आर्थिक

    Showing १२१-१३० of ४,५१९ items.
  • पर्यटनबाटै नेपालको आर्थिक रूपान्तरण सम्भव : सुमन पाण्डे

    काठमाडौं । पर्यटन व्यवसायी सुमन पाण्डेले नेपालको द्रुत आर्थिक विकास र समृद्धिको आधार पर्यटन क्षेत्र बन्न सक्ने बताएका छन् । नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा उनले राजनीतिक परिवर्तनलाई आर्थिक समृद्धिमा रूपान्तरण गर्न पर्यटन क्षेत्रलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याए ।उनले नेपालमा अथाह पर्यटन सम्भावना हुँदाहुँदै पनि त्यसअनुसार यो क्षेत्र विकास हुन नसकेको बताए । नेपालसँग भौगोलिक, सांस्कृतिक, धार्मिक तथा प्राकृतिक विविधताको अनुपम सम्पदा भए पनि राजनीतिक अस्थिरता, कमजोर शासकीय प्रणाली, पूर्वाधार अभाव र दीर्घकालीन दृष्टिकोणको कमीका कारण पर्यटनले अपेक्षित गति लिन नसकेको उनको भ

    • प्रकाशित मितिः साउन १९, २०८३
    • १९९ पटक पढिएको
  • दुई समस्याग्रस्त सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता

    काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ ।समितिका अनुसार कान्तिपुर सेभिङ सहकारीका ३३४ जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् भने पशुपति सहकारीका ७ जनाले बचत फिर्ता पाएका हुन् । सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ ।त्यस्तै, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले साउन १ गते देखि १५ गतेसम्म विभिन्न सहकारीबाट ६५ जना ऋणीहरुबाट रकम असुलिएको जनाएको छ । समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिएको हो । यसरी नै क्रमश बचत

    • प्रकाशित मितिः साउन १९, २०८३
    • २१७ पटक पढिएको
  • सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन

    कर्णाली। जिल्ला ट्राफिक प्रहरी सुर्खेतले सवारी कारबाहीबाट रु एक करोड ३३ करोड राजस्व सङ्कलन गरेको छ ।ट्राफिक प्रहरीले गत आर्थिक वर्ष २०८२/८३ मा रु एक करोड ३३ लाख ८१ हजार ५०० राजस्व सङ्कलन गरेको हो । मादक पदार्थ सेवन, तीव्र गतिलगायत ट्राफिक नियम उलङ्घन गर्नेलाई कारबाहीको दायरामा ल्याइएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिनुभयो ।त्यस्तै, आफूखुसी सवारीको स्वरुप परिवर्तन गर्ने चालकलाई कारबाही गरी रु पाँच लाख ७० हजार राजस्व सङ्कलन गरिएको उहाँले बताउनुभयो । प्रहरीले दुई लाख ३१ हजार १३७ जनासँग सचेतना कार्यक्रम सञ्चालन गरिएको जनाएको छ ।त्यसैगरी, ९५७ सव

    • प्रकाशित मितिः साउन १९, २०८३
    • ३२३ पटक पढिएको
  • १२ वर्षअघिको ट्राभल डकुमेन्ट प्रकरणमा पक्राउ परे परराष्ट्र सहसचिव भट्टराई

    काठमाडौं। परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई करिब १२ वर्षअघि गैरकानुनी रूपमा तिब्बती शरणार्थीलाई नेपाली यात्रा अनुमति पत्र ट्राभल डकुमेन्ट जारी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। लामो अनुसन्धानपछि राहदानीसम्बन्धी कसुरमा उनीविरुद्ध अदालतमा मुद्दा दर्ता भएपछि सीआईबीले सोमबार उनलाई नियन्त्रणमा लिएको हो। अनुसन्धानका अनुसार सन् २०११ ९वि.सं. २०६८० मा काठमाडौंस्थित जर्मन दूतावासले नेपाल सरकारलाई पठाएको पत्रबाट यो प्रकरण बाहिर आएको थियो। केही तिब्बती शरणार्थीले भिसा आवेदनका क्रममा पेस गरेका नेपाली ट्राभल डकुमेन्ट शंकास्पद देखिएपछि घटनाको अनुसन्धान सुरु भएको थियो।अनुसन्धानका क्रमम

    • प्रकाशित मितिः साउन १८, २०८३
    • ४२९ पटक पढिएको
  • परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई पक्राउ

    काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्। उनीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोमबार काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रबाट नियन्त्रणमा लिएको हो।प्रहरीका अनुसार भट्टराईलाई राहदानी ऐनअन्तर्गतको कसुर मा पक्राउ गरिएको हो। प्रारम्भिक अनुसन्धानले वि.सं. २०६८ सालमा भएको राहदानीसम्बन्धी कसुर मा उनको संलग्नता देखिएको जनाएको छ। यस घटनासम्बन्धी मुद्दा २०८२ चैत मा दर्ता भएको थियो।सीआईबीले पक्राउपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाउँदै उनलाई अदालतमा उपस्थित गराउने तयारी गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।

    • प्रकाशित मितिः साउन १८, २०८३
    • १४९ पटक पढिएको
  • ‘१५–१५ दिनमा तलब’ घोषणा कागजमै सीमित, अर्थ मन्त्रालयकै ढिलाइले रोकियो कार्यान्वयन

