आर्थिक

    Showing १११-१२० of ४,५१९ items.
  • बैंकिङ प्रणालीबाट ८५ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक, अधिक तरलता व्यवस्थापन गर्ने तयारी

    काठमाडौं / बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले ८५ अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । केन्द्रीय बैंकले साउन २० गते निक्षेप संकलन उपकरणमार्फत बैंक तथा वित्तीय संस्थाबाट उक्त रकम उठाउन लागेको हो । राष्ट्र बैंकका अनुसार यसका लागि मंगलबार दिउँसो ३ बजे बोलकबोल अक्सन आयोजना गरिनेछ । बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा निक्षेप राख्नका लागि बोलकबोलमार्फत सहभागिता जनाउन सक्नेछन् । निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि बोलकबोल गर्न सक्नेछन् । त्यसपछि ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने रकममा अधिकतम आह्वान गरिएको ८५ अर्ब रुपैयाँसम

    • प्रकाशित मितिः साउन २०, २०८३
    • २५४ पटक पढिएको
  • नबिल बैंकको नाफा ३३ दशमलव ५० प्रतिशतले बढ्यो, लाभांश क्षमता १९ दशमलव १० प्रतिशत पुग्यो

    काठमाडौं / नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै नाफा, सञ्चालन आम्दानी तथा लाभांश क्षमतामा उल्लेख्य सुधार गरेको जानकारी दिएको छ ।बैंकले सार्वजनिक गरेको विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा ३३ दशमलव ५० प्रतिशतले बढेर ७ अर्ब ९० करोड ५७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ९२ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको नाफा वृद्धिमा खुद ब्याज आम्दानी बढ्नु र कर्जा नोक्सानी व्यवस्था इम्पेयरमेन्ट चार्ज घट्नु मुख्य कारण बनेको छ । अघिल्लो आर्थिक वर्षमा १६ अर्ब ३२ करोड र

    • प्रकाशित मितिः साउन २०, २०८३
    • १९२ पटक पढिएको
  • सरकार–राष्ट्र बैंक–निजी क्षेत्र एक ठाउँमा उभिए आर्थिक फड्को सम्भव : अर्थमन्त्री वाग्ले

    काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले नेपालको अर्थतन्त्रलाई पुरानै शैलीमा चलाएर अब अपेक्षित उपलब्धि हासिल गर्न नसकिने बताएका छन्। उनले सरकार, नेपाल राष्ट्र बैंक, बैंकिङ क्षेत्र र निजी क्षेत्रबीच बलियो नीतिगत समन्वय र विश्वास कायम भए मात्रै आर्थिक रुपान्तरण सम्भव हुने स्पष्ट पारे।सिंहदरबारमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग भएको छलफलमा अर्थमन्त्री वाग्लेले निजी क्षेत्रले कर छुट वा सहुलियतभन्दा बढी स्थिर नीति, छिटो निर्णय र प्रभावकारी कार्यान्वयन खोजिरहेको बताए। उनका अनुसार लगानीको वातावरण बनाउन नीतिगत स्पष्टता सबैभन्दा ठूलो आधार हो।वाग्लेले बैंकिङ प्रणालीमा पर्याप्त तरलता हु

    • प्रकाशित मितिः साउन २०, २०८३
    • १२९ पटक पढिएको
  • सुनचाँदको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं / नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य आज ४२०० रुपैयाँले बढेर प्रतितोला २ लाख ८८ हजार रुपैयाँ कायम भएको छ ।  मंगलबार प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज प्रतितोला ४ हजार ४७५ रुपैयाँ कायम भएको छ । मंगलबार प्रतितोला ४ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो । 

    • प्रकाशित मितिः साउन २०, २०८३
    • २२६ पटक पढिएको
  • सम्झौता उल्लंघन गरेको आरोपमा उद्योगलाई स्पष्टीकरण, पत्र बुझ्न नमानेपछि गेटमै टाँसियो

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि औद्योगिक क्षेत्रभित्र रहेका उद्योगहरूले सम्झौताअनुसार गतिविधि सञ्चालन गरे–नगरेको विषयमा निगरानी कडा बनाइएको छ ।यसैक्रममा बालाजु औद्योगिक क्षेत्रभित्र सञ्चालित कन्टिनेन्टल कम्पोनेन्ट सर्भिसेस प्रालिलाई औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, शाखा कार्यालय बालाजुले छलफलका लागि उपस्थित हुन पत्राचार गरेको छ । शाखा कार्यालयका अनुसार उद्योग र व्यवस्थापनबीच भएको सम्झौताका विभिन्न सर्त पालना नभएको तथा उद्योगले सम्झौतामा उल्लेखित उद्देश्यअनुसार व्यवसाय सञ्चालन नगरेको पाइएको छ । कार्यालयले यसअघि पनि उद्योगलाई पटक–पटक मौखिक तथा लिखि

    • प्रकाशित मितिः साउन २०, २०८३
    • ११९ पटक पढिएको
  • अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार र बैंकहरूबिच सहकार्य अपरिहार्य छ: अर्थमन्त्री

    काठमाडौँ / अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार र बैंकहरू हातेमालो गरेर अघि बढ्नुपर्ने बताएका छन् । नयाँ बजेट कार्यान्वयन र वित्तीय बजारको अवस्थाबारे मंगलबार अर्थ मन्त्रालयले आयोजना गरेको वाणिज्य बैंकहरूका प्रमुख कार्यकारी अधिकृतहरूसँगको छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्ले यस्तो धारणा राखेका हुन् । उनले बैंकहरूका समस्या सुन्न, समाधानका लागि सरकारी पहलकदमी लिन र सरकारको आर्थिक वृद्धिको फराकिलो उद्देश्य प्राप्तिका लागि हातेमालो गर्न मन्त्रालयले छलफल आयोजना गरेको स्पष्ट पारे। बैंक र बैंकरहरूलाई आफ्नो क्षेत्रको समस्या निर्धक्क भएर भन्न आग्रह गर्दै उनले सरकारले इमानदारीपूर्वक

    • प्रकाशित मितिः साउन २०, २०८३
    • १,०४८ पटक पढिएको
  • सुनको मूल्यमा भारी गिरावट आउन सक्ने वर्ल्ड गोल्ड काउन्सिलको दाबी

    काठमाडौं / अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा थप गिरावट आउन सक्ने संकेत देखिएको छ ।वर्ल्ड गोल्ड काउन्सिल डब्लुजीसीले सुनको मूल्य प्रतिऔंस ३,८५७ अमेरिकी डलरभन्दा तल झरेमा अर्को प्रमुख समर्थन बिन्दु ३,५०० डलरमा रहने जनाएको छ । काउन्सिलले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार यदि सुनको मूल्य ३,८५७ डलरभन्दा तल झरिरह्यो भने ३,५०० डलरसम्म पुग्न सक्ने सम्भावना छ । यो स्तर जनवरी महिनामा बनेको उच्च मूल्यबाट करिब ३७ प्रतिशतको गिरावट हुने काउन्सिलको विश्लेषण छ । यस्तो गिरावट अघिल्ला प्रमुख मन्दी अवधिहरूसँग मेल खाने भएकाले ३,५०० डलरको स्तरलाई महत्वपूर्ण आधार बिन्दुका रूपमा हेरिएको छ । हाल अन्र्तर

    • प्रकाशित मितिः साउन १९, २०८३
    • ४,०४४ पटक पढिएको
  • रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

    काठमाडौँ। रसुवा भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२÷८३ मा रु १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन गरेको छ ।गत वर्ष ल्हेन्दे खोलामा आएको बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल बगाएपछि लामो समय आवतजावत ठप्प हुँदा निर्धारित लक्ष्यको करिब एक तिहाइ मात्र राजस्व सङ्कलन भएको प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाले जानकारी दिनुभयो ।उहँका अनुसार गत वर्ष रु ४० अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा मितेरी पुल बगेपछि दुईतर्फ हुने सामन आयात–निर्यात ठप्प भएपछि निर्धारित लक्ष्यबमोजिम राजस्व सङ्कलन गर्न नसकिएको हो ।सङ्घीय राजधानी काठमाडौँबाट नजिक पर्ने सो व्यापारिक नाकाबाट चालु आर्थिक वर्षका लागि रु २५ अर

    • प्रकाशित मितिः साउन १९, २०८३
    • ३३९ पटक पढिएको
  • आर्थिक सुधारको कार्यान्वयनबारे अर्थमन्त्रीले आज २० बैंकका सीईओसँग छलफल गर्दै

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको वित्तीय अवस्था र बजेटमा घोषणा गरिएका आर्थिक सुधारका कार्यक्रमको प्रभावकारी कार्यान्वयनबारे छलफल गर्न आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई मन्त्रालयमा बोलाएका छन्।मंगलबार दिउँसो ३ बजे अर्थ मन्त्रालयमा हुने बैठकमा वित्तीय क्षेत्रका चुनौती, लगानी प्रवाह, कर्जा विस्तार, बैंकिङ प्रणालीको वर्तमान अवस्था तथा निजी क्षेत्रको विश्वास अभिवृद्धिलगायत विषयमा व्यापक छलफल हुने बताइएको छ।अर्थ मन्त्रालयका अनुसार बजेटमा समेटिएका आर्थिक सुधारका योजनालाई व्यवहारमा उतार्न बैंकिङ क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकाले बैंकका प्रमुख कार्यकारी अध

    • प्रकाशित मितिः साउन १९, २०८३
    • १९६ पटक पढिएको
  • गण्डकीको ऐतिहासिक कदम :औषधि र उद्योगका लागि गाँजा खेतीले पायो कानुनी आधार

    काठमाडौं। नेपालमा लामो समयदेखि विवाद र बहसको विषय बनेको गाँजा खेती अब गण्डकी प्रदेशमा नयाँ मोडमा पुगेको छ। औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन गर्ने कानुन प्रमाणीकरण भएसँगै नेपालमै पहिलो पटक यसको कानुनी आधार तयार भएको छ। प्रदेश सरकारले यसलाई आर्थिक समृद्धिको अवसरका रूपमा प्रस्तुत गरेको छ भने यसको प्रभावकारी कार्यान्वयनका लागि संघीय कानुन संशोधन अपरिहार्य रहने देखिएको छ।गण्डकी प्रदेशले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई कानुनी मान्यता दिने विधेयक प्रमाणीकरण गर्दै नयाँ नीतिगत अध्याय सुरु गरेको छ। प्रदेश प्रमुखबाट साउन १८ गते प्रमाणीकरण भएसँगै गाँजा खेती, उत्प

    • प्रकाशित मितिः साउन १९, २०८३
    • ५०९ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.