जनकपुर— मधेश प्रदेशमा भोली (शुक्रबार) सार्वजनिक विदा दिइएको छ ।

मुस्लिम धर्मावलम्बिहरुले मनाउने मोहम्मद जयन्तीको अवरसमा मधेश प्रदेश सरकारले प्रदेशभरी विदा दिएको छ । 

मधेश प्रदेश सरकार अन्तर्गतको गृह सञ्चार तथा कानुन मन्त्रालयका प्रदेश सचिव विमल प्रसाद बरालले एक सुचना जारी गर्दै भोली मधेश प्रदेश भरी सार्वजनिक विदा रहेको जानकारी दिएका छन् । 

२०८१ चैत्र २२ गत्तेको मधेश  राजपत्रमा प्रकाशित २०८२ सालमा दिइने थप विदा बमोजिम भोली (शुक्रबार) विदा दिइएको सुचनामा उल्लेख रहेको छ ।

प्रदेश सरकार गठन भएदेखि मोहम्मद जयन्तीको दिन मधेश प्रदेशमा विदा दिँइदै आइएको छ ।