आर्थिक

    Showing 171-180 of 3,294 items.
  • नेप्से १३.८८ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो

    काठमाडौं—  साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसुचक १३.८८ प्रतिशतले घटेर २५८१.२१ अंकमा झरेको छ । यसदिन सेन्सेटिभ इन्डेक्स २.२५ अंकले घटेको छ, फ्लोट इन्डेक्स ०.९७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.७४ अंकले घटेको छ । आज कारोबारमा आएका स्कट मध्ये २०० कम्पनीको स्टकको शेयर मूल्य घटेको छन भने ५४ स्टकको शेयर मूल्य बढेको छ । त्यसैगरी, ५ ओटा कम्पनीको स्टकको शेयर मूल्य स्थीर रहेको छ ।नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात आइतबार ४ अर्ब ५२ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा आज कुल ३३२ स्टकको ३ अर्ब ५१ करोड ५९ लाख ३० हजार रुपैयाँको ९१ लाख ६७ हजार ३५९ कित्

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 397 पटक पढिएको
  • निर्यात व्यापारमा नेपालको छलाङ, पाँच महिनामा ५८ प्रतिशतले बढ्यो निर्यात

    काठमाडौं— पछिल्लो पाँच महिनामा नेपालको निर्यात व्यापार ५८.१७ प्रतिशतले बढेको पाइएको छ । भन्सार विभागले सोमबार सावर्जनिक गरेको चालु आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो पाँच महिनाको आयात निर्यातको तथ्यांक अनुसार गत आवको सोहि अवधिको तुलनामा नेपालको निर्यात व्यापार बढेको देखिएको हो ।चालु आवको मंसीर महिनासम्म नेपालले कुल १ खर्ब १६ अर्ब ५० करोड ९० लाख रुपैयाँ भन्दा बढीको बस्तु निर्यात गरेको छ । गत आवको सोहि अवधिमा नेपालले ७३ अर्ब ६५ करोड ९७ लाख ७१ हजार रुपैयाँको मात्रै बस्तु निर्यात गरेको थियो ।यस्तै, यस बिचमा नेपालको आयात व्यापारमा पनि सुधार भएको देखिएको छ । चालु आवको मंसीर सम्म नेपालले ७ खर्ब ६६ अर्

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 397 पटक पढिएको
  • आन्तरिक ऋण व्यवस्थापनका लागि सरकारले १० अर्ब उठाउँदै

    काठमाडौं— सरकारले यसै साता १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । विसका ऋणपत्र, २०९० मार्फत सरकारले ९ पुसमा १० अर्ब रुपैयाँ ऋण उठाउने भएको हो । इच्छुक संस्थागत लगानीकर्तासहित सर्वसाधारणले ऋणपत्रमा लगानी गर्न सक्नेछन् । आठवर्षे ऋणपत्रमा सरकारले आकर्ष ब्याजर प्रदान गर्छ । लगानीकर्ताले घटिमा ५ लाख रुपैयाँ र बढीमा कुल निष्कासित रकमलाई ५ लाख रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि आवेदन सक्नेछन् । ९ पुसमा बिक्री हुेन विकास ऋणपत्रका लागि ८ पुस अर्थात् मंगलबार दिउँसो २ बजेसम्म आवेदन दिन सकिनेछ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार कुल निष्कासित रकमको ८५ प्रतिशत अर्

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 376 पटक पढिएको
  • नागरिक लगानी कोषले सेयरधनीलाई १३ प्रतिशत लाभांश वितरण गर्ने

    काठमाडौं— नागरिक लगानी कोषले सेयरधनीलाई १३ प्रतिशत लाभांश दिने भएको छ ।आइतबार बसेको कोष सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को आम्दानी बाँडफाँड हिसाब विवरणबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।त्यस्तै लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत ८ प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश दिने भएको हो । प्रस्तावित लाभांश नेपाल सरकार, अर्थ मन्त्रालयको सहमति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 360 पटक पढिएको
  • नारायणी हस्पिटलको आईपीओ निष्काशन गर्ने

    काठमाडौं— चितवनको भरतपुरस्थित एनपीआई नारायणी सामुदायिक हस्पिटल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।कम्पनीले आईपीओ बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । सम्झौतापत्रमा हस्पिटलका सञ्चालक चुडामणी खनाल र नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् । नियामक स्वीकृति प्राप्त भएलगत्तै आईपीओ निष्काशन हुने जनाइएको छ ।

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 365 पटक पढिएको
  • आइक्यानलाई विश्व बैंक र एडीबीबाट समकक्षीको मान्यता

    काठमाडौं— नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले ‘रिपोर्ट अन द अब्जरभेन्स अफ स्ट्यान्डड्र्स एन्ड कोड्स (आरओएससी) लेखांकन तथा लेखापरीक्षण (ए एन्ड ए) मूल्यांकनमा नेपालको प्रमुख राष्ट्रिय समकक्षीको मान्यता प्राप्त गरेको छ ।विश्व बैंक समूह र एसियाली विकास बैंकले नेपाल सरकारको अनुरोधमा आइक्यानसँग सहकार्य गर्दै यो मूल्यांकन गरिरहेका छन् ।यसले नेपालको लेखांकन तथा लेखापरीक्षण वातावरण सुधार, पारदर्शिता र लगानीकर्ताको विश्वास बढाउने सुझाव दिनेछ । यो पहलले वित्तीय सुशासन र निजी क्षेत्रमा दिगो लगानी आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।विश्वस्तरीय मापदण्डमा आधारित यो मूल्यांकन

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 350 पटक पढिएको
  • बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ३४ सय रूपैयाँले बढेर २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोवार भैइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आइतबार सुन प्रतितोला २ लाख ५८ हजार ३ सय रुपैयाँमा कारोवार भएको थियो । यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार ४ हजार १ सय ५ रूपैयाँमा कारोबार भएको चाँदी आज १३० रुपैयाँले बढेर ४ हजार २ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 356 पटक पढिएको
  • सुनचाँदीको मूल्य हालसम्मकै उच्च

    काठमाडौँ, पुस ७ गते । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य हालसम्मकै उच्च भएको छ । आज तीन हजार चार सयले बढेर सुन प्रतितोला दुई लाख ६१ हजार सात सय रुपियाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम भएको छ । आइतबारको तुलनामा आज प्रतितोला १३० रुपियाँले बढेर चाँदी प्रतितोला मूल्य चार हजार २३५ रुपियाँ कायम भएको छ । अघिल्लो दिन चाँदी चार हजार १०५ रुपियाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 159 पटक पढिएको
  • राप्ती नदीको सिधनियाघाटमा दुईलेनको निर्माणाधीन पक्की पुल तीव्र गतिमा अघि बढ्दै

    बाँके— बाँकेको डुडुवा गाउँपालिका वडा नं. ५ स्थित राप्ती नदीको सिधनियाघाटमा दुई लेनको पक्की पुल निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। लामो समयदेखि प्रयोग हुँदै आएको पुरानो पुल जीर्ण र साँघुरो भएपछि यात्रु तथा सवारी साधनलाई समस्या हुँदै आएपछि नयाँ पुल निर्माण सुरु गरिएको हो।करिब एक अर्ब १९ करोड रुपैयाँको लागतमा निर्माणाधीन यस पुलको लम्बाइ करिब ७०० मिटर रहेको छ। पुल निर्माणपछि बाँके जिल्लाका विभिन्न क्षेत्रसँगै छिमेकी जिल्लासम्मको आवागमन सहज हुने अपेक्षा गरिएको छ।

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 357 पटक पढिएको
  • रिलायन्स स्पिनिङ मिल्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि निष्कासन

    काठमाडौं— रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणलाई लक्षित गर्दै कुल ९ लाख २४ हजार ७६८ कित्ता साधारण शेयर निष्कासन गरेको हो ।कम्पनीले निष्कासन गर्न लागेको कुल ११ लाख ५५ हजार ८६० कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ५७ हजार ७८८ कित्ता सामूहिक लगानी कोषका लागि, १० प्रतिशत अर्थात १ लाख १५ हजार ५४६ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि र ५ प्रतिशत अर्थात ५७ हजार ७८८ कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरी बाँडफाँड गरिसकेको छ ।बाँकी रहेको शेयर सर्वसाधारणका लागि खुला गरिएको हो । लगानीकर्ताले नेपाल ध

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 372 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा