आर्थिक

    Showing १०१-११० of ४,५१९ items.
  • कोइराला निवासका लागि विनियोजित २ करोड रुपैयाँ नलिने शेखर कोइरालाको निर्णय

    काठमाडौं / नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित कोइराला निवासको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि सरकारले विनियोजन गरेको बजेट नलिने भएका छन्।जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको कोइराला निवासका लागि सरकारले आर्थिक वर्ष २०८३ र ८४ को बजेटमार्फत २ करोड रुपैयाँ विनियोजन गरेको थियो। तर, उक्त सरकारी रकम स्वीकार गर्न आफू नैतिक रूपमा असमर्थ रहेको डा. कोइरालाले बताएका छन्।उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बजेट फिर्ता गर्ने सम्बन्धमा पत्रसमेत पठाएका छन्।  डा. कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले मन्त्रालयलाई बजेट फिर्तासम्बन्धी पत्र पठाइएको ज

    • प्रकाशित मितिः साउन २२, २०८३
    • ४१० पटक पढिएको
  • करदाता प्रोत्साहन कार्यक्रमबाट औपचारिक अर्थतन्त्र विस्तारको लक्ष्य

    काठमाडौं / सरकारले करदाता प्रोत्साहन कार्यक्रममार्फत बढीभन्दा बढी व्यक्ति तथा व्यवसायलाई औपचारिक अर्थतन्त्रमा आबद्ध गर्ने लक्ष्य लिएको छ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले कर तिर्ने संस्कृतिको विकास र डिजिटल प्रणालीको प्रयोग बढाउँदै करको दायरा विस्तार गर्ने सरकारको योजना रहेको बताएका छन्। शुक्रबार आयोजित करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो घोषणा कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले भ्याट बिल दिने–लिने संस्कृतिले कर प्रणालीलाई पारदर्शी बनाउन तथा राजस्व चुहावट नियन्त्रण गर्न सहयोग पुग्ने बताए।उनका अनुसार डिजिटल माध्यमबाट कर प्रणालीलाई थप सहज र प्रभावकारी बनाउँदै करको दायराबाहिर रहेक

    • प्रकाशित मितिः साउन २२, २०८३
    • २९३ पटक पढिएको
  • शुक्रबार सुनको मूल्य कतिले बढ्यो ?

    काठमाडौं / नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्यरुपले बढेको छ । आज सुन प्रतितोला ९ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला २ लाख ९६ हजार ९ सय कायम गरिएको छ । अघिल्लो बिहीबार सुन प्रतितोला २ लाख ९६ हजारमा कारोबार भएको थियो । यसैगरी, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर आज ४ हजार ५८० मा कारोबार भइरहेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ४७० मा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः साउन २२, २०८३
    • १९३ पटक पढिएको
  • १५ दिनमै खानेतेल १५ रुपैयाँ महँगियो, जिम्मेवार को ?

    काठमाडौं ।नेपालीको भान्सामा फेरि महँगीको आगो बल्न थालेको छ। नयाँ आर्थिक वर्ष सुरु भएको दुई सातामै खानेतेल र वनस्पति घिउको मूल्य प्रतिलिटर ५ देखि १५ रुपैयाँसम्म बढेपछि सर्वसाधारणको दैनिक खर्च थप चर्किएको छ।खुद्रा व्यापारीका अनुसार बजारमा आउने अधिकांश तेलको मूल्य उद्योगी र आयातकर्ताले नै बढाएर पठाएका कारण आफूहरू उपभोक्ताको गाली खान बाध्य भएका छन्। उनीहरू पुरानो स्टकमा समेत नयाँ एमआरपी टाँसेर महँगो मूल्यमा बिक्री भइरहेको आरोप लगाउँछन्।उता उद्योगीहरूले भने मूल्य आफूहरूले मनपरी नबढाएको दाबी गरेका छन्। अन्तर्राष्ट्रिय बजारमा कच्चापदार्थको मूल्य, अमेरिकी डलरको विनिमय दर र आयात लागत बढेकाले बजार मूल्य

    • प्रकाशित मितिः साउन २२, २०८३
    • ३६५ पटक पढिएको
  • २३ अर्बको तमोर-मेवा आयोजनाको सुरुङ खन्ने काम औपचारिक रूपमा सुरु

    काठमाडौं। पूर्वी नेपालको ऊर्जा क्षेत्रमा ठूलो महत्व राख्ने १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजना अब निर्णायक निर्माण चरणमा प्रवेश गरेको छ। ताप्लेजुङमा आयोजना अन्तर्गत सुरुङ (टनेल) खन्ने काम औपचारिक रूपमा सुरु भएसँगै आयोजनाको भूमिगत संरचना निर्माणले गति लिएको हो।फुङलिङमा आयोजित विशेष कार्यक्रममा विस्फोटक पदार्थ प्रयोग गरेर पहिलो टनेल ब्लास्टिङ गरिएको हो। यससँगै करिब २३ अर्ब ४ करोड रुपैयाँ लागतको आयोजना अब भौतिक निर्माणको सबैभन्दा चुनौतीपूर्ण चरणमा पुगेको मानिएको छ।आयोजना निर्माण गरिरहेको स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक सुदीप कुमार चौधरीले सुरुङ खन्ने क

    • प्रकाशित मितिः साउन २१, २०८३
    • ३५६ पटक पढिएको
  • सरकारी अस्पतालको सेवा सुधार गर्ने प्रयास जारी छ: सचिव देवकोटा

    काठमाडौं / शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको विद्यमान अवस्था, समसामयिक विषय, चुनौती र भावी कार्ययोजनाका सम्बन्धमा छलफल भएको छ । छलफलको क्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा। विकास देवकोटाले सरकारी स्वास्थ्य संस्थाको सेवा गुणस्तरीय बनाउन सके निजी क्षेत्रसँगको सहकार्य क्रमशः घटाउँदै लैजाने नीति अपनाइएको बताएका छन् । सचिव देवकोटाले सरकारी अस्पतालले प्रभावकारी सेवा दिन सके हाल सेवामा रहेका करिब सात प्रतिशत जनसङ्ख्यालाई पनि सहज रूपमा सेवा उपलब्ध गराउन सकिने बताए ।उनले भने, ‘सरकारीको सेवा राम्रो बनायौँ भने त्यो सात

    • प्रकाशित मितिः साउन २१, २०८३
    • २२१ पटक पढिएको
  • आईपीओ ल्याउने तयारीमा होटल सिराईचुली, साधारण सभा भदौ १४ मा

    काठमाडौं / होटल सिराईचुली लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ ल्याउने तयारीलाई अघि बढाउन आगामी भदौ १४ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ।कम्पनीको सञ्चालक समितिको साउन १७ गते बसेको बैठकले साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो। सभामा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव प्रस्तुत गरी पारित गर्ने कार्यसूची रहेको कम्पनीले जनाएको छ।त्यसैगरी, आईपीओबाट प्राप्त हुने रकमको उपयोगसम्बन्धी प्रस्तावमाथि पनि छलफल गरिनेछ। साथै, आईपीओ निष्कासनसँग सम्बन्धित सम्पूर्ण प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई आवश्यक अधिकार प्रदान गर्ने प्रस्ताव पनि सभामा पेश हुन

    • प्रकाशित मितिः साउन २१, २०८३
    • २४४ पटक पढिएको
  • वितरणयोग्य मुनाफा घट्दा कृषि विकास बैंकको लाभांश क्षमतामा दबाब

    काठमाडौं / वितरणयोग्य मुनाफामा आएको उल्लेख्य गिरावटसँगै कृषि विकास बैंक लिमिटेडको लाभांश वितरण क्षमतामा दबाब परेको छ। आर्थिक वर्ष २०८२ र ८३ को चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा घट्दा लाभांश क्षमता १७ दशमलव ९८ प्रतिशतबाट झरेर ६ दशमलव ५४ प्रतिशतमा सीमित भएको हो। बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म वितरणयोग्य मुनाफा २ अर्ब ८१ करोड रुपैयाँबाट घटेर १ अर्ब २६ करोड रुपैयाँमा सीमित भएको छ। यसले आगामी लाभांश वितरण क्षमतामा प्रत्यक्ष असर परेको देखिएको छ।समीक्षा अवधिमा बैंकको खुद नाफा पनि २९ दशमलव ५२ प्रतिशतले घटेर २ अर्ब ६३ करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक

    • प्रकाशित मितिः साउन २१, २०८३
    • २०८ पटक पढिएको
  • सिरहाका गोलबजार, लहानलगायत क्षेत्रमा एलपी ग्यासको चरम अभाव

    सिरहा । सिरहा जिल्लाका गोलबजार, लहानलगायत विभिन्न क्षेत्रमा कोशी ग्यासको चरम अभाव देखिएको छ । ग्यास सहज रूपमा उपलब्ध हुन नसक्दा उपभोक्ता बिहानैदेखि खाली सिलिन्डर बोकेर डिलर तथा बिक्री केन्द्रमा लामो लाइनमा बस्न बाध्य भएका छन् ।ग्यासको आपूर्ति अनियमित भएपछि दैनिक खाना पकाउन समेत समस्या भएको भन्दै सर्वसाधारणले गुनासो गरेका छन् । कतिपय उपभोक्ताले घण्टौं लाइनमा बसे पनि ग्यास नपाएको बताएका छन् भने केही स्थानमा सीमित मात्रामा वितरण भइरहेको जनाइएको छ ।ग्यास अभावका कारण गृहिणी, होटल तथा रेस्टुरेन्ट व्यवसायीसमेत समस्यामा परेका छन् । उपभोक्ताले नियमित र पर्याप्त ग्यास आपूर्तिको व्यवस्था गर्न सम्बन्धित न

    • प्रकाशित मितिः साउन २०, २०८३
    • २१६ पटक पढिएको
  • सरकारको निर्णयले महँगियो हवाई यात्रा, आन्तरिक उडानको भाडा ८ प्रतिशतले बढ्यो

    काठमाडौं । सरकारको निर्णयपछि अब नेपालभित्र हवाई यात्रा थप महँगो भएको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै त्यसको प्रत्यक्ष असर हवाई टिकटमा परेको हो। इन्धन महँगिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको फ्युल सरचार्ज समायोजन गर्दै औसत ८ प्रतिशतले हवाई भाडा बढाएको छ।सरकारले साउन १७ गतेदेखि हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँले बढाएर २९० रुपैयाँ पुर्‍याएपछि वायुसेवा कम्पनीहरूको सञ्चालन खर्च बढेको थियो। त्यसकै आधारमा प्राधिकरणले नयाँ भाडादर लागू गरेको हो।नयाँ व्यवस्थाअनुसार काठमाडौं–धनगढी रुटमा टिकट मूल्य ८८० रुपैयाँले बढेको छ। यसअघि १० हजार १२० रुपैयाँ रहेको फ्युल सरचार्ज

    • प्रकाशित मितिः साउन २०, २०८३
    • ११९ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.