आर्थिक

    Showing 1,581-1,590 of 2,657 items.
  • चोरको टार्गेट पेट्रोल पम्प : तीन सातामा झापाका पाँच पेट्रोल पम्पमा चोरी

    बिर्तामोड / पछिल्लो समय चोरहरूको नजर पेट्रोल पम्प तिर पर्न थालेको छ । नेपालमा पेट्रोलियम पर्दाथको मूल्य बढेसँग चोरहरूको नगर पेट्रोल पम्प तिर पर्न थालेको हो । यस्तै पछिल्लो तीन हप्तामा झापामा झण्डै आधा दर्जन पेट्रोलपम्पबाट लाखौँ रुपैयाँ चोरी भएको छ । गत जेठ ३१ गते देखि असार १७ गतेसम्ममा झापाको मेचीनगर, बिर्तामोड, कनकाई नगरपालिका र कमल गाउँपालिकामा गरी पाँच वटा पेट्रोलपम्पबाट १८ लाख ५१ हजार चोरी भएको हो । चोरी गरेको आरोपमा सङ्खुवासभाको मकालु गाउँपालिका –३ घर भइ हाल झापाको बिर्तामोड –१ बस्ने ३४ वर्षीय देवराज तामाङलाई प्रहरीले पक्राउ गरेको छ । तामाङले गत जेठ ३१ गते राति झापाको कमल ग

    • प्रकाशित मितिः असार १९, २०७९
    • 76 पटक पढिएको
  • बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

    झापा / साताको पहिलो दिन सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार तीन सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  त्यस्तै आइतबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ। चाँदी आज प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला १२ सय १० रुपैयाँ थियो। अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस १८०९.९२ डलरमा कारोबार भएको छ भने चाँदी प्रतिऔंस १९.८९ डलर छ।

    • प्रकाशित मितिः असार १९, २०७९
    • 82 पटक पढिएको
  • नबिल बैंकका सीईओ ढुङ्गानाले सम्हाले कार्यभार, बैंकिङ क्षेत्रमा २५ वर्षको अनुभव

    काठमाडौँ  / नबिल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले आजदेखि आफ्नो कार्यभार सम्हालेका छन् । बैंकको असार १६ गते सम्पन्न सञ्चालक समितिको बैठकले सीईओमा ढुङ्गानालाई नियुक्त गर्ने निर्णय थियो । बैंकिङ क्षेत्रको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही २५ वर्ष भन्दा बढी अनुभव संगालेका ढुङ्गानाले यसअघि नेपाल बंगलादेश बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा १० वर्षसम्म नेतृत्व गरेका थिए । यसबाहेक उनले नेपाल क्रेडिट एण्ड कमर्स बैंकको महाप्रबन्धक तथा नेपाल राष्ट्र बैंकको निर्देशक पदमा समेत रही कार्य गरेका थिए ।  भारतबाट चार्टर्ड एकाउन्टेन्सी र अस्ट्

    • प्रकाशित मितिः असार १७, २०७९
    • 68 पटक पढिएको
  • नेप्से परिसूचक ७४.९३ अङ्कले वृद्धि

    काठमाडौं  / शेयर बजार मापक नेप्से परिसूचक बिहीवार उच्च अङ्कले वृद्धि भएको छ ।साताको आइतबार उच्च अङ्कले बढेको नेप्से पछिल्लो तीन दिन भारी अङ्कले गिरावट भएको थियो । तर, बिहीवार भने नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएर परिसूचक दुई हजार बिन्दु माथि पुगेको छ । आज नेप्से परिसूचक ७४.९३ अङ्कले बढेर २०३७.६४ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १२.६३ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स ५.२२ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.७१ अङ्कले बढेको छ ।कारोबारमा आएका २२७ कम्पनीको ७२ लाख ५४ हजार कित्ता शेयर दई अर्ब ४५ करोड ८६ लाख १९ हजार रुपियाँ बराबरको खरिदबिक्री भएको छ । नेप्सेसँगै आज कारोबार

    • प्रकाशित मितिः असार १६, २०७९
    • 85 पटक पढिएको
  • बिहीबार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं /  साताको पाँचौं दिन आज बिहीबार बजारमा सुनचाँदीको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ३ सय रुपैयाँले घटेर ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।तेजाबी सुन प्रतितोलामा ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि बिहीबार ५ रुपैयाँले घटेर १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    • प्रकाशित मितिः असार १६, २०७९
    • 74 पटक पढिएको
  • भन्सार एजेन्टको नतिजा सार्वजनिक, ८६० जना दोस्रो चरणका लागि छानिए

    झापा / भन्सार विभागले भन्सार एजेन्टको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । लोकसेवा आयोगले गत वैशाख १७ गते लिउको लिखित परीक्षाको नतिजा विभागले सोमबार सार्वजनिक गरेको हो ।भन्सार एजेन्टमा ६ सय ६० जना एजेन्ट थप गर्न लोकसेवा आयोगले परीक्षा लिएको थियो । जसमा आठ सय ६० जनाको नाम दोस्रो चरणका लागि छानिएको विभागले जनाएको छ । परीक्षामा नौ हजार भन्दा बढी परीक्षार्थीहरू सहभागी भएका थिए ।   अब लोकसेवा आयोगले अन्तर्वार्ताबाट ६ सय ६० जनाका लागि सिफारिस गर्नेछ। अन्तर्वार्ताका लागि आयोगले असार ५ गतेदेखि असार १३ गतेसम्म मिति तोकेको छ । भन्सार विभागले करिब २३ वर्षपछि नयाँ भन्सार एजेन्ट पाएको ह

    • प्रकाशित मितिः असार १६, २०७९
    • 139 पटक पढिएको
  • आजदेखि हिमालयन हाइड्रोपावरको आइपिओ बिक्री खुला

    काठमाडौँ /  हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्राथमिक सार्वजनिक निष्कासनको बिक्री खुला गरेको हो ।कम्पनीले प्रतिशेयर १०० मूल्यका दरले नौ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेकामा दुई लाख ८१ हजार ७५० कित्ता मात्र बाँडफाँट भएको र बाँकी ६ लाख १८ हजार २५० कित्तासहित कूल १९ लाख ६८ हजार २५० कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको सार्वजनिक आह्वान पत्रमा उल्लेख छ ।कम्पनीले निष्कासन गर्ने कूल शेयर मध्ये ३९ हजार ३६५ कित्ता कम्पनीका कर्मचारी र ९८ हजार ४१३ कि

    • प्रकाशित मितिः असार १५, २०७९
    • 91 पटक पढिएको
  • नेपाल बैंकका अध्यक्ष अर्यालको राजीनामा स्वीकृत

    काठमाडौं / नेपाल बैंकका अध्यक्ष सुमनराज अर्यालको राजीनामा स्वीकृत भएको छ। अर्थ मन्त्रालयले अर्यालको राजीनामा आइतबार स्वीकृत गरेको हो।सरकारको तर्फबाट सञ्चालक रहेका अर्याललाई बैंक सञ्चालक समितिको २०७८ भदौ १० गते बसेको बैठकले अध्यक्षमा नियुक्त गरेको थियो ।नेपाल बैंकमा सरकारको ५१ प्रतिशत स्वामित्व छ। त्यसैले व्यवस्थापनमा पदाधिकारी चयन सरकारी तजबिजमा निर्भर छ।

    • प्रकाशित मितिः असार १४, २०७९
    • 89 पटक पढिएको
  • अपर हेवाखोला हाइड्रोको आईपीओ खुल्दै

    काठमाडौँ / अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले २४ असारदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिसेयर १०० अंकित मूल्यका १५ करोड बराबरको १५ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।निष्कासन गरिने कुल सेयर मध्ये ३० हजार कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषमा बाँडफाँड गरिएको छ । सर्वसाधारणले बाँकी १३ लाख ९५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।आईपीओको निष्काशन बन्द छिटोमा असार २८ गते हुनेछ भने ढिलोमा साउन ६ गते हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्

    • प्रकाशित मितिः असार १४, २०७९
    • 80 पटक पढिएको
  • आज नेप्सेमा दोहोरो अङ्कले गिरावट

    काठमाडौं  / आइतबार नाटकीय रुपमा बढेको सेयर बजारमा सोमबार भने दोहोरो अङ्कले  गिरावट आएको छ । साताको दोस्रो दिन २३.८५ ले घटेर नेप्से परिसूचक १९३३.१३ अङ्कमा झरेको हो ।आज सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज २२९ कम्पनीको २ अर्ब ४ करोड ४८ लाख ३१ हजार ९४८ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।आइतबार २ अर्ब १९ करोड ६१ लाख ४१ हजार ८४९ रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । आज ४३ हजार १२२ पटकको सेयर कारोबारमा ५६ लाख ४१ हजार ५४० कित्ता कित्ता सेयर किनबेच भएको हो ।कारोबारमा आएका १३ वटा उपसमूह मध्ये जीवन बीमा र इन्भेष्टमेन्ट बाहेकको सेयर मूल्य घटेको छ ।

    • प्रकाशित मितिः असार १३, २०७९
    • 66 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा