आर्थिक

    Showing 1,221-1,230 of 2,645 items.
  • आज प्रि-बजेट प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत हुने, फागुन २१ देखि छलफल

    काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटको प्रि-बजेट छलफलका लागि सोमबार(आज) प्रतिनिधिसभामा प्रस्ताव पेस हुने भएको छ । सभामुख देवराज घिमिरेको अध्यक्षतामा आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आगामी १५ दिनका लागि संसद्को क्यालेन्डरलाई अन्तिम रूप दिँदै प्रि-बजेट छलफलको कार्यतालिका पारित गरेको हो । अर्थमन्त्री प्रकाशशरण महतले प्रि-बजेटमाथि छलफलको प्रस्ताव सोमबार ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा पेस गर्नेछन् ।प्रतिनिधिसभाको आगामी १५ दिनको क्यालेन्डरअनुसार सोमबार प्रस्तुत हुने प्रि-बजेट छलफल प्रस्तावमाथि फागुन २१ देखि सांसदहरूले दलीय आधारमा छलफल गर्नेछन्&nbs

    • प्रकाशित मितिः फागुन १३, २०८०
    • 510 पटक पढिएको
  • आइतबारदेखि यी १० ठूला सहकारीको अनुगमन राष्ट्र बैंकले गर्ने

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंक झन्डै डेढ दशक पछि सहकारीमा प्रवेश गरेको छ। प्राविधिक सहयोगका लागि आफ्ना तीन जना निर्देशकलाई पठार सहकारीको अनुगमनमा राष्ट्र बैंकले आफ्नो उपस्तिथी जनाएको छ। यसअघि ५० करोड रुपैयाँ भन्दा बढी शेयरपुंजी भएका सहकारीमा राष्ट्र बैंकले नियमन गर्नुपर्ने प्रस्ताव गरीएपनि राष्ट्र बैकले सहकारी बिभागसंगको समन्वयमा मात्र नियमन तथा अनुगमन गर्न तयार भएको हो। यससंगै ५० करोड रुपैयाँ बढी शेयर पुंजी भएका सहकारीको अनुगमन हुने भएको हो। अनुगमनको लागि बनाइएको बिभिन्न सात समिति मध्ये अहिलेलाई तीनवटाको लागि राष्ट्र बैंकले आफ्ना कर्मचारी पठाएको हो। राष्ट्र बैंकले उपनिर्

    • प्रकाशित मितिः फागुन १२, २०८०
    • 546 पटक पढिएको
  • निरन्तर ओरालो यात्रामा सेयर बजार

    काठमाडौं । सेयर बजारमा ७.८३ अंककाे गिरावट आएकाे छ। बुधबार ७.८३ अंकले घटेको सेयर बजार २०२५.२२ विन्दुमा पुगेर बन्द भएको हाे ।यसदिन ३१३ कम्पनीको ६३ लाख ४१ हजार १७४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब २४ करोड १९ लाख ६१ हजार ७९९ रुपैयाँको कारोबार भएको छ ।बुधबार ८० वटा कम्पनीको सेयर मूल्य बढ्दा १५९ कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर छ। साताको पहिलो कारोबार दिन आइतबारद‍ेखि नेप्से निरन्तर ओरालो लागेको हो। 

    • प्रकाशित मितिः फागुन ९, २०८०
    • 315 पटक पढिएको
  • आफ्नो खातामा ट्रान्सफर गर्ने राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी पक्राउ

    काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले राष्ट्रिय वाणिज्य बैंकको विरगञ्जस्थित पोखरिया शाखाका कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनिष्ट सहायक रोहित कुमार ओझा छन् ।नक्कली ‘कनेक्ट आइपिएस’ बनाएर ओझाले १ करोड ३७ लाख ८६ हजार रकम आफ्नो र अन्य व्यक्तिको खातामा ट्रान्सफर गरेको आरोप छ ।प्रारम्भिक अनुसन्धानबाट १ करोड ३७ लाख ८६ हजार रकम नक्कली ‘कनेक्ट आइपिएस’ बनाएर चोरी गरेको भेटिएको सिआईबीका सूचना अधिकारी (एसपी) होबिन्द्र बोगटीले बताए ।आरोपीबरुद्ध ब्यूरोले जिल्ला अदालत काठमाडौँबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः फागुन ९, २०८०
    • 494 पटक पढिएको
  • राजस्व संकलन र पुँजीगत खर्चमा सरकार असफल

    काठमाडौं । सरकारले अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार २ खर्ब २१ अर्ब घटाउँदा पनि सात महिनाको अवधिमा नत आधा राजस्व उठाउन सकेको छ, न त बजेटको आधा खर्च नै गर्न सकेको छ ।महत्वाकांक्षी बजेटको लक्ष्य भेटाउन नसक्ने आँकलनपछि सरकारले कुल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बजेटलाई १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाखमा झारेको थियो ।बजेटको आकार घटाउँदा पनि सरकारको सोमबारसम्मको राजस्व संशोधित बजेट लक्ष्यको ४० दशमलव ६८ प्रतिशत मात्र उठेको छ । सरकारले गत साउनदेखि सोमबारसम्ममा ५ खर्ब ७८ अर्ब ७५ करोड ९९ लाख रुपैयाँ मात्र राजस्व उठाउन सकेको छ । जसमा कर राजस्व ५ खर्ब २१ अर्ब ४३ करोड २१ लाख रुपैयाँ रहेको छ ।अनु

    • प्रकाशित मितिः फागुन ८, २०८०
    • 381 पटक पढिएको
  • आर्थिक वर्षको बजेट उत्पादनशील क्षेत्रमा केन्द्रित; अर्थमन्त्री डा. प्रकाशशरण महत

    काठमाडौँ  अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट उत्पादनशील क्षेत्रमा लगानी केन्द्रित बजेट हुने दबाब गरेका छन् । सोमवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा मन्त्री महतले प्रिबजेटको विषय यही संसद अधिवेशनमा हुने भएकाले सांसदहरुले दिएको सुझाव र मुलुकको सीमित स्रोत-साधनलाई हेरेर उत्पादनशील क्षेत्रमा समेट्ने गरी सम्बोधन गर्ने गरी अगाडि बढ्ने बताए।उनले विगतमा बजेटको प्राथमिकता र सिद्धान्तको विषयमा छलफल गर्न समय हुने थिएन तर अहिले समय भएको भन्दै यसले संसद र सरकारबीच बजेट, नीति तथा कार्यक्रमका विषयमा संवाद गर्न पाउने अवस्था सिर्जना भएको बताए।उनले विगतका स

    • प्रकाशित मितिः माघ २३, २०८०
    • 330 पटक पढिएको
  • आइएमई लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेस्डरमा गिरी र निरौला नियुक्त

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ब्राण्ड एम्बेस्डरमा कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौला नियुक्त भएका छन् ।ब्राण्ड एम्बेस्डर नियुक्त गर्ने समझदारी पत्रमा कलाकारद्वय गिरी, निरौला र इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले शुक्रबार आयोजित एक कार्यक्रमबीच हस्ताक्षर गरेका छन् ।उनीहरुलाई आइएमई लाइफले २ वर्षका लागि ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो । ब्राण्ड एम्बेस्डर नियुक्त गरेकोमा कलाकारद्वय गिरी र निरौलाले आभार व्यक्त गर्दै आफ्नो तर्फबाट कम्पनीको ब्राण्ड प्रवर्द्धनमा सक्दो साथ दिने बताएका छन् ।आइएमई लाइफका प्रमुख कार्यकारी अधिकृत फुयाँलले लोकप्रिय कलाकारद्वयल

    • प्रकाशित मितिः माघ १३, २०८०
    • 286 पटक पढिएको
  • नेपालमा गएको वर्ष ५ हजार ९ सय वटा बैंकिङ कारोबार शंकास्पद

    काठमाण्डौ । नेपालमा शंकास्पद कारोबार बर्सेनि बढ्दै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी एकाइको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० मा बैंक तथा वित्तीय संस्थामा ५ हजार भन्दा बढी शंकास्पद कारोबार भएको पाइएको छ ।गएको आर्थिक वर्षमा कुल ५ हजार ९ सय ३५ वटा शंकास्पद कारोबार भएको देखिएको हो । आर्थिक वर्ष २०७८/७९ मा शंकास्पद कारोबारको सङ्ख्या २ हजार ७ सय ८० मात्र थियो । अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा शंकास्पद कारोबार दोब्बर भन्दा पनि धेरैले बढेको हो ।प्रतिवेदनअनुसार वाणिज्य बैंकहरुले ५ हजार १ सय ८७ कारोबार शंकास्पद रहेको जानकारी गराएका छन् । त्यस्तै विकास बैंकह

    • प्रकाशित मितिः माघ १३, २०८०
    • 203 पटक पढिएको
  • उद्योग तथा ब्यावसायीले पाउने ऋण पुन तालिकीकरणको सुविधा

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंकले विभिन्न उद्योग तथा व्यवसायका लागि लिएको ऋणको पुनः तालिकीकरण वा पुनःसंरचना गर्न पाउने व्यवस्था गरेको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षापछि आज एकीकृत निर्देशन जारी गर्दै केन्द्रीय बैंकले ऋणको पुनः तालिकीकरण गर्ने व्यवस्था गरेको हो । बैंक तथा वित्तीय संस्थाले परिस्थितिवश समस्यामा परेका ऋणीहरुको हकमा कृषि र वन, माछापालन, खानी, कृषि, वन र पेयपदार्थ उत्पादन जस्ता उद्योगले लिएको कर्जाको हकमा त्यस्तो सुविधा पाउनेछन् । यस्तै, गैरखाद्य वस्तु उत्पादन, धातुका उत्पादनहरु, मेसिनरी तथा इलेक्ट्रोनिक औजार तथा जडान, यातायात, भण्डार

    • प्रकाशित मितिः पुस ९, २०८०
    • 425 पटक पढिएको
  • सरकारले चार अर्ब ५८ करोड कर फिर्ता गर्यो

    काठमाडौँ । सरकारले चार अर्ब ५८ करोड रुपियाँ कर फिर्ता गरेको छ । मूल्य अभिवृद्धि कर छुटको सुविधा प्राप्त गरेको कूटनीतिक निकाय, कूटनीतिज्ञ, क्रेडिट, निकासी र अर्थ मन्त्रालयले छुट प्रदान गरेका अन्तर्राष्ट्रिय संस्थालाई गत आर्थिक वर्ष २०७९/८०  को सो रकम बराबरको मुअकर फिर्ता गरिएको हो । अर्थ मन्त्रालय मातहतको आन्तरिक राजस्व विभागले छुट सुविधा प्राप्त गर्ने त्यस्ता संस्था र व्यक्तिलाई कर फिर्ता गर्दै आएको छ । विभागका अनुसार गत आवमा कूटनीतिक नियोग, कूटनीतिज्ञ एवं कूटनीतिक एजेन्सीको ८५१ वटा कर फिर्ता दाबी परेको थियो । ती निकायले विभागसमक्ष ५९ करोड ३१ लाख रुपियाँ कर फिर्ता

    • प्रकाशित मितिः मंसिर २५, २०८०
    • 307 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा