आर्थिक

    Showing 91-100 of 3,293 items.
  • स्टार्टअपमा महिलाको सहभागिता बढाउन अझै चुनौती: उमेश कुमार गुप्ता

    काठमाडौं— औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश कुमार गुप्ताले स्टार्टअप क्षेत्रमा महिलाको सहभागिता उल्लेखनीय रहे पनि अझै चुनौती कायम रहेको बताएका छन् ।“स्टार्टअपमा महिला अवसर, चुनौती र आगामी बाटो” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले स्टार्टअप नीति २०८१ स्वीकृत भएसँगै औद्योगिक व्यवसाय ऐनमार्फत कानुनी व्यवस्था भएको र विनियोजन ऐन २०८१ अनुसार कर्जा कार्यविधि कार्यान्वयनमा आएको जानकारी दिए ।उनका अनुसार २०८०/८१ मा १ हजार ६५८ जनाले स्टार्टअप कर्जाका लागि आवेदन दिएकोमा १६५ जनाले कर्जा प्राप्त गरेका थिए, जसमा ४८।६९ प्रतिशत महिला उद्यमी थिए । २०८१/८२ मा आवेदन संख्या तीन गुणा

    • प्रकाशित मितिः पुस २१, २०८२
    • 375 पटक पढिएको
  • असुली समस्याले विपन्न वर्ग कर्जा घट्यो

    काठमाडौं— असुलीमा समस्या बढेपछि बैंक तथा वित्तीय संस्थाहरूले विपन्न वर्गमा प्रवाह गर्ने कर्जाको आकार घटाएका छन् ।नेपाल राष्ट्र बैंकका अनुसार २०८१ असारमा ३ खर्ब ६५ अर्ब रुपैयाँ रहेको विपन्न वर्ग कर्जा २०८२ असारमा १८.८८ प्रतिशतले घटेर २ खर्ब ९६ अर्ब ९ करोड रुपैयाँमा झरेको छ । जबकि समग्र कर्जा प्रवाह भने ८.१७ प्रतिशतले बढेको छ ।यो अवधिमा सबै प्रदेशमा विपन्न वर्ग कर्जा घटेको छ, जसमा मधेश प्रदेशमा झण्डै ४० प्रतिशत गिरावट आएको छ । राष्ट्र बैंकको कडाइ, लघुवित्त कर्जामा सीमा, र ऋण नतिर्ने आन्दोलनका कारण असुली कमजोर भएपछि बैंकहरू यस क्षेत्रमा लगानी बढाउन हिच्किचाएका हुन् । यद्यपि, हालै लघुवित्त कर्जाको

    • प्रकाशित मितिः पुस २१, २०८२
    • 344 पटक पढिएको
  • आज सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौं— नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । आज २५ सय रुपैयाँले सुनको मूल्य बढेको हो ।आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आइतबार सुनको मूल्य २ लाख ६२ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।यसैगरी चाँदीको मूल्य पनि १८५ रुपैयाँले बढेको छ । आइतबार ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ४ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः पुस २१, २०८२
    • 381 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६६ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८१ रुपैयाँ ७७ पैसा र बिक्रीदर १८२ रुपैयाँ ५३ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ४० पैसा र बिक्रीदर ९६ रुपैयाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३४ पैसा, सिंगापुर डलर

    • प्रकाशित मितिः पुस २१, २०८२
    • 122 पटक पढिएको
  • नाटाले स्थापना कालदेखि पर्यटन प्रवर्द्धनमा नेतृत्वदायी भूमिका खेलेको छः अध्यक्ष थपलिया

    काठमाडौं— नेपाल एसोसिएसन अफ टुर तथा ट्राभल एजेन्ट्स (नाटा) का अध्यक्ष कुमारमणि थपलियाले नाटाले स्थापना कालदेखि नै नेपालको पर्यटन प्रवद्र्धन, हवाई सञ्जाल विस्तार तथा व्यवसायिक हित संरक्षणमा निरन्तर भूमिका निर्वाह गर्दै आएको बताएका छन् ।नाटाको ५८औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष थपलियाले नाटा नेपालको पर्यटन क्षेत्रको पहिलो तथा प्रमुख सरोकारवाला संस्था भएको उल्लेख गरेका हुन् । उनले पर्यटन क्षेत्र अप्ठ्यारो अवस्थामा परेका बेला सधैं नाटा अग्रस्थानमा रहेर काम गर्दै आएको बताए ।उनले भने, ‘स्थापना कालदेखि नै नाटाले नेपालको पर्यटन प्रर्वद्धन, हवाई सञ्जाल विस्तार तथा व्यवसायिक हित संरक्षणमा

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 377 पटक पढिएको
  • दोहोरो ‌अंकले सेयर बजार घट्यो

    काठमाडौं— यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव २९ अङ्कले घटेर दुई हजार ६१० दशमलव ६३ को बिन्दुमा कायम भएको हो ।आज ३२३ कम्पनीको एक करोड दुई लाख ७४ हजार १२६ कित्ता शेयर ७९ हजार ७०२ पटक खरिदबिक्री हुँदा पाँच अर्ब एक करोड ७५ लाख ८७ हजार २९४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।आजको कारोबारमा होटल तथा पर्यटन समूह शून्य दशमलव ६२, उत्पादन तथा प्रशोधन एक दशमलव ०४ र व्यापार समूह शून्य दशमलव ३४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।बैंकिङ शून्य दशमलव १४, विकास बैंक शून्य दशमलव ८०, वित्त शून्य दशमल

