आर्थिक

    Showing ६१-७० of ४,५१९ items.
  • ‘अभाव छैन’ भन्ने सरकारलाई आफ्नै सांसदको प्रश्न : बजारमा ग्यास खोइ ?

    काठमाडौं । सरकारले खाना पकाउने ग्यासको अभाव नरहेको दाबी गरिरहेका बेला सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै सांसदले बजारको अवस्थामाथि प्रश्न उठाएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै सांसद मोहनलाल आचार्यले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले सदनमा ग्यासको कुनै समस्या नरहेको बताए पनि व्यवहारमा उपभोक्ताले अझै ग्यास नपाइरहेको बताएका हुन्।आचार्यले संसदमा सरकारको दाबी र बजारमा देखिएको अवस्थाबीच ठूलो अन्तर रहेको बताए। उनका अनुसार ग्यास अभाव नभएको सरकारी भनाइका बाबजुद सर्वसाधारणले सहज रूपमा खाना पकाउने ग्यास पाउन नसक्दा समस्या झन् जटिल बन्दै गएको छ। दैनिक उपभोगसँग प्र

    • प्रकाशित मितिः भदौ २, २०८३
    • १३५ पटक पढिएको
  • सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

    काठमाडौं / सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको भदौ १ गते सोमबार बसेको ३९७औँ सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो । बैंकले चुक्तापूँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५ रुपैयाँ ५३ पैसाको आधारमा लाभांश वितरण गर्न लागेको हो । प्रस्तावित लाभांशमध्ये ४ प्रतिशत बोनस सेयर र ६.५२६३ प्रतिशत नगद लाभांश रहेको छ । ४ प्रतिशत बोनस सेयरबापत बैंकले १४ करोड ९३ लाख ६२ हजार ७४० रुपैयाँ २२ पैसा बराबरको सेयर वितरण गर्नेछ । त्यस्तै, ६.५२६३ प्रतिशत नगद लाभांशका लागि २४ करोड ३६ लाख ९७ हजार १०२ रुपैयाँ

    • प्रकाशित मितिः भदौ २, २०८३
    • १७८ पटक पढिएको
  • सिद्धार्थ बैंकले ४ लाख ६९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राख्यो

    काठमाडौं / सिद्धार्थ बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ४ लाख ६९ हजार १२२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि उक्त सेयर बिक्री प्रक्रिया सुरु गरेको हो । बिक्रीमा राखिएको सेयरमध्ये १ लाख ५७ हजार ४७९ कित्ता सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न सक्नेछन् । विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ ।त्यस्तै, बाँकी ३ लाख ११ हजार ६४३ कित्ता संस्थापक सेयर भने सर्वसाधारण लगानीकर्ताले समेत खरिद गर्न सक्नेछन् । सर्वसाधारणले पनि सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्ने बैंक

    • प्रकाशित मितिः भदौ २, २०८३
    • १७७ पटक पढिएको
  • मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

    काठमाडौं— नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १५३ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ ०० पैसा र बिक्रीदर २०७ रुपैयाँ ८१ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०९ रुपैयाँ २९ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ १७ पैसा र बिक्रीदर ११० रुपैयाँ ६० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १

    • प्रकाशित मितिः भदौ २, २०८३
    • ४५२ पटक पढिएको
  • ९ महिनामै सीजी सिमेन्टको आम्दानी २ अर्ब ५९ करोड, उत्पादन क्षमता उपयोगमा उल्लेख्य सुधार

    काठमाडौं / चौधरी ग्रुपअन्तर्गतको सीजी सिमेन्ट इन्डस्ट्रिज पाल्पा प्रालिले चालू आर्थिक वर्ष २०८२ र ८३ को पहिलो नौ महिनामा २ अर्ब ५९ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। यो रकम अघिल्लो आर्थिक वर्षको कुल वार्षिक आम्दानीभन्दा पनि बढी रहेको छ। इक्रा नेपालले सार्वजनिक गरेको विवरणअनुसार कम्पनीले आर्थिक वर्ष २०८१ र ८२ मा २ अर्ब ४६ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो। चालू आवको नौ महिनामै कम्पनीले उक्त आम्दानीलाई करिब ५ प्रतिशतले उछिनेको हो। कम्पनीको आम्दानीसँगै उत्पादन क्षमताको उपयोगमा पनि उल्लेख्य सुधार आएको छ।चालू आवको पहिलो नौ महिनामा क्लिंकर उत्पादन क्षमता उपयोग करिब ४२ प्रतिशत पु

    • प्रकाशित मितिः भदौ १, २०८३
    • २२३ पटक पढिएको
  • विदेशी मुद्रासहित नेपाल वायु सेवा निगमका दुई कर्मचारी पक्राउ

    काठमाडौं / नेपाल वायु सेवा निगमका दुई कर्मचारीलाई तोकिएको सीमाभन्दा बढी विदेशी मुद्रा बोकेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका अनुसार आइतबार काठमाडौंबाट मलेसियाको राजधानी क्वालालम्पुर जान लागेका उनीहरूलाई विमानस्थलमा जाँचका क्रममा नियन्त्रणमा लिइएको हो। विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी राजकुमार सिलवालले तोकिएको सीमा भन्दा बढी विदेशी मुद्रा फेला परेपछि दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जानकारी दिए।उनका अनुसार नेपालबाट बाहिर लैजान पाइने विदेशी मुद्राको निर्धारित सीमाभन्दा बढी रकम साथमा रहेको

