आर्थिक

    Showing १७१-१८० of ४,५१९ items.
  • साउन १५ भित्र डिम्याट खाता नवीकरण नगरे बन्द

    काठमाडौं ।सेयर बजारमा सक्रिय लगानीकर्ताका लागि सीडीएस एन्ड क्लियरिङ सीडीएससी ले महत्त्वपूर्ण चेतावनी जारी गरेको छ। साउन १५ गतेभित्र डिम्याट र मेरो सेयरको वार्षिक नवीकरण शुल्क नबुझाए १६ गतेदेखि डिम्याट खाता रोक्का हुने भएको छ।खाता रोक्का भएपछि सेयर किनबेच, आईपीओ तथा एफपीओ आवेदन, हकप्रद सेयर भर्ने र सेयर हस्तान्तरण जस्ता सेवा प्रयोग गर्न पाइने छैन। अर्थात् शुल्क नतिरेको एउटा सानो लापरबाहीले लगानीकर्ताको सम्पूर्ण सेयर कारोबार नै रोक्न सक्छ।हाल देशभर ८० लाखभन्दा बढी डिम्याट खाता र ५१ लाखभन्दा बढी सक्रिय मेरो सेयर प्रयोगकर्ता रहेका छन्। सबैलाई समयमै शुल्क तिर्न सीडीएससीले आग्रह गरेको छ।डिम्याट खाता

    • प्रकाशित मितिः साउन १०, २०८३
    • ३४८ पटक पढिएको
  • पूर्व–पश्चिम राजमार्ग फेरिँदै, सडक विस्तार तीव्र

    झापा । देशकै व्यस्त सडक सञ्जालमध्ये एक पूर्व–पश्चिम राजमार्गअन्तर्गतको काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति कार्यले पछिल्लो समय तीव्र गति लिएको छ। वर्षायामका बीच पनि निर्माण कम्पनीहरूले कामलाई निरन्तरता दिँदै सडकको विभिन्न खण्डमा कालोपत्र र संरचना निर्माणलाई अघि बढाएका छन्।एसियाली विकास बैंक ९एडिबी० को करिब ४६ अर्ब रुपैयाँ ऋण सहयोगमा निर्माण भइरहेको यो आयोजना सडक विभागअन्तर्गतको आयोजना निर्देशनालयमार्फत सञ्चालन भइरहेको हो। करिब ९५ किलोमिटर लामो सडकलाई पाँच प्याकेजमा विभाजन गरेर निर्माण भइरहेको छ।आयोजनालाई पूर्वी र पश्चिमी दुई खण्डमा विभाजन गरिएको छ। पूर्वी खण्डमा काँकडभिट्टादेखि झापाको

    • प्रकाशित मितिः साउन १०, २०८३
    • २७९ पटक पढिएको
  • सुनचाँदीको मूल्य बढ्यो कतिमा भइरहेछ त कारोवार ?

    काठमाडौं । स्थानीय बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। केही दिनअघि घटेको सुनको भाउ फेरि उकालो लागेसँगै गहना खरिद गर्ने उपभोक्ता र लगानीकर्ताको ध्यान पुनः सुन बजारतर्फ केन्द्रित भएको छ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रति तोला २ लाख ८७ हजार १०० रुपैयाँ निर्धारण गरिएको छ। यो मूल्य गत शुक्रबारको तुलनामा १ हजार ६०० रुपैयाँ बढी हो। शुक्रबार यही सुन २ लाख ८५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आइतबार चाँदी प्रति तोला ४ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ, जुन शुक्रबारको तुलनामा ६० रुपैयाँले बढी हो। शुक्रबार चाँदीको

    • प्रकाशित मितिः साउन १०, २०८३
    • १८३ पटक पढिएको
  • भ्रष्टाचारको अर्को पर्दाफास, काठमाडौं महानगरका कर्मचारी पक्राउ

    काठमाडौं । काठमाडौं महानगरपालिकाका एक कर्मचारी घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन्। महानगरपालिका वडा नम्बर ३० मा कार्यरत लेखा अधिकृत उद्धव भट्टराईलाई २१ हजार रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियारले जनाएको छ। अख्तियारका अनुसार स्थायी लेखा नम्बर ९प्यान० बन्द गर्न वडा कार्यालयबाट आवश्यक पर्ने सिफारिस उपलब्ध गराउने क्रममा सेवाग्राहीलाई अनावश्यक रूपमा दुःख–हैरानी दिँदै घुस मागिएको भन्ने सूचना आयोगमा पुगेको थियो।उक्त सूचनाको आधारमा अख्तियारको टोलीले निगरानी बढाएको थियो। त्यसक्रममा भट्टराईले सेवाग्राहीबाट २१ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनलाई रंगेहात नियन्

    • प्रकाशित मितिः साउन १०, २०८३
    • १२३ पटक पढिएको
  • भोलि उद्घाटन हुँदै नागढुंगा सुरुङ, पहिलो चरणमा एम्बुलेन्स र दमकल मात्रै

    काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ इतिहास रच्ने गरी निर्माण गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन हुँदैछ। राजधानी काठमाडौंलाई धादिङसँग जोड्ने यो सुरुङमार्गलाई नेपालको पहिलो आधुनिक सडक सुरुङका रूपमा हेरिएको छ। लामो समयको निर्माण प्रक्रिया, प्राविधिक चुनौती र विभिन्न अवरोध पार गर्दै आयोजना अन्ततः सञ्चालनको चरणमा पुगेको हो। नेपाल सरकार र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण सम्पन्न भएको यो परियोजनाको कुल लागत भेरिएसनसहित करिब १९ अर्ब रुपैयाँ पुगेको छ। निर्माण कार्य जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेसन ले २०७६ साल

    • प्रकाशित मितिः साउन १०, २०८३
    • ३०५ पटक पढिएको
  • एक रुपैयाँको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र राखिने

    काठमाडौं— सरकारले एक रुपैयाँ दरको सिक्काको नयाँ डिजाइन स्वीकृत गर्दै त्यसमा नेपालको चुच्चे नक्सासहित आकाश भैरवको चित्र समावेश गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्बाट स्वीकृत भएको नयाँ डिजाइन कार्यान्वयनका लागि अर्थ मन्त्रालय हुँदै नेपाल राष्ट्र बैंक पुगेको छ ।यसअघि नेपाल राष्ट्र बैंकले मुस्ताङस्थित घार गुम्बाको तस्वीर समेटिएको डिजाइन स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाएको थियो । तर मन्त्रिपरिषद्ले उक्त प्रस्ताव फिर्ता गर्दै परिमार्जित डिजाइन तयार गर्न निर्देशन दिएपछि नयाँ डिजाइनमा आकाश भैरवको चित्र समावेश गरिएको हो ।नेपाल राष्ट्र बैंक ऐनअनुसार कुनै पनि नोट वा सिक्काको नयाँ डिजाइन वा डिजाइन परि

    • प्रकाशित मितिः साउन १०, २०८३
    • ५८३ पटक पढिएको
  • बाह्र लाख ९८ हजार राजस्व सङ्कलन

    सुदूरपश्चिम। बैतडी ट्राफिक प्रहरीले एक हजार ५०८ जना सवारी नियम उल्लङ्घनकर्ताबाट रु १२ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम गत आर्थिक वर्षमा सङ्कलन गरिएको हो । उक्त कार्यालयका प्रवक्ता सुरज सिंहका अनुसार गत आवमा १७० ट्रक तथा ट्याङ्कर, १९ बस तथा मिनिबस, ७५४ जिप–कार–भ्यान, ९१ ट्याक्टर, ३५१ मोटरसाइकल र १२३ टेम्पोचालकलाई कारबाही गरिएको हो । गत आवमा उक्त जिल्लामा ६२ सवारीसाधन दुर्घटनामा परेका तथा तिनमा ३४ जनाको मृत्यु भएको जानकारी दिँदै उहाँले १७६ जना घाइते भएका बताउनुभयो ।

    • प्रकाशित मितिः साउन १०, २०८३
    • २८४ पटक पढिएको
  • २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १२०९ जनालाई कारबाही

    काठमाडौं— ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार २०९ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ ९मापसे० सेवन गरी सवारी चलाउने ९६, राइड सेयरिङमा ५०, रातोबत्तीमा ५१ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा १४३, हर्न निषेधमा ५६, लेन क्रसमा २१, अवस्था ठिक नभएको ४३, एकतर्फीमा २५ अन्यमा ७२४ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः साउन १०, २०८३
    • ४५९ पटक पढिएको
  • आजको विदेशी मुद्रा विनिमयदरः अमेरिकी डलर १५४ रुपैयाँ ८१ पैसामा कारोबार

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा कायम गरिएको छ ।युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ । त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ३८ पैसा र बिक्रीदर २०६ रुपैयाँ १८ पैसा तथा स्विस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८९ रुपैयाँ ६० पैसा तोकिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ८२ पैसा र बिक्रीदर १०८ रुपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिददर

    • प्रकाशित मितिः साउन १०, २०८३
    • ४३७ पटक पढिएको
  • नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंकिङ’ अवार्ड

    काठमाडौं— नबिल बैंकले इन्डियन चेम्बर अफ कमर्स (आइसीसी) ले प्रदान गर्ने ‘बेस्ट कमर्सियल बैंकिङ’ अवार्ड प्राप्त गरेको छ । भारतको नयाँ दिल्लीमा शुक्रबार आयोजित ‘चौथो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एण्ड अवाड्र्स–२०२६’ मा बैंकका सञ्चालक मलय मुखर्जीले उक्त सम्मान ग्रहण गरेका हुन् ।बैंकले ग्राहकको विश्वास, कर्मचारीको समर्पण तथा सरोकारवालाहरूको निरन्तर सहयोगका कारण यो उपलब्धि हासिल भएको जनाएको छ । यस सम्मानले बैंकिङ सेवा, नवप्रवर्तन र ग्राहकमुखी सेवाको गुणस्तर अझ सुदृढ बनाउन थप प्रेरणा मिल्ने बैंकको विश्वास छ ।बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेले प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्

    • प्रकाशित मितिः साउन ९, २०८३
    • ६६४ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.