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 384 पटक पढिएको
  • युवा परिषद्का उपाध्यक्ष बस्नेतद्वारा श्वेतपत्र सार्वजनिक, ३५ उल्लेखनीय उपलब्धी

    काठमाडौं— राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेतले आफ्नो चार वर्षे कार्यकाल पूरा भएको अवसरमा परिषदले गरेका काम, उपलब्धि र आगामी कार्यदिशा समेटिएको श्वेतपत्र सार्वजनिक गरेका छन् ।नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार मिति २०७८ पौष २१ मा उपाध्यक्ष नियुक्त भएका बस्नेतले खुला प्रतिस्पर्धाबाट छनोट भई जिम्मेवारी सम्हालेका थिए । उनले सीमित स्रोत–साधनका बाबजुद युवालाई ‘भविष्यका कर्णधार मात्र होइन, वर्तमानका साझेदार’ बनाउने लक्ष्यसहित निरन्तर काम गरिएको बताए ।श्वेतपत्रअनुसार परिषदले चार वर्षको अवधिमा राष्ट्रिय युवा नीति २०८२ जारी, ‘युवाहरूको देश’ राष्ट्रिय युवा गीत निर्माण, नामायोको संस

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 381 पटक पढिएको
  • रसुवागढी भन्सार सञ्चालन आएसँगै धमाधम सरसामान तथा सवारीसाधन आयात

    रसुवा— रसुवागढी नाका पुनः सञ्चालनमा आएसँगै विद्युतीय सवारीसाधन आयात हुन थालेका छन् ।सीमा सुरक्षा पोष्ट रसुवागढीका अनुसार रसुवागढी नाकाबाट शनिबार १८ विद्युतीय सवारीसाधन (इभी माइक्रो) नेपाल भित्रिएको छ ।चालु आर्थिक वर्षको पहिलोपटक ती सवारीसाधन आयात भएका र अहिले टिमुरेस्थित पार्किङ क्षेत्रमा रहेका छन् । ती सवारीसाधन आयातकर्ताले राजस्व दाखिला गर्नेक्रम जारी रहेको भन्सार कार्यालयले जनाएको छ ।यस्तै शनिबारमात्र स्याउ, रेडिमेड कपडा, लसुन, सवारीसाधानका पार्टपुर्जा, ओखर, इलेक्ट्रिक व्याट्री, मेडिकलका सामग्री बोकेका ३९ मालवाहक कन्टेनर नेपाल भित्रिएका छन् ।गत बिहीबारदेखि रसुवागढी नाका पुनः सञ्चालन भएसँगै

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 382 पटक पढिएको
  • हुम्ला–मुगु–कर्णाली सडक खण्डको गमगढी–सोरु खण्डको निर्माण रफ्तारमा

    मुगु— मुगुको गौरवको आयोजना मानिएको हुम्ला–मुगु–कर्णाली गमगढी–नाक्चेलाग्ना अन्तरगत गमगढी सोरु खण्डको सडक निर्माण एवम स्तरोन्नतीको कामले तिब्रता पाएको छ ।कर्णाली प्रदेश सरकार पूर्वधार बिकास कार्यालय मुगुबाट कुल ६३ करोड ४६ लाखको बिनियोजित बजेट ३० करोड ९ लाख २५ हजार ९ सय रुपैंयामा काम सम्पन्न गर्ने गरी शिवालय–मंगलदीप टक्सान जेभी निर्माण ब्यावसायले १८ महिनासम्म काम सम्पन्न गर्ने गरी निर्माण भइरहेको हो ।एक दशक पहिले गमगढीदेखि सोरु गाँउपालिकाका बिभिन्न बस्तीसम्म सडक सन्जाल जोडिएर यातायातका साधनहरु चलेपनि साँघुरो, छोटा धुम्ती, कच्ची सडकमा जोखिम मोलेर सवारी साधन गुडाउनुपर्ने वाध्यताको अन्त्यका लागि काम

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 361 पटक पढिएको
  • खानेपानी लगाइएको कर, विद्युत महसुल र उच्च व्याजदरले जनताको मौलिक अधिकार हनन् भयोः अध्यक्ष वली

    दाङ— राष्ट्रिय साना सहरी खानेपानी महासंघका अध्यक्ष खेमराज वलीले खानेपानी क्षेत्रमा सरकारले लगाएको कर, विद्युत महसुल तथा उच्च ब्याजदरले जनताको मौलिक अधिकार हनन गरेको बताएका छन् ।हालै दाङको प्रगतिनगर सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको आठौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनलाई सम्बोधन गर्दै उनले उपभोक्ता समितिहरू खारेजी तथा विघटन गरी स्थानीय तहलाई दिइएको अधिकारप्रति विरोध समेत जनाए ।संस्थाका अध्यक्ष भरत प्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय साना सहरी खानेपानी महासंघका केन्द्रीय अध्यक्ष ओली प्रमुख अतिथिका रुपमा सम्बोधन गरेका थिए । कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 352 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा