आर्थिक

    Showing 51-60 of 3,293 items.
  • माघे संक्रान्तिको पूर्वसन्ध्यामा थारु संस्कृतिको अनुपम झल्को

    बाँके— माघे सङ्क्रान्तिको पूर्वसन्ध्यामा बाँकेको बैजनाथ गाउँपालिका–३ सुतैहिया गाउँमा ३६ गाउँका थारु समुदायको सहभागितामा भव्य सांस्कृतिक नाच प्रस्तुत गरिएको छ ।परम्परागत वेशभूषा, लोकधुन र सामूहिक नृत्यमार्फत थारु समुदायको मौलिक संस्कार, संस्कृति र ऐतिहासिक पहिचान झल्काइएको थियो ।थारु समुदायका लागि माघे सङ्क्रान्ति वर्षकै प्रमुख पर्व मानिन्छ । यो पर्व सामाजिक एकता, पारिवारिक मेलमिलाप र सांस्कृतिक चेतनासँग गहिरो रूपमा जोडिएको छ । सो अवसरमा युवायुवतीदेखि ज्येष्ठ नागरिकसम्मले ढोल, मादल र झ्यालीको तालमा नाच प्रस्तुत गर्दै सदियौँदेखि चल्दै आएको परम्परालाई निरन्तरता दिएका थिए ।कार्यक्रममा स्थानीय जनप्

    • प्रकाशित मितिः पुस २७, २०८२
    • 353 पटक पढिएको
  • इक्यान निर्वाचन २०८२ः अध्यक्षका उम्मेदवार भुसालद्वारा २६ एजेन्डा सार्वजनिक

    काठमाडौं— नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी निर्वाचन २०८२ का लागि अध्यक्ष पदका उम्मेदवार दिपकराज भुसालले २६ वटा एजेन्डा सार्वजनिक गरेका छन् । इक्यानको विकास र शैक्षिक परामर्श क्षेत्रको सुदृढीकरणका लागि भुसालले ती एजेन्डाहरु सावर्जनिक गरेका हुन् ।इक्यान निर्वाचन २०८२ का लागि आफ्नो समूहको उम्मेदवार घोषणा सभामा भुसालले शैक्षिक परामर्श क्षेत्रको व्यवस्थापन, बजार व्यवस्थापन, शाखा विस्तार, नीतिगत सुधार तथा इक्यानलाई अन्तर्राष्ट्रिय रूपमा परिचित गराउने विषयलाई प्राथमिकतामा राखेर एजेन्डा तयार गरिएको बताए ।उनले भने, “२०२६ को आगमनसँगै हाम्रो समूहले २६ वटा एजेन्डा सार्वजनिक गरेको छ । यी एजेन्डा

    • प्रकाशित मितिः पुस २७, २०८२
    • 354 पटक पढिएको
  • सुनको मूल्य बढ्यो

    काठमाडौं— नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।आइतबार छापावाल सुनको मूल्य तोलामा २८ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुन २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।यसअघि शुक्रबार छापावाल सुन तोलामा दुई लाख ६७ हजार ८०० कायम थियो ।यस्तै, चाँदीको मूल्य पनि तोलामा २१० रुपैयाँले बढेको छ । यससँगै एक तोला चाँदीको मूल्य ४ हजार ९ सय ९० रुपैयाँ पुगेको छ । यसअघि शुक्रबार चाँदीको मूल्य तोलाको चार हजार ७ सय ८० रुपैयाँ कायम थियो ।

    • प्रकाशित मितिः पुस २७, २०८२
    • 335 पटक पढिएको
  • बाजुराको दानासाँघु खोलामा एकैसाथ दुई पुल निर्माण हुँदै

    बाजुरा— बाजुराको दानासाँघु खोलामा एकैसाथ पक्की र बेलिब्रिज पुल निर्माण भइरहेका छन् । बाजुराको मार्तडी–कोल्टी सडकखण्डको बुढीनन्दा नगरपालिका– २ अन्तर्गत पर्ने दानासाँघु खोलामा वेलिब्रिज र २५ मिटर लामो मोटरेवल पक्की पूल एकसाथ निर्माण कार्य शुरु भएको हो ।पक्की पूल बन्न समय लाग्ने भएकाले उक्त समय सम्म स्थानियलाई आवतजावतमा सहजता दिनका लागि बेलिब्रिज निर्माणको कार्यपनि एकैसाथ शुरु गरिएको बुढिनन्दा नगरपालिकाका नगर उप–प्रमुख राम बहादुर बोहराले जानकारी दिए ।बोहराले बेलिब्रिजको शिलान्यास गरेको तीन दिन पछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पक्की पुलको शिलान्यास गरेका हुन् । वर्षौंदेखि यस ख

    • प्रकाशित मितिः पुस २७, २०८२
    • 388 पटक पढिएको
  • क्यासिनोमा २ लाखभन्दा बढी खर्च गर्ने ग्राहकको विवरण अभिलेख राख्न अनिवार्य

    काठमाडौं— क्यासिनोमा आएर २ लाख रुपैयाँभन्दा बढी रकम खर्च गर्ने ग्राहकको विवरण संकलन गरी अभिलेख राख्न क्यासिनो सञ्चालकहरूलाई अनिवार्य गरेको छ । क्यासिनो कारोबारलाई पारदर्शी, उत्तरदायी र कानूनसम्मत् बनाउन उक्त प्रावधान लागू गरिएको पर्यटन विभागले जनाएको छ ।विभागले क्यासिनो व्यवसायीहरूलाई जारी गरेको ‘निर्देशन, २०८२’ संशोधन गर्दै यो व्यवस्था लागू गरेको हो । संशोधित निर्देशनअनुसार तोकिएको सीमा भन्दा बढी खर्च गर्ने ग्राहकको पहिचान, खर्च विवरण तथा आवश्यक अभिलेख सुरक्षित राख्नुपर्ने निर्देशनमा उल्लेख गरिएको छ ।विभागले यो व्यवस्था सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी जोखिम

    • प्रकाशित मितिः पुस २७, २०८२
    • 284 पटक पढिएको
  • यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ २२ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ८० पैसा र बिक्रीदर १०४ रुपैयाँ २३ पैसा, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ६५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ३५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९३ रुपैयाँ ९० पैसा तोकिएको छ ।यस्तै, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ९० पैसा र बिक्रीदर ११२ रुपैयाँ ३७ पैसा, स

    • प्रकाशित मितिः पुस २७, २०८२
    • 45 पटक पढिएको
  • ह्युमनोइड रोबोटिक्सः अब वालबच्चा र वृद्धहरूको हेरचाह

    एजेन्सी— वार्षिक रुपमा अमेरिकाको लस भेगासमा आयोजना हुने विश्वको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स शो अर्थात प्राविधिक प्रदर्शनी ‘सिइएस’मा चिनिया मानवरूपी रोबोटहरू प्राथमिकतामा परेका छन् ।टीसिएलको एमी रोबले घुम्न र अभिनय गर्न पर्याप्त बुद्धिमत्ता प्रदर्शन गर्ने गरेको निर्माताहरुको भनाइ छ । जसले धेरैको ध्यान तानिरहेको छ । चीनको शेन्जेनका ह्युमनोइड रोबोटिक्सले मान्छेले जस्तै सबै काम गर्न सक्नेगरी निर्माण गरिएका छन् ।निर्माण कम्पनी एजिबोटका प्रवन्धक सन किनका अनुसार रोबोट धेरै लचिलो हुने गरेको र त्यसले मनोरञ्जन, कार्यक्रम र शिक्षामा ध्यान केन्द्रित गर्दछ । उनका अनुसार अर्को चरणमा मानिसको घरमा बच्चाको हे

    • प्रकाशित मितिः पुस २५, २०८२
    • 350 पटक पढिएको
  • कल्पना बस्नेतको नेतृत्वमा अपाङ्गता भएका बालबालिकाको भविष्य निर्माण

    काठमाडौं— अपाङ्गता तथा विकाससम्बन्धी समस्या भएका बालबालिकालाई सानै उमेरदेखि पहिचान गरी आत्मनिर्भर बनाउने उद्देश्यसहित बाल भौतिक चिकित्सक कल्पना बस्नेतले विगत २० वर्षदेखि निरन्तर काम गर्दै आएकी छन् ।काठमाडौं महानगरपालिका वडा नम्बर २०, रामघाटमा अवस्थित अर्ली इन्टरभेन्सन सेन्टरमार्फत उनले प्रारम्भिक हस्तक्षेप लाई उपचारको मूल आधार बनाएकी छन् ।यो सेन्टरमा छ सात महिनाको शिशुदेखि पाँच वर्षसम्मका बालबालिकालाई लक्षित गरी थेरापी सेवा दिइन्छ । बच्चाको अवस्था, कमजोरी र आवश्यकताको विस्तृत मूल्याङ्कन पछि लक्ष्य निर्धारण गरेर थेरापी सुरु गरिन्छ । बोल्न गाह्रो हुने, सेन्सरी इस्यु, व्यवहारगत समस्या देखिने बालब

    • प्रकाशित मितिः पुस २५, २०८२
    • 340 पटक पढिएको
  • सुनको मूल्य बढ्यो, चाँदीको मूल्य घट्यो

    काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला २ हजार एक सय रुपैयाँले सुनको मूल्य बढेको हो ।आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६७ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।बिहीबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६५ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।यसैगरी चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य ५५ रुपैयाँले घटेको हो।बिहीबार चाँदी प्रतितोला ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज घटेर प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः पुस २५, २०८२
    • 334 पटक पढिएको
  • सालपा विकास बैंकको आईपीओ बाँडफाँटः ९ जना भाग्यशालीले प्राप्त गरे ११ कित्ता

    काठमाडौं— सालपा विकास बैंक लिमिटेडको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट आज सम्पन्न भएको छ । बैंकले सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरिएको हो ।बैंकले पुस १६ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १४ लाख ३९ हजार १७९ कित्ता साधारण शेयर निष्कासन गरेको थियो, जसको कुल मूल्य १४ करोड ३९ लाख १७ हजार ९०० रुपैयाँ रहेको छ । उक्त आईपीओमा २३ लाख २ हजार ८४३ जना लगानीकर्ताले २ करोड ५९ लाख ३४ हजार ९३० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए । जसमध्ये २२ लाख ६५ हजार ९५५ आवेदन स्वीकृत भएको बैंकले जनाएको छ भने बाँकी आवेदन रद्द भएका छन् ।निष्कासन गरिएको शे

    • प्रकाशित मितिः पुस २५, २०८२
    • 337 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा