काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले जलविद्युत आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय बासिन्दालाई उपलब्ध गराइने सेयर अंकित मूल्य (प्रति कित्ता १०० रुपैयाँ) मै उपलब्ध गराउन आग्रह गरेको छ ।इप्पानले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत केही जलविद्युत आयोजनाका साधारण सेयर निष्काशन प्रक्रिया नियामकीय कारणले लामो समयदेखि प्रभावित भएपछि कतिपय प्रवद्र्धक कम्पनीहरूले स्थानीय प्रभावितका लागि प्रिमियम मूल्यमा सेयर जारी गर्ने विकल्पबारे छलफल गरिरहेको विषयप्रति ध्यानाकर्षण भएको जनाएको छ ।इप्पानले स्थानीय समुदायलाई आयोजनाको स्वामित्वमा सहभागी गराउने उद्देश्यले कानुनमै १० प्रतिशत सेयर
काठमाडौं । सरकारले संसद्मा दर्ता गरेको अर्थसम्बन्धी विधेयकमाथि सांसदहरूले सुधारका लागि दबाब बढाएका छन्। ‘अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ मा ६ सांसदले १५ वटा संशोधन प्रस्ताव दर्ता गर्दै राजस्व प्रशासन, कर प्रणाली र सरकारी निर्णय प्रक्रियालाई थप पारदर्शी र जवाफदेही बनाउनुपर्ने माग गरेका छन्।प्रतिनिधिसभा नियमावलीअनुसार सभामुख डोलप्रसाद अर्यालले ती संशोधन प्रस्तावलाई छलफलका लागि स्वीकृति दिएका छन्। संशोधन प्रस्तावमा बुद्धिप्रसाद पन्त, सन्दीप राना, पवित्रा विक, रेणुका काउँचा, बासना थापा, सन्तोष सुब्बा, मनमाया विश्वकर्मा, सुशील खड्का र नीतिमा भण्डारी (कार्की) लगा
काठमाडौं । पूर्वी नाकाबाट नेपालमा भित्रिने इन्धनको परिमाण लगातार बढ्दै गएको देखिएको छ। काँकडभिट्टा भन्सार नाकाबाट मात्रै गत आर्थिक वर्षमा २४ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको तथ्यांक सार्वजनिक भएको छ।काँकडभिट्टा भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८२÷८३ मा पेट्रोल, डिजेल र एलपीजी ग्यास गरी कुल २४ अर्ब ५० करोड ६७ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ नेपाल भित्रिएको हो।त्यसमध्ये पेट्रोलको आयात सबैभन्दा धेरै रहेको छ। एक वर्षमा मात्रै १२ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको पेट्रोल आयात भएको छ। त्यसपछि ९ अर्ब ५५ करोड रुपैयाँको डिजेल र २ अर्ब ७७ करोड रुपैयाँभन्दा बढीको एलपी
काठमाडौं / काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १ सय ७७ सवारी साधनलाई कारबाही गरेको छ।कार्यालयका अनुसार आइतबार बिहान ६ बजेसम्मको विवरणअनुसार सबैभन्दा बढी अन्य विभिन्न कसुरमा ७०२ सवारी कारबाहीमा परेका छन्। त्यस्तै, तीव्र गतिमा चलाएका १७८, सीसीटीभीमार्फत ८६, वन–वे उल्लंघन गरेका ९९, हर्नको दुरुपयोग गरेका ४२, रेड लाइट उल्लंघन गरेका ३९, मादक पदार्थ सेवन मापसे गरेका ३९, अवस्था ठीक नभएका ४१ र लेन मिच्ने ३१ सवारी साधनमाथि कारबाही गरिएको छ। ट्राफिक प्रहरीले सडक अनुशासन कायम गर्न नियमित अनुगमन र कारबाहीलाई निरन्तरता दिइएको जनाएको छ। साथै सव
काठमाडौं / नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।जसअनुसार,अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ८९ पैसा र बिक्रीदर २०५ रुपैयाँ ६९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८९ रुपैयाँ २० पैसा,अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ १६ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ११ पैसा, स
काठमाडौं / अमेरिकाले नेपालसहित ५० देशका नागरिकका लागि पर्यटक बी–२ र व्यापारिक बी–१ भिसामा धरौटी राख्ने व्यवस्थालाई स्थायी रूपमा लागू गर्ने निर्णय गरेको छ।नयाँ व्यवस्थाअनुसार नेपाली आवेदकले भिसा प्राप्त गर्नुअघि १० हजारदेखि २० हजार अमेरिकी डलरसम्म करिब १५ देखि ३० लाख रुपैयाँ धरौटी राख्नुपर्नेछ। यसअघि परीक्षणका रूपमा लागू गरिएको व्यवस्थामा ५ हजारदेखि १५ हजार अमेरिकी डलरसम्म धरौटी तोक्ने व्यवस्था थियो।अमेरिकी विदेश मन्त्रालयका अनुसार भिसा अस्वीकृत भएमा वा भिसाको अवधि सकिनुअघि नियमअनुसार स्वदेश फर्किएमा धरौटी रकम पूर्ण रूपमा फिर्ता गरिनेछ। भिसाको अवधि सकिएपछि पनि गैरकानुनी रूपमा अमेरिकामा बस्
काठमाडौं— सरकार र लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिबीच पाँचबुँदे सहमति भएको छ। सहमतिसँगै संघर्ष समितिले देशभर सञ्चालन गरिरहेका सबै आन्दोलन तथा अनसनका कार्यक्रम आजैदेखि पूर्ण रूपमा अन्त्य गर्ने भएको छ।नेपाल सरकारका माननीय अर्थमन्त्रीको साउन १४ गतेको निर्णयअनुसार गठित वार्ता टोली र लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिका पदाधिकारीबीच साउन १५ गते अर्थ मन्त्रालयको सुवर्णहलमा भएको छलफलपछि पाँचबुँदे सम्झौता सम्पन्न भएको हो।सहमतिअनुसार लघुवित्त पीडितहरूको समस्या समाधानका लागि गठित कार्यदलले २०८१ साउन २२ गते पेश गरेको प्रतिवेदन कार्यान्वयनका लागि आवश्यक कार्ययोजनासहित १५ दिनभ
काठमाडौं— काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार ९१२ सहकारी संस्थामध्ये आर्थिक वर्ष २०८२/८३ मा ६६७ वटा मात्रै नवीकरण भएका छन्। महानगरले यसलाई अधिकांश सहकारी संस्थागत नियमन र सम्पर्कभन्दा बाहिर रहेको वा निष्क्रिय रहेको संकेतका रूपमा लिएको छ।सहकारी विभागले शुक्रबार कार्यवाहक प्रमुख सुनिता डंगोलसमक्ष वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै उक्त जानकारी दिएको हो।विभाग प्रमुख ध्रुवकुमार काफ्लेका अनुसार गत वर्ष १०३ सहकारीका १ हजार ७१२ ऋणीलाई एसएमएस र पत्राचारमार्फत ऋण तिर्न सहजीकरण गरिएको छ। त्यस्तै ५८ सहकारीमा बचतकर्ता र व्यवस्थापनबीचको विवाद समाधानका लागि मेलमिलाप गराइएको छ।कार्यवाह
काठमाडौं— कृषि, वन तथा वातावरण मन्त्री तथा राष्ट्रिय चिया तथा कफी विकास बोर्डकी अध्यक्ष गीता चौधरीले चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन गर्ने निर्णय गरेकी छिन् ।कीर्तिपुरस्थित राष्ट्रिय चिया तथा कफी विकास बोर्डको केन्द्रीय कार्यालयमा बोर्डका पदाधिकारीसँग भएको छलफलका क्रममा मन्त्री चौधरीले उक्त निर्णय गरेकी हुन् ।छलफलमा नेपालमा चिया तथा कफी क्षेत्रको उत्पादन, प्रशोधन, बजारीकरण तथा समग्र प्रवद्र्धनका लागि आवश्यक नीतिगत तथा संस्थागत सुधारका विषयमा विस्तृत छलफल भएको थियो।मन्त्री चौधरीले चिया तथा कफी क्षेत्रलाई थप प्रतिस्पर्धी, व्यवसायमुखी र किसानमैत्री बनाउन बोर्डले प्रभावकारी भूमिका
काठमाडौं— नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ८९ पैसा र बिक्रीदर २०५ रुपैयाँ ६९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८९ रुपैयाँ २० पैसा ,अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ १६ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १०९ रुपैयाँ
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.