आर्थिक

    Showing ११-२० of ४,५१९ items.
  • खुम्बु पासाङल्हामु गाउँपालिकाले रसुवाका बाढीपीडितलाई २२ लाख २२ हजार सहयोग गर्ने

    सोलुखुम्बु— आफैं बाढी र विपद्को पीडाबाट भर्खरै तंग्रिँदै गरेको खुम्बु पासाङल्हामु गाउँपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २२ लाख २२ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।खुम्बु आफैं पनि पछिल्लो विपद्बाट प्रभावित बनेको अवस्थामा अर्को जिल्लाका बाढीपीडितको पीडामा साथ दिन गाउँपालिकाले सहयोगको निर्णय गरेको हो । गाउँपालिकाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ ।गाउँपालिकाले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गाउँपालिकाको तर्फबाट

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • २९९ पटक पढिएको
  • खुम्बु पासाङल्हामु गाउँपालिकाले रसुवाका बाढीपीडितलाई २२ लाख २२ हजार सहयोग गर्ने

    सोलुखुम्बु  / आफैं बाढी र विपद्को पीडाबाट भर्खरै तंग्रिँदै गरेको खुम्बु पासाङल्हामु गाउँपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २२ लाख २२ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।खुम्बु आफैं पनि पछिल्लो विपद्बाट प्रभावित बनेको अवस्थामा अर्को जिल्लाका बाढीपीडितको पीडामा साथ दिन गाउँपालिकाले सहयोगको निर्णय गरेको हो । गाउँपालिकाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ ।गाउँपालिकाले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गाउँपालिक

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • १७९ पटक पढिएको
  • भोटेकोशी बाढीपीडितका लागि कर्णाली सरकारले दुई करोड दिने

    सुर्खेत / कर्णाली प्रदेश सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, पुनस्र्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।कर्णाली प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका साथै पुनस्र्थापना, पुनर्निर्माण र विपद् व्यवस्थापनका लागि प्रदेश सरकारका तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो । यसैगरी बैठकले शिक्षा क्षेत्रको दीर्घकालीन सुधार र विकासलाई लक्षित गर्दै ‘शिक्षा क्षेत्र योजना २०८३–२०९२’ स्वीक

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • २२२ पटक पढिएको
  • बाढीपीडितको उद्धार र राहतका लागि पाथीभरा समितिले १० लाख दिने

    ताप्लेजुङ / पाथीभरा क्षेत्र विकास समितिले भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतका लागि १० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ । समितिले सोमबार रसुवा,भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतका लागि १० लाख कोषमा जम्म गर्ने निर्णय गरेको हो । साथै समितिले विपद्को समयमा प्रभावित नागरिकको उद्धार तथा राहतका आर्थिक सहायता सम्बन्धी कार्यविधि बनाई लागू गर्ने निर्णयसमेत गरेको जनाएको छ । त्यस्तै ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले रसुवा र भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • १९८ पटक पढिएको
  • बाढीपीडितको उद्धार तथा राहतका लागि अन्नपूर्ण न्युरो अस्पतालद्वारा ३० लाख सहयोग

    काठमाडौं / भोटेकोशी–रसुवा क्षेत्रमा आएको विनाशकारी बाढी तथा अन्य जिल्लामा बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पताल तथा त्यहाँ कार्यरत कर्मचारीहरूले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३० लाख रुपैयाँ सहयोग गरेका छन् । अस्पताल व्यवस्थापन तथा कर्मचारीहरूले संयुक्त रूपमा उक्त रकम उपलब्ध गराउँदै प्राकृतिक विपत्तिमा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आफ्नो तर्फबाट सहयोग गरेका हुन् । गत बुधबार आएको अकल्पनीय बाढी तथा पहिरोका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बाढीपहिरोका

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • १७५ पटक पढिएको
  • प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा समानान्तर ग्रुपको ६३ लाखभन्दा बढी सहयोग

