आर्थिक

    Showing ४१-५० of ४,५१९ items.
  • पूर्वाधार विकासमा निजी लगानी बढाउन कानुनी, नीतिगत र वित्तीय सुधार आवश्यक

    काठमाडौं । पूर्वाधार विकासमा निजी क्षेत्रको लगानी बढाउन कानुनी, नीतिगत तथा वित्तीय वातावरणमा सुधार आवश्यक रहेको संघीय संसद्को पूर्वाधार विकास समिति बैठकको निष्कर्ष छ ।सोमबार बसेको बैठकमा लगानी बोर्डका सहसचिव नवीनराज सिंहले जलविद्युत् क्षेत्रमा निजी क्षेत्रको लगानी उल्लेख्य रूपमा बढिसकेको उदाहरण दिँदै सडक लगायत अन्य पूर्वाधारमा पनि निजी लगानी आकर्षित गर्न आवश्यक वातावरण बनाउनुपर्ने बताएका हुन् ।बैठकमा सांसद राजु पाण्डेले लगानी बोर्डले लगानीका लागि सम्भावित क्षेत्र पहिचान गरी निजी क्षेत्रलाई आह्वान गर्ने हो वा निजी क्षेत्रले प्रस्ताव गरेका आयोजनामा सहजीकरण गर्ने हो भन्ने विषयमा प्रश्न गरेका थिए

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • १९९ पटक पढिएको
  • प्रभु सेलेक्ट र प्रभु स्मार्ट फन्डले घोषणा गरे १२ प्रतिशत प्रतिफल

    काठमाडौं । प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुई बन्दमुखी सामूहिक लगानी योजनाले आर्थिक वर्ष २०८२÷८३ का लागि इकाइधनीलाई १२ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेका छन् ।प्रभु बैंक लिमिटेड कोष प्रवद्र्धक तथा प्रभु क्यापिटल योजना व्यवस्थापक रहेको प्रभु सेलेक्ट फन्ड र प्रभु स्मार्ट फन्डले समान रूपमा १२ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने निर्णय गरेका हुन् ।प्रभु क्यापिटलको भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले दुवै योजनाका इकाइधनीलाई उक्त दरमा प्रतिफल वितरण गर्ने निर्णय गरेको जनाएको छ । प्रतिफल वितरणसम्बन्धी प्रस्ताव नियामकीय प्रक्रिया पूरा भएपछि सम्बन्धित इकाइधनीलाई उपलब्ध गराइने कम्पनीले जनाएक

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • १४३ पटक पढिएको
  • आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न ठमेल प्लाजा होटलले बोलायो साधारण सभा

    काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइट्स लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) सम्बन्धी विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा आह्वान गरेको छ ।कम्पनीको साउन २७ गते बसेको सञ्चालक समितिको बैठकले भदौ ३१ गते बिहान ९ बजे काठमाडौंस्थित कम्पनीको सभाकक्षमा साधारण सभा गर्ने निर्णय गरेको हो । सभामा कम्पनीको आईपीओ निष्कासन सम्बन्धी प्रस्ताव पारित गरिनेछ ।साथै, आईपीओ प्रक्रियाका क्रममा नियामक निकायबाट प्रबन्धपत्र तथा नियमावली संशोधन, थपघट वा अन्य कुनै परिवर्तन गर्न निर्देशन प्राप्त भएमा सोहीअनुसार आवश्यक निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पेश गरिनेछ ।त्यस

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • १३७ पटक पढिएको
  • विद्युत व्यापारमा खुला पहुँचः कहिलेदेखि होला पूर्ण कार्यान्वयन ?

    काठमाडौं । नेपालको विद्युत क्षेत्रलाई प्रतिस्पर्धी बनाउँदै निजी क्षेत्र र ठूला उपभोक्तालाई विद्युत प्रसारण तथा वितरण प्रणालीमा सिधै पहुँच दिने ‘खुला पहुँच’को अवधारणा कार्यान्वयनको दिशामा विद्युत नियमन आयोगले सक्रियता बढाएको छ ।गत पुस महिनामा जारी भएको ‘विद्युत प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच सम्बन्धी निर्देशिका, २०८२’ लाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउन आयोगले हालै थप दुईवटा सहायक निर्देशिकाका मस्यौदाहरू सार्वजनिक गरेको छ । आयोगले ‘गुनासो समाधान सम्बन्धी निर्देशिका, २०८३’ र ‘ब्यालेन्सिङ तथा सेटलमेन्ट सम्बन्धी निर्देशिका, २०८३’ लाई सरोकारवालाको रायका लागि खुला गरेसँगै अब खुला पहुँचको का

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • १८८ पटक पढिएको
  • ऋणको बोझले थलिएका पीडितको एउटै आवाज : ‘अब अत्याचार बन्द होस्’

    काठमाडौं । बैंक, लघुवित्त, सहकारी र मिटरब्याजको ऋणबाट पीडित नागरिकले काठमाडौंमा आफ्ना पीडा सुनाउँदै ऋण असुलीका नाममा हुने दबाब, सम्पत्ति लिलामी र चर्को ब्याज अन्त्य गर्न सरकारसँग माग गरेका छन् ।ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोगबाहिर लामो समय धर्नामा बसेका पीडितहरूले आफूहरू वर्षौंदेखि ऋणको चक्रमा फसेको गुनासो गरेका छन् । सरकारसँग १४ बुँदे सहमति भएपछि लघुवित्तका केही पीडित घर फर्किए पनि बैंक, सहकारी र मिटरब्याजबाट पीडितहरूले समस्या समाधान नभएसम्म संघर्ष जारी रहने बताएका छन् ।पीडित नरेश हरिजनले सहकारीबाट पाँच लाख रुपैयाँ ऋण लिँदा आफूले चार लाख ६० हजार रुपैयाँ मात्रै हातमा पाएको र बाँकी रकमक

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • २२२ पटक पढिएको
  • मार्जिन कारोबार विस्तार गर्न दुई ब्रोकरले ३ अर्ब ऋण लिँदै, आम्दानी विविधीकरणमा केन्द्रित

    काठमाडौं । नेपालका दुई ठूला धितोपत्र ब्रोकर कम्पनीले मार्जिन कारोबार सेवा विस्तार गर्ने उद्देश्यले बैंकबाट ३ अर्ब रुपैयाँ बराबरको ऋण लिने प्रक्रिया अघि बढाएका छन् ।दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रालि र कलश स्टक मार्केट प्रालिले अल्पकालीन बैंक कर्जाका लागि क्रेडिट रेटिङ गराएसँगै ऋण लिने बाटो खुलेको हो । परम्परागत रूपमा ब्रोकर कमिसनमा मात्र निर्भर रहँदै आएका यी कम्पनीहरूले पछिल्लो समय ब्याज आम्दानीमार्फत आयको स्रोत विविधीकरण गर्न मार्जिन कर्जा प्रवाहलाई प्राथमिकतामा राखेका हुन् ।पन्ध्र वर्षदेखि बजारमा सक्रिय दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजले २ अर्ब रुपैयाँको अल्पकालीन ऋण स

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • १७३ पटक पढिएको
  • सुनको भाउ फेरि उकालो, तोलामै २८ सय बढ्यो

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार बढिरहेको छ । आइतबार सुनको भाउ प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेर ३ लाख १९ हजार ५ सय रुपैयाँ पुगेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार ३ लाख १९ हजार ५ सय रुपैयाँ पुगेको हो । यसअघि शुक्रबार पनि सुनको मूल्य प्रतितोला ३ हजार ३ सय रुपैयाँले बढेको थियो ।यससँगै लगातार दुई कारोबार दिनमा सुनको मूल्य प्रतितोला ६ हजार १ सय रुपैयाँले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य उच्च रहेको छ । आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ६ सय ४ अमेरिकी डलरमा कारोबार भइरहेक

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • १६९ पटक पढिएको
  • सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौं / नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलमा ३३ सय रुपैयाँले बढेर ३ लाख १६ हजार ७ सय रुपैयाँमा कारोवार भैइरहेको छ । बिहीबार प्रतितोला सुन ३ लाख १३ हजार ४०० रुपैयाँमा कारोवार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि बढेको छ । महासंघले चाँदीको मूल्य प्रतितोला १३० रुपैयाँले बढाएर ४ हजार ९८५ रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • २४४ पटक पढिएको
  • अकबरे खुर्सानी खेतीबाट लाखौँ कमाउँदै मोतीबहादुर सारू मगर

    रामेछाप / कुनै बेला गोलभेँडा खेतीबाट रामेछाप जिल्लामा स्थापित भएका मन्थली नगरपालिका–८ चिसापानीका कृषक मोतीबहादुर सारू मगर अहिले अकबरे खुर्सानीको खेतीमा लागेका छन् । तरकारी र गोलभेँडा भन्दा अकबरे खुर्सानीबाट राम्रो आम्दानी हुन लागेपछि मोतीबहादुर अकबरे खुर्सानीको खेतीमा लागेका हुन् । गोलभेँडा तथा अन्य तरकारी खेती भन्दा खुर्सानीमा लगानी र मेहनत पनि काम लाग्ने भएकोले यता लागेको उनी बताउँछन् । ‘गोलभेँडालाई टनले राख्नु पर्यो, अन्य तरकारीमा रोग किरा पनि बढी लाछ, तर खुर्सानी खुल्ला बारीमा लगाउन मिल्यो, एक पटक लगाएपछि तीन÷चार वर्षसम्म आम्दानी दिन्छ, बजार भाउ पनि राम्रो छ, आलो बिक्री भएन

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • २०८ पटक पढिएको
  • अनुदान र सहुलियतपूर्ण ऋण एउटै डालोमा राख्न मिल्दैन: अर्थमन्त्री वाग्ले

    काठमाडौं / अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालमा आउने वैदेशिक सहायता, अनुदान र सहुलियतपूर्ण ऋणलाई एउटै दृष्टिकोणबाट हेर्दा भ्रम सिर्जना भएको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिको बैठकमा नेपाललाई प्राप्त हुने वैदेशिक सहायताको लेखापरीक्षण सम्बन्धमा छलफल गर्दै अर्थमन्त्री वाग्लेले यस वर्षको बजेटमा वैदेशिक ऋण र अनुदानको यथार्थ अवस्थाबारे स्पष्ट पारेका हुन् । उनले विगतमा बजेटमा ठूलो परिमाणमा अनुदान आउने अनुमान गरिए पनि वास्तविक प्राप्ति निकै कम हुने गरेको बताए । उनले भने, ‘यस वर्ष २१ सय २४ अर्बको बजेटमा ऋण लिने भनेको जम्मा २४८ अर्ब मात्र हो, वैदेशिक ऋण। र अनुदानमा

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • २५५ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.