आर्थिक

    Showing १९१-२०० of ४,५१९ items.
  • २४ खर्बको व्यापार, तर १८ खर्बको घाटा ! आयातको भारी, निर्यात अझै कमजोर

    काठमाडौं । नेपालको वैदेशिक व्यापारले नयाँ कीर्तिमान बनाएको छ। गत आर्थिक वर्ष २०८२÷८३ मा कुल वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ। तर यो उपलब्धिसँगै अर्को चिन्ताजनक तथ्य पनि सार्वजनिक भएको छ—देशको व्यापार घाटा १७ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ। अर्थात् नेपालले विदेशबाट किन्ने वस्तु अत्यधिक बढिरहँदा बेच्ने क्षमता अझै कमजोर नै देखिएको छ।भन्सार विभागका अनुसार गत आर्थिक वर्ष नेपालले २० खर्ब ९६ अर्ब रुपैयाँको वस्तु आयात गर्दा ३ खर्ब १५ अर्ब रुपैयाँ बराबरको मात्रै निर्यात गर्न सफल भएको छ। निर्यातमा वृद्धि भए पनि आयातको तुलनामा त्यो निकै न्यून रहेको तथ्यांकले देखाउँछ।नेपालको निर्यातमा सबैभन

    • प्रकाशित मितिः साउन ७, २०८३
    • ५१६ पटक पढिएको
  • एक वर्षमा ३९ अर्ब ८९ करोडको धानचामल आयात

    काठमाडौं । कृषिप्रधान देश भनेर चिनिने नेपालमा धान उत्पादन हुने जमिन वर्षेनी घट्दै जाँदा विदेशी चामलप्रतिको निर्भरता भने झन् बढ्दै गएको छ। भर्खरै सकिएको आर्थिक वर्ष २०८२र८३ मा मात्रै नेपालले धान र चामल किन्न करिब ३९ अर्ब ९० करोड रुपैयाँ विदेश पठाएको छ। स्वदेशमै उत्पादन बढाउन नसक्दा खेतबारी बाँझिने र बजार विदेशी चामलले भरिने अवस्था झन् गहिरिँदै गएको देखिएको छ।भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष नेपालले ७ लाख ४१ हजार ७०३ टन धान तथा चामल आयात गरेको छ। समग्र आयातमा अघिल्लो वर्षको तुलनामा सामान्य कमी आए पनि तयारी चामलको आयात भने उल्टै बढेको छ।तथ्यांकले कच्चा धानको आयात घटेको तर बजारमा सिधै उ

    • प्रकाशित मितिः साउन ७, २०८३
    • ९४ पटक पढिएको
  • साउनदेखि लागू भनिएको बिजुली भ्याट असारकै बिलमा, उपभोक्ता आक्रोशित

    काठमाडौं । सरकारले ५० युनिटभन्दा बढी विद्युत् खपतमा १ साउनदेखि ५ प्रतिशत भ्याट लागू गर्ने घोषणा गरे पनि नेपाल विद्युत् प्राधिकरणले असारमा उपभोग भएको विद्युतको बिलमै भ्याट जोड्न थालेपछि विवाद चर्किएको छ। नयाँ कर पुरानो खपतमा किन लगाइयो भन्ने प्रश्न उठेपछि प्राधिकरण र कर प्रशासनको व्याख्या पनि फरक–फरक देखिएको छ।सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत १ साउनदेखि ५० युनिटभन्दा बढी विद्युत् खपतमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने व्यवस्था गरेको थियो। तर, साउनमा जारी भएका केही विद्युत् बिलमा असार महिनाको खपतमा समेत भ्याट जोडिएपछि उपभोक्ताले विरोध जनाएका छन्। सामाजिक सञ्जालमा धेरै उपभोक्ताले

    • प्रकाशित मितिः साउन ७, २०८३
    • २९४ पटक पढिएको
  • अडिटको नाममा १२ लाखको ‘डिल’, ५ लाख घुस बुझ्दै कर अधिकृत रंगेहात पक्राउ

    सिरहा । कर परीक्षणको नाममा सेवाग्राहीसँग लाखौँ रुपैयाँ घुस मागेको आरोपमा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाल अख्तियारको फन्दामा परेका छन्। ५ लाख रुपैयाँ घुस बुझ्दै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई कार्यालयभित्रै रंगेहात पक्राउ गरेको हो।स्रोतका अनुसार आर्थिक वर्ष २०७८-७९ को पूर्ण कर परीक्षण ९फुल अडिट० गरिरहेको एक कम्पनीसँग पालले सुरुमा १२ लाख रुपैयाँ मागेका थिए। रकम दिए कर परीक्षण सहज बनाइदिने र माथिल्लो तहका कर्मचारीलाई पनि मिलाउनुपर्ने भन्दै उनले आर्थिक लेनदेनको प्रस्ताव राखेको आरोप छ।कम्पनीले आर्थिक अवस्था कमजोर रहेको बताएपछि कथित ‘बार्गेनिङ’ हुँ

    • प्रकाशित मितिः साउन ७, २०८३
    • ३६५ पटक पढिएको
  • नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व सीईओ रिमाल पक्राउ, अदालतमा उपस्थित

    काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडका तत्कालीन प्रमुख कार्यकारी अधिकृत ९सीईओ० मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन्।केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले उनलाई काठमाडौं महानगरपालिका–७ सिफल क्षेत्रबाट नियन्त्रणमा लिएको हो। उनी बीमा ऐन, २०७९ तथा धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गत दर्ता भएको मुद्दामा फरार प्रतिवादीका रूपमा खोजीमा रहेका थिए।सिआइबीका अनुसार रिमालको नाम दिपक भट्टसँग सम्बन्धित मुद्दामा जोडिएको छ। जिल्ला अदालत काठमाडौंमा जेठ २८ गते मुद्दा दायर हुँदा उनी फरार रहेकाले फरार प्रतिवादीकै रूपमा अभियोगपत्र पेश गरिएको थियो।लामो समयदेखि सम्पर्कविहीन रहेका रिमाललाई पक्राउ गरेपछि प्रहर

    • प्रकाशित मितिः साउन ७, २०८३
    • २६० पटक पढिएको
  • झापाका १८ परिवारको दशकौँदेखिको प्रतीक्षा अन्त्य, आफ्नै नाममा पाए लालपुर्जा

    काठमाडौं । झापाको अर्जुनधारामा लामो समयदेखि अव्यवस्थित रूपमा बसोबास गर्दै आएका १८ परिवारले अन्ततः आफ्नै नाममा जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) प्राप्त गरेका छन्। लालपुर्जा वितरणसँगै ती परिवार कानुनी रूपमा आफ्नो जग्गाको स्वामित्व स्थापित गर्न सफल भएका छन्।जिल्ला भूमि समस्या समाधान समिति झापाले बिहीबार विशेष कार्यक्रममार्फत १८ परिवारलाई जग्गाधनी पुर्जा हस्तान्तरण गरेको हो। वर्षौँदेखि स्वामित्वविहीन अवस्थामा बस्दै आएका स्थानीयका लागि यो निर्णय महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। भूमि व्यवस्था मन्त्रालयका अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान सरकारको

    • प्रकाशित मितिः साउन ७, २०८३
    • १९१ पटक पढिएको
  • विद्युत् व्यापारमा नेपालको ऐतिहासिक फड्को, एक वर्षमै १८ दशमलव ७६ अर्ब रुपैयाँ खुद बचत

    काठमाडौं / नेपालले विद्युत् व्यापारमा पहिलो पटक उल्लेखनीय व्यापार बचत हासिल गर्दै ऊर्जा क्षेत्रमा नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/०८३ को क्रस–बोर्डर विद्युत् आयात–निर्यात तथ्यांकअनुसार भारत र बंगलादेशसँगको विद्युत् व्यापारबाट नेपालले १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ खुद व्यापार बचत नेट ट्रेड सरप्लस गरेको छ । यो अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को तुलनामा ३१३ प्रतिशत बढी हो। आर्थिक वर्ष २०८१/०८२ मा विद्युत् व्यापारबाट नेपालको खुद बचत चार अर्ब ५३ करोड ५७ लाख रुपैयाँ रहेको थियो ।तथ्यांकअनुसार समीक्षा वर्ष २०८२/०८३ मा नेपालले भारत तथा बंगलाद

    • प्रकाशित मितिः साउन ७, २०८३
    • १४३ पटक पढिएको
  • यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १५४ रुपियाँ २१ पैसा र बिक्रीदर १५४ रुपियाँ ८१ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ८८ पैसा र बिक्रीदर १७६ रुपियाँ ५६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपियाँ १९ पैसा र बिक्रीदर २०७ रुपियाँ ०० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपियाँ ७९ पैसा र बिक्रीदर १९० रुपियाँ ५२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपियाँ ८६ पैसा र बिक्रीदर १०८ रुपियाँ २८ पैसा तोकिएको छ । राष्ट्र बैंकले क्यानेडियन ड

    • प्रकाशित मितिः साउन ७, २०८३
    • ३१९ पटक पढिएको
  • बैंकिङ कसुरमा व्यावसायी शंकर अग्रवाल पक्राउ

    काठमाडौं । चर्चित उद्योगपति तथा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार काठमाडौंको डिल्लीबजार क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको हो।सीआईबीका अनुसार अग्रवालविरुद्ध बैंकिङ कसुरको मुद्दा उच्च अदालत पाटनमा विचाराधीन रहेको छ। सोही मुद्दाको प्रक्रियाअन्तर्गत पक्राउ गरिएका उनलाई आवश्यक कानुनी कारबाहीका लागि अदालतमा उपस्थित गराइएको छ।प्रहरीले पक्राउको पुष्टि गर्दै मुद्दा न्यायिक प्रक्रियामै रहेकाले अनुसन्धान र अदालतको आदेशअनुसार थप प्रक्रिया अघि बढ्ने जनाएको छ।उद्योग तथा व्यापारिक क्षेत्रमा परिचित

    • प्रकाशित मितिः साउन ६, २०८३
    • २६८ पटक पढिएको
  • पलाँता सडक निर्माणमा पुर्वगाउँपालिका उपाध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता

    काठमाडौं । कालीकोटको पलाँता गाउँपालिकामा आठ वर्षअघि निर्माण गरिएको सडक योजनामा कम काम गरेर बढी काम भएको देखाउँदै सरकारी रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जनप्रतिनिधि, कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।अख्तियारका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा सञ्चालन गरिएको बेलकेढुङ्गा–लेखनवाडा–दुर्सी पागोटी सडक निर्माणका लागि ४० लाख रुपैयाँ बजेट छुट्याइएको थियो। कागजमा १,२०० घनमिटर ग्याभिन जाली भरिएको उल्लेख गरी कार्यसम्पन्न प्रतिवेदन तयार पारियो र त्यसकै आधारमा ३८ लाख रुपैयाँभन्दा बढी भुक्तानी गरियो।तर, अख्त

    • प्रकाशित मितिः साउन ६, २०८३
    • २४९ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.