भैरहवा / रुपन्देहीमा राहदानी सेवा लिने नागरिकको संख्या उल्लेख्य रूपमा बढेको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीको आर्थिक वर्ष २०८२ र ८३ को वार्षिक प्रगति विवरणअनुसार एक वर्षमा २४ हजार ५३५ जनाले राहदानीका लागि आवेदन दिएका छन्। राहदानी शुल्कबाट मात्रै कार्यालयले ९ करोड ४६ लाख ७१ हजार ४५१ रुपैयाँ राजस्व संकलन गरेको छ। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याका अनुसार सो अवधिमा जिल्ला प्रशासन कार्यालयबाट १७ हजार १२३ र इलाका प्रशासन कार्यालय बुटवलबाट ७ हजार ४१२ राहदानी आवेदन दर्ता भएका हुन्।वार्षिक विवरणअनुसार २२ हजार ३४७ वटा राहदानी कार्यालयमा प्र
काठमाडौं / नेपाली बजारमा बिहीबार सुनको मूल्य एकैदिन तोलामा ९ हजार ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बिहीबार प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन सुन प्रतितोला ३ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि बढेको छ । महासंघले चाँदीको मूल्य प्रतितोला २६० रुपैयाँले बढाएर ४ हजार ८५५ रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले बेनी सेक्युरिटिज (ब्रोकर नं. ९३) लाई तीन कार्यदिनका लागि निलम्बन गरेपछि पुँजी बजारमा विवाद चर्किएको छ। ब्रोकरको गल्तीको असर निर्दोष लगानीकर्तामाथि परेको भन्दै सेयर बजार लगानीकर्ता संघले नेप्सेको निर्णयप्रति आपत्ति जनाएको हो।सीडीएस एन्ड क्लियरिङ लिमिटेडको सिफारिसमा नेप्सेले तोकिएको समयभित्र राफसाफ तथा फर्छ्योट नगरेको भन्दै ब्रोकरलाई निलम्बन गरेको थियो। तर सिफारिस र निलम्बनको निर्णय एउटै दिन गरिएको भन्दै संघले नियामकीय प्रक्रियामाथि नै प्रश्न उठाएको छ।संघका अनुसार निलम्बनसँगै हजारौँ ग्राहकको सेयर कारोबार प्रभावित भएको छ। ग्राहकको मौज्दात रकम, सेयरको सुरक्
काठमाडौं / नेपालका लागि डोङफेङ मोटर ग्रुपको आधिकारिक वितरक एमएडब्लु वृद्धिले नेपाली बजारमा नयाँ विद्युतीय एसयूभी ‘नामी भिगो ई–२’ सार्वजनिक गरेको छ। कम्पनीले उक्त गाडीको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकेको जनाएको छ। ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित कार्यक्रममा एमएडब्लु समूहका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल र डोङफेङका वैदेशिक क्षेत्रीय प्रबन्धक झु क्विङले संयुक्त रूपमा गाडीको अनावरण गरेका हुन्। कम्पनीका अनुसार चालु आर्थिक वर्षको बजेटमार्फत भन्सार महसुलमा भएको समायोजनबाट प्राप्त लाभ ग्राहकसम्म पुर्याउने उद्देश्यले गाडीको मूल्य प्रतिस्पर्धी राखिएको हो। एमएडब्लुका प्रबन्ध निर्दे
काठमाडौं / गत आर्थिक वर्ष २०८२ र ८३ मा विकास बैंकहरूको वित्तीय अवस्था उल्लेखनीय रूपमा सुधारिएको छ।खराब कर्जाको व्यवस्थापनमा सुधार, प्रोभिजनिङ खर्चमा कमी तथा ब्याज, शुल्क र कमिसन आम्दानी बढेसँगै विकास बैंकहरूको खुद नाफामा ठूलो वृद्धि देखिएको हो। १६ वटा विकास बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार उनीहरूले आर्थिक वर्ष २०८२ र ८३ मा कुल ९ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा कमाएका छन्। अघिल्लो आर्थिक वर्षमा यो नाफा ५ अर्ब ६७ करोड रुपैयाँ रहेको थियो, जसअनुसार नाफा करिब ६४ प्रतिशतले बढेको छ।नाफाका आधारमा गरिमा विकास बैंक पहिलो स्थानमा रहेको छ। बैंकले १ अर्ब ६८ करोड रुपैयाँ खुद नाफा कमाएको छ।
ताप्लेजुङ / ताप्लेजुङमा अवस्थित पाथीभरामा एक वर्षमा चार करोड ८२ लाख बढी भेटी संकलन भएको छ । गत साउन महिनादेखि असार महिना सम्ममा चार करोड ८२ लाख तीन हजार ८५५ रुपियाँ भेटी संकलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरण अनुसार गत साउन महिनामा दश लाख ३९ हजार रुपियाँ, भदौमा नौ लाख ९७ हजार रुपियाँ, असोजमा ३३ लाख ८२ हजार रुपियाँ भेटी संकलन भएको छ । यस्तै कार्तिक महिनामा ३४ लाख ४८ हजार ५०० रुपियाँ, मङ्सिरमा ७५ लाख ४९ हजार १०० रुपियाँ, पुस महिनामा २४ लाख २५ हजार रुपियाँ संकलन भएको छ । माघ महिनामा १८ लाख ४७ हजार ५०० रुपियाँ, फागुन ३१ लाख १० हजार रुपियाँ, चैत महिनामा ५८ लाख ४४ ह
काठमाडौं / आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट थप चार कम्पनीले अनुमति मागेका छन् । मकरीगाड हाइड्रोपावर लिमिटेड, कालिञ्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेड, इन्द्रेणी मसरुम फार्म लिमिटेड र मध्यपुर अस्पताल लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा आवेदन दिएका हुन् । यी चारवटै कम्पनीले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँमा आईपीओ निष्कासन गर्ने गरी अनुमति मागेका छन् । कम्पनीहरूले साउन महिनामै आवेदन दिए पनि सेबोनले आफ्नो वेबसाइटमार्फत हालै मात्र यसको जानकारी सार्वजनिक गरेको हो ।मकरीगाड हाइड्रोपावरले २२ लाख २७ हजार ५०० कित्ता आईपीओ निष्कासनका लागि साउन २२ गते आवेदन दिएको छ
काठमाडौं / वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हालै सार्वजनिक गरेको ‘असार महिनाको मूल्य विश्लेषण प्रतिवेदन’ ले बजारमा उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको देखाएको छ । प्रतिवेदनअनुसार गत वैशाख महिनाको तुलनामा असारमा खाद्यान्नदेखि तरकारीसम्मको मूल्यमा तीव्र वृद्धि हुँदा सर्वसाधारणको भान्छा निकै महँगो बनेको छ । विशेषगरी तरकारी बजारमा देखिएको उतारचढाव डरलाग्दो छ । विभागको तथ्याङ्कअनुसार असार महिनामा सानो स्थानीय गोलभेडाको मूल्यमा २ सय ५३ प्रतिशतको वृद्धि देखिएको छ । वैशाखमा सस्तो रहेको गोलभेडा असारसम्म आइपुग्दा प्रतिकिलो ६० रुपैयाँ नाघेको छ । त्यसैगरी, खुर्सानी (बुलेट) को मू
काठमाडौं / लक्ष्मी सनराइज बैंक लिमिटेडले निष्कासन गरेको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बाँडफाँट गरेको छ । बैंकले साउन १४ गतेदेखि २० गतेसम्म निष्कासन गरेको ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ भदौ १ गते बाँडफाँट गरेको हो । बैंकले १० वर्ष अवधिको उक्त ऋणपत्र वार्षिक ७ प्रतिशत ब्याजदरमा निष्कासन गरेको थियो । प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका कुल ३० लाख कित्ता ऋणपत्रमार्फत बैंकले ३ अर्ब रुपैयाँ जुटाएको हो । कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरका १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थालाई बिक्री गरिएको बैंकले जनाएको छ । बाँकी ४० प्रतिशत अर्था
बुटवल । बुटवलबाट लुम्बिनीतर्फ जोडिने महत्त्वपूर्ण सडकलाई पर्यटनमार्ग बनाउने सपना देखाएर सुरु गरिएको बेलबास–बेथरी सडक आयोजना ११ वर्ष पुग्दा पनि अधुरै छ। तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना अहिले स्थानीयका लागि विकासको पूर्वाधारभन्दा दैनिक सास्तीको कारण बनेको छ।आयोजना सुरु हुँदा सडकको दुवैतर्फ हरियाली, बीचमा नहर र नहरमा डुंगा सञ्चालन गर्ने योजनासहित यसलाई बुटवलको पर्यटन विकाससँग जोडिएको महत्त्वाकांक्षी परियोजनाका रूपमा अघि बढाइएको थियो। तर समय बित्दै जाँदा पर्यटनमार्गको आकर्षक अवधारणा ओझेलमा परेको छ भने सडकका कतिपय खण्डमा सामान्य आवागमनसमेत कठिन बनेको छ।विशेषगरी बुटवलको नहरपुर–मोती
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.