    • प्रकाशित मितिः भदौ १, २०८३
    • १८९ पटक पढिएको
  • एनएमबी सरल बचत फण्ड–ई का इकाइधनीलाई ५.२५ प्रतिशत प्रतिफल वितरण

    काठमाडौं / एनएमबी म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनएमबी सरल बचत फण्ड–ई ले आर्थिक वर्ष २०८२ र ८३ का लागि आफ्ना इकाइधनीलाई ५.२५ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको छ। वितरण गरिने प्रतिफलमा लागू हुने करसमेत समावेश रहेको योजना व्यवस्थापक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ।कम्पनीका अनुसार साउन २१ गतेसम्म कायम रहेका इकाइधनीले उक्त प्रतिफल प्राप्त गर्नेछन्। प्रतिफल वितरण प्रयोजनका लागि फण्डले साउन २१ गते एक दिन बुक क्लोज गरेको थियो। फण्डले आर्थिक वर्ष २०८२ र ८३ को कायम इकाइ पुँजीका आधारमा प्रतिफल वितरण गर्ने निर्णय गरेको हो। प्रतिफल रकम सम्बन्धित इकाइधनीको हितग्राही (डिम्याट)  खात

    • प्रकाशित मितिः भदौ १, २०८३
    • १६४ पटक पढिएको
  • एनआरएनए सम्मेलनमा लगानी सुधार र आर्थिक नीति परिवर्तनमा जोड

    काठमाडौं / चीनको ग्वाङझाउमा जारी गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ दक्षिण एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनमा नेपालमा लगानीमैत्री वातावरण निर्माण, कानुनी सुधार र आर्थिक नीतिमा परिवर्तन आवश्यक रहेकोमा सहभागीहरूले जोड दिएका छन्।सम्मेलनमा विभिन्न देशबाट आएका गैरआवासीय नेपाली व्यवसायी, विज्ञ तथा नीति निर्माताले नेपालमा लगानीको पर्याप्त सम्भावना रहे पनि नीतिगत जटिलता, प्रशासनिक ढिलासुस्ती र लगानी सुरक्षाको अभावले विदेशी तथा गैरआवासीय नेपाली लगानी आकर्षित गर्न कठिनाइ भइरहेको धारणा राखे।एनआरएनएका पूर्वअध्यक्ष तथा दक्षिण कोरियामा व्यवसाय सञ्चालन गर्दै आएका विनोद कुँबरले नेपालमा कानुनी प्रक्रि

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • १५१ पटक पढिएको
  • तरलता व्यवस्थापनको दबाबमा बैंकहरू, भदौमा पनि निक्षेपको ब्याजदर घट्यो

    काठमाडौं— बैंकिङ प्रणालीमा कर्जाको माग अपेक्षाकृत कमजोर रहँदा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिने क्रम जारी छ । यसको प्रभाव वाणिज्य बैंकहरूले भदौका लागि सार्वजनिक गरेको निक्षेपको ब्याजदरमा पनि देखिएको छ ।२० वाणिज्य बैंकमध्ये पाँच बैंकले साउनको तुलनामा ब्याजदर घटाएका छन् भने अधिकांश बैंकले अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन् । भदौमा व्यक्तिगत निक्षेपतर्फ बैंकहरूले दिने औसत अधिकतम ब्याजदर ४.१३६ प्रतिशतमा सीमित भएको छ । साउनमा यस्तो दर ४.१६७५ प्रतिशत थियो । अर्थात् एक महिनामै औसत अधिकतम दर ०.०३१५ प्रतिशतविन्दुले घटेको हो ।संस्थागत निक्षेपमा पनि ब्याजदर घटेको छ । साउनमा औसत ३.११६ प्रतिश

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • १६४ पटक पढिएको
  • उपत्यकामा २४ घण्टामा ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही

    काठमाडौं— काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ८२७ सवारीसाधनमाथि कारबाही गरिएको छ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार २०८३ साउन ३१ गते बिहान ६ बजेसम्मको २४ घण्टामा उक्त संख्यामा कारबाही गरिएको हो।कारबाहीमा तीव्र गतिमा सवारी चलाउने १६८, मादक पदार्थ सेवन गरी सवारी चलाउने ८३, सीसीटीभीमार्फत ६६, रेड लाइट उल्लङ्घन गर्ने ५५, हर्न निषेधसम्बन्धी नियम उल्लङ्घन गर्ने ७, लेन अनुशासन उल्लङ्घन गर्ने ४ र सवारीको अवस्था ठीक नभएका २० सवारीसाधन रहेका छन्।यस्तै, वन वे नियम उल्लङ्घन गर्ने ४ र अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने ४२० सवारीसाधन कारबाहीमा परेका छन्।ट्राफिक प्रहरीले सडक अनुशासन क

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • ३५४ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.