काठमाडौं— नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापति पदमा मनोनयन दर्ता गरेका छन् । 

बिहीबार उनले समितिको सभापति पदका लागि मनोनयन दर्ता गरेका हुन् । संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापतिको निर्वाचन शुक्रबार हँुदैछ । 

यसअघि राज्य व्यवस्था समितिको सभापति रहेका खतिवडाले कुलिङ पिरियडमा गरेको हेरफेरको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएपछि कांग्रेसले उनलाई सुनुवाइ समितिमा सभापति बनाउने निर्णय गरेको थियो । 

यसअघि कांग्रेसकी सांसद ईश्वरी देवी न्यौपाने संसदीय सुनुवाइ समितिको सभापति रहेकी थिइन् भने उनले राजीनामा दिएर राज्य व्यवस्था समितिको सभापति बनेपछि उक्त पद रिक्त रहेको थियो ।