आर्थिक

    Showing 191-200 of 3,294 items.
  • बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी ‘११औँ नेपाल वुड इन्टेरनेशनल एक्स्पो तथा नेपाल फर्निचर एक्स्पो २०२५’ आज देखि सुरु

    काठमाडौं— मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी ‘११औँ नेपाल वुड इन्टेरनेशनल एक्स्पो तथा नेपाल फर्निचर एक्स्पो २०२५’ आज देखि सुरु भएको छ ।काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु भएको उक्त प्रदर्शनी पौष ६ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा इन्टेरियर, फर्निचर, प्लाइउड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठसम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरूसँग सम्बन्धित स्वदेशी तथा विदेशी ख्यातिप्राप्त ब्राण्डहरूका १०० भन्दा बढी स्टलहरू रहेका छन् ।फर्निचर, प्लाइउड तथा काठ औजार उत्पादक

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 408 पटक पढिएको
  • काठमाडौं महानगरको अन्तिम लेखापरीक्षण सुरु

    काठमाडौं— काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को अन्तिम लेखापरीक्षण सुरु भएको छ । महालेखापरीक्षकको कार्यालयका निर्देशक मुकुन्द घिमिरेको नेतृत्वमा खटिएको टोलीले लेखापरीक्षण सुरु गरेको हो ।लेखापरीक्षण अघि भएको बैठकमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले विवरण, आधार, प्रमाण तथा कारण समयमै उपलब्ध नगराउँदा बेरुजु बढ्ने जोखिम रहने उल्लेख गर्दै सबै विभागीय प्रमुखलाई स्पष्ट जानकारी र आवश्यक कागजात तत्काल उपलब्ध गराउन निर्देशन दिएको थियो ।त्यस्तै प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेले महानगरपालिकाको संगठन संरचना, दरबन्दी, सेवा विस्तारसँग सम्बन्धित जनशक्ति व्यवस्थापन, जारी

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 365 पटक पढिएको
  • सुनको मूल्य तोलामा दुई हजारले घट्यो

     काठमाडौं— नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ५८ हजार ४०० रुपैयाँ कायम छ । छापावाल सुन बिहीबार प्रतितोला दुई लाख ६० हजार ४०० रुपैयाँमा किनबेच भएको थियो ।चाँदीको मूल्य पनि तोलामा ७५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला चार हजार पाँच रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला चार हजार ८० रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 388 पटक पढिएको
  • बाजुराको अनाई खोलामा निर्माणाधीन पक्की पुलको ९० प्रतिशत भौतिक प्रगति

    बाजुरा— बाजुराको मार्तडी– कोल्टी सडकखण्डको बडीमालिका नगरपालिका ८ र ७ को बिचमा पर्ने अनाई खोलामा निर्माणधीन पक्की पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।ठेक्का सम्झौता भएको दुई बर्ष भित्र उक्त पक्की पुलको निर्माण कार्य करिब अन्तिम चरणमा पुगेको हो। गत असार मसान्तसम्म पुलको निमार्ण कार्य सम्पन्न गर्ने लक्ष्य राखिए पनि बर्षातको समयमा सामान ढुवानीमा समस्या हुँदा काममा ढिलासुस्ती भएको हो।२०८० मंसिर २९ गते ठेक्का सम्झौता भएको उक्त पुलको निमार्ण कार्य अहिले करिब ९० प्रतिशत पूरा भएको छ । ५ करोड ३४ लाख १० हजार ९१८ रुपैँया लागतमा आईएस पावर अफ जेभी निर्माण कम्पनीले २०८० मंसिर २९ गते पुल निमार्णको ठेक्

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 385 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९२ रुपैयाँ ४० पैसा र बिक्रीदर १९३ रुपैयाँ २० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ २२ पैसा र बिक्रीदर १८१ रुपैयाँ ९८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ २१ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६० पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ५२ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९५ पैसा

    • प्रकाशित मितिः पुस ४, २०८२
    • 170 पटक पढिएको
  • एड्भेन्चर ह्वाइट माउन्टेनद्वारा नयाँ पदयात्रा तथा साहसिक प्याकेज सार्वजनिक

    काठमाडौं— देशको साहसिक यात्रा क्षेत्रमा महत्वपूर्ण भुमिका निर्वाह गरिरहेको एड्भेन्चर ह्वाइट माउन्टेनले नयाँ पदयात्रा र साहसिक प्याकेजहरू सावर्जनिक गरेको छ ।विश्वभरका पदयात्रीहरूलाई आकर्षित गराउन परिष्कृत यात्रा कार्यक्रमहरू, विलासी र प्रामाणिक हिमालयी अनुभवहरूमा गहिरो ध्यान केन्द्रित गर्दै नयाँ पदयात्रा र साहसिक प्याकेजहरू एड्भेन्चर माउन्टेनले सावर्जनिक गरेको हो । नयाँ प्याकेजहरूले अनुभवी अन्वेषकहरू र आराममा सम्झौता नगरी नेपालको प्राकृतिक भव्यताको स्वाद खोज्नेहरू दुवैलाई पूरा गर्ने ह्वाइट माउन्टेनले जनाएको छ ।नेपालको पर्यटन क्षेत्र विगतका समस्याहरुबाट मुक्त हुँदै गर्दा पदयात्रा यसको महत्वपूर्ण

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 404 पटक पढिएको
  • अर्थमन्त्री खनाल भन्छन् कर एवम् राजस्व वृद्धिले अर्थतन्त्र चलायमान भएको संकेत गर्छ

    काठमाडौं— अर्थमन्त्री रामेश्वर खनालले पछिल्लो तीन महिनाको अवधिमा करिब करिब १० प्रतिशतको हाराहारीमा कर एवम राजस्व वृद्धि भएको बताएका छन् । विहीबार काठमाडौंमा आयोजित गोरखापत्र डिस्कोर्समा उनले आर्थिक गतिविधि लयमा फर्किएको भन्दै असोज, कार्तिक, मंसिर र पुषको आजको अवधिसम्म आइपुग्दा करिब १० प्रतिशतको हाराहारीमा कर, राजस्व वृद्धि भएको बताए ।उनले भने, ‘अर्थतन्त्रमा आर्थिक गतिविधिहरु चलायमान छन् कि छैनन्, उत्पादनका कामहरु बढेका छन् कि छैनन्, आम उपभोक्ताको मनोबल बढेको छ कि छैन भन्ने सूचकहरु मूलभूत रुपमा सरकारको कर र राजस्व संकलन साथै भन्सारमा भइरहेको संकलनले संकेत गर्छ । यि सबै हेर्दा गएको तीन महिनाको अ

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 375 पटक पढिएको
  • मुलुक अब आर्थिक निर्माणको दिशामा अघि बढाउनुपर्छः मन्त्री खरेल

    काठमाडौ— नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकलाई अब आर्थिक निर्माणको दिशामा अघि बढाउनुपर्ने आवश्यकता औँल्याएका छन् । बिहीबार गोरखापत्र संस्थानद्वारा आयोजित ‘गोरखापत्र डिस्कोर्स’ उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री खरेलले देशको समग्र विकासका लागि यस्ता विमर्श उपयोगी हुने बताए ।उनले जेन–जी जनआन्दोलनपछि मुलुकले ठूलो मानवीय र भौतिक क्षति बेहोर्नुपरेको उल्लेख गर्दै करिब ७६ जनाले ज्यान गुमाएको, २५ सयभन्दा बढी व्यक्ति घाइते भएको र ८४ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको जानकारी दिए । यस्तो अवस्थामा व्यापक पुनर्निर्माण आवश्यक रहेको उनको भनाइ थियो ।उनले भने, ‘

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 346 पटक पढिएको
  • साकोस शिखर गोष्ठी सुरु, सहकारी अभियान सुदृढ बनाउन रणनीतिक उन्नयनमा जोड

    काठमाडौ—  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को अवसरमा ‘सदृढ अभियान सुनिश्चितताका लागि रणनीतिक उन्नयन र नियामकीय अनुकूलन’ विषयक दुईदिने साकोस शिखर गोष्ठी–२०८२ सुरु गरेको छ । बिहीबारदेखि सुरु भएको गोष्ठी शुक्रबारसम्म सञ्चालन हुनेछ । उद्घाटन कार्यक्रममा बोल्दै नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले साकोस अभियानले समग्र सहकारी क्षेत्रलाई मार्गदर्शन गर्दै आएको उल्लेख गरे ।उनले सहकारी अभियानको इतिहास, वर्तमान र भविष्यलाई सुदृढ बनाउन साकोस शिखर गोष्ठीले महत्वपूर्ण भूमिका खेलेको बताए ।अध्यक्ष ढकालले सहकारी क्षेत्रप्रति देखिँदै आएको नकारात्म

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 347 पटक पढिएको
  • सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको हो । बिहीबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बुधबार छापावाल प्रतितोला २ लाख ५९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।  

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 387 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा