आर्थिक

    Showing 111-120 of 3,294 items.
  • धवलागिरी अस्पताल भवन तीन पटक म्याद थप्दा पनि ६० प्रतिशत मात्र सम्पन्न

    म्याग्दी— म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको काम ढिलाइ भइरहेको छ। तीन पटक म्याद थपिसक्दा पनि हालसम्म भवनको भौतिक प्रगति ६० प्रतिशतमात्र सम्पन्न भएको छ।विसं २०७८ मा चार करोड ७९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको पाँच श्यया क्षमताको अस्पताल भवन २०७९ असारमै सम्पन्न हुनुपर्ने थियो। तर गत साउनदेखि निर्माण कार्य रोकिएको छ।मुख्य भवनको ढलान सकिए पनि फिनिसिङको काम सुरु हुन सकेको छैन। स्थानीय जनप्रतिनिधिले ठेकेदारलाई ताकेता गरिएको र आवश्यक परे धरौटी जफत तथा कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाउने बताएका छन्।निर्माण कम्पनीले बजेट उपलब्ध भए चालु आर्थिक वर्षमै काम

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 370 पटक पढिएको
  • अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन धनुषामा पर्यटकको घुँइचो

    धनुषा— अङ्ग्रेजी वर्ष २०२६ को पहिलो दिन धनुषा जिल्लामा पर्यटकहरूको उल्लेख्य चहलपहल देखिएको छ। विशेषगरी भारतका दिल्ली, मुम्बई, राजस्थानलगायत विभिन्न क्षेत्रबाट हजारौँ भारतीय पर्यटकहरू जनकपुरधाम घुम्न आएका छन्।नयाँ वर्षको अवसरमा जनकपुरधामस्थित जानकी मन्दिर, राम मन्दिर, धनुषाधाम तथा अन्य धार्मिक तथा ऐतिहासिक स्थलहरूमा पर्यटकको घुँइचो लागेको छ। धार्मिक आस्थासँगै सांस्कृतिक पर्यटनका लागि जनकपुरधाम भारतीय पर्यटकहरूको प्रमुख गन्तव्य बन्दै गएको स्थानीय व्यवसायीहरूको भनाइ छ।पर्यटकहरूको बढ्दो आगमनले होटल, रेस्टुरेन्ट, यातायात तथा स्थानीय व्यापार व्यवसायमा सकारात्मक प्रभाव परेको छ। सुरक्षा व्यवस्थालाई ध्

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 361 पटक पढिएको
  • नेपाल प्रहरीमा १० एसएसपी बढुवाको तयारी, १७ अधिकृतबीच कडा प्रतिस्पर्धा

    काठमाडौं— नेपाल प्रहरीमा एकैपटक १० जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को बढुवा प्रक्रिया अघि बढेको छ। अर्थ मन्त्रालयले ३ एसएसपीको दरबन्दी थप गर्न स्वीकृति दिएसँगै बढुवा प्रक्रिया औपचारिक रूपमा अघि बढेको हो। केही दिनभित्रै मन्त्रिपरिषद् बैठकबाट उक्त दरबन्दी स्वीकृत हुने तयारी छ। हाल नेपाल प्रहरीमा ७ एसएसपी पद रिक्त छन्। ती रिक्त पदसँगै थपिने ३ दरबन्दी जोडिँदा कुल संख्या १० पुगेको हो। यी पदका लागि हाल १७ जना वरिष्ठ अधिकृतबीच तीव्र प्रतिस्पर्धा चलिरहेको छ। बढुवाको दौडमा को–को ? बढुवाको पहिलो नम्बरमा रामप्रकाश शाह र दोस्रो नम्बरमा भुवनेश्वर तिवारी रहेका छन्।शाह राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 377 पटक पढिएको
  • बैंककस्थित नेपाली दूतावासबाट प्रदान गरिने राहदानी सम्बन्धी सेवा शुल्क परिवर्तन

    काठमाडौं— थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासले विभिन्न कन्सुलर तथा राहदानी सेवामा लाग्ने शुल्कमा परिवर्तन गरेको छ ।दूतावासले जारी गरेको सूचनाअनुसार स्थानीय मुद्रा थाई भाटमा लिने राजस्व दस्तुरमा विनिमय दरमा आएको परिवर्तन समायोजन गर्दै नयाँ शुल्क दर कायम गरिएको हो ।संशोधित शुल्क मिति २०८२ पुस १७ गते आजदेखि लागू हुने सुचनामा उल्लेख छ । सूचनाअनुसार राहदानीसम्बन्धी सेवामा शुल्क घटाइएको छ ।३४ पृष्ठको साधारण राहदानीका लागि शुल्क ३,२०० बाट २,६०० भाट पु¥याइएको छ भने ६६ पृष्ठको साधारण राहदानीको शुल्क ५,२०० बाट ४,२०० भाट कायम गरिएको छ ।त्यसैगरी, हराएको, च्यातिएको, केरमेट भएको वा अन्य कारणले प्रयोग हु

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 367 पटक पढिएको
  • बिहीबार सुनचाँदीको मूल्य घट्यो

    काठमाडौं— नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । आज १ हजार ४ सय रुपौँयाले सुनको मूल्य घटेको हो ।आज छापावाल सुनको मूल्य तोलामा २ लाख ५९ हजार ६ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।बुधबार सुनको मूल्य २ लाख ६१ हजार रुपैयाँ कायम भएको थियो ।सुनको मूल्य घट्दा चाँदीको मूल्य पनि ५५ रुपैयाँले घटेको छ । बुधबार ४ हजार ४ सय ७० रुपैयाँमा कारोबार भइरहेका चाँदी आज ४ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 353 पटक पढिएको
  • सुनचाँदीको मूल्य घट्यो

    काठमाडौँ। पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ५९ हजार ६०० र त्यति नै चाँदीको मोल रू चार हजार ४१५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ६१ हजार र त्यति नै चाँदीको मोल रु चार हजार ४७० मा कारोबार भएको थियो । 

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 195 पटक पढिएको
  • निजी क्षेत्रको मनोबल कमजोर भएको वर्ष २०२५

    काठमाडौं— कोभिड–१९ को महामारीपछि सुस्ताएको अर्थतन्त्रले भर्खर भर्खर लय समात्न थालेको बेला सन् २०२५ मा राजनीतिक अस्थिरतका कारणले लगानीको वातावरण नभएको भन्दै निजी क्षेत्रको मनोबल खस्केको सरोकारवालाहरुले बताउँदै आएका छन् ।जेनजी आन्दोलनपछि मुलुकको राजनीतिक तथा आर्थिक वातावरण थप संवेदनशील बनेकाले निजी क्षेत्रको मनोबल कमजोर भएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बताए ।उनका अनुसार यस्तो अवस्थामा निजी क्षेत्रको मनोबल उठाउन सरकारको भूमिका निर्णायक हुने गर्दछ । त्यसकारण सरकारले यस विषयमा सोच्नुपर्ने उनले बताए । निजी क्षेत्रको संरक्षण र प्रवद्र्धनसम्बन्धी विषय मन्त्रीपरिषद्बाट का

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 353 पटक पढिएको
  • पाल्पा सिमेन्ट इण्डष्ट्रीजको आईपीओ पुस २५ देखि

    काठमाडौं— पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पुस २५ गतेदेखि पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ जारी गर्न लागेको हो ।कम्पनीले नेपाल धितोपत्र बोर्डबाट पुस ९ गते कुल ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता साधारण शेयर (प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ) निष्कासनका लागि अनुमति पाएको थियो । सो स्वीकृतिअनुसार पहिलो चरणमा जारी शेयरमध्ये आयोजना प्रभावित क्षेत्र पश्चिम नवलपरासी (साविक नवलपरासी जिल्ला) तथा खानी रहेको पाल्पा जिल्लाका स्थानीय बासिन्दाका लागि ५ प्रतिशत अर्था

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 338 पटक पढिएको
  • पेट्रोल प्रतिलिटर ४ रुपैयाँले घट्यो

    रौतहट— नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाएको छ ।निगमको पछिल्लो निर्णयअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य कम गरिएको हो ।आन्तरिकतर्फको हवाइ इन्धनमा निगमले प्रतिलिटर ६ रुपैयाँले कटौती गरेको छ। बिहिवार बिहान देखि घटेको नयाँ मूल्य लागु हुने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।नयाँ मूल्य भारतीय आयल निगमले पठाएको मूल्यअनुसार समायोजन गरिएको हो।मूल्य समायोजनसँगै अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १५९ रुपैयाँ र डिजेल÷मट्टितेलको १३७ रुपैयाँ कायम हुनेछ।अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको फ

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 331 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ ।  युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६९ रुपैयाँ १९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ र बिक्रीदर १९३ रुपैयाँ ८१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८० रुपैयाँ ९४ पैसा र बिक्रीदर १८१ रुपैयाँ ६९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ७१ पैसा र बिक्रीदर १०५ रुपैयाँ १५ पैसा, सिङ्

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 215 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा