काठमाडौं— अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवद्र्धनका लागि सरकारको साथ रहने बताएका छन् ।सिप्रदी यात्रीद्वारा काठमाडौंको बुढानीलकण्ठस्थित कारखानामा तयार पारिएको नेपालमै बनेको पहिलो विद्युतीय स्कुटर ‘यात्री पीटू’ बनाउने प्रक्रियाको कारखानामै पुगेर अवलोकन गर्दै उनले यस्तो बताएका हुन् ।‘तपाईंहरूले गरेको मेहनत सह्रानीय छ । यात्री पीटू विद्युतीय स्कुटर नेपालमै डिजाइन भएर निर्माण हुनु सुखद कुरा हो,’ अर्थमन्त्री डा। वाग्लेले भने, ‘गुणस्तरमा विश्वस्तरीय प्रतिस्पर्धामा अब्बल हुनुहोला। अघि बढ्नुहोस्। सरकार तपाईंहरूको साथमा छ ।’नेपालले आफैँ डिजाइन गरेर दुईपांग्रे विद्यु
काठमाडौं— काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज समापन हुँदैछ । यही साउन २६ देखि सुरु भएको नाइमा एक्स्पो आइतबार समापन हुँदैछ ।६ दिनका लागि सुरु भएको मेलाको पाँचौँ दिन शनिबारसम्ममा लक्ष्यअनुसार अवलोकनकर्ता भृकुटीमण्डपस्थित एक्स्पोस्थल पुगिसकेको आयोजकको दाबी छ ।शनिबार एकैदिन ४२ हजार अवलोकनकर्ताले एक्स्पो भ्रमण गरेका आयोजकले जनाएको छ । यससँगै पाँच दिनमा मेला अवलोकनकर्ताको सङ्ख्या एक लाख ५० हजार नाघेको छ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)ले छ दिनमा डेढ लाखले मेला अवलोकन गर्ने अपेक्षा गरेको थियो । एक्स्पोको उद्घाटनका दिन यही साउ
विराटनगर । उपभोक्ताको सुरक्षामाथि खेलबाड गरेको भेटिएपछि मोरङमा रिजालको भान्सा ग्यास उद्योगमाथि झन्डै ३ लाख रुपैयाँ जरिबाना गरिएको छ।बुढीगंगा–५ स्थित उद्योगमा गरिएको अनुगमनका क्रममा भरिएका १९ वटा सिलिन्डरको तौल जाँच गर्दा एउटामा तोकिएको भन्दा २४० ग्राम कम ग्यास भेटिएको थियो।त्यति मात्रै होइन, उद्योगले म्याद गुज्रिएका दुईवटा सिलिन्डरमा समेत ग्यास भरेर बजार पठाउने तयारी गरेको अनुगमन टोलीले फेला पारेको छ। म्याद नाघेका सिलिन्डर प्रयोग गर्दा दुर्घटनाको जोखिम बढ्ने भएकाले यसलाई गम्भीर लापरबाहीका रूपमा लिइएको छ।उपभोक्ता हितविपरीतका यी गतिविधि भेटिएपछि जिल्ला प्रशासन, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्
काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा सामान्य गिरावट आए पनि बजारमा लगानीकर्ताको सक्रियता बढेको छ। शुक्रबार नेप्से ७.३७ अंक घटेर २६४३।८३ अंकमा झरेको हो।सूचक घटे पनि कारोबार रकम भने बढेको छ। बिहीबार ३ अर्ब ७२ करोडको कारोबार भएकोमा शुक्रबार ४ अर्ब २७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।बजारमा १ सय ६४ कम्पनीको मूल्य घट्दा १ सय १ कम्पनीको बढेको छ भने १२ कम्पनी स्थिर रहे। समूहगत रूपमा अधिकांश सूचक राताम्मे भए पनि जीवन बीमा, माइक्रोफाइनान्स, सामूहिक लगानी कोष र अन्य समूहमा भने सामान्य सुधार देखियो।हालै सूचीकृत माउन्ट एभरेस्ट पावरको मूल्य १५ प्रतिशत बढेको छ। रकमका आधारमा खानीखोला ह
काठमाडौं / निर्माण क्षेत्रको सुस्त गतिविधि र बजारमा सिमेन्टको माग घट्दा शिवम् सिमेन्ट लिमिटेडको व्यापारमा असर परेको छ। आर्थिक वर्ष २०८२ र ८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको बिक्री आम्दानी र नाफा दुवैमा सामान्य गिरावट देखिएको छ। कम्पनीले समीक्षा अवधिमा ६ अर्ब ९२ करोड रुपैयाँको बिक्री आम्दानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ७ अर्ब ७६ करोड रुपैयाँभन्दा कम हो। बिक्री घटेसँगै कम्पनीको ग्रस प्रफिट पनि १ अर्ब ७२ करोड रुपैयाँबाट घटेर १ अर्ब ५९ करोड रुपैयाँमा सीमित भएको छ।समीक्षा अवधिमा कम्पनीले ७८ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको
काठमाडौं / नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार २ सयले घटेर ३ लाख ६ हजार ७ सय रुपैयमा कारोबार भएको छ । मंगलबार छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयामा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य घटेको छ । आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेर ४ हजार ७४५ रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं / ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७३८ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ मापसे सेवन गरी सवारी चलाउने ६३, सिसिटिभिमार्फत ८०, रातोबत्तीमा ३८ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा ९४, हर्न निषेधमा २८, लेन क्रसमा १५, अवस्था ठिक नभएको १०, एकतर्फीमा १० र अन्यमा ४०० जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
काठमाडौं / मुगुको खत्याड गाउँपालिका–४ माथिचौरस्थित सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रचण्ड शाखामा बचतकर्ताको नाममा कीर्ते कागजात तयार गरी ऋण देखाउने तथा बचत रकम हिनामिना गरिएको आरोप सार्वजनिक भएको छ। पीडितहरूका अनुसार शाखाबाट करिब १ करोड ३० लाख ७६ हजार रुपैयाँ बराबरको आर्थिक अनियमितता भएको दाबी गरिएको छ। आरोपअनुसार शाखाका ९८ जना बचतकर्ताको नाममा उनीहरूलाई जानकारी नै नदिई ऋण देखाइएको छ। मुद्दति तथा व्यक्तिगत बचत खाताबाट रकम निकालिएको र संस्थामा आबद्ध नभएका व्यक्तिको नाममा समेत ऋण प्रविष्टि गरिएको पीडितहरूको भनाइ छ।पीडितहरूको जाहेरीका आधारमा शाखाका कर्मचारी गणेश चौलागाईं, तु
इलाम। यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८२÷८३ मा रु १४ करोड ६३ लाख ९६ हजार १४४ राजस्व सङ्कलन गरेको छ । कार्यालयले अघिल्लो आवभन्दा गत आवमा रु ८१ लाख ९२ हजार ६२७ ले बढी राजस्व सङ्कलन गरेको लेखा शाखा प्रमुख पूर्ण राईले जानकारी दिनुभयो । यो अघिल्लो आवको तुलनामा पाँच दशमलव छ प्रतिशतले बढी हो । कार्यालयले अघिल्लो आव ०८१÷८२ मा रु १३ करोड ८२ लाख तीन हजार ५१७ राजस्व सङ्कलन गरेको थियो । त्यसअघि आव ०८०÷८१ मा रु ११ करोड ३२ लाख ६१ हजार ६७८ मात्र राजस्व उठाएको थियो । कार्यालयले सबैभन्दा धेरै सवारीसाधन करबाट रु १० करोड ९३ लाख ९१ हजार १८४ राजस्व सङ्कलन गरेको छ । सवारी चालक अनुमति
चितवन । बजारमा अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन्। तर अण्डाको मूल्य बढे पनि उत्पादन लागत धान्न नसकेको भन्दै किसानको संकट भने कायमै रहेको व्यवसायीहरूले बताएका छन्।नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको नयाँ समर्थन मूल्य तोकेको हो। जसअनुसार एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ५६० रुपैयाँ, ठूलो अण्डा ५४५ रुपैयाँ र मिडियम अण्डा ५०० रुपैयाँ कायम गरिएको छ। सानो अण्डाको मूल्य भने प्रतिपेटी ३ हजार रुपैयाँ तोकिएको छ।व्यवसायीका अनुसार पछिल्लो समय अण्डाको माग बढ्नुको मुख्य कारण उत्पादन घट्नु हो। बर्डफ्लुको संक्रमणका कारण ठूलो संख्यामा कुखुरा मर्नु, किसानले व्यवसायबाट ह
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.