सञ्चालनमा

    बैतडी / कोरोना सङ्क्रमितको उपचारका लागि जिल्ला अस्पताल बैतडीमा कोभिड वार्ड सञ्चालनमा ल्याइएको छ । अस्पतालले थप १० शय्याको कोभिड वार्ड सञ्चालनमा ल्याएको हो । निर्माणाधीन अस्पतालको भवनमा कोभिड वार्ड सञ्चालनमा ल्याइएको  जिल्ला अस्पताल बैतडीका प्रमुख चिकित्सक वसन्तराज जोशीले जानकारी दिएका छन् ।  स्वास्थ्य मन्त्रालयले अस्पताल र स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएकै बेला जिल्ला अस्पतालले कोेरोना भाइरसको महामारीसँग जुध्नका लागि थप १० श्ययाको वार्ड सञ्चालनमा ल्याएको हो । यसअघि जिल्ला अस्पतालमा १८ शय्याको कोभिड वार्ड सञ्चालनमा रहेको थियो ।  उनले भने, “कोरोना भाइरस

    • प्रकाशित मितिः साउन ९, २०७८
    • १५४ पटक पढिएको
  • देशभर थप ३११४ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

    बिर्तामोड / पछिल्लो २४ घण्टामा ३ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। देशभर गरिएको १० हजार ६३५ पीसीआर र ४ हजार २८५ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार ११४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।यो सँगै कुल संक्रमितको संख्या ६ लाख ७९ हजार १७ पुगेको छ। गत २४ घण्टामा २ हजार १९७ संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ४१ हजार ५६५ पुगेको छ। उक्त अवधिमा १६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६९५ पुगेको छ।

    • प्रकाशित मितिः साउन ९, २०७८
    • १४४ पटक पढिएको
  • अब चार अस्पतालबाट खोप प्रमाणीकरण

    काठमाडौँ / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप कार्डको प्रमाणीकरणका लागि थप तीन अस्पताल तोकेको छ।शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्रै खोप कार्ड प्रमाणीकरण हुँदै आएकामा आजदेखि पाटन अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु र सिभिल अस्पतालबाट पनि खोप कार्ड प्रमाणीकरण गर्न थालिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा तारानाथ पोखरेलले जानकारी दिएका छन् । उनले शुक्रराज अस्पतालमा खोप कार्ड प्रमाणीकरणका लागि भीड भएकाले थप तीन अस्पतालबाट पनि प्रमाणीकरण आजैदेखि गरिएको जानकारी दिएका छन् । थप तीन अस्पतालबाट खोप प्रमाणीकरण गर्न थालेपछि शुक

    • प्रकाशित मितिः साउन ९, २०७८
    • १४८ पटक पढिएको
  • लुम्बिनीमा विश्व स्वास्थ्य सङ्गठनको ‘हिँड्दै कुरा गर’ अभियान

    लुम्बिनी / विश्व स्वास्थ्य सङ्गठनले शारीरिक व्यायामका माध्यमबाट शरीरलाई स्वस्थ राख्ने उद्देश्यले बुद्ध जन्मस्थल लुम्बिनीबाट डा राजेश समबाजीराव पाण्डवले ‘हिँड्दै कुरा गर’ (वाक द टक) अभियान थालेको छ । विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रमुख डा राजेशको नेतृत्वमा यस वर्ष आज बिहान बुद्ध जन्मस्थल लुम्बिनीबाट अभियानको शुरुआत गरिएको छ ।विश्व स्वास्थ्य सङ्गठनले आफ्नो ७०औँ वार्षिकोत्सवका अवसरमा सन् २०१८ देखि वाक द टक अभियान चलाउँदै आएको छ । अभियानको शुरुआतका क्रममा डा राजेशले विश्वभरि नै कोभिडको महामारीले जनमानसको स्वास्थ्यमा थप चुनौती पैदा भएको अवस्थामा वाक द टक कार्यक्रमको महत्व झनै बढेको बताएका

    • प्रकाशित मितिः साउन ९, २०७८
    • १८३ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.