    काठमाडौं । सरकारी कर्मचारीलाई प्रत्येक १५ दिनमा तलब दिने सरकारको बहुचर्चित योजना कार्यान्वयन हुन नपाउँदै अलपत्र परेको छ। साउन महिनादेखि लागू गर्ने घोषणा गरिए पनि अर्थ मन्त्रालयले आवश्यक तलब स्केल समयमै तयार गरी महालेखा नियन्त्रक कार्यालयमा नपठाउँदा नयाँ व्यवस्था रोकिएको हो।अर्थमन्त्री स्वर्णिम वाग्लेले वैशाख ४ गतेदेखि १५–१५ दिनमा तलब भुक्तानी गर्ने निर्णय गरेका थिए। त्यसअनुसार महिनाको पहिलो १५ दिनको तलब १६ गते र दोस्रो १५ दिनको तलब अर्को महिनाको १ गते कर्मचारीको खातामा पठाउने योजना बनाइएको थियो। तर साउनको पहिलो पाक्षिक सकिँदासमेत कार्यान्वयन हुन सकेन।महालेखा नियन्त्रक कार्यालयका अनुसार नयाँ तल

    • प्रकाशित मितिः साउन १८, २०८३
    • ३४१ पटक पढिएको
  • सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं / नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर २ लाख ८४ हजार रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ ।आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः साउन १८, २०८३
    • २१० पटक पढिएको
  • ‘काँचो जुम्ली स्याउ’ बजार पुग्नुअघि प्रहरीको एक्सन, १८० कार्टुन नियन्त्रणमा

    जुम्ला । जुम्ली स्याउको गुणस्तर जोगाउन प्रहरीले यस वर्ष कडाइ सुरु गरेको छ। जिल्ला बाहिर काँचो स्याउ निर्यातमा रोक लगाउने निर्णय कार्यान्वयन गर्दै रारा प्रहरी चौकीले सुर्खेत र नेपालगञ्जतर्फ पठाइँदै गरेका १८० कार्टुन स्याउ नियन्त्रणमा लिएको हो।स्याउ नपाक्दै बजारमा पुग्न थालेपछि किसान, उपभोक्ता र जुम्ली स्याउको प्रतिष्ठामै असर पर्ने चिन्ता बढेपछि स्थानीय प्रशासनले काँचो स्याउ निकासीमा निगरानी कडा बनाएको हो।नियन्त्रणमा लिइएको स्याउको कृषि विकास कार्यालय जुम्ला, चन्दननाथ नगरपालिका, तिला गाउँपालिका, प्रहरी, कृषक र व्यापारीको उपस्थितिमा रिफ्र्याक्टोमिटरबाट गुणस्तर परीक्षण गरिएको थियो। परीक्षणका क्रमम

    • प्रकाशित मितिः साउन १८, २०८३
    • २०५ पटक पढिएको
  • जुनबेँसी जलविद्युत् प्रसारण लाइनको वातावरणीय अध्ययन सार्वजनिक, सुझाव दिन ३५ दिनको समय

    काठमाडौं । सोलुखुम्बुको निर्माणाधीन माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण अघि वातावरणीय अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ। विद्युत् विकास विभागले आइतबार सूचना जारी गर्दै आयोजनासँग सम्बन्धित प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदनमा सरोकारवालाबाट राय–सुझाव मागेको हो।५.५७५ मेगावाट क्षमताको आयोजनाको स्विचयार्डलाई तल्लो दूधकुण्ड खोला जलविद्युत् आयोजनासँग जोड्ने ३३ केभी र त्यसपछि जुनबेँसी हब पुलिङ स्टेसनसम्म १३२ केभी प्रसारण लाइन निर्माण गर्ने योजना रहेको विभागले जनाएको छ। प्रस्तावित प्रसारण लाइनको कुल लम्बाइ १३.१८ किलोमिटर हुनेछ।प्रवद्र्धक कम्पनीले प्रसारण लाइन नि

    • प्रकाशित मितिः साउन १७, २०८३
    • १३५ पटक पढिएको
  • अर्बौंको दूरसञ्चार सेवा दस्तुर विवाद सर्वोच्चमा

    काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले सरकारलाई बुझाउनुपर्ने दूरसञ्चार सेवा दस्तुर सम्बन्धी अर्बौं रुपैयाँको विवाद सर्वोच्च अदालत पुगेको छ। ठूला करदाता कार्यालयले विभिन्न सेवा प्रदायकलाई बक्यौता, जरिवाना र थप दस्तुरसहित ठूलो रकम तिर्न आदेश दिएपछि सेवा प्रदायकहरूले अदालतको ढोका ढकढक्याएका हुन्।कर कार्यालयले सुबिसु, भायानेट, क्लासिक टेक, टेकमाइन्ड्स, डिसहोम फाइबरनेटलगायत कम्पनीहरूले ग्राहकबाट उठाएको दूरसञ्चार सेवा दस्तुर समयमै सरकारलाई नबुझाएको तथा महसुललाई विभिन्न शीर्षकमा विभाजन गरेर दस्तुर लाग्ने आधार नै घटाएको निष्कर्ष निकालेको छ।सोही आधारमा सुबिसुसँग करिब ४ अर्ब २७ करोड, भायानेटसँग १

    • प्रकाशित मितिः साउन १७, २०८३
    • ३१४ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.