    काठमाडौं / समानान्तर निर्माण सेवा प्रालि र समानान्तर ग्रुपमा कार्यरत कर्मचारीहरूले रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापना कार्यका लागि ६३ लाख ३७ हजार ३ सय ७८ रुपैयाँ सहयोग गरेका छन् ।समानान्तर निर्माण सेवा प्रालिका तर्फबाट ५१ लाख ५१ हजार ५ सय १५ रुपैयाँ तथा समानान्तर ग्रुपमा कार्यरत कर्मचारीहरूले स्वेच्छिक रूपमा पाँच दिनको तलबबाट ११ लाख ८५ हजार ८ सय ६३ रुपैयाँ संकलन गरी उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो । कम्पनीले  सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पत्रमार्फत

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • २६५ पटक पढिएको
  • सरकारको कोषमा पैसा जम्मा भएको छ तर पीडित भोकै छन् : केपी ओली

    काठमाडौं / नेकपा एमालेले भोटेकोशी बाढी पीडितका लागि २० लाख रुपैयाँ सहयोग रकम संकलन गरेको छ ।सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा पार्टीका बागमती प्रदेश र राजधानी प्रदेश कमिटीले १० र १० लाख रुपैयाँ पार्टीलाई हस्तान्तरण गरेका हुन् । रकम बुझ्दै अध्यक्ष ओलीले विपद्का बेला उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरकार र सम्बन्धित सबै पक्षबीच समन्वय आवश्यक रहेको बताए । उनले राहतका लागि सरकारी कोषमा रकम जम्मा भए पनि पीडितसमक्ष राहत पुग्न नसकेको भन्दै छिटोछरितो रूपमा पीडितसम्म राहत पुर्याउनुपर्नेमा जोड दिए । ओलीले भने, ‘केन्द्र सरकारको कोषमा पैसा जम्मा भएको छ, राहत जम्मा भ

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • ३५४ पटक पढिएको
  • चन्दा बाकसमा संकलित ७ लाख १८ हजार बाढीपीडितका लागि

    सुर्खेत / सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६, घण्टाघर लाइनस्थित खड्का होटेल असहाय तथा विपन्न नागरिकका लागि संकलन गरेको ७ लाख १८ हजार ६१८ रुपैयाँ बाढी प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको छ ।स्वर्गीय शिवराज खड्काको योजनाअनुसार करिब तीन वर्षअघि होटेल परिसरमा राखिएको चन्दा बाकसमा उक्त रकम संकलन भएको हो । चन्दा बाकस प्रहरी, प्रशासन, सुर्खेत उद्योग वाणिज्य संघका प्रतिनिधि, पत्रकार, स्थानीय व्यक्तित्व तथा खड्का परिवारका सदस्यको रोहवरमा खोली रकम गणना गरिएको थियो । संकलित रकममा खड्का होटेल परिवारले थप १ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • २२५ पटक पढिएको
  • बाढीप्रभावित क्षेत्रमा फिरिरीद्वारा १० लाख बढीको राहत सहयोग

    काठमाडौं / नेपाली युवाद्वारा स्थापित डिजिटल कम्पनी फिरिरी भेन्चर्सले बाढी प्रभावित क्षेत्रमा १० लाख रुपैयाँ बढीको राहत सामग्री उपलब्ध गराएको छ ।गत बुधबार भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रका नागरिकलाई फिरिरीले अत्यावश्यक राहत सामग्री उपलब्ध गराएको हो । कम्पनीले सामाजिक संस्था हामी नेपालीमार्फत उक्त राहत सामग्री उपलब्ध गराएको जनाएको छ । कम्पनीका प्रवन्ध निर्देशक कुशल खड्काका अनुसार राहत सामग्री प्रभावित क्षेत्रमा पुगिसकेको छ । राहत सामग्रीमा नौ सयवटा नयाँ टिसर्ट, खानेपानी र खाद्यान्न सामग्री रहेका छन् ।प्रवन्ध निर्देशक खड्काले बाढी प्रभावित क्षेत्रका नागरिकको सहयोगार्थ थोरै भएपनि आफू

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • २४० पटक पढिएको
  • यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ३० पैसा र बिक्रीदर १७७ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ ८८ पैसा र बिक्रीदर २०७ रुपैयाँ ६९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८९ रुपैयाँ ४० पैसा र बिक्रीदर १९० रुपैयाँ १५ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११० रुपैयाँ ०५ पैसा कायम गरिएको छ ।राष्ट्र बैंकका अनुसार क्यानेडियन डलर एकको खरिददर १०९ रुपैया

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • ३८४ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.